मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

ओस्यौगाचु お正月

(ओस्यौगाचु सिन नेन) जनवरी १ तारिख जापानी नयाँ बर्ष एउटा जापानको लागी महत्वोपूर्ण दिनको रुपमा लिइने गरिन्छ । त्यसैले यस दिनलाई नेपालको दशै भन्दा पनि केहि फरक नपर्ला, किनकि जापानी नया बर्षमा प्राय सबै जसो आ आफ्नो जन्म घर फर्केर दशैमा जस्तै परिवारहरु संग रमाइलो गरि धुमधाम संग मनाउने गर्दछन भने प्राय सबै सरकारी कार्यालयहरुमा सार्बजनिक बिदा पनि गरिएको हुन्छ ।


यस दिन आफ्ना साथीभाई, परिवारहरु मिलेर रमझम गर्ने चाड भएको कारणले गर्दा नयाँ बर्षका दिन प्राय सबै जस्तो स्थानहरु ब्यस्त नै हुने गर्दछन । जापानीहरु यस दिन ओसेची रयौरी (जापानी विभिन्न परिकार) खाने गर्दछन । ओसेची खाना हरुमा कालो भटमास, आलु लगायत सुपहरु खाने गर्दछन । यसका अलाबा मोची चामलबाट बनेको एक किसिमको खाना पनि खाने गरिन्छ ।



नेपालको दशैमा जस्तै यहाँ पनि जापानी गुम्बा, मन्दिरहरुमा दर्शनार्थीहरुको ठुलै भीड लाग्ने गर्दछ । बिषेस त नयाँ बर्षको अघिल्लो दिन कावासाकी को कावासाकी दाइसी र सिबुयाको गुम्बामा निकै घुइंचो लाग्ने गर्दछ । साथै अघिल्लो दिन ठुलाठुला मनोरन्जनात्मक कार्यक्रम बिंगो, काउन्ट डाउन सो लगायत ओहानाबी(fire works) हरुको समेत आयोजना गर्ने गरिन्छ ।



 अनि नयाँ बर्षको सुरुवात संगै आफ्ना साथी ... परिवार हरुलाई पोस्ट कार्ड पठाएर नयाँ बर्षको सुभकामना आदानप्रदान गर्ने चलन रहिआएको छ, भने आ आफ्ना घरको ढोकामा एक किसिमको सल्लाको पात बाट बनेको रुख राखेर नयाँ बर्षको स्वागत गर्ने गरिन्छ । 


जस्तो जे सुकै भए पनि अब आउँदो नयाँ बर्ष सुखद. रमाइलो संग बितोस यहिनै मेरो शुभकामना यहाहरुलाई ।  
यहाँहरुको २०१२ साल सुभ रहोस । happy new year 2011..............
良いお年を。。。。。。。。。。。。




छि गिथि नास जुर्मुन्


 गजल (दोलखा नेवारी भाषा)

सोम कृष्ण श्रेष्ठ 


हाबि जन मिखाकु, छि बाँलस्के पास जुर्मुन्
आउ लिखन् परैजुर्मुन्, छि गिथि नास जुर्मुन्?

निन् थिमा मिसा हिलेन्, चोङ्गुन् छि ङिलेन्
मखे थिगर छें जुकुन्, हरेक छेंकु बास जुर्मुन्

लिङारन् टुटिनु मोचुके, ख्वाल दोखुनु वँचके
ऐराक न बेहोस् जुयन्, छि म्वाकु लास जुर्मुन्

ढ्यावाय लागिन् छिन्, जिउ मजिउ जे यतन्
खिङौ छेंरि रस्तार्मुन्, थनु नर पिचास जुर्मुन्

नेतापे लिखन् जुयन्, अपे तुङ् झोला बुयन्
छि वा थनु केसी, आपेन् मेथय तास जुर्मुन्

थौ छें हात्त मदकेन्, मेबे छें त पियन् चोनन्
थौ न थौ तु नास जुर्मुन्, दुनियाय दास जुर्मुन्

छिन् मेविस्त लुरी हङन्, हार्मुन् सिं ग्वार्मुङन्
मेवु त पाप टोन्मुन्, थौ तु न्होलुय रास जुर्मुन्

बिना पैसामा बेचिन्छौ तिमी





खसी बोकाझैं रेटिन्छौ तिमी
बिना पैसामा बेचिन्छौ तिमी

खोज्न नजाउ बाहिर शत्रु
आफ्नै हरुले हेपिन्छौ तिमी

गर्ने नगर असल कर्म
बाटो बाटोमा छेकिन्छौ तिमी

भए अस्थित्व मानब तिम्रो
किन घृणाले हेरिन्छौ तिमी?

आफु बलियो नठाने हुन्छ
दुब्लो पेलेझैं पेलिन्छौ तिमी

सज्जन् हरुको संगत गरे
एकै क्षणमा टेडिन्छौ तिमी

झुठा भाषण भट्टाऊ अझै
अनि नेताझैं फेरिन्छौ तिमी

चिल्लो गाडीमा चढेर देखा
आहा    !क्या राम्रो देखिन्छौ तिमी

Rush Hour In Japan(with photo)




The weekday rush hours peak between 8am and 9am in the morning, and shortly after 5pm in the evening, however, morning rush hours tend to be more concentrated and heavier than evening rush hours. Rush hours are most extreme in Tokyo, but can also be pretty heavy in Japan's other major cities. There are no business rush hours on weekends and on public holidays. 


During the morning rush hours, the traffic volume on certain urban and suburban trains is so intense that passengers are pressed against each other to a degree where they are unable to move. In railway stations, passenger streams have to be neatly organized by signs, lanes and station personnel in order to keep everybody moving. It is recommended to avoid the morning rush hours if possible, especially when traveling with luggage or small children. 



Particularly crowded rail sections during the Tokyo morning rush hours include Ueno to Okachimachi (JR Yamanote and Keihin-Tohoku Lines), Nakano to Shinjuku (JR Chuo Line), Kinshicho to Ryogoku (JR Sobu Line), Kiba to Monsen Nakacho (Tokyo Metro Tozai Line), Ikejiri Ohashi to Shibuya (Tokyu Denentoshi Line) and Kawasaki to Shinagawa (JR Tokaido Line), all in Tokyo.




























pic: various japanese site

याकर्चा जुर्गी



दोलखा नेवारी गजल

 सोम श्रेष्ठ 
ओमन


थनु छिन जन्त त्वार्त ओङन्ली जि याकर्चा जुर्गी
जन हा ली, गुनुङ् मोचोङन्ली जि याकर्चा जुर्गी

चोंउइ चित्त बुज्याङन्,पुनिसय नेम्ला त सोयन्
लुयन् चोङ्गु, नेम्ला डुङन्ली जि याकर्चा जुर्गी

म्वारी हकुंइ छन नाप, जन उ थिगुर जिन्दगिकु
मेबे नाप तु छि, डुलेंग खोङन्ली जि याकर्चा जुर्गी

जनङ् गुनुङ् दमु बार्पउइँ, छिन चाकउ खँ लार्न
छिन मेबुत तु, मनकु टोङन्ली जि याकर्चा जुर्गी

निस्मा नापङ् चोंइ हङन्, वप्तेचा छें दके तउइँ
छिन् मेले तु नया छें डोङन्ली जि याकर्चा जुर्गी

छन्त जन दकेइ हङन्, खोंउइ माङस बाँलकु
मेबे तु चिर्खुन् चुला जोङन्ली जि याकर्चा जुर्गी

सद्दे मान्छे बिग्रिन समय लाग्दैन





भ्रस्टाचार फैलिन  समय लाग्दैन
सद्दे मान्छे बिग्रिन समय लाग्दैन

 चोर डाँका को संगतमा परेपछि
मान्छेहरु  टेडिन समय लाग्दैन

भन्दै थिएँ "न उम्ल तिमि अझ धेरै"
उम्लिएर पोखिन समय लाग्दैन

बनाउदै जाऊ  गोला, बम, बारुद
यो पृथ्बी मासिन समय लाग्दैन

जति सक्छौ खाऊ अघाऊने गरेर
रित्तै देश रित्तिन समय लाग्दैन

 जनताको बोलि सुनेनौ भने हेर
तिम्रो आयु सिद्धिन समय लाग्दैन

बेचेपछी नेपालको सारा सम्पति
डाँडा पाखा नांगिन समय लाग्दैन

उपदेश अरुका सबै मान्ने भए
यो "कृष्ण" सुध्रिन समय लाग्दैन

मान्छे पो फेरियो ताल उस्ता उस्तै(gajal with video)

 

मान्छे पो फेरियो ताल उस्ता उस्तै
खरायोको पनि चाल उस्ता उस्तै

राम्रो गर्छौ भन्ने ठुलो आसा थियो
तर नेपालीको काल उस्ता उस्तै

परिबर्तन के मा गर्योउ तिमीले ?
समाचार हेरौं हाल उस्ता उस्तै

फसौं या नफसौं माकुरी जालमा
तिम्ले पनि बुन्ने जाल उस्ता उस्तै

देशै बाजी राखी अरु जस्तै तिमि
बसेछौ जुवामा खाल उस्ता उस्तै


 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture