मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

नक्कलीहरु


 लेख 
 कृष्ण के श्रेष्ठ "काल्स"

यी महिला के गरिराखेकी जस्त्तो  देखिन्छे ? एकछिन अनुमान लगाऊनुस त ............ ।

यिनी एक जापानीज महिला हुन,  यिनी ट्रेनको एक कुनामा बसेर सिंगार पटार (मेकअप) गरिरहेकी छिन । यो जापानमा चलिराखेको चलन हो, जुन जहातही देखिरहने दृश्य । यहाँका महिलाहरु प्राय यस्तै सार्बजनिक  ठाऊँहरुमा  जस्तो  ट्रेन, बस , स्टेसन , कलेज लगायतका ठाऊँहरुमा एउटा हातमा ऐना अनि अर्को हातमा मेकअपका सामान लिएर राम्री बन्ने प्रयास गरिरहेका हुन्छन । त्यसैलेगर्दा जापानी महिलाहरु मेकअप ले कुनै हिरोइन भन्दा पनि कम राम्रा देखिदैनन । प्राय सबका सब एकसे एक राम्री देखिन्छ्न यिनिहरुका बाहिरी नक्कली रूप । तर भित्री रूपको कुरा गर्नेहो भने यिनीहरु बाहिरी रूप जतिकै  त्यति धेरै राम्रीभने हुदैनन । मेकअप गरेपछि भने यति राम्री देखिन्छ्न की प्राय जो सुकै केटाहरुको मन पनि कटक्कै खान्छ ।
जापानी नक्कलीहरु

यिनीहरु दिनमा २ चोटि नुहाऊछन, बिहान घर बाट निस्कदा अनि घर फर्केपछि । अनि मेकअप चाहि फुर्सद हुनेले घरमा र नहुनेले बाटोमा होस या यात्राका क्रममा गर्ने गर्छन । अनि दिनभर मुख धुदै नधोई बस्छन किनकी लगाएको क्रीम पाउडर पखालिन्छ भनेर । यिनिहरुका प्राय कपाल पनि नक्कली, आँखीभौ पनि नक्कली, अनि क्रीम घसिघसि बनाएको मुहार पनि नक्कली हुन्छन्, त्यसैले यिनिहरुलाई नक्कली मान्छे भन्दापनि अत्युक्ति नहोला जस्तो लाग्छ मलाई ।

तर यदि मेक अप नगरेको बेलामा हेर्ने हो भने यिनीहरुको बास्तबिक मुहारको सुन्दरता र नक्कली मुहारको  सुन्दरता बीचको यथार्थता चिन्न कति पनि गारो पर्दैन । यति सम्मकी तपाईले उही केटीलाई पनि मेकअप गरिसके पछि नचिन्न पनि सक्नु हुन्छ झुक्किएर ।  म पनि कति झुक्की सकेको छु यी नक्कलीहरु संग जापानमा । त्यसैले  यिनीहरु मेकअप नगरेको बेला नियालेर हेर्छ भनेर डराई रहन्छ्न जो कोहीसंग भेट्दापनि  ।

अझ कोही कोही त राम्री बन्ने सोचाइमा अति नराम्रो तरिकाले मेक अप गर्छन । यिनीहरु कस्ता देखिन्छन त ? एकछिन हेरौं यो तलको फोटो:



कति नराम्रो देखिएको छ यिनिलाई यहाँ, यिनी मुहारले कुनै महिला जस्ति देखिएकी छैनन मेरो बिचारमा । कुनै नया मान्छे जस्ति देखिन्छिन, तर यिनी आफु भने धेरै  राम्री भाकिछु भन्ने कुरामा भ्रमित छिन । छि: छि : छि :कस्ता लुगा? कस्ता रंगीन कपाल ? हेर्दै डर लाग्ने नक्कली ...............

यदि नेपाल हुदो हो त आफ्नो परिवारको अघाडि मेक अप गर्न पनि अप्ठ्यरो मान्नुहुन्छ हाम्रा दीदीबहिनिहरू तर यो बिकसित देश जापानमा खुल्लम खुल्ला बाहिर मेकअप गरेको देख्दा कति "नक्कली केटीहरु" भन्ने जस्तो लाग्छ हामी नेपाली हरुलाई । यस कुरामा जापानीहरु आफैपनि सहमत भने छैनन । मेकअप भनेको घरमा गर्ने हो बाहिर होइन, अनि ट्रेन हरुमा मेक अप गर्न पाईदैन भन्छन । यति सम्मकी यो चलन रोक्नको लागि  अहिले ट्रेनका भित्ताहरुमा"मेकअप घरमा गरौं"भन्ने नाराका पोस्टर हरु पनि टालिन पनि थालिदै आएको छ तर रोकिएको भने छैन।


यधपि हाम्रा नेपाली दीदीबहिनी हरुले गरेको जस्तै मेकअप गर्ने केटीहरुनै छैनन भनेको चाहि पक्कै होइन । यहाँ पनि हाम्रा नेपाली जस्तै थोरै मात्र क्रीम लगाएर , चिपिस्टिक ओठमा लगाएर सुन्दर देखिएका केटी हरु पनि धेरै छन । जो विल्कुल प्राकृतिक देखिन्छिन , जो सुहाउदो छ , जुन समाजमा पाच्य छ अनि राम्री हुन्छे  ऊनी सबको आँखामा.........................

फोटो: जापानी पत्रपत्रिका

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan