मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

देश, नेता र जनता

तीन मुक्तक

देश

चल्न नसक्ने कार भाछ मेरो देश
कुर्सि किनबेच बजार भाछ मेरो देश
आयो शान्ति न भयो विकास
मात्र पृथिबीको भार भाछ मेरो देश

नेता
मनमा जे आयो त्यहि बोल्छन हाम्रा नेताहरु
बिदेशीको हात खुट्टा मोल्छन हाम्रा नेताहरु
ठुलै पदमा कसैले राखी दिन्छु भन्यो भने
लुगासुगा सबथोक खोल्छन हाम्रा नेताहरु
 
जनता
महंगी र भ्रस्टचारीले भोको भाछ जनता यहाँ
नचाहेमा फालिदिने पोको भाछ जनता यहाँ
कुर्सि पाउन लडाएर ढुंगा र मुडा बोकाई
दशैमा झैँ पर्सिएको बोको भाछ जनता यहाँ

3 comments:

  1. mahesh said...
     

    nice. keep it up bro

  2. kkskals said...
     

    thank you @ mahesh ji

  3. rashmi said...
     

    muktak ramro chha, i like it

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan