मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

बिश्व साइकल यात्रीको अन्तरबार्ता हो या बिज्ञापन?



हिजो यस्सो फुर्सद को बेलामा dcnepal.com हेर्दै थिएँ । त्यसै क्रममा नेपाली बिश्व साइकल यात्री सौरब दाहालको जापान आउँदाको लामो २० मिनेट जतिको भिडियो राखिएको रहेछ  ।


बिश्वमा शान्तिको सन्देस फैलाउने उधेश्य लिएर हिड्नु भएका सौरबजी लाई हामी नेपाली सबैले धन्यवाद  नदिई राख्न सक्दैनौ । यहि हप्ता संयोगबस आफू बसेको राष्ट्र जापानमा आउनुभएका सौरबजी लाई हामी सबै नेपालीको तर्फबाट स्वागत छ जापानमा । अनि उहाँको यात्रा, लक्ष्य सफल होस् यहि हाम्रो सुभकामना छ । 

मलाई त लागेको थियो, त्यस भिडियोमा उहाँका व्यक्तित्व, विचार, उधेश्य, लगायत अन्य यात्राका तिता मिठा  संस्मरण हरुका बारेमा जान्न पाइन्छ होला । अनि उहालाई अन्य बिबिध कुराहरुमा प्रश्नहरु सोधिएका हुनेछन होला जस्तो लागेको थिएँ तर मैले जब भिडियो अन गरेर हेर्न लागें, भिडियो यसरि सुरु हुन्छ कि ,

साकुरा जापानिज कलेजको पोस्टर अघाडी, केहि नेपाली बिद्यार्थी संगै दुइजना जापानी अनि एकजना जापानी भाषा परिबर्तक नेपाली अनि सौरब दाहालजी हुनुहुन्छ । मलाई त लाग्थ्यो जापानीजले सुरुमा सौरब जी लाई प्रश्न गर्नुहुन्छ होला, तर ठिक बिपरित सौरबजीले स्वागत गर्नु हुन्छ साकुरा कलेजका प्रिन्सीपल लाई । अनि भिडियो को अन्त्य सम्म पनि सबै प्रश्न सौरबजीकै बाट हुन्छ । अन्त सम्म पनि कलेजका बारेमा विभिन्न कुराहरु खोतालिन्छ, अझ प्रस्ट भन्नु पर्दा साकुरा कलेजको बिज्ञापन गर्न खोजिन्छ पुरै भिडियो अबधिभरनै । 

कलेज मा के पढाइन्छ ? कति जना बिद्यार्थी पढ्छन? किन नेपाल नै छान्नु भाको ? आदि इत्यादी बिषय हरुमा पुरै अन्तर्वार्ता फोकस भएको हुन्छ । यानकी सौरबजी को कुनै पनि सानो परिचय, उहाँको व्यक्तित्व को बारेमा कुनै कुरा पनि आएको हुदैन त्यहाँ  । 

अनि मलाई लाग्यो यो एउटा साकुरा कलेजको बिज्ञापन मात्र होला , नभए किन अन्तरबार्ताको नाममा साकुरा कलेजलाई मात्र फोकस गरिएको हो, सौरब जी लाई फोकस गर्नुको सट्टा ? अथवा के यो बिज्ञापन भिडियो राख्नको लागि साकुरा कलेज ले dcnepal.com लाइ महँगो शुल्क तिरेको छ ? या dcnepal.com का संचालकले भिडियोनै नहेरी यो भिडियो पोस्ट गरेको हो ? यो बहसको बिषय बनेको छ मेरो विचारमा । 

यदि तपाई पनि हेर्नु हुन्छ भने तल क्लिक गरेर हेर्नु होला अनि मुल्यांकन गर्नुहोला के यो अन्तर्वार्ता हो या बिज्ञापन ? अनि सुझाब दिन नबिर्सनु होला ।




फोटो : सौरब दाहाल फेसबुक
भिडियो :स्रोत dcnepal.com

गाह्रै पर्ला

 गजल 


मुख भरि कालोमोसो, घसाउन गाह्रै पर्ला
भ्रस्टचारी नेता भनि, फसाउन गाह्रै पर्ला

डर छैन कसै संग, घुसखोरी गर्छु अझै
अख्तियारै लगाएर, तर्साउन गाह्रै पर्ला

खुट्टातानी भएपनि. आफूमाथि पुगिछाड्छु
झुक्काएर कुर्सितानी, लडाउन गाह्रै पर्ला

साथ दिने कार्यकर्ता, धेरैमेरा हुँदाहुँदै
समातेर मामाघर, पठाउन गाह्रै पर्ला

घरजग्गा बा को पेवा, लालपुर्जा हुँदापनि
सम्पत्तिको छानबिन , गराउन गाह्रै पर्ला

कारबाहीनै के हुन्छ? मैले कत्ति गल्ति गरूँ
देशैबाट निकालेर , भगाउन गाह्रै पर्ला

प्रकृति, जापान र मार्च ११


 

कृष्ण के श्रेष्ठ काल्स
योकोहामा जापान
टुकुटुकु हिड्ने नानीजस्तै भाथ्यो जापान  
मार्च एघारमा
जुनदिन
९ रेक्टर स्केलको भयानक भूकम्पले
घरहरु
निकैबेर दाँयाबाँया लच्किएका थिए
तर
रोक्न सकेनजापानी प्रविधिले
न त
फुकुसिमा र सेन्दाईका पक्कि घरहरुलाई थामेर रोक्न सके
न अनाबिक भट्टी पड्किनबाट जोगाउन सके
प्रकृति त आखिर प्रकृतिनै रहेछ
तथापी,
जीवन बचाउन मान्छेहरु भागाभाग गर्दैथिए.
कोहिभने,
डराएर भित्रभित्रै टेबलमुनि लुक्दै थिए
तर रोकेन भूकम्प
आखिर, ध्वस्त बनाएरै छाड्यो
कयौंबर्ष लगाएर बनेका ती बिकसित शहरहरु
तर,
यी अविचलित जापानीहरु
सडक चर्कादाचर्कदै, घर हल्लिदा हल्लिदैपनि खालीखुट्टा दौडदै थिए
बाँच्ने आशामा
तर फेरी
अर्को बिपत्ति,
प्रविधिलाई धम्कि दिनलाइ होकी ?
खै किन हो?
बेतोडको रफ्तारमा मुठी कसेर आयो
डरलाग्दो सुनामी.......
फेरीपनि
जापान प्रकृतिसंग जित्न सकेन 
किनकि,
चाहेर पनि छेक्न सकेन सुनामीलाई
बरु
१७ मिटर अग्ला अनि बलिया पर्खाललाइ पनि
फोडेर बगाइदियो...
अनि,
भूकम्पबाट बचेका  घरहरुलाई पनि
कठै!
सोतर पारि मिल्काइदियो
र बनायो
बेग्लै, अति कहालीलाग्दो
डरलाग्दो
एउटा नयाँ
प्राकृतिक मसानघाट...
जहाँ,
धेरै अग्ला गगनचुम्बी
बलिया घरहरुको लास गाडिएको थियो
चितामा
महंगा गाडीहरुपनि जल्दै थिए
सिकर्मी, डकर्मी र इन्जिनिएर हरुपनि
खरानी बन्दै थिए
भन्दैथिए
लौन, बचाऊ हामीलाई अझै बाँच्न देउ
एकदिन
अबस्य पनि प्रकृतिलाई जितेर देखाउनेछौ

उत्कृष्ट त्रिवेणीधाम (कालिञ्चोक)



अनिलचन्द्र श्रेष्ठ

तपस्वीहरुको तपोभूमि हो–कालिञ्चोक । प्रकृतिसँग रमाउनेहरुको क्रिडास्थल हो – कालिञ्चोक । धर्मकर्म गर्नेहरुको पुण्यभूमि हो–कालिञ्चोक । प्रकृतिको वरदान हो – कालिञ्चोक । प्रकृति, धर्म र साहसिक यात्राको उत्कृष्ट त्रिवेणीधाम हो–कालिञ्चोक । र हो–पर्यटन वर्ष २०११ मा दोलखा जिल्लाको पर्यटकीय गन्तब्य मध्येको एक प्रमुख पर्यटकीय गन्तब्य पनि ।


सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटरको दुरीमा अवस्थित कालिञ्चोक मन्दिर समुन्द्र सतहदेखि करीव ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको छ । पैदल यात्राबाट सजिलै पुग्न सकिने यस ठाउँमा हाल दैनिक रुपमा गाडिको सुविधा पनि रहेको छ । अनेकौ किंवदन्ती र पौराणिक कथाहरुमा समेत वर्णित यसको महिमा ब्यापक छ । विशेषगरी जनैपूर्णिमा, कार्तिक पूर्णिमा, चैतेदशैं, बडा दशैं, नववर्षका दिन भब्य मेला लाग्ने यो पुण्यभूमिमा वर्षैभरी दर्शनार्थीहरुको बाक्लै उपस्थिति हुन्छ । प्रकृतिका छटाहरु नयनमा सजाउँदै, पाइलै पिच्छे गुञ्जने चराचुरुङ्गीका कर्णप्रिय वाणीहरुले यात्रालाई सजिलो र छोटोको आभास दिलाउँछ । जाडोको समयमा हिउँ पर्ने भएकाले हिउँमा रमाउन जानेहरुको संख्यामा पनि उल्लेख्य उपस्थिति रहन्छ । त्यसै गरी चैत–वैशाखको समयमा सेताम्य फूलेका चिमालले झनै कालिञ्चोकको शोभालाई बढाउने गरेको पाईएको छ ।

यात्राका क्रममा देखिएका अटल स्निग्ध हिमश्रृङ्खलाले संवेदनशील मनहरुलाई तरंगीत गर्दछ । बनकुञ्जभित्र चरिरहेका बन्यजन्तुहरु देख्न पाउँदाको क्षण कम रोमाञ्चकारी हुँदैन । यात्रा गर्दा बाटैमा पर्ने देउराली–गैरी–कुरीका शेर्पा समुदायले गरेका आतिथ्य सत्कारले पुनः कालिञ्चोकको यात्रा गर्न आमन्त्रण गरे झै लाग्छ । बाटैभरी बोराका बोरा छुर्पी शहरतिर लान हिडेका भरियाहरुलाई देख्दा–कालिञ्चोकको छुर्पीहरुले उचित ठाउँ पाए झैं लाग्छ ।

विगत २०६७ मंसिर १९ देखि २५ गते सम्म दोलखा पर्यटन विकास समितिको आयोजना तथा दोलखाका अन्य संस्थाहरुको सहयोगमा कालिञ्चोक महोत्सवको आयोजना गरिएको थियो । सोचेजस्तो सफलता हात नलागेता पनि यस महोत्सवले थोरै मात्रामा भएपनि कालिञ्चोकको प्रवद्र्धनमा सहयोग मिलेको छ ।
कालिञ्चोकका अलौकिक विशेषताहरुलाई केलाउँदै दोलखा पर्यटन विकास समितिले पुनः आगामी २०६८ वैशाख १ देखि १५ सम्म कालिञ्चोक महोत्सवको आयोजना गर्दैछ । समग्र दोलखा जिल्लालाई नै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न लागीपरेका समितिका अध्यक्ष बैकुण्ठनारायण प्रधान पर्यटन वर्ष २०११ मा कालिञ्चोकलाई आन्तरिक एवं वाह्य पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनाउने चटारोमा छन् आजभोलि । पर्यटन वर्ष २०११ अवधिभरी जिल्लाका महत्वपूर्ण स्थानहरुमा महोत्सव गर्ने योजना समेत बनाइसकेका प्रधानका अनुसार–कालिञ्चोकलाई क्लयध क्पष् क्उयचत, न्याि ऋयगचकभ, च्यअप ऋबिmदष्लन, एबचबनष्मिष्लन, क्पथ म्ष्खष्लन, एष्अलष्अ क्उयत को रुपमा पनि विकास गर्न सकिने तथ्यहरु अगाडि सार्छन् । यसका लागि दोेलखा पर्यटन विकास समिति मात्र नभएर जिल्लाभरीका सरकारी तथा गैरसहकारी संघसंस्थाहरु एवं जिल्लावासीहरुको सकारात्मक सहयोग पाउने कुरामा पनि विश्वस्त छन् प्रधान ।


आन्तरिक, बाह्य, धार्मिक पर्यटकहरु बढाउने उद्देश्यले आयोजना गर्न लागेको यो महोत्सवले दोलखाको पर्यटन विकासमा धेरै मात्रामा सहयोग पुग्ने देखिन्छ । जिल्लाका संघसंस्थाहरुको सकारात्मक सहयोग पाएको खण्डमा पर्यटन वर्ष २०११ मा जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा उदाउने छ कालिञ्चोक । जसको लागि दोलखा जिल्लावासीको सहयोग अपरिहार्य छ ।

स्थानीयहरुको खिचातानी, राजनैतिक दलका आपसी बेमेल जस्ता कुराहरुले गर्दा पनि कालिञ्चोकको प्रवद्र्धनमा ठेस पुगेको छ । विगत केही समय अगाडि केवलकार राख्ने कुराले पनि ब्यापकता पाएको थियो । तर सानो सोच र बेमेलका कारणले नै उक्त कुरा आजभोलि हराइसकेको छ ।

त्यसै गरी दोलखा जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतीक, पुरातात्वीक, साहसिक, प्राकृतिक तथा मनोरञ्जनात्मक दृष्टिकोणबाट मात्र नभई दोलखा जिल्लाको गौरीशंकर हिमाल, दोलखा भीमेश्वर, त्रिपुरासुन्दरी मन्दीर, कालिञ्चोक मन्दिर, कालिमन्दीर, शैलुङ्गेश्वर महादेव, बिगुको टासी गुम्बा, मलारप्पा मेडिटेसन सेन्टर लप्ची, देवलाङ्गेश्वर महादेव देवलाङ, हलेस्वर महादेव सुरी, हलेश्वर महादेव माली बैतेश्वर महादेव नाम्दु, जिरेश्वर महादेव जिरी, ढुङ्गेश्वर महादेव जिरी, कालिनागथान सुनखानी, रामबोले देवी ठूलोपातल, गाईखुरा महादेवको मन्दिर सुकाठोकर, माहाँकाल मन्दिर माटी तथा त्रिवेणीधाम चर्नावती जस्ता बिभिन्न धार्मीक तथा तिर्थस्थलको गन्तव्य स्थलको कारण स्थानीय जनताहरुमा आस्थाको केन्द्र बनेको बिभिन्न धार्मिक मन्दिरहरु मध्ये कालिञ्चोक मन्दिर धार्मीक दृष्टिकोणले मात्र नभई पर्यटकिय रुपले पनि महत्वपूर्ण मानिन्छ ।

प्रवद्र्धनको कमीले पनि हुनसक्छ कालिञ्चोक जस्तो गरिमामय स्थानले पर्यटकीय गन्तब्यको सूचीमा उचित स्थान नपाएको । दोलखाका स्थानीय, राजनैतिक दल, सरकारी तथा गैरसरकारी निकायहरुले चाहेको खण्डमा पर्यटन वर्ष २०११ को उद्घोषसँगै प्रकृति, धर्म र साहसिक यात्राको उत्कृष्ट त्रिवेणीधाम बन्ने अवसर पाउनसक्छ–कालिञ्चोकले । अन्यथा जहिल्यै पर्यटकीय सम्भावनाको सूचीमा मात्रै दरिने छ दोलखाबासीको प्रिय–कालिञ्चोक यसैले विना पूर्वाग्रह यस स्थलको धार्मिक, प्राकृतिक अनी पर्यटकिय महत्वका साथ गरिमालाई आफ्नै पहिचान दिन लगाउन र यस लाई बाहिर ल्याउनको लागि सम्पूर्ण राजनैतिक दल र दोलखा जिल्लावासीहरुको जिम्मेवारी हुन आएकोले यस शुभ कार्यको थालनीको लागि जिल्लावासी सदबुद्धि प्रदान गरोस् भनी दोलखा भीमसेन संग प्राथना गर्दछु । धन्यवाद ।

साभार : बाँपिझ्याला

जलाउँदैछन् देशैलाई


गजल 

नेतानेता मिलिजुली, चलाउँदैछन्  देशैलाई
कठैबरा! चितामाथी, जलाउँदैछन्  देशैलाई

चुम्थ्यो होला विकासले, सगरमाथा चुचुरोनै
अल्मलाई बाटोबिचै, छलाउँदैछन्  देशैलाई

गाउँ बेसी शहरमा, छर्दैथियो ज्ञानको ज्योति
जबर्जस्ति थकाएरगलाउँदैछन्  देशैलाई

खाँबो धेरै हुँदा पनि, फेरिएन  मुहार खै त ?
भत्ताखाइ जनताको, ढलाउँदैछन्  देशैलाई

चिन्ता छैन कसैलाई, मरोस या बाँचोस देश
आफू मात्र बाँचि किन, थलाउँदैछन्  देशैलाई?

मोजमै छन् ठुलाबडा, कुर्सि भए के चाहियो र?
आफ्नो स्वार्थ पुरागर्न, दलाउँदैछन्  देशैलाई

पीडाबाट छट्पटिदै, दन्किएर जल्दा नेपाल
बेदनाका आँसुथपि , बलाउँदैछन्  देशैलाई

命を守ろう (जीवन बचाऊँ)






माफी माग्न चाहन्छु, नेपाली मित्रहरुसंग कि, यो लेख पोस्ट गर्नु परेकोमा मेरा केहि जापानी मित्रहरुको आग्रहमा यो लेख मेरो ब्लगमा राख्ने जमर्को गरेको छु
यो लेख मैले जापानमा भएको स्पीच कन्टेस्टमा भाग लिदाखेरिको लेख हो । यस लेख को मूल आशय आफुमात्र हैन सबै बाँच्नुपर्छ भन्ने हो

去年の8月にまた、私の国ネパールで200人以上の人が急にお腹を壊す病気で亡くなったことはまだ記憶に残っています。原因は、ただ、ワクチンが届くのが遅かったためでした。

しかし、私は本当の原因、以前から環境を大切にしないで、健康に気をつけてこなかったからだと思います。もし、命を守るために食べ物の衛生管理やごみの処理などをしっかり行っていれば食中毒でこういった大きな事件は起こらなかったのではないでしょうか?

さて、人生というものは一度しかありません。だから、生まれたからにはより長く、元気で幸せに生きていくために命を守らなければなりません。ただ楽しいからと言って、毎日お酒を飲んだり、たばこを吸ったり、さらに戦争みたいな怖い事をして人生を短くしてしまうと、人生の意味はありません。しかし、自分だけがいくら元気でいても周りの人々の命が失われていたら・・・それを「幸せ」と言えるのでしょうか?いいえ、私は自分だけではなく「皆の幸せ」を考えるのが本当の人生の幸せだと思います。

世界一の長寿国である日本は命を守るために多くの努力をしています。だからかもしれません、日本人はいくら年をとっても元気で若いように見えます。私の国ネパールでも日本のように健康に気をつけていれば、毎日大勢の人々の命は終わらないと思います。果たして、ネパール人の寿命はいつ日本と同じぐらいになるのでしょうか?
私は横浜の飲食店でアルバイトをしています。そこでは料理に使っている野菜、肉などの見た目がまだ大丈夫なのに捨てるようにしています。私はびっくりしました。どうしてまだ食べられるのに捨てるのだろう、捨てるより貧しい人にあげれば助かるのに、と思いました。現在、貧しい人たちは、食べ物がなく残飯もあさっているのに、日本では捨てているのはおかしいと思いました。お店の人に聞いたところ、見た目が良くても賞味期限が切れているのでお客様には出さないという事が分かりました。徹底した管理をしているのだと感じました。

私の国では、腐っていないと思えば普通に食べます。食べ物の衛生管理や賞味期限を日本のように気にしていません。ネパールの家庭では普段、冷蔵庫などはほとんど用意されていません。だから食べ物が早く悪くなり、貧しい人たちはそのまま食べているのです。その結果、急に病気になって、大勢の人々がなくなっているのです。
        
私たちの人生は命あっての物だねだと言うことがなぜ分らないのでしょうか?私は自分自身にも質問してしまいます。

「命を守る」、そのためには環境も守らなければなりません。なぜかというと、もし命だけあっても周りの環境が良くなければその命を守りきることはできないからです。もちろん、環境だけあっても命がなければ意味はありません。だから命と環境のことは一緒に考えなければならないのです。
 
 これができれば、私たちは新しい変化、発展に向かう未来を切り開いて行くことができるのではないでしょうか。今がその時なのだと思います。 
 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture