मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

पसले बिनाको पसल

 कृष्ण के श्रेष्ठ "काल्स"


गेट बाहिर राखिएको खुल्ला पसल
यो बिश्वास भन्ने कुरा पनि सारै अनौठोको हुदो रहेछ अनि फरक फरक पनि । मान्छेको बाहिरी रुप मात्र हेरेर कोहि कसैलाई पनि बिश्वास गर्ननै नमिल्ने । अलि सोझो अनि इमानदार देखिने व्यक्ति लाई बिश्वास गर्यो भने उसलेनै विश्वासघात गरिदिन्छ । 

अब प्रसंग वदलौं, हाम्रो नेपालमा बलियो सटर अनि बलियो २-४ वटा ताल्चा लगाएर बन्द गरिएको पसलका सामान, पैसा आदि चोरी हुन्छन । न कुनै सरकारी सुरक्षा ब्यवस्था छ ? न त  कोही कसैको पनि  बिश्वास छ ? जति सुकै बलियो चाबि लगाएपनि फोरेरै छाड़छन चोरहरुले । 
यो तलको फोटो हेर्नुस त:

पसले बिनाको पसल
यी माथीका दुईवटा फोटो म कलेज जाने बाटोमा राखिएका मैले सधै देखिरहने पसलहरु हुन  । जुन पसलमा कुनै पसले छैनन, न त यहाँ कुनै भोटे ताल्चानै लगाईएका छन ।

पहिलो फोटोमा एउटा छाताको मुनि सुन्तला बेच्न राख्न राखिएको छ , जहाँ छेउमा एउटा पैसा राख्ने बाक्सा राखिएको छ । यहाँ बाटोमा हिड्ने मान्छेहरूले किन्न मन लगेमा झोलामा राखिएको सुन्तला लिएर, तोकिएको पैसा राखेर जान्छन । त्यसैले यो पसलमा पसले भन्नु नै बिश्वास हो र बिश्वास कै कारोबार भएको मलाई लाग्छ ।
यस्तै दोस्रो फोटोमा  सुन्तला, मुला, आलू जस्ता फलफूल अनि तरकारी र त्यसको भाउ लेखेर टालिएको छ, अनि पछिल्तिर एउटा टिभी राखिएको छ, जसले त्यहा आउने ग्राहक हरुको भिडियो कैद गर्ने गर्दछ । यहाँपनि कुनै पसले छैन, आउने ग्राहकले आफैले सामान लिएर तोकिएको रकम हालेर किन्ने गर्दछ्न ।

यी दुई पसल देख्ने बेलामा म अनि मेरा साथीहरु सधै कुरा गर्ने गर्दछौ, हाम्रो नेपालको बारेमा अनि नेपाली  चलन, बिस्वास अनि यस्तै यस्तै बिषयका बारेमा । यदि नेपालमा पनि यस्तै बिस्वास भैदिएको भए नेपाल आज कता पूगीसक्थ्यो होला, चोरी डकैती का समाचारहरु अखबारमा छापिने थिएनन होला । खैर, भबिश्यमा यस्तै पसल नेपालमा पनि भएको हेर्ने आशाको साथ .....................
यस्तो पसलको निर्माणमा हामी नेपालीले आफ्नै वानि नसुधारी हुदैन जस्तो मलाई लाग्छ , तपाईहरुलाई कस्तो लाग्छ ? लेख्नुहोला ।

2 comments:

  1. itsNepal said...
     

    really good blog(dolkhanepal) i like this
    fans of this dolkhanepal blog

    pls
    now
    i make about nepal tourism blog pls all
    Pls Review my this blog i need suggest http://itsnepal.blogspot.com

    hope i will find ur suggestion

  2. Krishna said...
     

    thank u its nepal..........

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan