मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

तिमी जस्ति निस्ठुरी

 गजल 

कृष्ण के श्रेष्ठ "काल्स "


धोकै धोकाको मधुरस चाख्दिन अव त
तिमी जस्ति निस्ठुरी  ताक्दिन अव त

निराश म वनिसकेँ सक्तिन सम्झाउन
फेरि माया लाऊ भनि डाक्दिन अव त

इश्वरनी तिम्रै रैछ सुनिदेनन मेरा कुरा
त्यसैले हात जोडि  माग्दिन अव त

हिडदा हिडदै थाकेँ आराम म गर्दा गर्दै
नतमस्तक वनिसकेँ जाग्दिन अव त

जतासुकै जाउ तिमी कुनै मेरो कर छैन
अरु संगै जाउ म पछि लाग्दिन अव त

2 comments:

  1. Anonymous said...
     

    We must accept finite disappointment, but we must never lose infinite hope.


    --------------
    University of Vienna

  2. Anonymous said...
     

    Variety is the spice of life.

    -----------------------------------

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan