मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

गजल

डिडो सँग खाने तिहुन छैन गरीबका
मिट मसला त के नुन छैन गरीबका

चर्की सके झुपडी बर्षातको पानीले
दशैमा पोत्ने थोरै चुन छैन गरीबका

झल्मल्ल बत्ती तिहारमा सबैका
रात छ चकमन्न जुन छैन गरीबका

दुई बर्से छोरोको जन्मदिन भोली
केक हैन दिने सगुन छैन गरीबका

काठयाङ्ग्रिने रात काटनु छ सहेरै
आङ डाक्ने सानो उन छैन गरीबका

पितलका नेक्लेस तामाका औंठि
बिहेमा लगाइदिन सुन छैन गरीबका

छी छी गर्छन तल्लो जात भनि ठुला
उस्तै उस्तै रातो खुन छैन गरीबका

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan