मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

भर्जिन गौरीशंकर देखाउन महोत्सव

दोलखा जिल्लामा पर्यटकीय गन्तब्यहरुको अथाह श्रोत भएर पनि उचित प्रचार नहुदाँ भीमेश्वर मन्दिर बाहेकका अरु स्थानमा पर्यटन गतिबिधि बढ्न सकेको छैन। जिल्लामा आगामी चैत २० गते देखि २४ गते सम्म दोश्रो दोलखा महोत्सब हुने भएको छ। दोलखामा ग्रामीण पर्यटनको बिकासको लागि स्थानीयबासीहरु सक्रिय भएर लागेका छन। जिल्लालाई पर्यटकीय गन्तब्यको रुपमा पहिचान दिन घरेलु उद्योग संघ दोलखा महोत्सबको आयोजना गर्न लागेको हो। दोलखालाई चिनाउन पर्यटक स्थलहरुलाई प्राकृतिक र सास्कृतिक गरी दुई बर्गमा बिभाजन गरिएको छ। दोलखाका सम्पदा देखाउन आयोजकले बिबिध कार्यक्रमको ब्यबस्था गरेका छन्।
काठमाण्डांैमा अवस्थित भगवान पशुपतिनाथ तथा गुह्ेश्वरी भगवती पनि गौरीशकर हिमालबाट उत्पति भएको जनश्रुति रहेको छ। यस हिमाल नै नेपालको आधिकारीक समय मानको लागि प्रयोग गरिएको छ। त्यसैले पनि यो हिमाल चढ्न हाल सम्म कुनै पनि ब्यक्तिलाई नेपाल सरकारले अनुमति दिएको छैन। आरोहण नगरिएको यस हिमाललाई कुमारी अथवा भर्जिन मानिएको छ। देशमा आपत बिपत आइ पर्दा पसिना आउने भीमसेनले यो ठाउँ धार्मिक पर्यटक स्थलको रुपमा स्थापित गरिसकेको छ।
नेपालमा पहिलो पटक चाँदीका सिक्का प्रचलनमा ल्याएको राज्यको रुपमा यस ठाउँको ऐतिहासिक महत्व रहदै आएको छ। नेवार जाति र भाषा यसै ठाउँमा बिकास भएको त्यहाँका बुद्धिजिबी हरी रत्न श्रेष्ठले बताए। श्रेष्ठका अनुसार नेवार संस्कृतिको अध्ययनको लागि दोलखा उपयुक्त स्थल हो।
बिश्व बिख्यात गौरीशंकर हिमाल यसै जिल्लामा पर्दछ। नेपालको ज्युरीक भनेर दोलखाबासीले चिनाएको जिरी बजार पनि औधी मनमोहक छ। सगरमाथा बेसक्याम्पमा पुग्ने पैदल मार्ग मध्ये जिरी पनि एक हो। नेपालको सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने शेर्पाहरु जन्मेको गाउँ बेदिङग पनि यही जिल्लामा हुनाले भबिष्यमा यहाँ साहसिक पर्यटनको अध्ययन गर्न केन्द्र अबस्था रहेको बेदिङग गाउँका शेर्पाहरु बताउँछन। यहाँ रहेको कालिञ्चोक मन्दिर ३,८४२ मिटरको उचाइमा रहेको छ। हिमफेदी नामको डाडाँमा रहेको यस मन्दिर क्षेत्र धार्मिक आस्था राख्नेहरुलाई मात्र नभएर प्रकृति प्रेमीहरुको लागि स्वर्गको रुपमा रहेको छ। बहुला पोखरी भनेर नामाङकण गरिएको पोखरी निकै रमाइलो ठाउँ हो। आमाबा मारे नामको पर्बतको काखमा रहेको यस पोखरीमा ऋषि तर्पणीका दिन भब्य मेला लाग्ने गर्दछ।
चरीकोटमा चरीग्याङ गुम्बा रहेको छ। यहाँबाट सुर्योदय र सुर्यास्तको मनमोहक दृष्याबलोकन गर्न सकिन्छ। जनकपुरदेखि तिब्बतसम्म रमणीय बाताबरणको यहाँबाट देख्न सकिन्छ।
सय थुम्कोको शैलुङगेश्वर डाडाँ चढ्दाको मज्जा नै बेग्लै हुन्छ। बिगु गुम्वा र लप्ची ध्यान केन्द्र जस्ता महत्वपुर्ण स्थलहरुमा पर्यटकको त्यति आगमन छैन। पर्यटकहरुको आगमनको हिसाबमा दोलखाको धेरै गन्तब्यहरु भर्जिन नै रहेका छन। नयाँ नयाँ गन्तब्यको खोजी गर्ने यात्रीहरुको लागि दोलखा एउटा उपयोगी ठाउँ हो। ग्रामिण पर्यटनको मार्फत यहाँ बासिन्दाको जनस्तर उठने देखेर नै त्यहाँ होटेल लज सञ्चालन गर्नेहरु बढेका छन। देशबिदेशका अतिथिहरुको सत्कारको लागि तिनीहरु तयार भएर बसेका छन। यी क्षेत्रहरुको भ्रमण गरी स्वर्गीय आनन्दा पाउन आयोजकले समस्त नेपालीलाई अनुरोध गरेका छन्।

DOLKHA, INTRODUCING. Proud to Be Dolkhali:

1 comments:

  1. Unknown said...
     

    Dolakha Introducing, Proud to be Dolkhali ko Name matra rakhyera Hudai Krishna G Yesho Link rakhnus yeshari

    http://www.facebook.com/pages/Dolakha/DOLKHA-INTRODUCING-Proud-to-Be-Dolkhali/213642987284?ref=mf

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan