मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

चाँदीको मोहर चलाउने प्रथम दोलखाली राजा इन्द्रसिंह देव

–अमरकुमार प्रधान

काठमाडौं उपत्यकामा चाँदीको मोहर प्रथम पल्ट चलनमा ल्याउने राजा कान्तिपुरका महेन्द्रमल्ल भएकाले मोहरलाई महेन्द्रमल्ली पनि भनियो र वंशावलीले उल्लेख गरे अनुसार महेन्द्र मल्लले भारतका कुनै मुसलमान सम्राटकहाँ शिकारी बाज र राजहंस उपहार चढाएकोले सम्राट खुशी भई महेन्द्र मल्ललाई चाँदीको टक छाप्न अनुमति दिए भन्ने धारणा लिइयो । उपत्यकाका राजाहरुले मात्र चाँदीको मोहर प्रचलनमा ल्याएका भन्ने ठानिनाले र त्यसमा महेन्द्र मल्ल जेठो हुनाले उपर्युक्त भ्रमपूर्ण धारणा कायम रहिरह्यो ।

उपत्यकाका राजाहरु बाहेक अन्यत्रका राजाले पनि चाँदीको मोहर आफ्ना  नाममा छापी निकालेका थिए भन्ने कुराको प्रकाश सर्व प्रथम स्व.इ.शि.बाबुराम आचार्यले गर्नुभयो– दोलखाली राजा इन्द्रंिसंह देवले चाँदीको टक निश्काषन गरेका थिए भनेर । तर इन्द्रसिंह देव महेन्द्र मल्ल पछिका मात्र शासक भएको ठानी इतिहास शिरोमणिज्यूले महेन्द्रमल्लको अनुकरण गरी चाँदीको मोहर चलाई इन्द्रसिह देव
दोलखाको ठाकुर हुन पुगेको अनुमान गर्नु भयो । तर उहाँपछि मोहनप्रसाद खनाल, धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठ जस्ता इतिहास विद्हरुको अनुसन्धानले प्रष्ट पाҐयो कि महेन्द्र मल्लभन्दा इन्द्रसिंह देव अगाडि शासक भएका थिए । त्यसै हुनाले नेपालमा चाँदीको मोहर प्रचलनमा ल्याउने पहिलो शासक कान्तिपुरका राजा महेन्द्र मल्ल नभएर दोलखाका राजा इन्द्रसिंह देव थिए ।

महेन्द्र मल्लको मोहर र इन्द्रसिंह देवको मोहर दुबैमा सम्बत उल्लेख गरिएको पाइएन । तर इन्द्रसिंह देव सं.१५९१ देखि १६०५ वि.सं.सम्म दोलखामा गद्दीनसीन भएको अभिलेख पाइएकोले उनी महेन्द्र मल्लका बाबु नरेन्द्र मल्लका समकालीन देखिन आए ।

