गजल 'खोज्न नआउनुहै'
तकदिरमा तिम्रो नाम खोज्न नआउनुहै
बनबास हिडिसकें राम खोज्न नआउनुहै
सबथोक जलाइसके बिछोडको पिडामा
फोटो, चिठीपत्र खाम खोज्न नआउनुहै
छिया छिया पारि मुटु मेरो टुक्राएपछी
अस्ताइसके हिजै घाम खोज्न नआउनुहै
भुली दिनु है प्रिय मरिसके तिम्रोलागी
भेट्ने आसमा परम धाम खोज्न नआउनुहै
नचाहेरै मेटिए सब प्रेमलिला अतितका
बाकी राको केहि डाम खोज्न नआउनुहै
भो पुग्यो गर्न तिम्ले नाटक प्रेमको अब
बर्बाद गरि समयको बेकाम खोज्न नआउनुहै
0 comments:
Post a Comment