अनुहारभरी रौँ, कसले गरिदेला उपचार ?
नेपालकै सस्तो जलविद्युत आयोजना मानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाका पत्रकारहरुको लागि राखेको आयोजना स्थल भ्रमण गर्न पुगेका संचारकर्मीहरुसँग खारे गाविस-४ कसेरीकी ३५ वर्षीया देवी बुढाथोकीले यसरी नै आफ्नो दुःख सुनाइन्।
सदरमुकाम चरिकोटबाट करिव ५० किलोमिटर उत्तरमा रहेको खारे-४ को यो बुढाथोकी परिवारमा आमादेखि छोराछोरीसम्म अनुहार र शरीरभरी रौं आउने समस्या बढ्दै गएपछि उनीहरु चिन्तित बन्न थालेका छन्।
जिल्लाको लामावगर गाविसमा रहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गरेर पत्रकारहरु फर्कदैं छन् भन्ने गाउँलेबाट थाहा पाएपछि पति नरबहादुर, अनुहारभरि कपाल उम्रिएकी आफ्ना छ महिनाकी छोरी मन्दिरा सहित अन्य दुई जना छोराछोरी लिएर उनीहरु दोवाटोमा आएर बसेका थिए ।
३५ वर्षीया देवीको अनुहारभरि रौं उम्रिएको छ । उनले भनिन् मेरो जन्मदेखि कै समस्या हो। धेरै ठाउँमा उपचारका लागि हारगुहार गर्यौं। आर्थिक अवस्था कमजोर भएकोले काँहिबाट पनि उपचारको सहयोग पाउन सकिनँ । अहिले छोराछोरीमा समेत यो समस्या देखिएपछि अलमल्लमा परेका छौं ।
देवीका पाँच जना छोराछोरी मध्ये तीन जनालाई अनुहारभरि र जिउमा रौं आउने समस्या छ । तर अचम्म उनीहरुका दुई जना एक छोरा र एक छोरीमा भने यो समस्या देखिएको छैन ।
एघार वर्षीया जेठी छोरी इन्दिरा र आठ वर्षीय माइलो छोरो सान्दाइमा यो रौं उम्रने समस्या नभएको उनीहरुले बताए । तर नौं वर्षीया माइली छोरी मन्जुरा, आठ वर्षीय जेठो छोरो निरज र छ महिनाकी कान्छी छोरी मन्दिरामा यो समस्या देखिएको छ ।
नरबहादुरले भने “तीनै जनाको अनुहारभरि र शरिरमा पनि रौं उम्रिएको छ।” छोराछोरीको यो जन्मेदेखिकै समस्या भएको पनि उनले बताए । अझ छ महिनाकी काखकी छोरी मन्दिराको अनुहारभरि धेरै रौं देखिन्छ ।
रौं उम्रिएका तीनजना छोराछोरी मध्ये दुई जना गाउँमै नजिकको विद्यालयमा पढछन् । विद्यालयमा पढ्दा साथीहरुले अनेक शव्दले जिस्क्याउँदा आफ्ना छोराछोरी रुँदै आफूकहाँ आउने गरेको र कहिलेकाँही विद्यालय समेत जान नमान्ने गरेको देवीले बताइन् ।
देवीका पति नरबहादुरले भने- यिनीहरुलाई राम्रै ठाउँमा लगेर उपचार गराउने इच्छा त छ तर के गर्ने आर्थिक अवस्थाले भ्याउँदैन। उनको परिवार गाउँमा अरुको जग्गा कमाएर खाने गरेको स्थानीय बासिन्दा रामकुमार खड्काले बताए।
परिवारमा नै समस्या देखिएपछि चिन्तित बनेको परिवारको उद्धार कसले गरिदेला ? तपाईँहरु मध्ये कसैलाई यस्तो किन भयो अनि यसको उपचार कसरी हुन्छ भन्ने कुरा थाहा छ कि ?
DOLKHA, INTRODUCING. Proud to Be Dolkhali
1 comments:
Post a Comment