गोविन्द देव एक बर्षमात्र राजा भई वि.सं १५९१ मा स्वर्गारोहण भएपछि उनका छोरा इन्द्रसिंह देव दोलखाको राजगद्धिमा बसे । उपत्यकाको केन्द्र शासन (त्यो बेला राजधानी भक्तपुर थियो) बाट मुक्त भई स्वतन्त्र, शासकको रुपमा सं.१५७७ देखि नै उजोत देवले आफूलाई ‘दोलखा पटृनाधिपति' कहलाएका थिए । उजोतदेव इन्द्रसिंह देवका बाजे हुन् । इन्द्रसिंह देवले आफू शासनरुढ भएपछि, दोलखाको आर्थिक र राजनैतिक स्थिति सुद्दृढ पारी राजाहरुको राजा ‘राजाधिराज' कहलाउन पुगे । इन्द्रसिंह देवका अभिलेख चाहि सं.१६०१ देखि मात्र पाइएका छन् । उनको विवाह कुनै खानदानी राजवंशीको छोरी विजयलक्ष्मीसंग भएको थियो ।
त्यसताका   दोलखाको आर्थिक अवस्था मजबूत हुँदै गइरहेको थियो । दोलखाबाट घोडा, बाज जस्ता पशुपंक्षी उपत्यकामा ल्याई बेच विखन गरिन्थ्यो । यसै गरी चौरी गाई र तिनका दूध एवं चउरबाट निर्मित पदार्थहरु पनि उपत्यका र दक्षिणी तराई एवं भारतसम्म निकासी गरिन्थ्यो । लिच्छविकालमै तिब्बतसित व्यापार सम्पर्क मध्यकालसम्म राम्ररी कायमै थियो । नेपालको तत्कालीन आर्थिक स्रोत मध्ये मुख्य तिब्बतसंगको व्यापार थियो । यो स्रोतको उपयोग गर्ने पाइला उजोतदेवले चालिसकेका थियो । जीन कर्कप्याट्रिकले उल्लेख गरे अनुसार मध्यकाल र आधुनिककालको पूर्वाद्धसम्ममा नेपालबाट तिब्बत जाने बढी चल्तीका पाँच मार्गहरु मध्ये एक प्रमुख बाटो दोलखा लामोवगर भई दिगर्ची भेक जाने बाटो थियोे । दक्षिण प्रदेश र भारतदेखि भोट जानेहरु पनि सिन्धुलीमाढी हुँदै दोलखा पुगी उत्तर तर्फ लाग्दथे । व्यापार गरेर तिव्वतबाट सुन आर्जन गर्न र रोजगारका लागि भारत जानेहरु चाँदी आर्जन गरी फर्कन्थे । यस प्रकार आवागमन हुँदा व्यापारको दृष्टिकोणले दोलखा मजबुत केन्द्र भएको थियो औं कृषि सम्पदा विशेषतः पशुपालन र तिनका समुचित निर्यात प्रबन्धले गर्दा आर्थिक स्थिति बलियो हुँदै आइ रहेको थियो । त्यसबेला कला कौशलको उन्नति हुनु, अनेक देव मन्दिर तथा मूर्तिहरुको निर्माण, तेलिया ईट भटृाको व्यवस्थापन, माटोको पाइप विछयाई भूमिगत खानेपानीको वितरण प्रबन्ध गरिनुबाट पनि दोलखाको आर्थिक निर्भरता समृद्धिशाली भएको संकेत गर्दछ । इन्द्रसिंह देवले राजनैतिक र आर्थिक स्थिति अरु बढी सुद्दृढ गर्न विशेष सफलता पाए औं उनले आफूलाई राजाधिराज घोषणा गरी आ€नो नाउको टक प्रचलन शुभारम्भ गरे । इन्द्रसिंह देवले सं.१६०२ मा बनाउन लगाएको सुनको आकाश भैरवको टाउको (हाँथ्व) मा अनेक धनीहरु बसेको दोलखा शहर अमरावति जस्तै सुहाई रहेको भनेर इंगित गरी त्यसबेलाको समृद्ध वैभवता औल्याएको छ ।

एकापटिृ दोलखाधिपति श्रीश्री जययन्द्रसिह देव र अकों पटिृ उनकी पटरानी पटृमहादेवी श्री विजयलक्ष्मी उल्लेखका साथ निश्काषन गरिएको इन्द्रसिंह देवको चाँदीको मोहर दुर्लभ मात्र होइन अहिले लुप्त प्राप्यः नै भइसक्यो । स्व. इ.शि. बाबुराम आचार्यले पहिलो पल्ट प्रकाशमा ल्याउनु भएको यो टकको १,२ थान राष्ट्रिय संग्रहालयमा सुरक्षित रहेको छ । एक जना विदेशी विеानले दोलखाली शासकका नामाНित मुद्राहरु आफूसँग भएको कुरा उल्लेख गरी दोलखाको इतिहासबारे बताई दिन धनबज्र बज्राचार्य सित अनुरोध गर्न आएको विस्तृत प्रसंग स्व.बज्राचार्यकै मुखबाट सुनिएको हो । जे भए पनि महेन्द्र मल्ले भन्दा १०,१२ बर्ष अगाडि नै इन्द्रसिंह देवले चाँदीको टक निकालेकोमा शंका गरिरहुन पर्ने ठाउँ रहेन । दोलखाली शासकले चाँदीको मोहर चलाएको थाहा पाएर नै कान्तिपुरी शासक महेन्द्र मल्लले आ€नो नाउमा टक चलाउन थालेको हुनुपर्दछ । तिब्बतबाट ल्याइएका सुन दिई भारतबाट चाँदी झिकाई चाँदीको मुद्रा चलन गर्न सकिएकोले त्यसको जानकारीसम्म दिल्लीका मुगल सम्राटलाई बाज, राजहाँस जस्ता पंक्षी कोसेली पठाइ पुҐयाएको हुन सक्दछ जुन प्रसЛलाई बंशावलीकारले सम्राटबाट अनुमति वा अर्ति मिलेको भ्रममा किंवदन्ती कथेको हुनपर्दछ । वंशावलीको किंवदन्तीलाई वेल्स र लेभीले पनि सत्य होइन भन्ने ठहҐयाइएका थिए । इन्द्रसिंहदेव नै चाँदीको मोहर प्रचलनमा ल्याउने पहिलो राजा देखिनाले नेपाली राजाको स्वाभिमानी व्यक्तित्वप्रति आघात पुҐयाउने खालको बंशावलीको कथन झूठो हुन जानु सुखद कुरो हो ।

कान्तिपुरका राजा नरेन्द्रमल्ले भक्तपुरका राजा प्राण मल्ललाई एक्लो पारी भक्तपुरबाट कान्तिपुरमा हुन सक्ने आक्रमणको खतरा टाल्न आफूलाई मजबूत पार्ने योजना बनाई प्राणमल्ल कै काका वीरमल्ल, दाजु जितमल्ल लगायत ललितपुर, फर्पिЄ र दोलखा शासकहरु सबैलाई सम्मलित गराई पशुपतिको धर्म शिला छोई ९ बर्षसम्मका लागि ‘एकानि शत्रु एकानि मित्र' गरी सन्धि गराए । सं.१६०५ को यो सन्धिमा दोलखाको तर्फबाट भाग लिन राजा इन्द्रसिंह देव आफना भाइहरु नारायण सिंह र रामसिंह तथा छोरा समरसिंह समेत भई पुगेका थिए । सन्धिमा स्पष्ट लेखिएको छ "दोलखाका शासकहरुले पनि केन्द्र (भक्तपुर) केन्द्रलाई साथ दिन हुदैन ।"यस सन्धिले भक्तपुरका प्रभुत्वबाट पूर्णतः मुक्त भई स्वतन्त्र शासक हुन इन्द्रसिंह देवलाई अझ बढी बल मिल्यो ।
गोविन्द देवका चार रानी थिए । उनको मृत्यु भएपछि चारै रानी सती गए । जेठी रानी हेमलक्ष्मीबाट जन्मेको इन्द्रसिंह आ€ना भाइ सहित भई सं.१६०२ मा उनले पत्नी र छोराहरुको नाम समेत उल्लेख गरी सुनको जलपको ढलौट भैरबको टाउको (हाथ्व) बनाई प्रति बर्ष भाद्र शुल्क पूर्णिमामा पूजा आजा गरी प्रदर्शन गर्नु पर्ने चलन चलाएका थिए ।

राजा इन्द्रसिंह देवका तीन छोराहरु थिए । जेठा समरसिंह देव, माहिला सुरत्राण देव र कान्छा सिंहदेवका अतिरिक्त एक छोरी रमणी थिई । छोरीको अकाल मृत्यु भएकोले वि.स.ं १६०४ मा छोरीको नाममा उनले चक्षुताराको मूर्ति बनाई कुल देवतास्थलमा चढाएको पाइएको छ ।

इन्द्रसिंह देवकै शासनकालदेखि दोलखामा संयुक्त शासनको परिपाटी शुरु भयो । प्रारम्भमा इन्द्रसिंह देवले आ€ना चार जना भाइ जयनारायण देव, जितादेव, रायदेव र वासुदेवलाई शासनमा सम्मिलित गरेको बुझिन्छ । सं. १६०६ सम्म इन्द्रसिंहदेव राजाधिराज नै थिए तर जय नारायण देवको प्रभाव बढ्दै आयो । इन्दसिंहदेवको मृत्यु (वि.सं.१६०६ पछि ) भएपछि उनी नै मुख्य हर्ताकर्ता भए । सं.१६२४ मा जितादेव विशेष शक्तिशाली भए औ उनले आ€ना दाजु भाइ लगायत भानिज गुसय सिंह छोरा भागजु एवं भतिजा समरसिंह देवलाई पनि संयुक्त शासनमा स्थान दिएको बुझिन्छ । स्व.इ.शि.बाबुराम आचार्यको मतमा वि.सं.१७६५ मा कान्तिपुरका राजा भास्करमल्ललाई कैद गरी काजी झँगल ठाकुरले गद्दीमा बसाइएर कान्तिपुर र पछि ललितपुरका समेतका राजा बन्न पुगेका दोलखामा महेन्द्रसिंह इन्द्रसिंह देवकै वंशका थिए ।
यसरी नेपालमा चाँदीको पहिलो मोहर प्रचलनमा ल्याई आर्थिक रुपले स्वायत्तता प्रदर्शन गर्ने राजा इन्द्रसिंह देवको नाम सदा स्मरण राख्न चरिकोट– सिंगटी मोटर बाटोको नामाकरण इन्द्रसिंहदेव मार्ग भनी गर्नु इतिहासयोग्य आदर हुनेछ ।

साभार श्रोत दोलखानेपाल डट कम

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan