मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

डा.भानु श्रेष्ठलाई यो बर्षको ब्यक्तित्व बाट सम्मान्

Dr. Bhanu Shrestha
भिमेश्वोर न पा २ दोलखा घरभै हाल कोरियाको सिउल स्थित क्वाङ्वून युनिवर्सिट्य्मा प्राध्यापन गर्नुहुने डा.भानु श्रेष्ठलाई अमेरिका बायोग्राफिकल इन्स्टिट्युट्ले यो बर्षकै ब्यक्तित्वको सम्मान दिएर हौशला प्रदान गरेको छ । आफ्नो क्षेत्रमा बिषेश अनुशन्धान गरी आफ्नो देशको लागी योगदान पुर्याउनु भएकोमा उक्त एबिआइ द्वारा सम्मानित हुनुभएको छ ।

डा. श्रेष्ठको यो भन्दा पहिला पनि अमेरिकाबाट प्रकाशित हुने मार्कुइस हुइज हु इन द वोर्ल्डमा पनि सन २००९ र २०१० आफ्नो प्रोफाइल समाबेश गर्न लगातार सफल हुनुभएको छ भने अर्को तिर अन्तरअस्तृय बायोग्राफिकल सेन्टर बेलाएतबाट प्रकाशित एक्कासौ शताब्दिको सर्बश्रेष्ठ बुद्धिजिबी बाट सम्मानको  लागी छनौट्मा पर्नु भएको छ ।

यो तीन वटा सस्था भनेको बिश्वमा नै सबभन्दा ठुलो अनि लोकप्रिय मानब शब्दकोश प्रकाशित गर्ने सस्था हो । यि तीन सस्थाहरुले बिश्वको बिभिन्न क्षेत्रमा उल्लेखनिय शोध कार्य गर्ने महान ब्यक्तित्वो बैज्ञानिक्, इन्जिनियर्, नेता आद लाई बिभिन्न किसिमको उपाधिले सम्मान गर्ने कार्य गर्दै आएको छ ।


Certificate

2 comments:

  1. Yaad said...
     

    Congratulation Dr bhanu
    Dolakha is proud of you
    keep it up
    well done

  2. Anonymous said...
     

    congrats, i am proud of being dolakhali at first and then Nepali.

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan