गज़ल
देशको लागि धेरै पढ नेताहो
सगरमाथा सिखरमा चढ नेताहो
दुश्मनले झगडा गर्न आएमा
नडराई अघिअघि बढ नेताहो
माया लाग्छ यदि स्वोदेशको भने
ढालभै सिमानामा गड नेताहो
देशको गती बिगार्ने सबै छानेर
दुइहातले कठालो पकड नेताहो
भबिष्य बनाउन देश नेपालको
सड्नु परेपनि तिमि सड नेताहो
बिकासको लहर ल्याउन यो देशमा
यहि माटोमा हात रगड नेताहो
परिचय
कृष्ण के श्रेष्ठ “काल्स”
भिमेश्वोर नगरपालिका ३ दोलखा
हाल
Yokohama System Engineering College
योकोहामा, जापान
0 comments:
Post a Comment