मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

कसको आँखा जाला यसमा???????????????


यो स्तुपा (सेंग)कति राम्रो देखिन्छ जुन दोलखाको माथिल्लो टोलमा रहेको छ । अहिले यसको पुरै रंग खुइलिसकेको ,अनि गजुर ढलेर खस्न लाग्ने अवस्था छ । भन्ने हो भने धेरै नाजुक अबस्था लिएर ठिङ्ग उभिएको छ ।
पहेले पहिले त गुठि हरु मिलेर यसको रंग रोगन अनि मर्मत सम्भार गर्ने काम हुन्थ्यो । त्यो बेला दोलाखालिहरु धेरै थिए अनि दोलखाको लागि केहि गरौ भन्थे त्यसैले दोलखाको विकास धेरै अघिबडिसकेको थियो । तर समयको माग भनौ या रोजगारीको लागि दोलखा छोडेर काठमाडौँ जानेहरुको संख्या धेरै बढेको छ । हुन पनि हो दोलखामा त्यति धेरै रोजगारी छैन खान लाउनको लागि खेति किसानिले मात्र पुग्दैन अनि कामको लागि भए पनि राजधानी पस्नु पर्ने बाध्यता भएको छ । सायद अहिले दोलखामा साना केटाकेटी अनि बाजेबजै बाहेक बस्नेहरु कमै होलान । युवा पुस्तासबै कोहि विदेश त कोहि कता ? त्यसैले दोलखाको विकास हुन सकिरहेको छैन । यो स्तुपा यसकै उदाहरण बन्न सक्छ । सानो खर्च भय पुग्ने भएपनि वास्ता गर्ने अनि राम्रो बनाउनेमा कसैको आँखा जादैन बनाउनको लागि जाँगर कोहि कसैको छैन न छ दोलाखालिको न त छ सरकारको ? खैर , छिटै यसको मर्मत सम्भारमा दोलखाली अनि सरकारको आँखा जावोस यहिनै दोलाखालिको चाहना ......................

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture