मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

योकोहामाको मोहनी






झन्डै ५ बर्ष भैसकेछ नेपाल छाडेर जापान छिरेको अनि जापानकै दोश्रो ठुलो शहर योकोहामामा बस्न थालेको पनि । जापान आएकै दिन देखि यहि योकोहामाको मनोरम घुम्न लायक स्थानहरुले आजको दिन सम्म पनि तानेकै छ , र त योकोहामा छाडेर अन्त कतै जान मन लाग्दैन मलाई ।  

निप्पोन मारु
 त्यसैले फुर्सद भयो की यहाँका रमणीय स्थान हरुमा एक्लै भए पनि घुम्ने गर्दछु घन्टौं सम्म पनि। आज त्यहि सुन्दर रमणीय , मनमोहक मनै लोभ्याउने योकोहामाको सेरोफेरो फोटो मार्फत यहाँ राख्ने जमर्को गरेको छु । यदि यहाँहरु पनि कुनै दिन जापान आउनुभएको खण्डमा योकोहामा आउन नभुल्नुहोला........

       
साकुरागिच्योउ : साकुरा फूल फुल्दा 

जापानकै सबैभन्दा अग्लो ६९ तले ल्याण्ड मार्क टावर 
मिनातोमिराइको साँझको दृश्य
६९ तला बाट नियाल्दा

योकोहामा र टोकियोको सिमाना
नेपालको बसन्तपुर जस्तै आखा रेंगा 


यामसिता पार्क 
जापानमा पनि चाइना टाउन
आहा! कति राम्रो समुन्द्र

खुट्टा तान्ने काम्, हर्पल् हुँदैछ



 गजल 



को के बन्ने हो, छल्फल् हुँदैछ
खुट्टा तान्ने काम्, हर्पल्  हुँदैछ

सहमति खै? हुनै नसकी
सिंगो देशनै, हल्चल् हुँदैछ

घमण्डी हुँदा, आफु आफैमा
सानै कुरामा, खल्बल् हुँदैछ

आरोपै मात्र. एक अर्कामा
मुखामुख् लौन, पल्पल् हुँदैछ

बोल्नेहरु कै , विजय हुँदा
भ्रस्टलाई झन् , मल्जल् हुँदैछ

बिना उधेश्य, नेता भएसी
गर्नेपो के हो ? अल्मल् हुँदैछ


झुठो कसम्, खा'को भए मरीजाउँ





गजल 


धरोधर्म झुठो कसम्, खा'को भए मरीजाउँ
तिमी छाडी अन्तै माया, ला'को भए मरीजाउँ

यति राम्री मेरी प्यारी, माया गर्ने हुँदा हुँदै
अर्कै ठिटी संग डिस्को, गा'को भए मरीजाउँ

जिस्काउन केटीहरु, सबेरै त्यो पँधेरिमा
आँखा मिची दिन दिनै, धा'को भए मरीजाउँ

यति चोखो तिम्रो माया, बिर्सिएर अरु संग
लुकिछिपी कुराकानी, भा'को भए मरीजाउँ

हाँसीखुसि बाँच्नलाई, तिम्रो माया भए पुग्छ
कसैबाट जालीमाया, पा'को भए मरीजाउँ

प्यास मेट्न जवानीको, योवनमा लठ्ठीएर
साथ माग्न तिम्रो सामु, आ'को भए मरीजाउँ

अनेसास जापानद्वारा साहित्यिक गोष्ठी तथा चियापान कार्यक्रम सम्पन्न




 -कृष्ण के श्रेष्ठ काल्स
  योकोहामा जापान

१० अक्टुबर का दिन अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा हामामाचुच्यो स्टेशनको समोसा रेष्टुरेन्टमा साहित्यिक गोष्ठी तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।



 उक्त कार्यक्रममा जापान भ्रमणमा आउनुभएका पत्रकार तथा साहित्यकार बिजय चालिसे र नेपाली साहित्य विकास परिषद लण्डनका सह-अध्यक्ष कोमल मल्लज्यू लाई जापानमा स्वागत गर्दै उहाँ हरुलाई सम्मान गरिएको थियो । साथै उहाहरुको साहित्यिक कृतिहरु उपहार स्वरूप अनेसास जापानका अध्यक्ष दिनेश राज ज्ञवालीलाई हस्तान्तरण गरिएको थियो भने उहाँ हरुलाई पनि जापानको चिनो प्रदान गरिएको थियो ।



कार्यक्रम मा २० साहित्यकार, पत्रकार, ब्यबसायी लगायत बिद्यार्थीहरुको सहभागिताको रहेको थियो । करिब २ घण्टा सम्म चलेको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुले आ आफ्ना रचना, कविता, हाइकु र गजल प्रस्तुत गरि भरपुर मनोरजन लिइएको थियो। कार्यक्रमको अन्तमा सामुहिक रात्रीभोजको समेत आयोजना गरिएको थियो । 






योकोहामामा नेपाल जापान सेवा समाज द्वारा सामुहिक दशैँ मनाइयो



-कृष्ण के श्रेष्ठ"काल्स"
योकोहामा जापान

हिन्दुहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा अक्टोबर ६ तारिखका दिन जापानको योकोहामा शहर स्थित कानागावा केनमिन सेन्टरमा कृष्ण के श्रेष्ठ काल्स को अध्यक्षतामा नेपाल जापान सेवा समाजको नौ सदस्यीय कार्यसमितिको गठन गरियो । कार्यक्रम विजयादशमीको शुभकामना आदानप्रदान बाट सुरु भइ सामुहिक टिका लगाएर सकिएको थियो  ।

सामुहिक तस्बिर खिचाउदै

(नेजासेस) कार्यसमितिको अध्यक्षमा कृष्ण के श्रेष्ठ काल्स , उपाध्यक्षमा हर्क सिंह सुनुवार , सचिवमा प्रकाश गुरुङ , कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यहरुमा राजकुमार श्रेष्ठ , प्रमोद अर्याल, मुना मुखिया, बिनोद सन्जेल र भावना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
सस्थाका अध्यक्ष (बाँया) उपादक्ष्य (दायाँ) छलफलका क्रममा

उक्त कार्यक्रममा योकोहामा लगाएत जापानका विभिन्न शहरमा बसोबास गरिरहेका करिब २० जना नेपाली बिद्यार्थी लगायत केहि ब्यबसायी हरुको सहभागिता पनि रहेको थियो ।

नेपाली कला संकृति र साहित्यलाई जापानिहरुमाझ चिनाउने उधेश्य लिएर गठन गरिएको उक्त समूहले जापानमा आफ्नो देश छाडी विभिन्न उधेश्य बोकेर बसोबास गरिरहेका नेपालीहरुको लागि नेपाली चाडपर्बहरुमा विभिन्न सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु  गरेर मनोरंजन प्रदान गर्ने कुरा पनि मन्तब्यका क्रममा संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

छलफल गर्दै सहभागीहरु 
कार्यक्रममा सहभागी हरुको एउटै मत थियो, हामी नेपाल छाडेर विदेशिएपछिको निराशापन लाई केहि भए पनि हल्का बनाउनको लागि हामीलाई समय समयमा विभिन्न मनोरंजनको आबश्यक हुन्छ । सधै काम मात्र कति गरि राख्ने हामीले? के हामीलाई नेपाली चाड मनाउने रहर छैन र? पक्कै पनि हामीलाई नेपाल अनि नेपाली संस्कृति को माया छ । हामीलाई पनि दशैं तिहार मनाउने रहर छ । त्यसैले यस्ता किसिमका सस्था हरुको आवश्यकता रहेको कुरा कार्यक्रमममा सहभागी हरुले बताउनुभएको थियो ।

मन्तब्य का क्रममा

साथै नेपालमा हुने कुनै पनि आपत विपतको बेलामा जापानमा रहेका नेपालीहरुले गर्न सक्ने आर्थिक, भौतिक सहयोगको लागि पहल गर्ने कुरा पनि समुहको अर्को महत्वपूर्ण उधेश्य रहेको कुरा पनि मन्तब्य क्रममा सस्थाका उपाध्यक्ष सुनुवार र सचिब गुरुङले बताउनु भयो ।
सामुहिक टिका लगाउदै
करिब २ घण्टा सम्म चलेको उक्त अन्तर्क्रिया कार्यक्रममा समुहको बारेमा बिबिध बिषय हरुमा अन्तर्क्रिया, संस्थाको बिषयमा विभिन्न बिषयमा निर्णय, लगायत संथाको भाबी योजना र कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो । 
संस्थाको अर्को कार्यक्रम नोभेम्बर ३ तारिख को दिनमा गरिने जानकारी सहित संस्थाका अध्यक्ष र उपाध्यक्षको हातबाट सामुहिक टिका लगाएर कार्यक्रम सकिएको थियो ।  

सहभागीहरु

Dashain video gazal with mangal dhoon






पैसा भए कालो बोको, ढाल्ने थिएँ यो दशैंमा 
झुपडीको छानो पनि, टाल्ने  थिएँ यो दसैमा

कति कुट्नु गिट्टी मात्रै, खोलाको त्यो किनारामा
सुन खोज्दै बालुवा पो, चाल्ने थिएँ यो दसैमा

जीन्दगीको यात्रा मेरो, गरिबीमै बिती सक्यो
सक्ने भए नयाँ जीवन, थाल्ने थिएँ यो दसैमा

रोइराछन् लालाबाला, खान केहि नपाएर
भिखै मागी जसोतसो, पाल्ने थिएँ यो दसैमा

एकसरो नयाँ लुगा, किनिदिए आमा बाले
च्यातिएका भोटो मेरो, फाल्ने थिएँ यो दसैमा

भुटन् छैन तर्कारीमा, झिलिमिली केले पार्ने?
तेल भए टुकी बत्ति, बाल्ने थिएँ यो दसैमा

क ख ग घ पढ्न पनि, नसकेका छोराछोरी
भर्ना गरि बालमन्दिर, हाल्ने थिएँ यो दसैमा


happy bijaya dashami 2068 to all............
 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture