मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

नछुँदैमा पोलिदिने, अ‍ैंशेलुको झाङ नारी

 गजल ब्यंग्य


नछुँदैमा पोलिदिने, अ‍ैंशेलुको झाङ नारी
कहिल्यै पनि नत्तातिने  सुत्केरीको आङ नारी

मात लागेन खै किन जति धेरै पिए पनि
पिउदा झनै पिऊ लागने शिवजीको भाङ नारी

जायज कुरा गरेँ पनि वम झैं पडकिरने
त्यों बेलाको युद्ध भूमि  रुकुम र दाङ नारी

झैझगडा भैरन्छ बिना अर्थ यो मायामा
जोडदानी नजोडिने फलामको राङ नारी

जता नोट उतैतिर,  लोभि दिने त्यो नजर
जति भएनी नपुग्ने  रुपिँयाको चाङ नारी

2 comments:

  1. Aakar said...
     

    खै, किन यति विधि व्यङ्गय गर्नुभयो, "नारी" भन्ने शब्द जोडेर, यो कुरा त थाहा भएन ! अनि मलाई लाग्छ, सबै मा यो कुरा लागु हुँदैन तर पनि कसै कसैलाई चाँहि बिझ्न सक्छ है !

  2. kkskals said...
     

    यो एउटा व्यंग्य मात्र हो, मैले मात्र आजभोली बढीरहेको नारी यथार्थलाई दर्साउन खोजेको हो

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture