मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

यो कस्तो प्रेम ?

लघु कथा

कृष्ण के श्रेष्ठ "काल्स"

      आज उ एक्लो छ, ७ बर्सको लामो माया बिना अर्थ टुटेपछि । साकुराको(साकुरा जापानी केटाको नाम) माया चोखो थियो तर उनको प्रेमिका कुनै बिनाअर्थ साकुरालाई धोका दिन्छिन । कलेज पढदाको उनीहरुको माया लिलामजुनको जोडी जस्तो थियो । कुनै दिन नभेटेको दिन हुन्नथ्यो अनि दिनदिनै फोनमा कुरा नगरेको दिन हुन्नथ्यो माया प्रेमका । साचै त्यसबेला उनीहरुको माया अति चोखो थियो, जुनी जुनी संगै जीउने बाचा कसम गर्थे उनीहरु बरपीपल लाइ साक्षी राखेर । कलेज जादा होस् या कम्पुटर सिक्न जादा सधै संगै हुन्थे । अनि सबैले भन्ने गर्थे "कस्तो मिल्ने जोडी" भनेर ।

        समयको बहाब संगै साकुरा युनिभर्सीटीको पढाईको लागि नेपाल जान्छ । र दुइ बीच छुट्टिनुपर्ने परिस्थितिको सिर्जना हुन्छ । सारै नरमाइलो क्षन हुन्छ दुइजना छुट्टिदाखेरि, दुबैजना आँसु बगाएर रोएकाथिए बिछोडिएको पलमा । बाध्यता, जापानमा अतिम्स एक्लो अनि नेपालमा साकुरा एक्लो । यस्तै यस्तैमा बित्छ दिनहरु दुबैको । कहिले कहिँ फोन बाट मात्र कुरा हुन्छ । साकुरा नेपाल गएको पनि २ बर्ष बित्छ अनि जापान फर्कन्छ एक महिनाको लागि । अनि अतिम्स्लाई भेट्ने कोसिस गर्छ, तर भेट्ने कुनै रहर गर्दिनन , मात्र फोनमा भेटेर चित्त बुझाउन बाध्य हुन्छ साकुरा ।

      अनि फेरी साकुरा निराश मन लिएर नेपाल फर्कन्छ । तर, साकुरा अझै पनि उनि संगको माया रहिरहेको कुरामा बिस्वस्त हुन्छ , नेपालबाट फेरी फोन गर्छ , अनि फोनमा अतिम्सले साकुरा लाई नकार्ने कुरा सुनाउछिन , कारण केहि बताउन चाहन्नन यति मात्र भन्छिन "मलाई मेरो परिवारको डर लाग्छ " यो कस्तो प्रेम हो? बिना कारण त्यति लामो प्रेम छिनभरमा चकनाचुर, साकुरा केहि बोल्दैनन निरास हुन्छन अनि आफुले आफैलाई धिक्कार्छन अनि आफुले आफैलाई सोध्छन यो कस्तो प्रेम हो ? यो कस्तो आधुनिक माया हो ?..................

2 comments:

  1. Anonymous said...
     

    Very fantastic story, amen.

  2. Unknown said...
     

    कस्तो हो यो चोखो प्रेम मान्छेलाई नै पागल बनाईदिने । प्रिया

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan