मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

मुक्तक:पूर्व राजा ज्ञानेन्द्र शाह

मुक्तक


                                    मुक्तककार: पूर्व राजा ज्ञानेन्द्र शाह


बिग्रिदैछ झन् झन् देश मलाई के मतलव

नेताहरुको भाछ चेस मलाई के मतलव

नरेश बाट देशले रास्ट्रपति पाएपनि खै?

फेर्न सक्या छैन फेस मलाई के मतलव


प्रस्तुत मुक्तक नेपाल राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा प्रथम हुन सफल पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा रचित रचानाहो । यस मुक्तकमा उहाको नेपाल प्रतिको माया ममता र राष्ट्रियताको भावना झल्किएको देखिन्छ त्यसैले पनि होला यस रचना नेपाल अधिराज्य भरिमा उत्कृस्ट हुन सफल भएको हो । यहाँ सायद जिशाहको यथार्थता झल्किएको छ । साँचै उहाले अहिले देशको अवस्था झन् झन् बिग्रिएको देखेर यस्तो मुक्तक लेख्ने जमर्को गरेको हुनु पर्छ । देशको लागि आफुले नसके पनि अरुले सक्लाकी भनेर देश सुम्पेपनि केहि गर्न नसकेको भावना प्रस्टै झल्किएको छ । हुन पनि हो गणतन्त्र आको यतिको बर्ष बितिसक्दा पनि देश एउटा संबिधानमै अल्झिएको छ, अनि नेताहरु बीच कुर्सिको तानातान बाहेक केहि विकास हुन सकेको छैन । त्यसैले पनि यो भावना सायदै उहाले हाम्रा नेताहरुलाई पनि लक्षित गरेर लेखिएको हुनसक्छ । त्यसो त उहा पनि आफ्नो देशको गति देखेर निराश हुनुभएको कुरा यस मुक्तक बाट बुझ्न सकिन्छ । अनि आफुले पनि देशलाइ केहि गर्न चाहेर पनि नसकेको कुरामा सहमति हुनुहुन्छ ।
यस मुक्तकमा उहाँले हाम्रा नेताहरुलाई पनि व्यंग्य गर्ने कोसिस गर्नुभाको छ ।
"नरेश बाट देशले रास्ट्रपति पाएपनि खै?
फेर्न सक्या छैन फेस मलाई के मतलव"
त्यसैले यो मुक्तक नेताहरुको वर्तमान संग पनि मेल खान गएको छ । अर्को अर्थमा भन्ने हो भने यो मुक्तक हाम्रा देशका नेताले रचना गरेको भन्दा पनि अत्युक्ति नहोला । किनकी "बिग्रिदैछ झन् झन् देश मलाई के मतलव" यो भावना संयोगबस ठ्याक्कै हाम्रा नेताहरुको व्यबहारसंग मिल्न पुगेको छ । यथार्थमा भन्ने हो भने केहि वास्ता छैन देशको हाम्रा नेता भनाउदाहरुलाई , सबै माथि जान मात्र तम्सिरहेका छन, देश बनाउनको साटो आफ्नो पेट बनाउनमै लागि परेका देखिन्छन । देश महंगी भ्रस्टाचार, आन्दोलनले ग्रस्त हुदा पनि केहि गर्दैनन् या गर्न चाहदैनन् कुनै मतलव छैन देशको । जे होस, जीशाह ले आफु र हाम्रा देशका नेताहरुको लागि एउटा राम्रो मुक्तकको रचना गरेर ठुलो काम गर्नुभो । उहालाई धेरै धेरै धन्यवाद छ सम्पुर्ण नेपालीको तर्फबाट ।
हामी सम्पूर्ण नेपाली को चाहना यो मुक्तक को बिपरित होस सबैले देशको माया गरुन सबैले देशको मतलव राखून अनि सबैले देशको विकास गरुन यहि नै हाम्रो चाहनाको सुन्दर नेपाल हुनेछ । हामी सबै मिलेर राम्रो नेपाल, शान्त र सुन्दर नेपालको निर्माण गरौ ।

लेखक :
कृष्ण के श्रेष्ठ "काल्स"

यो एउटा व्यंग्य मात्र हो ।

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan