मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

धरोधर्म तिम्रो कसम रक्सि आज खाको छैन

गजल/ब्यंग्य

कृष्ण के श्रेष्ठ "काल्स "


धरोधर्म तिम्रो कसम रक्सि आज खाको छैन
रेष्टुरेन्ट पो गाको म, भट्टि आज धाको छैन

सोल्टिनीको  पाट्रिे रैछ अलिकति पिईदिएँ
हिजो जस्तै आजपनि कान्छि माझ गाको छैन

दिउँसो त खान्न म जिस्क्याउँछन देख्नेहरू
त्यासैलेत अँध्यारो मा राति लाज लाको छैन

मात्तिएर वाटो वाटो लडदैपडदै घर आउदानी
धन्य रछु  कसैकोनी लात्ति आज पाको छैँन

रमझमको तालमा एक दुई वोतल पिएपनि
गाली गरि  नाना , भाति गीत गाको छैन

1 comments:

  1. Bed Nath Pulami said...
     

    धरोधर्म तिम्रो कसम रक्सि आज खाको छैन
    रेष्टुरेन्ट पो गाको म, भट्टि आज धाको छैन


    .... दामी .... कृष्ण जी को गजल !

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan