मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

म किन लेख्छु ?

 बिदेशी मरुभूमिमा कुनै फूल फुल्दैन अनि कुनै कुरा पनि उम्रिदैन भन्थे तर ठिक उल्टो रहेछ यहाँको यथार्थता म आफै विदेश आइहेर्दा । यहाँ माया, ममता जस्ता कुरा हैन यहाँ बिदेशी पिडा, दुख अनि तडपाईका धेरै कविता, गजल, गीत कथा अनि यस्तै यस्तै अन्य धेरै साहित्यिक सृजनाका राम्रा राम्रा फूलहरु फूल्दारहेछन अनि फस्टाउदा रहेछन हलहल्ति । र म पनि  कोपिलारुपी गजलको रुपमा फुल्न थालेछु थाहै नपाई यो प्रवासी भूमिमा ।

सायद म यदि परदेशीएको नभए आज मैले मेरो गजलसंग्रह "धन कमाउने सपना" प्रकासन गर्न सक्ने पनि थिइन् होला जस्तो मलाई लाग्छ । हुनत नेपाल छँदा पनि मैले साहित्यमा धेरथोर कलम नचलाएको भने होइन, लेखिन्थ्यो त केहि मायाप्रेमका कविता, गजल, फुटकर कविताहरु अनि कथाहरु मात्र, त्यो पनि रहरै रहरमा । तर नेपाल अनि नेपालको माया, देशप्रेमका भावनामा डुबेर लेखिएका सृजनाहरु मैले कमै मात्र लेखेको हुँला त्यसैले यसमा म देश प्रति अहिले क्षमा माग्न चाहन्छु । तर जव म परदेशीए अनि अरुलाई जस्तै मलाई पनि देश प्रतिको माया र सम्झानाहरुले सताईनै रह्यो र हरप्रहर याद दिलाईरह्यो । अनि मलाई  देशप्रेम, बिदेशिनुका पिडा, रोदनका गजल, कथा अनि कविता लेख्न जबर्जस्ति कर गरिरह्यो र गरिरहेको छ अझै पनि ।

साथै जब जब नेपाली चाडपर्बहरु आउँछन तब झन् नेपालको माया अनि सम्झनाले पिरोलिदिन्छ हामीलाई । र आफ्नो मन थाम्नको लागिनै भए पनि मनमा उब्जेका भावनालाई नपोखी बस्ने सक्दैनौ हामी बिदेशी  भुमिमा बस्नेहरु । अनि लाग्छ हामीलाई नेपाली चाडपर्व  कहिल्यै पनि नआओसकी हामीलाई झन् देशको माया अनि सम्झनाले तडपाएर  हामीलाई दुखि नबनाओस ।

त्यसो त बिदेशमा पिडा अनि दुख मात्र छ भन्न खोजेको पनि होइन मैले । यहाँ धेरै राम्रा काम लाग्ने कुराहरु पनि छन् , जुन हाम्रो देश नेपालमा हामीले देख्न अनि अनुभब गर्न पनि सक्दैनौ । यहा बिकासको त कुरै नगरौ, अतिविकसित सडकहरु, अग्ला अग्ला महलहरु अनि यहाका मान्छेहरुको विश्वास र इमान्दारिताहरुको यहाका सबैथोक हाम्रालागि प्रसंसनिय छन । त्यसैले कहिले कहीं त लाग्छ यदि आफ्नो देशमै यस्तो भैदिएको भए यो बिदेशी भूमिमा आफ्नो परिवार अनि देश छोडेर मरीमरी काम गर्नु पर्दैनथियो होला, स्वोर्गरुपी नेपालमै हलो कोदालो खनेर आफ्नै नेपाली जिन्दगिमा रम्थ्यौ होला । अनि पुकार्छौँ नेपाली आमालाई छिटै नेपालमा सुख शान्ति आओस । अनि म जस्तै लाखौ बिदेशिएका नेपालीहरु नेपालमै फर्केर नेपाली भुमि मै परिश्रम गर्ने प्रण पनि गर्छौ । तर अपशोच हाम्रो देशको विकास, उन्नति कहिले पनि उभो लाग्न सकेन । न राम्रो सरकार बन्छ न  त विकास हुन्छ देशको? सधै आन्दोलन र कुर्सिको तानातान मै देश अल्झीरहेको छ । यसमा हामीलाई झन् दुख लागेर आउँछ ।

आशा छ, छिटै देशको अवस्था राम्रो होस् अनि नेपालमै रोजगारीको अवसर बढ्दै जाओस अनि नेपालबाट बाहिर हैन की विदेशबाट बिदेशीहरु काम गर्नको लागि  नेपाल आउने वातावरन बन्न सकोस । अनि म लगायत बिदेशिनुभएका लाखौं नेपालीहरु नेपालमै फर्केर काम गर्ने अवस्था सिर्जना होस । मेरो प्रकाशित गजल संग्रहमा यस्तै यस्तै चाहना, आग्रह भनौ या बिदेशी पीडा, खुसि, प्रेम बिछोड आदि परिवेशहरुमा मेरा गजलहरु बोल्ने कोसिस गरेकोछ जस्तो लाग्छ मलाई  ।

खैर, फेरी पनि म त थाहै नपाई भावनामा डुबेर बिदेशी भूमिको बारेमा लेख लेख्नपो थालेछु । भो अब चाहन्न म यस्ता लेख लेखेर झन् मेरो मन बडी दुखि बनाउन ।
गजल लेख्न सिक्दैछु त्यसैले यस भित्रका मेरा  गजलहरु गजल बन्न सकेको छ या छैन? मेरो गजलमा कस्ताकस्ता कुराहरु बोलेका छन? राम्रा छन या छैनन्? मुल्यांकन गर्ने अनि प्रतिक्रिया दिने जिम्मा तपाईहरुलाई ।

अन्तमा म, मलाई सबै भन्दा पहिले गजल लेख्नको लागि उत्प्रेरित गर्ने गजल सम्बन्धि कार्यक्रम बुलबुललाई आभार प्रकट गर्दै मेरो यो गजल संग्रह निकाल्नको लागि साथसहयोग, उत्प्रेरणा दिनुहुने सम्पूर्ण मेरा साथीहरुलाई, मेरो सम्पूर्ण परिवार, लगायत मेरा सम्पूर्ण दोलखाली साथीहरु, फेसबुकका मित्रहरु, ब्लगका मित्रहरु अनि तपाइलाई धेरै धेरै धन्यवाद दिदै मेरा गजल पढ्नु भइ मेरा त्रुटि, अनि सुधार गर्नुपर्ने कुरा अनि राम्रा कुराहरु औलाई दिनुहुन् अनुरोध गर्दै बिदा हुन चाहन्छु ।


प्रस्तुत लेख "धन कमाउने सपना" मा लेखिएको लेखकीय हो । 
 
 
 

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture