मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

पूर्व युवराज्ञी हिमानी दोलखामा


 
राजेन्द्र मानन्धर
दोलखा, भाद्र १४ - पूर्व युवराज्ञी हिमानी शाह औपचारिक कार्यक्रममा सहभागी हुन सोमबार साँझ दोलखा आएकी छन् । बालबालिकालाई सहयोग गर्न र खानेपानीको आयोजनाको सामाग्री वितरण गर्न दोलखा आएकी उनी चरिकोटस्थित पानोरोमा होटलमा विश्राम गरी मंगलबार विहानैदेखि कार्यक्रममा सहभागी हुने छिन् ।

मंगलबार विहान दोलखाबजारस्थित त्रिपुरासुन्दरीको दर्शनपछि त्यही रहेको बालमन्दिर र चरिकोटमा रहेको गौरीशंकर बालगृह भ्रमण गरी वालवालिकालाई भेट्ने कार्यक्रम छ । उनी मंगलबार नै चरिकोटबाटा झन्डै २४ किलोमिटर टाढा नाम्दु गाविसस्थित खानेपानी आयोजनाको सामान हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुने आयोजक राष्ट्रिय सरोकार मन्च दोलखाले जनाएको छ । 

उनलाई स्वागत गर्न चरिघ्याङस्थित होटल जाने बाटोमा केही व्यक्ति भेला भएका थिए । काठमाडौंबाट उनका साथमा केही पत्रकार र सादा पोषाकका सुरक्षाकर्मीहरु थिए ।

साभार :ईकान्तिपुर

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan