मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

काम र समय

    लघु कथा 



कृष्ण के श्रेष्ठ "काल्स"
 
     ला!अलराम बजेको त पत्तै पाइनछु, अब ढिलो हुनेभो काममा जानलाइ पनि । खावाई(जापानी नाम) बिहान आंतिदै थिए ।
       
     हुन त हिजो बेलुका देखि नै उनको सन्चो पनि थिएन । टाउको पनि दुखेको थियो अनि ज्वोरो पनि आएको थियो त्यसैले पनि होला आज ५ पटक सम्म अलराम बज्दा पनि चाल पाउन नसकेको होला ।
        
    तरपनि सकिनसकी उठ्ने कोसिस गर्छन, टाउको अझै पनि टिनटिन दुखिरहेको हुन्छ, ज्वोरो पनि त्यस्तै हुन्छ । तर उ काममा जानको लागि लुगसुगा लगाउन तयार हुन खोज्छ ,तर सक्दैनन । खाट बाट उठ्न खोज्छ , तर उठ्न पनि सक्ने अवस्था हुदैन । उसलाई रिंगटा लागेको अनुभब हुन्छ, ढल्न खोज्छ, अनि बिस्तारै फ्रिज खोलेर जुस खान्छन ।
         
     सानो तिनो बिरामी भए पनि जापानमा बिदा दिने चलन हुदाहुदै पनि उनले बिदा माग्नको लागि काममा फोन गर्ने कुनै कोसिस सम्म पनि गर्दैन । बरु कसरि काममा समयमा नै पुग्ने हो? त्यतातिर उनको ध्यान हुन्छ, किनकि उनलाई थाहा छ कि जापानमा काम र समयको महत्व कति हुन्छ भनेर ।
           
     हतारहतार लुगा लगाएर, सकिनसकी ट्रेन स्टेसन तिर दौडिन्छन उनि केहि खानै नखाई । बीच बीचमा उनि घडी हेर्छन । उनीसंग थोरै समय मात्र बाँकि हुन्छ काममा पुग्नको लागि । त्यसैले झन् दौडाइको रफ्तार अझ बढाउछन् । 

तर उनले सधै चड्ने ट्रेन छुटिसकेको हुन्छ जतिसुकै दौडे पनि ।

      ट्रेन आइरहेको आवाज सुनेर स्वाँस्वाँ गर्दै स्टेशन को सिंडी उक्लन्छ. । ८० को स्पिडमा कुदिरहेको ट्रेन एकछिन यात्रु भर्न रोकिएको हुन्छ । खावाई आँखै नहेरी ट्रेन भित्र छिर्न खोज्छ, त्यहि दुर्भाग्यबस ट्रेनको ढोका बन्द भै चल्न थाल्छ । खावाई सान त्यहि ८० को स्पिडमा चलेको ट्रेनमा ठोक्किन्छन बेजोड तरिकाले । र on the spot उनको मृत्यु हुन्छ कि, उनको मुखबाट आया! भन्ने आवाज सम्म पनि आउन पाउदैन ।  

         उनको मुखबाट रगत बगिरहेको हुन्छ, एउटा हात भांचिएको अबस्थामा हुन्छ ट्रेन ले पनि अर्जेन्ट ब्रेक लगाउछ र रोकिन्छ । तर उनलाई उठाउन, त्यहाँ प्रहरी बाहेक अरु कोहि जापानीहरु पनि आउँदैनन, किनकि उनीहरु पनि आआफ्नै काममा जानको लागि हतारिदै दौडिरहेका थिए ।  

   फोटो : एउटा उदाहरण मात्र हो । 








जीन्दगीको चोला कस्तो ?


 गजल



आखिरीमा मर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?
दु:खै मात्र गर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

चाहेजस्तो हुन्न रैछ, जीन्दगीको गोरेटोमा
सयौं खोला तर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

फूलीरहुँ जस्तो लाग्छ, फूल जस्तै हाँसीखुसी
ओइलिएर् झर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

गन्तव्यमा पुग्नलाई, लामो यात्रा पार गर्दा
खाडलमै पर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

नचाहँदा नचाहँदै, बाँच्न स्वार्थी दुनियामा
पापीपेट भर्नुपर्ने, जीन्दगीको चोला कस्तो ?

दोलखामा(डाकस) लाखेजात्रा शूरु



आदर्श प्रधान

lakhe

ऐतिहासिक पृष्ठभूमि र धार्मिक सहिष्णुता बोकेको दोलखा जिल्लाको दोलखा शहरमा सदा झै यस बर्ष पनि श्रावण महिनाको शूरुवातसंगै परम्परागत जात्रा लाखेनाचको शुभारम्भ भएको छ ।


रोचक प्रसंगले बाधेको यो लाखेनाच उर्फ डाकसको आफ्नै बिशेषता छ । पौरानिक कथा तथा बुढापाकाहरुको भनाईलाई उद्घृत गर्दा लाखेनाच उर्फ डाकसलाई राक्षसको रुप मानिन्छ । तसर्थ राक्षसले देवताहरुलाई धेरै दुख दिएपछि हार खाएर कालिन्चोक भगवतीको शरणमा गएर स्तूती गर्न थाल्छन् । 

स्तुती देखि खुशि भएका कालिन्चोक भगवतीले सबै कुरा बुझेर देवताहरुसंगै दोलखा शहर आइपुग्छ । र यज्ञ गर्न थाल्छन् । यो देखेर राक्षस रिसाएर यज्ञ बिध्वंश गर्न यज्ञ भइरहेको ठाँउमा गएर लातै लातले हानेर यज्ञको जगलाई नै भत्काई दिन खोन्छन यो सहन नसकि कालिन्चोक भगवती रिसाएर राक्षसलाई लखेट्दै लान्छ । लखेट्ने क्रममा राक्षसहरु पोखरीमा गएर लुक्न खोज्छन् यो थाहापाएर पोखरीमा नै गएर जलयुद्ध गरेर राक्षसको बध गरिदिन्छ । र यहि खुशियालीमा देवताहरु गाँउदै नाच्दै आफ्नो गन्तब्य स्थानमा लाग्छन् । यीनै कथा बोकेको यो लाखेनाच उर्फ डाकस शुरुमा हेर्नेको लागि डरलाग्ने पनि हुन्छ र आकर्षण पनि त्यतिकै हुन्छ ।


जनैपूर्णिमाको दिन अन्त्य हुने यो लाखेनाच उर्फ डाकस स्थानिय यूवाहरुको सक्रियतामा दिउसो र बेलुका गरेर दिनमा दुइ पटक हुने गर्छ । आफ्नै बाजामा रम्ने यो लाखेनाच उर्फ डाकस दिउसो डर लाग्ने ,राती डर नलाग्ने हुन्छ बरु पुराना तथा आधुनिक संगितमा नाच्ने भएकोले थप छुट्टै आकर्षण हुन्छ । लाखेनाच उर्फ डाकस जात्राको आकर्षण पछि सयौं मान्छेहरुको घुँइचो लाग्ने जात्रामा गाईजात्रा, हिलेजात्रा ,ट्वाकलप्याखान (१६०० गोपीनीको नाच) ,भैरबकुमारीको जात्रा र कृष्णअष्टमी आदि लाखेनाच उर्फ डाकस भन्दा महत्वपूर्ण मानिन्छ ।

हामी त हेर्न जान्छांै तपाई पनि जाने होइन त ?

 फोटो: शिवजी प्रधान

बिग्रिएँ म


मुक्तक 

सबैभन्दा राम्रो भनि फुर्कायौ र बिग्रिएँ म
सानो छंदा पुल्पुल्याई हुर्कायौ र बिग्रिएँ म
कहिलेकाँही सानोतिनो गल्तिहरु गर्दा भने
सिंहले झैँ गर्जिएर घुर्कायौ र बिग्रिएँ म



बेग्लै छ कहानी (गजल)





धेरै माया गर्नुमा, बेग्लै छ कहानी
तिमिनै मन पर्नुमा, बेग्लै छ कहानी

सुनसान यो साँझमा, भौतारेर एक्लै
फूलबारी चर्नुमा, बेग्लै छ कहानी

बिहानी जिस्मिसेमा, आँखा मिचीमिची
ढुंगेधारा झर्नुमा, बेग्लै छ कहानी

धेरै हुन्थे अप्सरा, कल्पनामा तर
छड्के आँखा तर्नुमा, बेग्लै छ कहानी

असारे बाढी जस्तै, बग्दैथियो माया
पुलबिना तर्नुमा, बेग्लै छ कहानी

थियौ तिमि कता खै?, अर्कै दुनियामा
व्यर्थै डेरा सर्नुमा, बेग्लै छ कहानी

जिउने आस हुँदानी, तिम्रो माया बिना
जिउंदैमा म मर्नुमा, बेग्लै छ कहानी 



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture