मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

बुलबुल संग बोल्दा



         मैले बुलबुलमा गजल सुन्न थालेको पनि झन्डै ८ बर्ष भैसकेको रहेछ सुरुसुरुमा HBC बाट बज्ने बुलबुल कार्यक्रम केहि बर्ष बन्द भएपश्चात उज्यालो एफएम बाट पुन प्रशारण भएपछी मैले जापानबाटै अनलाइन मार्फतनै सुन्दै आएको छु मलाई बुलबुल अझ भन्नुपर्दा अच्युत दाईकै गजल बाचनगर्ने शैलीलेनै गजल लेख्न सिकाएको भन्दा अत्युक्ति नहोला

मेरा धेरै गजलहरु बुलबुल मार्फत बजेका छन्, जुन मलाई जति सुनेपनि सुनुसुनु लागिरहन्छ अच्युत दाइको मिठो स्वरमा त्यसैले मलाई धेरैबर्ष अघि देखिनै अच्युत दाईलाइ भेटेर कुरागर्ने रहर लागिरहेको थियो । 

संयोगबस मेरो यो पटकको नेपाल फर्कने क्रममा मेरो गजल संग्रह "धन कमाउने संग्रह" निकाल्ने जमर्को गरेको थिएँ र मैले बिमोचन समारोहमा उपस्थितिको लागि अच्युत दाईलाइ फोन गरेको थिए   उहाले मलाई भेट्नको लागि बोलाउनुभयो , अनि मैले भेट्ने समय ठिक गरिहालें त्यसको केहि समय पश्चातनै उहाले फेरी फोन गरेर मलाई बुलबुल कार्यक्रमको लागि अन्तरबार्ता लिने कुरा बताउनुभयो, जुनबेला म खुसीले धेरै हर्षित भएको थिएँ 

march 9 तारिख बुधबारको दिन थियो म हतारहतार अन्तरबार्ताको लागि उज्यालो एफएमको स्टुडियो तिर दौडिएँ, मनमा धेरै डर अनि खुसि बोकेर उहाँसंग बोल्नको लागि । तर म अलि छिटो पुगेछु जापान भन्ठानेर ३० मिनेट अघाडीनै

केहि छिनको पर्खाईपछी उहाँ आउनुभयो चियासिया खाईओरि अन्तर्वार्ताको लागि तयारी भयौं हामी मेरो जिन्दगीमै दोस्रो पटकको अन्तर्वार्ता भएर होला मलाई केहि अप्ठ्यारो महसुस भएको थियो तर सोचे भन्दा कार्यक्रम रमाइलो भयो । बीच बिचमा बजेका गजल पनि धेरै राम्रा थिए । झन् उहाको बाचनशैलीको त बयान गर्ने सक्दिन म । अन्तर्वार्ताको क्रममा भने प्रेम प्रसङ्गका कुराहरुले मलाई रातो पिरो पार्नुभाको थियो उहाँले

करिब ४५ मिनेटको गजल अनि अन्तर्वार्ताको कार्यक्रम मेरो लागि नयाँ र रमाइलो अनुभब भयो अनि अबिश्मरनिय क्षण पनि बन्यो आज त्यहि अन्तर्वार्ता कार्यक्रम यहाँ राख्दैछु यहाहरुको लागि धेरैपछी भए पनि । सुन्नको लागि तल थिच्नुहोस


0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan