मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

俳句(haiku)




仕方ない
大雨降っても
蒸し暑い
2 
हाम्रो मिलन
बसन्तझैँ सितलु
सदाबहार
 3
राम्रो मौसम
घुम्न जाने रहर
तरुनी संग
 4
हरियो बृक्ष
सिरिसिरी बतास
न्यानो अंगालो
याद गरायो
झमझम पानीले
हिलो खेलेको


खुट्टा, तान्नेहरु धेरै यहाँ

 
 गजल

माथी चढ्यो तल खुट्टा, तान्नेहरु धेरै यहाँ
अघिअघि बढ्यो छिर्का, हान्नेहरु धेरै यहाँ

मिहेनत नगरे भो, जागिर खान कसैले
सबै आफ्ना नातागोता, छान्नेहरु धेरै यहाँ

स्थान छैन सोझालाई , सबैजना टाठाबाठा
अरुभन्दा आफु ज्यादा, जान्नेहरू धेरै यहाँ

अरुसबै नराम्रा रे, भलादमी त आफुमात्रै
घुसखाई राम्रा नेता, ठान्नेहरु धेरै यहाँ

जनताको मानोखाई, कुर्सिमाथी बसीबसी
किन होला कालोपट्टि, बान्नेहरु धेरै यहाँ?

आफु राम्रो बने पुग्यो, देशको के मतलब ?
देशैलाई बाको पेवा, मान्नेहरु धेरै यहाँ 
 
कृष्ण के श्रेष्ठ"काल्स"

विभेदको शिकार

 
 
कथा



        म आज के गर्दैछु - मेरो जीवनमा यस्तो असोचनीय परिवर्तन कसरी आयो - दोष शायद मेरै थियो होला । मलाई त थाहै थिएन, हाम्रो देश नेपालमा नेपालीहरु मात्र नभई त्यस भित्र पनि केबल जन्मकै आधारमा मात्र ठूला र साना मान्छेहरु पनि छन् भनेर । जसको स्थान उसको काम र व्यवहारको आधारमा नगरिएर ऊ जन्मेको गर्भको आधारमा तय गरिन्छ । यो अवैधानिक र अवैज्ञानिक प्रणाली आधुनिक नेपालमा अझै पनि विद्यमान छ भन्ने कुरो मलाई त पत्तै भएनछ । नेपालबाटै नर्सिङसम्मको अध्ययन काठमाडौंमै बसेर पढेको भए तापनि नेपालमा जातभातको छुवाछुतको अमानवीय चलन अझै पनि जिउँदो छ भन्ने कुरो मलाई त थाहै थिएन । मलाई आर्श्चर्य त यस कुरामा लाग्दछ की शिक्षित, सभ्य र आधुनिक भनाउँदो मेरै परिवार पनि यस अन्ध विभेदलाई हृदयदेखि नै अंगाल्छन् भनेर । किन उनीहरुले एक स्वस्थ, स्वच्छ अनि पढेलेखेको, सबल र सक्षम व्यक्तिलाई पनि आफ्नो ज्वाइँको रुपमा स्वीकार्न तयार भएनन् केबल उसको नामको पछाडि झुण्डिएको थरको कारण - यो प्रश्न मेरो मानसपटमा बारम्बार खेलिरहन्छ । 

बेलायतको मध्य लण्डन अवस्थित कलेजमा डिप्लोमा पढ्न गएको दिनदेखि नै कवि परियारसँग मेरो नियमित देखभेट हुन थालेको थियो । हँसिलो, सहयोगी र मिजासिलो स्वभावका कारण कक्षामा शिक्षकदेखि अन्य साथीहरु सबैका माझ ऊ अत्यन्तै प्रिय थियो । मैले कविलाई लिएर कुनै पनि रंगीन सपनाहरु बुन्न थालेको थिइन नि । त्यसबेला त मेरो एउटै लक्ष्य थियो कि जसरी पनि स्नातकोत्तर उतिर्ण  गरेपछि मात्र प्रेम र विवाहको बारेमा सोचौंला भन्ने । मेरा बुबा आमा र एक मात्र दिदीले पनि मलाई सदैव पढाइमा नै केन्द्रित रहने प्रेरणा दिनुहुन्थ्यो । तर विस्तारै मलाई पनि लण्डनको हावाले छुन थालेछ क्यारे । लण्डन गएको छ महिनाभित्रै आफूले चिनेका जति प्राय सबैजसो साथीहरु गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड बनाई जोडी जोडीमा बाँधिइसकेका थिए । त्यस्तैमा मलाई मात्र एक्लै एक्लै रहन कठिनाइ महशूस हुँदै गएको थियो । विदेशको ठाउँमा आफ्नो भन्ने कोही नभएको र आफ्नो दुख सुख बाँड्नका लागि पनि मैले कसैको आवश्यकताको महशूस गरेको थिएँ । यसै वातावरणको प्रभावमा परेर हो या साँच्चै प्रेममा परेर हो, कविले एक दिन मलाई प्रेम प्रस्ताव राखेको थियो । कविले मरिहत्ते गरेर मेरो पछि लाग्न थालेको र आफूलाई पनि कसैको आवश्यकताको महशूस भएको अवस्थामा मैले उसको प्रस्तावलाई स्वीकारेको थिएँ । यसरी लण्डन पुगेको एक वर्षपनि पूरा नहुँदै म पनि कसैको प्रेममा परिसकेको थिएँ । केही समयपछि नै हामी दुवैजना सँगै बस्न थालेका थियौं । 

तिम्रो लागि...


 गजल 



हाँसो दिई आफू आँसु, पिएको छु तिम्रो लागि
रित्त्याएर मायामोह, दिएको छु तिम्रो लागि

बर्षौ बर्ष पर्खीबसी, तिमि पाउने आशामा
जिन्दगि नै मायामारी, खिएको छु तिम्रो लागि

के नै अर्थ रह्यो मेरो, बिना तिम्रो अभावमा
मर्छुमर्छु भनेरनी, जीएको छु तिम्रो लागि

थोत्रोबनि च्यातिसक्या, सबैसबै मायामेरा
प्रेमको धागोले मन, सिएको छु तिम्रो लागि

बिछोडिइ आफूभित्र, चोखो माया दिनलाइ
आफूसंगै आफ्नोमाया, लिएको छु तिम्रो लागि

लाखौं बिन्ति गर्दापनि, नपाएर साथ तिम्रो
कर्कलाको पातमा म, अडेको छु तिम्रो लागि



आरोह अवरोह.....




मैले ब्लग लेख्न सुरु गरेको पनि दुइबर्ष बितिसकेछ । सुरुसुरुमा धेरै कठिन प्रयास गरि जानीनजानी ब्लग चलाउन सुरुगरेको थिएँ मैले । ब्लगको मुहार राम्रो बनाउनको लागि मैले रातारात नसुतेर पनि बनाउने गर्थे । ती मेरा सुरुका दिनहरु सम्झदा अहिले यो मेरो ब्लगलाइ मेरो जिन्दगि भरिनै समय दिन्छु जस्तो लागेर आउँछ, जस्तो सुकै बाधाहरु आइपरेपनि । हेरौं अब कति सम्म अघि बढ्न सकुँला ?

ब्लगको नयाँ डिजाइन
लेख्ने कुराहरु धेरै छन् , तर यो बिदेशी व्यस्तताले गर्दा मैले चाहेर पनि ब्लगलाई त्यति धेरै समय दिन सकिरहेको छैन । फुर्सदको बेलामा केहि गजल, कविता, कथा, स्थान परिचय लगायतका सामाग्रीहरु लेखेर पस्कने गरेको छु । सायद मेरा यी रचनाहरु त्यति राम्रा त छैनन् होला तर पनि मैले लेख्ने काम भने छोड्न सक्दिन त्यसैले निरन्तर लेखि रहने विश्वास दिलाउन चाहन्छु । 


धेरै समय बितिसकेपछि आफुलाई मन पर्ने यहि ब्लगको डिजाइनमा अलिकति चित्त बुझेन जस्तो महसुस भयो मलाई,  त्यसैले मैले मेरो ब्लगको डिजाइनमा केहि फेरबदल गर्ने कोसिस गरेकोछु । अनि ब्लगको टाईटल पनि परिबर्तन गरेर आरोह अवरोह राखेको छु । तपाईहरुलाई कस्तो लाग्यो मेरो यो नयाँ ब्लगको डिजाइन? के गर्दा राम्रो हुन्छ होला? सल्लाह सुझाब दिनुभयो भने म आभारी हुनेथिएँ । 
बाँकि अर्को भेटमा ........ 


 

दिमाग खराब भो



 गजल 

कृष्ण के श्रेष्ठ"काल्स"


म संग आइनौ, दिमाग खराब भो
पिरती लाइनौ, दिमाग खराब भो

कसरि गरूँ म, विश्वास तिमीलाई?
कसमै खाइनौ, दिमाग खराब भो

प्रेम पत्र मैले , जतिसुकै लेखुँ  खै ?
फिर्ता पठाईनौ, दिमाग खराब भो

तिम्रैलागि भनि, लेखिएका गीतमा
स्वर भै गाइनौ, दिमाग खराब भो

बिरक्तेर एक्लै, हुँदा म एकान्तमा
आई फ़काइनौ, दिमाग खराब भो

आफूभन्दा धेरै, गर्दा नी मायामोह
मनमा छाइनौ, दिमाग खराब भो

मैले रोइ बस्दा, आफु मात्र हाँसेर
किन हसाइनौ, दिमाग खराब भो





अक्टोपसको स्वाद


विश्वकप फुटबलमा ज्योतिसिको ठूलो चर्चा कमाएको अक्टोपस हामी नेपालीलाई फोटोमा देख्दा र भिडियोमा हेर्दा सम्म पनि घिन लागेर आउँछ तर त्यहि देख्दै घिन लाग्दो समुद्री जीव अक्टोपस मान्छेहरुले खान्छ भन्ने कुरा सुन्दा तपाई हामीलाई अचम्म लाग्नु स्वोभाबिक नै हो । 
ताको खारागे
 हो, त्यहि अक्टोपस विश्वोका केहि देशहरु जापान, भुटान चिन लगायतका अन्य देशमा खाने गरिन्छ, विभिन्न परिकार बनाएर । यसको मासु खाने देशमा जापान पहिलो स्थानमा आउँछ स्वास्थको लागि राम्रो हुन्छ भनेर जापानमा यसलाई आगोमा पोलेर (ताको याकि) तेलमा फ्राई गरेर(खारागे) अनि काँचै (सासिमी) को रुपमा पनि खाने गरिन्छ । 
ताको सासिमी
 अक्टोपस हेर्दाखेरि जस्तो सुकै भएपनि आफैले खाईहेर्दा मिठै लागेको थियो मलाई जापान आएको झन्डै ६ महिनापछी मैले चाख्ने मौका पाएको थिएँ, सासिमीको रुपमा काँचै जस्तो देखिएपनि खाउँखाउँ लाग्ने बनाउने रहेछ एकचोटी खाएपछी सासिमी । यदि तपाइहरुपनि कुनै दिन जापानया अन्य कुनै देश जानुभयो भने अक्टोपसको मासु चाख्न नबिर्सनुहोला ..........
ताको याकी




फोटो स्रोत: जापानी वेबसाइट 


तस्बिर आफै बोल्छ




बागबजारको सडकमा राखिएको फोहर फाल्ने ड्रम 


 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture