नत केहि गर्न सक्यौ
यो गजल सम्पुर्ण नेपालीहरुको तर्फबाट हाम्रा नेताहरुप्रति समर्पित :
नत केहि गर्न सक्यौ
जिउदै न मर्न सक्यौ
देशको विकास गरेर
बैतडी न तर्न सक्यौ
अशान्त देशमा बुद्धको
सन्देस न छर्न सक्यौ
गरिबका भोका पेटमा
घाँस न भर्न सक्यौ
चढ्ननि नसकी माथी
तल न झर्न सक्यौ
विश्वास दिलाई सबको
मनमा न पर्न सक्यौ
0 comments:
Post a Comment