मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

छोडी गइन निष्ठुरीले


 गजल 

कृष्ण के श्रेष्ठ"काल्स"


फूल दिंदा उपहार छोडी गइन निष्ठुरीले
पिरतीको मूलबाटो मोडि गइन निष्ठुरीले

रातौंदिन तिमितिमी भनेर म बस्दापनि
अरुकैपो मायाबारी गोडी गइन निष्ठुरीले

दिदादिदै चोखोमाया नराखेर कत्तिबाँकि
रुवाएर अन्तैमाया जोडी गइन निष्ठुरीले

मरेपनि साथदिन्छु भन्ने बाचा गरेरनी
स्वार्थीबनि आजकिन तोडी गइन निष्ठुरीले

आफूभन्दा धेरैमाया मलाईनै गर्छु भनि
देखावटी खोलआज ओडी गइन निष्ठुरीले



बुझ्दैन मन

 गजल 



मिठामिठा कुराहरु बोलेपनि बुझ्दैन मन
मनकोढोका फुकाएर खोलेपनि बुझ्दैन मन

मेरैलागि मायामोह सम्हालेर राखीराखी
मुटुभित्र सदभाबले घोलेपनि बुझ्दैन मन

भोक प्यास छाडेर रातौं दिन मेरैलागि
अंगालोमा बाधिएर झोलेपनि बुझ्दैन मन

भेटहुदा सर्माउदै मेरैसामु आइतिमी
लोभिनजर घन्टौसम्म टोलेपनि बुझ्दैन मन

पिडामा म तडपिएर दुख्दाखेरी मनमेरो
तिमि आइ हत्केलाले मोलेपनि बुझ्दैन मन

तामाकोसी आयोजना शिलान्यास 'आर्थिक क्रान्तिको सुरुआत'

 हिरिप्रसाद भट्टराई/सन्तोष कार्की 

दोलखा, जेठ ४ गते । प्रधानमन्त्री झलनाथ खनालले माथिल्लो तामाकोसी आयोजना नेपालको जलस्रोत इतिहासमै कोसेढुङ्गा भएको विचार व्यक्त गर्दै आयोजना शिलान्यासले आर्थिक क्रान्तिको सुरुआत भएको बताउनुभएको छ ।
बुधबार दोलखाको लामबगरस्थित गोङ्गरमा माथिल्लो तामाकोसी जलविद्यु्त् आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री खनालले सो कुरा बताउनुभयो । उहाँले मुलुकमा रहेको अपार जलस्रोतको भरपुर उपयोग गर्न सके नेपाल केही वर्षमै आर्थिक रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजना समयमै सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजना समयमै सम्पन्न गर्न राजनीतिक दलहरूबीचको सहमति र पहल आवश्यक रहेको उहाँले जोड दिनुभयो । उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले माथिल्लो तामाकोसी आयोजना समयमै निर्माण सम्पन्न गर्नका लागि सबै दलहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । तामाकोसी आयोजनाले जलस्रोतमा नेपालीहरूकै स्वामित्व स्थापित गर्ने अभियानको सुरुआत भएको उहाँको भनाइ छ ।
रक्षामन्त्री विष्णु पौडेलले माथिल्लो तामाकोसी जस्तै अन्य आयोजनाहरू पनि स्वदेशी लगानीमा बनाउनेतर्फ सरकारले ध्यान केन्दि्रत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यस्तै ऊर्जामन्त्री गोकर्ण विष्टले माथिल्लो तामाकोसी आयोजना मुुलुकको ऊर्जा सङ्कट समाधानको प्रमुख आधार भएकाले जलस्रोतमा नेपाली जनताको स्वामित्व स्थापित गर्ने प्रक्रियाको सुरुआत भएको धारणा राख्नुभयो ।
सञ्चारमन्त्री अग्नि सापकोटाले माथिल्लो तामाकोसी आयोजना बहुआयामिक महìवको भएकाले यसले नेपालीको स्वाभिमान बलियो बनाएको बताउनुभयो ।
आयोजनाका निमित्त कार्यकारी अध्यक्ष रामेश्वर यादवको अध्यक्षतामा सम्पन्न शिलान्यास समारोहमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री देवी खड्काले तामाकोसीमा अझै पनि जल माफियाहरूको चलखेल कायम रहेको तर्फ सचेत गराउँदै यसतर्फ सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीमबहादुर तामाङले माथिल्लो तामाकोसी नेपालीका लागि गौरवको विषय भएकाले आयोजना निर्माण कार्य बिना अवरोध अघि बढाउन सबै राजनीतिक दलहरूको सहयोग र पहल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माथिल्लो तामाकोसी आयोजनाको प्रधानमन्त्री खनालले बुधबार भव्य समारोहका बीच शिलान्यास गर्नुभएको हो । आयोजना स्थल दोलखाको लामाबगरस्थित गोङ्गरमा भएको शिल्ाान्यास कार्यक्रममा सभासद्, राजनीतिक दलका प्रमुख सचेतक, जलस्रोतविद्, जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको शिल्ाान्यास कार्यक्रमका लागि करिब ३० लाख रुपियाा खर्च भएको अनुमान छ ।
यसअघि आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने तय गरिए पनि वित्तीय व्यवस्थापनबिना नै शिलान्यास गर्न लागिएको भन्दै सर्वत्र विरोध भएपछि स्थगित भएको थियो । आयोजनाको शिलान्यासपछि प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको टोली राजधानी फर्किसकेको छ । तामाकोसी आयोजनामा कर्मचारी सञ्चयकोषको दस, नेपाल टेलिकमको छ, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानको दुई/दुई अर्ब रुपियाा ऋण लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनामा नेपाल सरकारको ११ अर्ब आठ करोड लगानी रहनेछ । आयोजनाले विद्युत् प्राधिकरणसाग भएको विद्युत् खरिद सम्झौता अनुसार व्यापारिक उत्पादन भएको वर्ष प्रतियुनिट बिजुली चार रुपियाा छ पैसामा प्राधिकरणलाई बिक्री गर्नेछ । आयोजनाको ६८ किलोमिटरको प्रवेश मार्ग चिनियाा कम्पनी सिनो हाइड्रो कर्पोरेसनले सुधार गरिरहेको छ । ४५६ मेगावाट क्षमताको प्रथम चरणको यो आयोजना सन् २०१५ भित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।
त्यस्तै दोस्रो चरणमा सन् २०१७ सम्म र तेस्रो चरण सन् २०२० भित्र गरी उक्त आयोजनाअन्तर्गत कुल छसय मेगावाट विद्युत् उत्पादन गरिने जानकारी दिइएको छ । हाल ६८ कि.मि. प्रवेशमार्ग निर्माणको चरणमा रहेको र मुआब्जा वितरण लगायतका कार्य पूरा भइसकेको बताइएको छ ।
त्यस्तै स्थानीय बासिन्दालाई १० प्रतिशत, सञ्चयकोषमा कोष कट्टी गरेका सञ्चयकर्ता, प्राधिकरणलगायतलाई २४ प्रतिशत गरी शतप्रतिशत सेयर छुट्याइएको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपियाा छ ।

साभार स्रोत : गोरखापत्र 

तीस तला माथी बाट

मंगलबार अस्तिको दिन केहि काम बिशेषले गर्दा जापानको अति ब्यस्त रेल स्टेसन सिन्ज्युकु र सिबुयामा अबस्थित योयोगी पार्कमा म र मेरा साथीहरुसंग गएको थिएँ । त्यहि मौका पारेर ३० तला अग्लो बिल्डिङबाट केहि दृश्य हरु कैद गर्ने मौका पाएको थिए । हुन त यस बिल्डिङभन्दा अग्लो बिल्डिङबाट पनि फोटो खिच्ने चाहना त थियो तर केहि समस्याले गर्दा सकिरहेको थिइन । आज त्यहि फोटोहरु यहाँ राख्ने कोसिस गरेकोछु । 

३० तला माथि बाट देखिएको सिन्ज्युकु बजार

फोटो खिच्न लाग्दै मेरा साथी बिमल

बाहिर नियाल्दै(म )

बाहिरी दृश्य

बिकसित घरहरु 

लडिएला कि ? थोरै डर

ब्यस्त शहर बीचमा यस्तो सुन्दर पार्क

हरियो बृक्ष
सिरिसिरी बतास
न्यानो अंगालो
(बस्दा बस्दै फुरेका हाइकु)

फोटो खिच्न पोज दिदै

आहा ! कति राम्रो हरियाली .....


चम्पूजा क्याफे

पृष्ठभूमिमा गौरीशंकर हिमाल(दाहिनेतिर निलो जस्तामा चम्पूजा क्याफे)


 दोलखा जिल्लाको दोलखा बजार अर्थात अभयपुरमा अबस्थित चम्पूजा सायद दोलखामा पुग्नुहुने सबैको लागि सुनिसकेको नाम हुनुपर्छ । जुन ठाउँ एउटा मनोरम दृश्यावलोकन गर्ने स्थलको रुपमा चिरपरिचित रहदै आएको छ । 

त्रिपुरा उद्यान संगै रहेको त्रिपुरासुन्दरी मन्दिर, पूर्वमा गौरीशंकर हिमालको चमकता, अनि उत्तरमा कालिन्चोक मन्दिरको थुम्का , दक्षिणमा कलकल बग्ने तामाकोसी नदि लगायत चारैतिर देखिने हरिया वनको मनोरम दृश्य अनि सिरिसिरी चल्ने चिसो बतासको स्पर्शले जोसुकैलाई घन्टौं सम्म पनि त्यहीं बसिरहुँ जस्तो बनाईदिन्छ चम्पूजा पुगिसकेपछि, त्यस्तो मोहनी छ चम्पूजा संग । 

प्रकृतिलेनै बनाई दिएको त्यहाँ अबस्थित् ठुलो ढुंगा, जुन फोटो खिच्ने उत्तम स्पोटको रुपमा स्थापित छ । जहाँबाट चारैतिरको सुन्दरताको अबलोकन गर्न सकिन्छ । यो स्थान मायाको जोडी हरुको मायाको बातमार्ने एकान्त लभ स्पोटको रुपमा पनि परिचित छ । त्यसैले धेरै जसो समय जोडीहरुको उपस्थिति धेरै रहेको हामी देख्न सक्छौं । 

केहि बर्षअघि मात्र यहाँ आउने पर्यटक हरुको वृद्धिलाई ध्यानमा राखी चम्पुजा क्याफे नामक रेस्टुरेन्ट पनि खोलिएको छ । जुन त्यहाँ घुम्न आउने पर्यटक हरुको थकाईमार्ने र  भोकमार्ने थलो बनेको छ ।

त्यसैले यदि तपाई हरु पनि यदि दोलखा अथवा दोलखा भिमेश्वोर जानुभएको खण्डमा अबश्य पनि चम्पूजालाइ नबिर्सनुहोला ।
अब हामी पनि लाग्ने हो कि एकछिन चम्पूजा तिर ? 

गौरीशंकर हिमाल 



  
मनोरम दृश्य 
तामाकोसी

ठुलो ढुंगा

त्रिपुरासुन्दरी मन्दिर
भ्यू पोइन्ट
त्रिपुरा उद्यान
देब्रेतिर हरियालि

त्रिपुरा उद्यान प्रवेश द्वार

बस्दैमा दिन ढल्यो


 धेरै पछी गजल राख्ने जमर्को गरेको छु , लेख्न त धेरै लेखिएका छन् तर फुर्सदको अभाबले पोस्ट गर्न सकिरहेको छुइन.......................
यो गजल उनि प्रति समर्पित गर्दै..................

गजल


तिमीलाई सम्झिएर बस्दैमा दिन ढल्यो 
मुटुभित्र लुकिचोरी पस्दैमा दिन ढल्यो 

तिमीबिना एकान्तमा टोलाएर रुँदारुँदा
तप्प आँसु आँखाबाट खस्दैमा दिन ढल्यो

चुडिएर जाला भनि म देखि माया कतै 
बिस्वासको डोरी बाटी कस्दैमा दिन ढल्यो

तिमिनैहो जीबन भनि सबै थोक बिर्सिएर
अन्धो मायाजाल भित्र फस्दैमा दिन ढल्यो

 मायाको भिख माग्दै जोडेर दुइ हातहरु
खरानी यो निधारमा  घस्दैमा दिन ढल्यो

झर्केपछि के लाग्छ र (बुलबुल गजल)


सुन्नुहोस आजको (may 4, 2011) बुलबुल कार्यक्रम मेरो गजल को साथ ......
सुन्नको लागि यहाँ थिच्नुहोस 





कुरा गर्दा मुख मुखै झर्केपछि के लाग्छ र
आँखाआँखा जुधाऊदा फर्केपछि के लाग्छ र

मायाका राम्राराम्रा फूलहरु दिंदा उनलाई
अर्कै प्रेमराजा संग तर्केपछि के लाग्छ र 

चोखो माया भरपुर सुम्पिदिदा सबैमेरा 
धोकाको बिष उल्टो छर्केपछि के लाग्छ र 

जनमभर एक भै सुखी जीबन बाँचु भन्दा
क्षणक्षणमा भूकम्पझैं चर्केपछि के लाग्छ र 

बिबाहमाझैं उनीलाई बोकेर घुमाऊ भनि
कम्मरमा समात्दा मर्केपछि के लाग्छ र


 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture