
गास वास कपास सवै लुटिएको कहानी यो
गास वास कपास सवै लुटिएको कहानी यो
एक्लैलाई सवै मिलि कुटिएको कहानी यो
सहनै नसकेर अत्याचरि कुशासकलाई
सखापै पार्न जन्ता जुटिएको कहानी यो
हुकुमीले चलिराको देशको शासणलाई
एकतामा एक भईं चुटिएको कहानी यो
सत्ता दिदाँ उन्कै पछि पछि लागनेहरु
संग पनि नाता फुटिएको कहानी यो
गणतन्त्रले आज यो सिंगो मुलुक हाँक्दा
बिचारा एकमात्र छुटिएको कहानी यो
यो एउटा भावना मात्र हो !
0 comments:
Post a Comment