मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

मेरी आमा हाम्री आमा





मैले देश छोड्दाखेरी 
मेरी आमा, संग संगै रुनु भाथ्यो, डाँको छाडेर
थाम्नै नसक्ने गरी
क्वाँ! क्वाँ! गरेर, निकै बेर सम्म
 
यति सम्मकी,
मैले आमा तिर फर्केर, विदाईको हात सम्म पनि हल्लाउन सकेको थिइन
तर, हाम्री आमा अर्थात् नेपाल आमा
अँह, खै किन हो? बुझिन मैले
एक थोपा आँसु झारेर कत्ति पनि रुनु भएन
तँ, नजा!” भनेर रोक्ने कष्ट सम्म पनि गर्नु भएन

सायद,
उहाँ भित्रि मनले नदेख्ने गरी रुनुभयो होला
तर, त्यो रुवाई देख्न सकें? अनुभव गर्न सकें मैले 
अथवा, उहाँ
आफ्नो छोरो विदेश गएर, पैसा कमाएर, राम्रा राम्रा कुरा सिकेर 
देश फर्कन्छ

अनि देश बनाउंछ, आमालाइ पनि पाल्नेछ भनेर
नरोएको पनि हुन सक्छ, नतड्पेको पनि हुन सक्छ 
नत्र किन?
आफ्नो छोरो संग विछोडीदा पनि, कत्ति पनि दुख लागेको छैन?
नत्र किन मेरी आमा जस्तै भक्कानेर रुनु नभाको?

तर,
तर, एक दिन
हाम्री आमा अर्थात नेपाल आमा पनि
मेरी आमा जस्तै डाँको छाडेर रुनेछिन, तड्पिनेछिन छोरा संगको विछोडीमा
मलाई छाडेर तँ, नजा भनेर पक्कै पनि बिमानस्थलमा रोक्न आउनेछिन

अनि पनि,
थाम्नै नसकेर दुइटै आमा संग संगै रुनेछु, भक्कानिएर
 
त्यो दिन,
जुन दिन नेपाल सुन्दर हुनेछ
जुन दिन नेपाल शान्त हुनेछ
जुन दिन नेपाल विशाल हुनेछ

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture