गजल
तिम्रो मन भित्र पस्नलाई के गरूँ?
जुनिभरी साथ बस्नलाई के गरूँ?
नछुट्ने गरि गाठों हामी बीचको
अझै धेरै गाठों कस्नलाई के गरूँ?
क्यै नगर्दानी अप्सरा तिमि लाग्छ
मुहारमा पाउडर घस्नलाई के गरूँ?
मनपराउने लाख होलान ओरिपरी
ति सबलाई मैले डस्न लाई के गरूँ?
जालहरु फिजएका छौकी चारैतिर
यो कृष्ण पासोमा फस्नलाई के गरूँ?
0 comments:
Post a Comment