
मान्छे हरु बेच्ने पसल भेटियो
षड्यन्त्र सबैको सफल भेटियो
मान्छे हरु बेच्ने पसल भेटियो
जो चप्पल लगाएर हिड्ने गर्थे
शहरमा उसैको महल भेटियो
सिरानीमा मेरै फोटो छ भन्थ्यौ
रक्सिले भरेको बोतल भेटियो
हिजो सम्म जस्ले नक्सा कोर्दथ्यो
फेसबुकमा आज गजल भेटियो
रोइ कराई भिख माग्दै थियौ
भन्छन् रुवाइमा नक्कल भेटियो
तिमि पनि उस्तै, थाहा भो तब
जब त्यो बाटोमा खाडल भेटियो
0 comments:
Post a Comment