मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

अनेसास जापानको साहित्य श्रृङ्खलाको १३ औं भाग सम्पन्न

कृष्ण के श्रेष्ठ "काल्स"
योकोहामा जापान


       अन्तरास्ट्रिय नेपाल साहित्य समाज जापानको नियमित साहित्य श्रृङ्खलाको १३ औं  भाग जनावरी २५ मंगलबारका दिन जापानको सिनोकुबो स्थित खाजाघरमा भब्यताकाका साथ समपन्न भयो । अनेसास जापानका अध्यक्ष देनेश राज ज्ञवालीको सभापतित्व मा संचालन भएको कार्यक्रममा कार्यक्रम संचालन छक्कु उदासीले गर्नुभएको थियो । करिब ३ घण्टा सम्म संचालन भएको सो कार्यक्रममा २५  जनाजति जापानमा रहनुहुने नेपालीहरु, बिभिन्न अनलाइन मेडियामा कार्यरत पत्रकार, NRN जापान, लोक तान्त्रिक मन्च, थकाली समाज, समाचार साप्ताहिक, जनप्रगतिशील मन्च ,काभ्रेली समाज, जनजाती महासंघ लगायत अन्य संघ संघठन र साहित्यमा रुची राख्ने साहित्यकारहरुको  राम्रै उपस्थिति रहेकोथियो । कार्यक्रममा उपस्थित सम्पूर्णले आआफूमा रहेका साहित्यलाई कविता, गजल, गीत, प्यारोडी, हाइकु, कथा ,मुक्तक, चुटकिला क्यारिकेचरका मध्यमबाट प्रस्तुतगरि चिसो मौसममा खाजाघरको हल तताउनुभएको थियो ।

सबैका रचनाहरु उतिकै सुनुसुनु लाग्ने उत्कृस्ट र रमाइलो थियो र त बाचन हुदा हुदै पनि वाह वाह र ताली कार्यक्रमको अन्त्य सम्म पनि उतिकै गुन्जिरहेको थियो । कार्यक्रम को सुरुवात सुष्मा आमताको (हाइकु) बाट सुरु भइ, जीवन अर्यालका (गजल), कृष्ण के श्रेष्ठ "काल्स"का  (तीन गजल), भुपाल मान श्रेष्ठका (कविता) , पिताम्बरका (मुक्तक र गजल), सरद गौचनका (छन्दकविता) ,शरद गौचन का (मुक्तक) , श्रवन कुमार सत्यालका (जादु,क्यारिकेचर, चुटकिला), अरुण कुमार श्रेष्ठका (प्यारोडी गीत), छक्कु उदासीका (लघुकथा, कविता ) , तिलक मल्लका (गजल) र अन्त्यमा दिनेशराज ज्ञवालीका (गजल) लगायत सम्पूर्ण उपस्थित सदस्यहरुले आफ्नो रचना बाचन गरेर सुनाउनुभएको  थियो । रचना हरु कुनै देशप्रेमका थिए त कुनै प्रेमका त कुनै व्यंग्य थिए । कुनै कुनै रचनामा उपस्थित सबै मित्र हरु भाबुक पनि हुनुभएका थिए भने कुनै मा मरिमरि हस्नुभएको थियो । 

समग्रमा हेर्दा सम्पूर्ण कार्यक्रम रमाइलो भएको थियो र सफल पनि , मन्तव्यका क्रममा अध्यक्ष दिनेश राज ज्ञवालीले छिटै जापानब्यापी कविता प्रतियोगिता गरिने पनि बताउनुभयो र अझै कार्यक्रमलाई आगामी दिनहरुमा सुधार गर्दै लैजाने , र नयाँनयाँ  साहित्यिक अनुहारको खोजि गर्ने कुरा पनि बताउनुभयो । साथै कार्यक्रम समिक्षक भुषण घिमिरे र तिलक मल्ल भन्दै हुनुहुन्थ्यो पहिलेका कार्यक्रमहरु प्राय कविता मै सिमित हुन्थे तर आजको कार्यक्रममा नयाँ आजि(स्वाद) पाइयो भन्दै हुनुहुन्थ्यो मुसुमुसु हाँसेर ।

कार्यक्रमका केहि झलकहरु :





फोटो स्रोत: नेपालजापान डटकम

1 comments:

  1. Dhruba Panthi said...
     

    लौ गज्जब रमाइलो भएछ! ब्लगमार्फत् कार्यक्रमको जानकारी बाँड्नुभएकोमा धेरै-धेरै धन्यवाद!

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan