मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

कुन माया चोखो हुन्छ ठाउँ देखाइदेउ

गजल
                                                              कृष्ण के श्रेष्ठ "काल्स"

कुन माया चोखो हुन्छ ठाउँ देखाइदेउ
विछोड हैन मिलनको गाउँ देखाइदेउ

प्रेम मात्र हुन्छ भनि झुक्किएँ म त्यसै
तिमी छोडि अन्त कहाँ जाउँ देखाइदेउ

थाकिसकेँ म धेर तिमी सँग पिछा गरि
प्राथना गर्न कुन मन्दिर धाँउ देखाइदेउ

मुहार देखि मैले व्यर्थै माया सुम्पिदेछु
माया फिर्तालिन कता आँउ देखाइदेउ

बुझिनौ कत्तिपनि पिडाको व्यथा पोख्दा
विछोडको कुन गीत गाउँ देखाइदेउ

एक्लो छ यो "कृष्ण" तिमिले छोडे यता
तिम्रो  मन जस्तै कोहि पाउँ देखाइदेउ

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture