-कृष्ण के श्रेष्ठ"काल्स"
योकोहामा जापान
हिन्दुहरुको महान
चाड विजयादशमीको उपलक्ष्यमा अक्टोबर ६ तारिखका दिन जापानको योकोहामा शहर स्थित
कानागावा केनमिन सेन्टरमा कृष्ण के श्रेष्ठ “काल्स” को अध्यक्षतामा नेपाल जापान सेवा समाजको
नौ सदस्यीय कार्यसमितिको गठन गरियो ।
कार्यक्रम
विजयादशमीको शुभकामना आदानप्रदान बाट सुरु भइ सामुहिक टिका लगाएर सकिएको थियो ।
 |
| सामुहिक तस्बिर खिचाउदै |
(नेजासेस) कार्यसमितिको अध्यक्षमा कृष्ण के श्रेष्ठ काल्स ,
उपाध्यक्षमा हर्क
सिंह सुनुवार , सचिवमा प्रकाश गुरुङ ,
कोषाध्यक्षमा सुरज
श्रेष्ठ र सदस्यहरुमा राजकुमार श्रेष्ठ , प्रमोद अर्याल, मुना मुखिया, बिनोद
सन्जेल र भावना श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
 |
| सस्थाका अध्यक्ष (बाँया) उपादक्ष्य (दायाँ) छलफलका क्रममा |
उक्त कार्यक्रममा
योकोहामा लगाएत जापानका विभिन्न शहरमा बसोबास गरिरहेका करिब २० जना नेपाली
बिद्यार्थी लगायत केहि ब्यबसायी हरुको सहभागिता पनि रहेको थियो ।
नेपाली कला संकृति
र साहित्यलाई जापानिहरुमाझ चिनाउने उधेश्य लिएर गठन गरिएको उक्त समूहले जापानमा
आफ्नो देश छाडी विभिन्न उधेश्य बोकेर बसोबास गरिरहेका नेपालीहरुको लागि नेपाली
चाडपर्बहरुमा विभिन्न सांस्कृतिक र साहित्यिक कार्यक्रमहरु गरेर मनोरंजन प्रदान गर्ने कुरा पनि मन्तब्यका
क्रममा संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
 |
| छलफल गर्दै सहभागीहरु |
कार्यक्रममा सहभागी
हरुको एउटै मत थियो, हामी नेपाल छाडेर विदेशिएपछिको निराशापन लाई केहि भए पनि
हल्का बनाउनको लागि हामीलाई समय समयमा विभिन्न मनोरंजनको आबश्यक हुन्छ । सधै काम मात्र कति गरि राख्ने हामीले? के हामीलाई नेपाली चाड मनाउने
रहर छैन र? पक्कै पनि हामीलाई नेपाल अनि नेपाली संस्कृति को माया छ । हामीलाई पनि दशैं तिहार मनाउने रहर छ । त्यसैले यस्ता किसिमका सस्था
हरुको आवश्यकता रहेको कुरा कार्यक्रमममा सहभागी हरुले बताउनुभएको थियो ।
 |
| मन्तब्य का क्रममा |
साथै नेपालमा हुने
कुनै पनि आपत विपतको बेलामा जापानमा रहेका नेपालीहरुले गर्न सक्ने आर्थिक, भौतिक
सहयोगको लागि पहल गर्ने कुरा पनि समुहको अर्को महत्वपूर्ण उधेश्य रहेको कुरा पनि
मन्तब्य क्रममा सस्थाका उपाध्यक्ष सुनुवार र सचिब गुरुङले बताउनु भयो ।
 |
| सामुहिक टिका लगाउदै |
करिब २ घण्टा सम्म
चलेको उक्त अन्तर्क्रिया कार्यक्रममा समुहको बारेमा बिबिध बिषय हरुमा
अन्तर्क्रिया, संस्थाको बिषयमा विभिन्न बिषयमा निर्णय, लगायत संथाको भाबी योजना र कार्यक्रमहरुको
बारेमा छलफल गरिएको थियो ।
संस्थाको अर्को
कार्यक्रम नोभेम्बर ३ तारिख को दिनमा गरिने जानकारी सहित संस्थाका अध्यक्ष र
उपाध्यक्षको हातबाट सामुहिक टिका लगाएर कार्यक्रम सकिएको थियो ।
 |
| सहभागीहरु |