मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

वरपिपलको माया

                                              कथा                                                       

                                                                 अनिता श्रेष्ठ "अर्पिता"   


            फोनको घण्टी टिनिनि बज्छ । यसो फोन उठाउँछु त 'अनु चिन्यौं - ' भन्ने मधुर आवाज आउँछ । 'ए मुर्ख चिनेनौं र ' मलाई ठम्याउन गाह्रो हुन्छ । कता कता बाट चिनेको जस्तो पनि कता कताबाट एकदम मेरो मिल्ने साथीको स्वर ........। फेरि भन्छु 'ओहो ठम्याउँन गाह्रो भयो ।' फेरि जिस्काएर भन्छिन् 'लौ मुर्ख भनन मेरो त्यो स्यानो हुदाँको साथी वरपिपलको खबर के छ -' त्यसपछि भने म झस्किन्छु र भन्छु ' ए मेरी भनेर चिच्याउँछु । अनि त रामेछाप डाँडाको वरपीपल हेर्न आँउने योजना मलाई बताउछिन् । 'अनु म बैककको एआइटी कलेजमा विश्व बैंकको स्कलरसीपमा एमएस्सीमा पढ्दैछु , काठमाडौं आएको एक हप्ता भयो , तर रामेछाप आएर मैले रोपेको वरपिपल हेर्ने  खुव इच्छा छ तर्सथ म एक हप्तापछि रामेछाप आउँछु है फेरि समय मिलाउनु नि मुर्ख  ।' मैले पनि हुन्छ भने ।
ओ हो मेरिना न त रामेछापमा जन्मेको होस न त उनको  पुर्खा नै रामेछापको हो । तर किन यति साह्रो रामेछापलाई माया गरेको होला उनीले । वास्तवमा मेरी र मेरो भेट काठमाडौं विश्वविद्यालयमा विएस्सी वातावरण विज्ञान पढ्दा आज भन्दा छ वर्षअगाडि भएको थियो । त्यतिखेर मैले छात्रबृत्ति पाउँदा उनी खूव खुशी भएकी थिइन् । किन हो कुन्नी मेरी मसँग खूव मिल्थिन र मलाई हरेक कुरा सिकाउँथिन । साथै उनको बुवा उनी सानी हुँदा रामेछापमा इञ्जिनियरको रुपमा काम गर्नु हुँदा मेरी पनि आएर विदाको बेलामा रामेछापमा बिताएकी रहिछिन् । साथै बुवासँग रमाउदै घोडा चढेर विभिन्न ठाउँमा घुम्दो रहिछिन् । प्रत्येक चोटी आउँदा रामेछापको मन्थलीको वरपिपलमा (जिल्ला प्रहरी कार्यालयको) अगाडी बसेर वरपिपलसँग गफ गर्दै खेल्दी पनि रहिछिन् र वरपीपललाई 'म मेरी साथीलाई माया  गर्छु भनी कुरा पनि गर्दिरहिछिन । ' त्यही भएर उन्ले वरपिपललाई कहिल्यै विर्सन सकेनन् । म र उनी क्याम्पस पढ्दा दिनको एकचोटी त्यही वरपिपललाई संझन्थिन् ।

विश्वविद्यालयको पर्ढाई पश्चात भने उनीसँग मेरो भेट हुन सकेन । त्यसपछि मेरी रामेछापमा आउने प्रतिक्षामा म रहे । आफूले पाएको छात्रवृत्तिको केही पैसा जोगाएर मोटर रिजर्भ गरेर मेरी र उनको बाबा रामेछाप आउनु भयो । म पनि बिदा लिई मेरीसँग त्यो दिन बिताए । उनी रामेछापको परिवर्तनदेखि सार्‍है खुसी भइन र उनको साथी वरपिपललाई बैककदेखि कोसेली ल्याएकी रहेछिन् । साथै विभिन्न खालको फलफूल पनि ल्याएकी रहिछिन । उनले रामेछाप रहँदाको बाल्यकालका सबैजसो चिनेको साथीहरुलाई फलफूल दिइन र गफ पनि गर्दै गइन् । मलाई त हाँसो पनि लाग्यो । यत्रो मास्टर ड्रि्री पढ्ने मान्छे पनि किन केटाकेटी जस्ती भएकी होला भनेर । खोइ ! वरपिपलले पनि उनीसँग कुरा गथ्र्यो कि कुन्नी उनले बुझेर जवाफ दिए जस्तै गर्थिन् । म त कुरै बुझिन । यसरी कुरा गर्दा गर्दा साँझ पर्न लागिसकेको थियो । त्यससपछि बाबा र मैले फकाएर उनलाई कोठामा लग्यौं । तर उनी त्यही वरपिपलको मायामा चूरर्लुम्म डुबेकी थिइन् । अँहँ मलाई त बर्णन गर्न पनि आँउदैन् । कसरी व्यक्त गरौं उनले बरपीपल प्रति गरेको माया ........। जबकी रामेछापवासी र रामेछाप भन्दा बाहिर बस्नेले पनि रामेछाप भनेकी आफ्नो जिल्ला भन्न रुचाउँदैन र फर्केर आउँन पनि मन गर्दैनन् । तर मेरी भने धुलीखेलमा जन्मेर पनि रामेछापको वरपिपलको यति सारो माया ।
भोलिपल्ट विहानै मेरी फेरि वरपिपलसँग एक घण्टा आलापालो गरी अंगालो मारेर रोइन् । मनले नमानी नमानी वरपिपलसँग छुट्टी लिएर कारमा चढिन् । मैले पनि नजाउँ भन्न सकिन किनकी आज जसरी पनि उनी काठमाडौं जानु थियो । भोलि त बैकक जाने टिकट छ उनको । जाने बेलामा मेरी र म अँगालो मारेर रोयौं । उनी कारमा बसेपछि "बाई" भनिन । म आँसु पुछ्दै  उन्लाई बाई भने । उनको कार गुडीसकेकोले बाटोमा धुलो उडिरहेको थियो । .... धुलोले पनि रामेछापवासीको माया खोजिरहेको थियो ..............खोजिरहेको थियो ..............।

2 comments:

  1. Krishna K shrestha"Kals" said...
     

    good story anita sister, it is good creation

  2. Dhruba said...
     

    This is what real love is
    keep it up anita............

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture