मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

फेसबुकले जापानीको मन जित्न सकेन

बिज्ञान र प्रविधिको विकाससँगै विश्वभर इन्टरनेट प्रयोगकर्ताहरुको संख्या नाटकीयरुपमा बढेको बेला प्रविधिको क्षेत्रमा अति बिकसित राष्ट्र जापानमा फेसबुक प्रयोगकर्ताहरु कम छन भन्दा सजिलै बिश्वास नलाग्ला सबैलाई । तर यो यथार्थ हो किनकी जापानीहरु प्राय mixi चलाउने गर्दछन जुन मोबाइलबाट सजिलै चलाउन मिल्छ ।
इन्टरनेटको प्रयोगले आफन्तजन, पुराना साथी मात्र होइन, कहिल्यै नदेखेको र नभेटेको ब्यक्तिहरुलाई समेत साथी बनाउन मद्दत पुगेको छ । संसारको एक कुनाबाट अर्को कुनामा अनलाइन सम्पर्क सम्भब बनिसकेको छ । तर, अनलाइन संञ्चारको विश्वब्यापिकरण प्रभाबले जापानीहरुलाई भने त्यति छुन सकेको देखिदैन । बिदेशी नागरिकहरुसँग सामाजिक सम्बन्ध स्थापित गर्नमा जापानीहरु अलि पछाडि छन् । उनीहरु जापानीहरुसँग नै मित्रता र प्रगाढ सम्बन्ध राख्न रुचि राख्दछन् ।
 फेसबुक, ट्विटरलगायत अन्य २९ अनलाइन साइटहरु जापानीहरुबीच लोकप्रिय बन्न नसकेको टीएनएस बजार अनुसन्धान कम्पनीले हालै गरेको एक अध्ययनले देखाएको छ । उक्त कम्पनीले विश्वको ४६ देशका झण्डै ५० हजार इन्टरनेट प्रयोगकर्ताहरुमाथि अध्ययन गरेको थियो ।
लाखौ प्रयोगकर्तालाई आकर्षित गर्न सफल फेसबुकले जापानीहरुलाई किन मोहित गर्न सकेन त? के जापानीहरु विदेशीसँग मित्रताको सम्बन्ध राख्न चाहदैनन्? यसका पछाडि धेरै कारण हुन सक्छन् । सास्कृतिक विविधताका कारण नै जापानीहरुले विदेशीसँग कम सम्बन्ध राखेको अनुसन्धानबाट पत्ता लागेको छ । केहिले भने जापानीहरुको गोपनियता राख्ने बानीका कारण अपरिचित ब्यक्तिहरुसँग सम्बन्ध विकास गर्न हिचकिचाउने गरेको बताए ।
यसले पश्चिमीमूलका अनलाइन प्रयोगकर्ताहरुलाई आफ्नो ब्यबहार, चरित्र, र कमीकमजोरीको समिक्षा गर्न बाध्य बनाएको छ । विदेशका साथीहरुसँग भेटघाट तथा ब्यक्तिगत दुःख—सुख साटसाट गर्न असम्भब भएका कारण पनि जापानीहरुले स्वदेशी साथीलाई बढी महत्व दिएको हुनसक्छ । अधिकांश जापानीहरु आफ्नो वास्तविक परिचय खुलाई वा लुकाई मिक्सि अनलाइनसाइटमा एकअर्कासग अन्तरक्रिया गर्ने गर्दछन् । जुन पश्चिमी मुलुकमा त्यति लोकप्रिय छैन । मिक्सि साइटको प्रयोगकर्ता २ करोड ५० लाखको हाराहारीमा रहेको बुझिएको छ ।
यद्यपी, जापान इन्टरनेट प्रयोगकर्ताको आधारमा विश्वको तेस्रो स्थानमा पर्दछ । सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने देशहरुमा अमेरिका र चीन क्रमश प्रथम र दोश्रो स्थानमा छन् । यसर्थ, सोसल नेटओर्किङ साइटहरुमा जापानी प्रयोगकर्ताहरुको नगन्य सहभागीता हुनुमा साइट संचालकहरुले नै विशेष चासो दिनुपर्ने देखिन्छ । यसका लागि कम्पनी तथा साइटहरुले विश्वका विभिन्न मुलुकका प्रयोगकर्ताको सहभागिता बृद्घि गर्न सरल प्रकृया तथा सास्कृतिक विविधतामा ध्यान दिनु बुद्घिमानी हुन्छ । यसबाट अनलाइन साइटले विश्वभर प्रचार र लोकप्रियता हासिल गर्न सक्नेछ ।
जापानीहरुबीच मिक्सी साइट लोकप्रिय रहनुको अर्को कारण भनेको सजिलैसँग आफ्नो प्रोफाइल हेर्ने ब्यक्तिबारे जानकारी लिन सकिने सरल प्रावधान पनि हो । यसले संसारको बिभिन्न कुनामा रहेको जापानी साथीहरुबीच सम्बन्ध स्थापित गर्न सहज भएको छ । छोटो समयमा निकै चर्चा बटुलेको फेसबुकले जापानी प्रयोगकर्ताहरुलाई आकर्षित गर्न प्रोफाइल हेर्ने ब्यक्तिको परिचय सजिलै खुल्ने किसिमको सफ्टवयर विकास गर्न सक्नुपर्छ । तसर्थ, जापानीहरुले कति वर्षमा सोइल साइटमा उत्साहजनक सहभागिता जनाउने छन् भन्ने प्रश्न भन्दा पनि सोलल साइटहरुले कति वर्षभित्र सांस्कृतिक विविधता ल्याई जापानीहरुलाई आकर्षित गर्छन् भन्ने विषय महत्वपूर्ण देखिन्छ ।

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan