मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

हाम्रा नयाँ राजा पाल्नु भयो की?



गजल

झिलिमिली बत्ति बाल्नु भयो की?
हाम्रा नयाँ राजा पाल्नु भयो की?

ओहो! फर्की आए नेता गाउँमा
आगनीमा खसी ढाल्नु भयो की ?

सिंगापुर जस्तै बनाउन खै ?
एक कदम् अघि चाल्नु भयो की ?

भन्नु हुन्थ्यो उहाँ जिताई त हेर
भने जस्तै काम थाल्नु भयो की ?

अनि पो विकास हुन्छ





राम्रो काम गर अनि पो विकास हुन्छ
मर्नै परे मर अनि पो विकास हुन्छ

खेतबारी त्यत्रा बाँझो छाडी किन राख्छौ?
धान मकै छर अनि पो विकास हुन्छ

जान देउ माथि अरु हैन देश लाई
आफु तल झर अनि पो विकास हुन्छ

कहाँ देश बन्छ? सबै चुप चाप बसे
अघि अघि सर अनि पो विकास हुन्छ

अझै कति चल्ने? बिदेशीको इशारामा
आफ्नै भर पर अनि पो विकास हुन्छ

मुसै खान्छन् नेताहरु

गजल




कुर्सि मुनि लुकीलुकी, घुसै खान्छन् नेताहरु
सर्प बनि ठूलाठूला, मुसै खान्छन् नेताहरु

बनाउछु देश भनि, भत्ता सबै पचाएर
उम्रिराको संबिधान् को, टुसै खान्छन् नेताहरु

सिंगापुरै बनाउँछन् , नसके नि यथार्थमा
कुरा गर्न जर्ज डब्लु, बुसै खान्छन् नेताहरु

कहाँ फिर्ता दिए त्यत्रा, चिल्ला गाडी पंजेरो खै?
खान पाए अलकत्रा, भुसै खान्छन् नेताहरु

बेचिसके नेपाल नै, अब के नै बाँकि छ र ?
हात परे अमेरिका, रुसै खान्छन् नेताहरु


आउ प्रिय अंगालोमा, बसौं हामी मिलिजुली


 गजल 




नछुटिने नाता हाम्रो, कसौं हामी मिलिजुली
आउ प्रिय अंगालोमा, बसौं हामी मिलिजुली

खुसी हुनु दुखी हुनु, जिन्दगीको नियति हो
जो रोएनी आँसु बनि, खसौं हामी मिलिजुली

केहि गरि छुट्नै परे, चोखो माया गर्दा गर्दै
खरानी यो निधारमा, घसौं हामी मिलिजुली

गहिरो यो प्रेम सागर, माया टिप्न पिध सम्मै
माछो जस्तै पौडिएर, पसौं हामी मिलिजुली

अन्धो हुन्छ माया जाल, भन्ने  गर्छन् सबैजना
जानीजानी हाँसीखुसी, फसौं हामी मिलिजुली

भमरा झैं लठ्ठी हामी, माया चुस्दै मस्त हुँदा
भुलोस् बरु आफैलाई , रसौं हामी मिलिजुली
 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture