मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

जापानमा नेपाली बिध्यार्थी

गत २ हप्ता यता अस्ट्रेलिया अनि बेलायतमा भएका नेपाली बिध्यार्थीहरुको अवस्थाको बारेमा प्रकासित समाचारहरुले नेपाल छाडी बिदेसिएका नेपालीहरुको साँचो यथार्थलाई बाहिर ल्याएको छ | यस्ता समाचार धेरै पहिलेनै नेपालीहरुले थाहापाउनुपर्ने थियो | यदि बिदेसमा बिध्यर्थिको वास्तविक जीबन, रोजगारीको अवस्था अनि कामको कठिनता को बारेमा पहिलेनै जानकारी पाएको भए नेपाली हरु ठगिनु अनि बिदेसिनु बाट सतर्क हुन्थ्यो होला | अहिले अस्ट्रेलिया, बेलायत मात्र हैन बिश्वोका सबै प्राय देशहरुमा रोजगारीको अवस्था अत्यन्त नाजुक बन्दै गैरहेको छ | बिकसित राष्ट्रहरुमा पढ्न, काम गर्न लगायत विभिन्न कारणले बिदेसिने देशहरुको संख्या दिनानुदिन बढ्दै गैरहेको छ | जसकारण काम पाउने समस्याले बिद्यार्थीहरु पिरोलीरहेकाछन | त्यसमाथि आर्थिक मन्दीको कारण पनि प्रमुख कारण बन्नपुगेको छ | अहिले सायद जुनसुकै देशमा गएका प्राय नेपालीबिध्यर्थिहरु, काम नपाएर जस्तोसुकै कठिन काम गर्न पनि बाध्य छन् | न्यूनतम पाउनुपर्ने काम पाउन पनि मुस्किल छ, अहिले बिदेशमा | त्यसमा पनि विदेशको महंगीले आफ्नो लगानी उठाउन पनि मुस्किल छ | १०-२० घण्टा हप्तामा काम गर्यो अनि त्यो कलेजलाई तिर्दा अनि खादै ठिक हुन्छ, बचतको त कुरै नगरौ | न सुत्नु छ , न समयमा खानु छ? न परिवार छ, न जीबन छ ...............| तर पढ्नको लागि हो भने विदेश, यो संसार भन्दा भिन्न छ | यदि पढ्न हो भने विदेश राम्रो छनोट हनसक्छ | तर कामको लागि हो भने जाने देशको बारेमा राम्रो संग बुझी, त्यहाको अबस्थाबारेमा जान्नु जरुरि छ | मात्र दलाल को लहैलहैमा विदेशिए हतारको निर्णय फुर्सदमा पछुताई भन्ने भनाइले सार्थकता पाउने कुरामा दुइमत नहोला भन्न सकिन्न |
अहिले म जापानमा पढ्दै अनि काम पनि गर्दैछु | ३ वर्ष बित्नालाग्यो विदेशिएको पनि | केहि बर्ष त राम्रै थियो जापानमा कामको अवस्था, हप्तामा ४० घण्टा जति काम गर्यो भने कलेजलाई तिर्न, खान अनि अलि अलि बचत हुन्थ्यो, आर्थिक मन्दीयता जापानका धेरै कम्पनिहरु बन्द हुदै गइराखेकाछन् | फलस्वोरूप प्रतक्ष्य असर हामी बिदेसिहरुको रोजीरोटीमा पर्न गएको छ | भाषा भयो भने त काम टन्नै पाइन्छ तर जानिएन त काम पाउन गारो छ अहिले | गरिराखेका काम पनि दिनदिनै घट्दै गैरहेको छ | यस्तै हो भने जापानको समाचार पनि नेपाली समाचारमा प्रकासित हुने दिन पनि नआउला भन्न सकिन्न |
बिदेशिनको लागि तयार तपाई नेपालमा रहनुभएकाहरु हो, पहिले आफ्नो जाने देशको अबस्थाको बारेमा आजै बुझ्नुहोला र बिदेशमा पछुताउन बाट जोगिनुहोला |

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan