मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

धन कमाउने ठूलो सपना

गजल 

कृष्ण के श्रेष्ठ "काल्स "

 
धन कमाउने ठूलो सपना देख्दैछु म विदेशमा
थाकिएको ढाड घाममा सेक्दैछु म विदेशमा

उहाँ  छदा नाम्लो पनि नछोएका हातहरुले
सकी नसकी भारीहरु थेग्दैछु म विदेशमा

सक्दिन म हिड्न पनि दुखिएका पैतालाले
ऐया! आमा भन्दै भुइँ टेक्दैछु म विदेशमा

संघर्षरुपी जीवनका तीर मैतिर ताक्दाखेरि
भाग्यलाई ढाल बनाई छेक्दैछु म विदेशमा

आमा! अब फर्किन्छु हलो जोत्न स्वोदेशमै
भनि गजल बेदनाका लेख्दैछु म विदेशमा

10 comments:

  1. sagun said...
     

    krishna ko gajal padda ma aphai pani gajal bhitra pauchu. uni sarai sipalu chan gajal lekhanma kinaki vhawana ko gahirai ma dubera lekchan. yo gajal diasporic sahitya ko jolanta uddharan ho . Khusi lagcha madu madhurya le russia bata ra krishna kals le japan bata sahitaya lai nikai suksma dangale herka chan. Yo gajal bhane bidesiyeko pidale ot prot cha. Thanks krishna k kals.

  2. Krishna said...
     

    धन्यवाद सगुन! म यस्तै सुझाब सल्लाहको कारणले गर्दा अझै गजल लेख्न अभिप्रेरित हुन्छु .....

  3. बसन्त कुमार श्रेष्ठ'क्षितिज' said...
     

    श्रेष्ठजी धेरै राम्रो लाग्यो । गजल मार्मिक बनेको छ । एउटै जिल्लाबासी (निगालेको डाडा पारी दोलखा)भएको नाताले तपाईंको प्रयासमा सधैं मेरो साथ थियो,छ र रहने छ । शुभ कामना ।।

  4. Krishna said...
     

    धन्यवाद बसन्तजी , मलाई पनि तपाइको हरेक कविता, कथाहरु मन पर्छन ...

  5. Truth said...
     

    Yes dear krishna
    very realistic
    our own nation is the dearest place for all, very patriotic gajal,
    u r inspiring me to write such gajals
    thank you
    keep it up

  6. Dolakha said...
     

    We all Nepalese have a same problem, we have to be overseas because of our Country condition. All the words in the poem has deep meaning, heart touchable. ThanQ for Sharing

  7. udash_david said...
     

    धेरै धन कमाउने र परिवारमा सुख शान्ति हुने मीठो मसिनो खाने रहर सबैमा हुन्छ ।

    सुनको छाना
    साँझमा सुहायो,
    मैदाननेर पोतलामनि
    ल्हासा नै मुस्कायो ।
    आकाश छुने पहाडजस्तो
    सुनबुट्टे तामाको,
    सुनको छाना, दरबार अजंग
    त्यो दले लामाको ।

    आजभन्दा ७५ वर्षअघि 'मुनामदन' मा धन कमाउन ल्हासा पुग्दा मदनले देखेको विदेशी भूमिको वर्णन थियो यो । मदनका लागि त्यो अलौकिक दृश्य महाकवि लक्ष्मीप्रसाद देवकोटाले ल्हासा र पोतला दरबार नै नगई कल्पनामा उतारेका थिए ।

    ७५ वर्षअघि लेखिएको 'मुनामदन' लाई पहिलो 'गैरआवासीय नेपालीको कथा' भनेर टिप्पणी गर्ने गरिएको छ । 'मुनामदन धन र सुखको खोजीमा परदेसिएको नेपालीको एउटा कथा थियो भने 'बसाइँ' पनि सामाजिक संघर्ष र गरिबीका कारण गाउँ छाडेर हिँड्नुपर्दाको अर्को कथा हो,' केही अघि काठमाडौं आएका 'बसाइँ' उपन्यासका लेखक लीलबहादुर क्षेत्रीले भनेका थिए, 'अहिले भने यही 'बसाइँ' को कथा पनि नमिल्दो बनेको छ । नेपालीहरू सुख, सपना र धनको खोजी गर्दै इराक, मलेसिया र खाडी मुलुकतिर जान थालेका छन् ।'

  8. Suraj said...
     

    bideshi ko bastabik kura lekheko cha....

  9. Prabesh said...
     

    लेख्नेमात्रै हैन...साँच्चै नै आउनुपर्यो...

  10. वेदनाथ पुलामी (उमेश ) said...
     

    "धन कमाउने ठूलो सपना देख्दैछु म विदेशमा
    थाकिएको ढाड घाममा सेक्दैछु म विदेशमा"
    यथार्थ कुरा लेख्नु भएछ ! श्रेष्ठ जी !

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan