मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

नाथ गुरु

                                                       
कथा 
अनीता श्रेष्ठ

           आज मेरी साथी रमा लगभग २ वर्ष पछि मेरो कोठामा एक्कासि आएको देखेर म छक्क परे  उ ह्स्याँग फस्याँग गर्दै पसिना नै पसिना निक्लने गरि आएकि थिइन् । म भाँडा माझ्दै थिए, उन्ले अतालिदै  भनिन "एउटा कुरा थाहा छ  ? "के कुरा ? ओहो लाटी तिमी किन सुचना वाट यति टाढा ? मैले सोधे "होइन होइन के भयो ? "उ फेरि रिसाउँदै सोधे "आफनो सवभन्दा जिन्दगीमा नजिक हुने व्यक्तिको वारेमा पनि थाहा छैन् र ? जसले तिमीलाई प्रेरणा दिएर आज यो अवस्था सम्म ल्याई दियो । आज उहाँ नहुनु भएको भए के हुन्थ्यो तिम्रो हाल ? "हँ भनन् के भन्न खोजेको म अस्वभाविक पाराले प्रस्तुत भए । र अलि अतालिए पनि ? के रे ? भनन ? अव म कुर्न सक्दिन । रमा समी कम अन ? तिमी वुझ किन विगतलाइृ विर्सन्छौ ?
के विगत के वर्तमान यी सव कुरा के हो रमाले भन्न खोजेको के हो ? म मनमनै सोचे र रमाले मलाई चर्कन गालामा हानेर भनिन र वेसरी रोइन । समी अव नाथ गुरु यो संसारमा रहेन ? म आँतितै भने र मलाई एक्कासी रिंगाटा चलेर आयो र दुवै रोयौ ? रोएपछि विगतको घटनाहरु सम्झिन वाध्य तुल्यायो ।
समी जो विगतमा वुवा आमा नभएको केटीलाई पालन पोषण गरेर नाथ गुरुले हुर्काएको थियो । नाथ गुरु जो असल व्यक्तित्व, वहु प्रतिभाशाली व्यक्तित्वको धनी थियो । त्यस्ता व्यक्तिले लालन पोषण गरेर समीलाई हुर्काएको थियो । नाथ गुरुको सहयोगले नै उसले क्याम्पस स्तरको पढाई सकेपछि कृषी विषय लिएर माष्टर डिग्री सकाएर वैज्ञानिक हुन सफल भएको थियो । वैज्ञानिक भएपछि आफैले नाथ गुरुलाई पालन पोषण गर्ने भनेर समीले कति चोटि गाउँमा लिन जाँदा पनि सफल हुन सकेन । नाथ गुरु आउन नै मान्नु भएन वारम्वार भन्ने गर्नुहुन्थ्यो । आफनो छोरा छोरीको कमाइ खानुहुन्न तिमी ठूलो मान्छे भ गर्यौ त्यही मेरो लागि काफी छ । त्यो पनि मेरो छोरी यत्रो वैज्ञानिक त्यही छ ठूलो कुरा मेरो लागि भन्ने गर्दथ्यो । समीले नाथ गुरुलाई अनेक उपहार दिदा पनि कहिले मान्दैन्थ्यो । मात्र भन्थ्यो अँ हँ यी उपहार भन्ने चिज लिनुहुँदैन । यसरी नाथ गुरु कहिले पनि समीको केही पनि लिएन न काठमाण्डौंमा आउँदा समेत समीको पस्थे न त फोन नै गर्दथे ,। अचम्मको गुरु थियो । गाडीमा  पनि कहिले पनि समीलाई पैंसा तिर्न लाउँदैन थे । एकदिन नाथ गुरु विमारी छ भन्ने सुनेर समीले गाउँमा फोन गरिन तर फोन स्विच अफ रहेछ । फेरि अन्त सोधे ? उठन सक्नुहुन्न भनेर भने । समी हतपत विदा मिलाएर गाउँमा गइन गाउँमा जाँदा वरिपरि विद्यार्थीको हुलमा नाथ गुरु हाँस्दै रहेछ । समीले सोधिन गुरु हजुर सन्चो हुनुहुन्नन भनेर आएको ? सारै पीर लागेको थियो । समीको जवाफ सुनेर गुरुले भन्यो ठिकै छ नानी मलाई के भएको छ र ? सवै राम्रै छ ।
समी ३ ४ दिन वसेर फेरि काठमाण्डौ जान लाग्दा गुरुले सोधे के नयाँ आविस्कार गर्यौ त? समीले भनिन अलि नयाँ प्रजातीहरु थोरै जग्गामा हुने जसवाट गरिवको जीविकोपार्जन होस् । धन्य मेरी छोरी राम्रो सँग गर है गरिव किसानको जीवन स्तर सुध्रोस ? फेरि अनुसन्धान गर्दा गाउँमा चाँही जान नविर्स है । अरुले ल्याएको तथ्यांकमा मात्र विश्वास नगर । किसानको मर्का वुझ नि ? फेरि हाइफाइ नदेखाउ है छोरी । त्यही नै मेरो लागि उपहार हो ? पैंसाले मान्छे कहिले किन्न सक्दैन् तिमीले दिनमा कम्तिमा एकजना किसानलाई भेटेर खुशी पार्न सकेमा त्यही नै मेरो ठुलो उपलव्धि र उपहार हुनेछ । यति गुरुले भनेपछि समीको आँखावाट आँसु झर्यो र हुन्छ गुरु भनेर हिड्यो ।
समी छक्क पर्थिन गुरुले किन कहिले विमारी नभनेको होला भनेर । फेरि एकदिन गुरु काठमाण्डौंमा आउनुभएछ । समीले फेरि मोवाइलमा फोन गरे मोवाइल अफ थियो । समी छक्क पर्थिन होइन अचम्मको मान्छे किन यस्तो भयो होला ? उहाँ फेरि साकाहारी होटलमा वस्दथ्यो । त्यही फोन गरिन त्याँहा पनि आएको रहेनछ ? उ दिक्क मान्थिन किन यो गुरु एकदिन पनि मेरो घरमा नआउने होला ? कस्तो दिक्क ? फेरि अफिस जाँदै गर्दा गाडीमा गुरुको छोरालाई देख्यो छोराले भन्यो वुवालाई वीर अस्पतालमा भर्ना गरेको छ । फेरि समी त्याँहा गइन् र रुम नम्वरमा जाँदा गुरु थिएन । उनी फेरि फर्किए र घरमा फोन गरिन घरमा गुरुले उठाउनु भयो उनी खुशी हुँदै "गुरु "भनिन् । गुरुलाई सोधिन के भयो ? हँ केही भएको छैन सवै ठिकै छ नानी ।
अनि तपाई विमारी भएर वीर अस्पतालमा लगेको होइन र ? त्यतिखेर गुरुले  मात्र मुस्कुराउँदै हँ ठिक छ मलाई केही भएको छैन् ।
समी तीन दंग पर्थिन होइन यो गुरुले किन कहिले पनि विमारी छ भन्दैन् त्यसको कारण वारे सोध्न मन लाग्दथ्यो तर सोध्न सक्दैनथि ? र जोडले चिच्याएर कराउन मन लाग्दथ्यो तपाई किन जहिले पनि मोवाइल स्विच अफ तर किन हो किन गुरुलाई भन्ने आँट नै आउँदैन्थ्यो ।
यसरी जहिले पनि नाथ गुरुलाई सम्झेकि विमारी, फोन स्विच अफ र विमारी नभएको भनि मुस्कुरहाट  सम्झिन्थिन र मनमा जहिले पनि यी तीन कुरालाई सम्झन्थिन । अव त अति भयो सकरात्मक सोचाई लिएर गुरु विमारी छैन भनेर फोन गर्दछु भनेर फोन गरिन फेरि पनि फोन स्विच अफ थियो समीको टाउको रिंग्यायो र दिक्क लागेर गुरुको मिल्ने साथीलाई फोन गरेर गुरुको वारेमा सोधिन गुरु संचै छ भनेर साथीले वताउनु भयो र घरको फोन नं अर्को फेरिएको रहेछ भनेर दियो । उनले फोन गरिन त्यसमा छोराले भने वावा त धेरै ज्वरो आएर विमारी छ र भोलि मात्र फोन गर्नुस । समीले भन्यो समी दिदिले फोन गरेको छ भन्नु है ।
त्यसपछि न त गुरुले मलाई फोन गर्यो  न त मैले नै गरे आखिर आज आएर तिमीले यो कुरा भन्यौ यो पनि सत्य हो कि होइन म अलमलिए होला ।  म भोलि नै गाउँ जान्छु म यति भाग्यमानी छु कि त्यस्तो गुरु पाउँदा तर म यति अभागि छु कि गुरुले म वाट केही लिन चाहानु भएन.......................भन्दै समी भोलि गाउँमा जान झोला प्याक गर्न थालिन ।

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture