मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

खबरदारी गजल

 गजल

  कृष्ण के श्रेष्ठ "काल्स "

विजयको गीत, गाउनै पर्छ गाउँनै पर्छ
संबिधान छिट्टै, पाउनै पर्छ पाउनै पर्छ 

देश बनाउन आएपछि, गरिब जनताको
चुहिएको छानो, छाउनै पर्छ छाउनै पर्छ

"हुन्छ हुन्छ" भनेर, आलोटालो गर्नेलाई
खबरदारी गर्न, धाउनै पर्छ धाउनै पर्छ

जेगरेनी देशमा, शान्ति कैले नल्याएमा
क्रान्तिको नारा, लाउनै पर्छ लाउनै पर्छ

कुर्सीकै लागि अझै, तानातान गरिराखे
जुत्ताको माला, लगाउनै पर्छ लगाउनै पर्छ

 हामी नेपाली सबैजना मिलेर यसरी नै खबरदारी गरौ ! नत्र हाम्रो देश कहिले पनि उभो लाग्ने छैन !

1 comments:

  1. sagun shrestha said...
     

    your gajal really matches the current scenario of nepal. A nice endeavouring to make the leaders alert

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan