मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

कुर्सि मात्र खोज्ने सरकार भएपछी







कुर्सि मात्र खोज्ने सरकार भएपछी
राजा हुनेनै भो दरबार भएपछी

मरेकैपो रैछु बल्ल मैले पत्तो पाएँ
पत्रिकामा मेरै समाचार भएपछी

कस्ले दुख गर्छ ? दुइनंग्रा खियाएर
भ्रस्टाचार बाटै मारामार भएपछी

बाआमाले लाको काँडेतार को के काम?
भागिजाने तिम्रो सुरसार भएपछी

किन भोटेताल्चा बिनासित्ती झुन्डाउँछौ?
बोली बाटै खुल्ने कारगार भएपछी

खेल्न छाडिसकें त्यस्तो खेल जबदेखि
जीत हुँदा पनि मेरो हार भएपछी

भित्रि मन बाटै जति सक्छौ लेख्दै जाऊ
ताली बज्छ गजल् दमदार भएपछी

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture