मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

टोकियोमा पनि आणविक भट्टी बिस्फोटन(भिडियो सहित)


जापानमा यहि मार्च ११ मा आएको ९ रेक्टरस्केलको भूकम्प अनि लगतै सुनामीले तहसनहस पारेको सेन्दाई र फुकुसिमा अझै पनि लगातार ४ पटक सम्मको आणविक भट्टी बिस्फोटनको कारणले अझै पनि ग्रस्त अनि आतंकित छ बिस्फोटनबाट निस्केको आणविक विकिरणले मानिसको स्वास्थमा प्रतिकुल असर पर्ने हुनाले अहिले फुकुसिमा अनाबिक भट्टीबाट ३० किलोमिटर वरपर मानिसहरुलाई बस्न दिइएको छैन त्यहाँ बसिरहेका लाखौं नागरिकहरुलाई उद्दार गरि टोकियो, ओओसाका, योकोहामा  लगयत अन्य सुरक्षित स्थानहरुमा सारिदै गरेको अबस्थामा, जापानी समय अनुशार हिजो राती १० बजे र २९ मिनेट जादा ५.७ रेक्टर स्केलको भूकम्प आए पश्चात टोकियोको आसकुसामा अबस्थित आणविक भट्टी बिस्फोटन भएको कुरा याहू जापानले आफ्नो वेबसाइट मार्फत जनाएको छ

९ रेक्टर स्केलको भूकम्पले सानातिना क्षति पुर्याएको उक्त भट्टीमा मर्मत सम्भार गरिरहेकै अबस्थामा पुन भूकम्पको धक्काको कारण बिस्फोट भएको कुरा उक्त भट्टीमा कार्यरत कार्यकारी प्रमुख हिगुची सातोउले याहु जापानलाई बताएका छन् विस्फोटनका कारण कुनै पनि मानविय क्षति भने हुन नसकेको कुरापनि जारी बिज्ञप्तिमा जनाईएको छ बिज्ञप्तिमा केहि दिन अघाडी देखिनै प्लान्टबाट थोरै मात्रामा धुँवा आइरहेको र त्यसको समाधानको लागि ८० जना इन्जिनियरहरु कार्यरत खटिरहेको कुरापनि उल्लेख गरिएको छतर जापानकै ठुलो जनघनत्व भएको शहर टोकियोमा यदि भट्टीमा यस्तो समस्या आएको समाचार बाहिर जनमानसमा पुगेको खण्डमा जनतामा आतंक फैलिनसक्ने प्रबल सम्भावना भएको कारणले कुनै पनि मेडियामा समाचार बाहिर नल्याएको कुरापनि खुलाई त्यसको लागि जापान सरकारको तर्फबाट क्षमा याचना पनि ब्यक्त गरिएको छ

यो विस्फोटनले गर्दा अब टोकियो र योकोहामा लगायत अन्य क्षत्रमा पनि निस्कने आणविक विकिरणले असर पार्ने बताउछन जापान सरकार लेख्दै थियो अब देशकै आधा जनसंख्या ओघटेको टोकियोमा बसोबास गरिरहेका सबैलाई अब कुन ठाउमा ओसार्ने, अनि कसरि ब्यबस्थापन गर्ने? यस बारे भने भोलि दिउसो बस्ने संसद्को बैठकमा छलफल गरिने जानकारी समेत उक्त बिज्ञप्तिमा खुलाइएको छ, साथै टोकियो वरपर बसोबास गरिरहेका नागरिकहरुलाई पानीमा नभिझ्न र घरबाट बाहिर ननिस्कन पनि आग्रह गरिएकोछ

३० लाख जति नागरिकलाई सेन्दाई र फुकुसिमाबाट उद्दार गरि टोकियो बल्ल बल्ल ओसार्न नसक्दै फेरी यो आपत् आइलाग्दा जापानलाई चिन्ता लाग्नु कुनै नौलो कुरा होइन बिश्वोकै तेस्रो ठुलो अर्थतन्त्र बोकेको जापानमा आएको यो बर्षको भूकम्प, सुनामी र आणविक भट्टीको बिस्फोटनको आपत्तिले यहाको अर्थतन्त्र तहसनहस परिसकेको छ, जुन पुर्बाधार पुन निर्माण गर्नको लागि जापानलाई दशौँ बर्ष लाग्नेछ
यो समाचार सुनेर जापानमा बस्ने सबैलाइ अनि मलाई पनि सारै डर लागिरहेकोछ अस्ति मात्र मलाई नेपाल फर्केको बेला सबैले "तँ जापान नजा" भनेर भन्नुहुन्थ्यो, व्यर्थै आइएछ फर्केर जापान तर आशा छ जापानले केहि सुधार गर्नेछ

अहिले म बन्द कोठामा बसेर यो समाचार लेख्न बाध्य छु खाने पानी पनि खान डर लागिरहेको छ , बाहिर निस्कन पनि सकिरहेको छुइन बस् अर्को राम्रो समाचार सुन्ने आशामा छु म आज





सन्दर्भ स्रोत: याहु जापान
फोटो: बिबिसी




१ घण्टा बत्ति निभाउँ



पृथ्वी समय (Earth Hour)


आज(शनिबार) अर्थात् मार्च २६ बेलुकी नेपाली समय अनुशार ८ तीस बाट ९ तीस बजे सम्म १ घन्टाको समयमा सम्पूर्ण बत्ति निभाई वातावरण बिग्रन बाट बचाउनको लागि हामी सबैले सहयोग गरौँ आजको यो पृथ्वी समय(Earth Hour) को दिनमा


भिडियो हेर्न को लागि:



सन्दर्भ: yahoo japan

बुलबुल संग बोल्दा



         मैले बुलबुलमा गजल सुन्न थालेको पनि झन्डै ८ बर्ष भैसकेको रहेछ सुरुसुरुमा HBC बाट बज्ने बुलबुल कार्यक्रम केहि बर्ष बन्द भएपश्चात उज्यालो एफएम बाट पुन प्रशारण भएपछी मैले जापानबाटै अनलाइन मार्फतनै सुन्दै आएको छु मलाई बुलबुल अझ भन्नुपर्दा अच्युत दाईकै गजल बाचनगर्ने शैलीलेनै गजल लेख्न सिकाएको भन्दा अत्युक्ति नहोला

मेरा धेरै गजलहरु बुलबुल मार्फत बजेका छन्, जुन मलाई जति सुनेपनि सुनुसुनु लागिरहन्छ अच्युत दाइको मिठो स्वरमा त्यसैले मलाई धेरैबर्ष अघि देखिनै अच्युत दाईलाइ भेटेर कुरागर्ने रहर लागिरहेको थियो । 

संयोगबस मेरो यो पटकको नेपाल फर्कने क्रममा मेरो गजल संग्रह "धन कमाउने संग्रह" निकाल्ने जमर्को गरेको थिएँ र मैले बिमोचन समारोहमा उपस्थितिको लागि अच्युत दाईलाइ फोन गरेको थिए   उहाले मलाई भेट्नको लागि बोलाउनुभयो , अनि मैले भेट्ने समय ठिक गरिहालें त्यसको केहि समय पश्चातनै उहाले फेरी फोन गरेर मलाई बुलबुल कार्यक्रमको लागि अन्तरबार्ता लिने कुरा बताउनुभयो, जुनबेला म खुसीले धेरै हर्षित भएको थिएँ 

march 9 तारिख बुधबारको दिन थियो म हतारहतार अन्तरबार्ताको लागि उज्यालो एफएमको स्टुडियो तिर दौडिएँ, मनमा धेरै डर अनि खुसि बोकेर उहाँसंग बोल्नको लागि । तर म अलि छिटो पुगेछु जापान भन्ठानेर ३० मिनेट अघाडीनै

केहि छिनको पर्खाईपछी उहाँ आउनुभयो चियासिया खाईओरि अन्तर्वार्ताको लागि तयारी भयौं हामी मेरो जिन्दगीमै दोस्रो पटकको अन्तर्वार्ता भएर होला मलाई केहि अप्ठ्यारो महसुस भएको थियो तर सोचे भन्दा कार्यक्रम रमाइलो भयो । बीच बिचमा बजेका गजल पनि धेरै राम्रा थिए । झन् उहाको बाचनशैलीको त बयान गर्ने सक्दिन म । अन्तर्वार्ताको क्रममा भने प्रेम प्रसङ्गका कुराहरुले मलाई रातो पिरो पार्नुभाको थियो उहाँले

करिब ४५ मिनेटको गजल अनि अन्तर्वार्ताको कार्यक्रम मेरो लागि नयाँ र रमाइलो अनुभब भयो अनि अबिश्मरनिय क्षण पनि बन्यो आज त्यहि अन्तर्वार्ता कार्यक्रम यहाँ राख्दैछु यहाहरुको लागि धेरैपछी भए पनि । सुन्नको लागि तल थिच्नुहोस


गजल


श्रेष्ठ सत्य

मायाँ प्रेम भनिए नि स्वार्थकै घर देखें ।
आफन्त ठानिएकै सबै भन्दा पर देखें ।।

शत्रुहरु त्यतिसारो खतरनाक हुन्नन्,
मित्रहरुकै यहाँ भयंकर डर देखें ।

हाँसेर मात्र जो जिउन चाहन्छ यहाँ ,
उसैको जीवनमा आँसुका नहर देखें ।

नीति र नियमका कुरा मात्र सुनिइने,
बेइमानीहरुकै बस्ती अनि शहर देखें ।

सत्य त जहाँ पनि एक्लै एक्लै पर्दोरैछ ,
असत्यलाई संसारमा थुप्रै भर देखें ।


दोलखा, नेपाल
हाल बेलायत

जापानः किफायती, अनुशासित र अविचलित

 
 
केदारभक्त माथेमा
ए क साताअघिको शुक्रबार साँझ जापानमा प्रलयकारी भुइँचालो र सुनामी आएको खबर जब पहिलोपटक सुनेँ, मेरो जीवनमा म आफैंलाई यो विपत्ति आएको हो कि जस्तो भयो । मुलुकबाहिर घटेको एउटा घटनाले यति साह्रो मलाई कहिल्यै हल्लाएको थिएन । त्यही जापानभूमिमा छ वर्षसम्म बसेका कारणले हुन सक्छ, त्यहाँ अलपत्र परेका नागरिक र मृतकहरूको शव देख्दा हरेकपटक म छोइएको छु । अहिले पनि म छिनमा रेडियो सुन्छु, छिनमा टिभी हेर्छु । 'माइन्ड सेटल' हुन सकेको छैन ।
जापानको कोबेमा आएको विनाशकारी भुइँचालो लगत्तै म सन् १९९८ मा टोकियो उत्रिएको थिएँ । त्यसबेला त्यहाँ मुस्किलले ८/१० वटा नेपाली रेस्टुराँ थिए । नेपालीहरूको भीड आज जत्तिको थिएन । आज झन्डै दुई दर्जन नेपाली रेस्टुराँ पुगेका छन् रे टोकियोमा मात्रै । त्यस बेला नेपाली ओसाका,
टोकियो, नागोया, नागानुजस्ता सहरमा बढी केन्दि्रत थिए र आज यो अनुपात सेन्दाइ, फुकसिमातिर पनि बढेको रहेछ ।
म राजदूत भएर गएका बेला मुख्य कुरा आम नेपाली सर्वसाधारणमा दूतावासलाई आफ्नो घर, आफ्नो ठाउँ भन्ने भावना निकै कम रहेको अनुभूति हुन्थ्यो । राजदूत भनेको एउटा 'महामानव' हो कि भन्ने भावना व्याप्त थियो । आमनागरिक र राजदूत दुवैले यो 'दूरीयुक्त भावना' हुर्काएका थिए । दूतावास आउने नेपाली सर्वसाधारणहरू त तल्लो तहका स्थानीय कर्मचारीसँग पनि डराइरहेका हुन्थे । टाइ लाउनेहरूसँग सर्वसाधारणले कुरा गर्नै सकिरहेका हुँदैनथे । डराइडराई नेपाली दूतावास छिर्ने त्यो अवस्था र स्थिति आफैंमा दुःखलाग्दो थियो । आफ्नो दूतावासभित्र आउँदा पनि 'कतै कसैले समातिहाल्छ कि' भन्ने मनोदशा सबैमा देखिन्थ्यो । फेरि तलका प्रशासनिक कर्मचारीहरूको बोली र व्यवहार पनि रूखो र तर्साउनेखालको हुन्थ्यो । अहिले यसमा धेरै सुधार भएको छ, अझै सुधार बाँकी पनि छ ।
मुख्य कुरा दूतावासमा सहज पहुँच नरहनु हाम्रो कूटनीतिक वृत्तको समस्या हो । 'पिपुल प|mेन्डली' कूटनीति सधैंको आवश्यकता हो । मैले जापान बसाइमा बुझेको अर्को यथार्थ के हो भने नेपाली मन पराउने जापानीको संख्या त्यहाँ सानो छैन । जापानमा नेपाली विद्यार्थीको सक्रियता पनि कम्ती छैन । यो समुदायलाई जहिल्यै ध्यानमा राखेर 'मोबिलाइज' गर्न/गराउनमा पनि कूटनीतिक नियोगहरू पछि परिरहेको जस्तो लाग्छ ।
जापानमा आइपरेको दोस्रो विश्वयुद्धपछिको अहिलेको विपत्तिजन्य स्थिति आफ्नै जीवनमा प्रतिबिम्बित हुने एउटा सन्दर्भ पनि हो । समाजमा बढ्दो यत्रो देखावट, यत्रो तामझाम र ढोंग केका लागि हो ? यो सोचनीय कुरा हो । मुख्य कुरा के हो भने जापानीहरू अमेरिकीजस्तो होइन । अमेरिकीहरू घर, भवनहरू आलिसानयुक्त बनाउँछन्, ती झकिझकाउ हुन्छन् । जापानी घरहरू साना र चिटिक्क परेका हुन्छन् । जीवनलाई कसरी सहज र सरल बनाउने भन्ने उपाय जापानीहरूसँग लुकेको छ । अहिले आइपरेको विपत्तिको कुरा भने अर्कै हो । अब मलाई के लाग्छ भने अहिलेको विपत्तिले अझ सहज र सरल जीवन बिताउनमा जापानीहरू उद्यत हुनेछन् । देखावटी सानसौकत र ठूलो रबाफको अर्थ छैन भन्ने सार उनीहरूले बुझ्दै आएका थिए र सरलतातिर अघि बढ्न यो घटनाले अझ प्रेरित गर्नेछ ।
नेपाली र जापानीबीचको सम्बन्धमा एउटा मोहनीझैं समझदारीको सेतु रहेको छ । म जापान छँदा एकजना सांसदले संसद्मा भनेका थिए- 'जहाँसम्म नेपालीको कुरा छ, सत्तापक्ष र विपक्षको केही विमति छैन । नेपाल र नेपालीका मामलामा हरेक कुरामा हामी एकै ठाउँमा हुन्छौं ।' योभन्दा ठूलो सद्भाव अरू केही हुन सक्दैन । हामीबीच आत्मीयताको एउटा बिरुवा छ, यसलाई हामीले सक्दो मलजल गरेर मर्न मात्रै दिनु भएन ।
आज जापानमा देखिएको विपत्तिले सिंगो विश्व नै आर्थिक मन्दीमा जान सक्ने अनुमान चलेको छ । संसारको सबैभन्दा बढी ठूलो र महँगो उपभोक्ता रहेको मुलुकमा यो दह्रो क्रयशक्तिमा गिरावट आएमा के होला ? अब अमेरिका र चीनले पनि एकसाथ चिन्ता गर्नुपर्छ, अबका दिनमा जापानी नागरिकले आफ्नो क्रयशक्ति घटाए भने उता मन्दी बढ्ने स्थिति उब्जिएको छ । फेरि जस्तै विपत्तिमा पनि विचलित नहुने जात हो जापानी । उनीहरू वैकल्पिक जीवनशैली रोज्न र अपनाउन पनि सक्छन् । स्रोतसाधन छ भन्दैमा उनीहरू सौखिन बनेर एकपटक ट्वाइलेट फ्लस गर्दा पानीको मूल फुटाएसरि गर्दैनन् । साह्रै किफायती र अनुशासित जात हो यो ।
मलाई लाग्छ, न्युक्लियर प्लान्टको नसोचेको त्रासदी फैलिएकाले यसको विकल्प पनि खोज्न सक्छन् उनीहरू । यो कल्पनाभन्दा बाहिरको विपत्ति हो, ५ हजार किमिप्रति घन्टामा सुनामी आउला भनेर कुनै मौसमविज्ञानले पनि भन्न सक्ने कुरा भएन । तर अबका दिनमा परमाणु शक्तिको निर्भरतामा पनि जापानीहरूले पक्कै विकल्प खोज्नेछन् । जापान एकदमै व्यवस्थित र पद्धतिले चलेको मुलुक हो । यत्रो विपत्ति परिसक्दा पनि बजारमा पाइने अन्डा, चामल वा कुनै उपभोग्य कुराको मूल्य बढेको छैन । अमेरिकाकै न्युअर्लियन्समा दुई वर्षअघि 'हुरिकेन' आउँदा हाहाकारको स्थिति उब्जिएको थियो । तर यत्रो विपत्तिमा पनि जापान आज शान्त छ ।
जापानमा विपत्ति आइसकेपछि नेपालीको स्थिति र अवस्था पहिल्याउने कुरामा केही अन्योल अथवा कठिनाइ पर्नाको कारण के पनि हो भने हामीसँग 'रेकर्ड सिस्टम' छैन । हामीले यो विपतमा सिक्नुपर्ने कुरा के हो भने हाम्रा सन्तान के, कता र कहाँ छन् भनेर 'अपडेट' राख्नुपर्ने रहेछ । जे कुरामा पनि 'टेकन फर ग्रान्टेड' बानीले हामी आफैंलाई अप्ठ्यारामा पार्नेरहेछ । यसकारण रेकर्ड राख्ने काम तत्काल र अनिवार्य रूपमा दूतावासले सुरु गर्नुपर्छ । अर्को कुरा, कूटनीतिमा 'संकेत' को महत्त्व काफी हुन्छ । आज जापानको विपत्तिमा परेर ज्यान गुमाउने वा बेपत्ता हुनेका नाममा हामी नेपालीले लुम्बिनीमा गएर बत्ती बालेमा मात्रै पनि यो संकेतको अर्थ धेरै गहिरो हुन सक्छ ।
समाजमा बढ्ने अन्योल, अस्थिरता र मनोमानीका कुरा उठ्दा हामीकहाँ जहिल्यै पनि राजनीतिक अस्थिरतालाई दोष दिने गरिन्छ । तर जापानबाट आज हामीले सिक्नुपर्ने पाठ के हो भने सरकार फेरिए पनि, राजनीति उलटपुलट भए पनि प्रशासनयन्त्रमा स्थिरता भयो भने समाजमा आफैं 'सिस्टम' बस्नेछ । हामीकहाँ सरकार फेरिनेबित्तिकै, मन्त्री फेरिनेबित्तिकै सचिवको हेरफेर हुन्छ । सरकारको अर्थनीति, शिक्षानीति, समाजनीति सबै फेरिन्छ । जापानमा पनि बर्सेनि सरकार फेरिन्छ तर नीतिगत र मूलभूत मुद्दामा खासै अन्तर रहन्न ।
मैले आफ्नो कार्यकालको अन्त्यमा जापानी सम्राटलाई भेट गर्ने क्रममा भनेको थिएँ- 'मौसुफ, म जापानमा छ वर्ष राजदूत भएर बसेका बेला नेपालमा छवटै प्रधानमन्त्री फेरिएका छन्, हाम्रो स्थिति अलि अस्थिर छ ।' सम्राटको जबाफ थियो- 'बितेको छ वर्षमा यहाँ १० वटा सरकार आइसकेका छन्, तपाइं किन छवटा प्रधानमन्त्रीको चिन्ता लिनुहुन्छ ?'
(सन् १९९६ देखि छ वर्षसम्म जापानका लागि राजदूत रहेका माथेमासँग देवेन्द्र भट्टराईले गरेको कुराकानीमा आधारित)

साभार: ekantipur.com

दिई हेर न



 गजल 
कृष्ण के श्रेष्ठ काल्स

थोरै माया मलाई  दिई हेर न
मेरो माया कस्तो  पिई हेर न

मायानैमायाले भरेको दुनियामा
जुनीभर मेरोसाथ जिई हेर न

मायाको मूल्य थाहा पाउनलाई
यो मुटुको धड्कन लिई हेर न

तिम्रो मायाबिना चिरिएको मन
प्रेमको धागो ल्याई सिइ हेर न

प्रेमको साँचो परिचय दिनलाई
मीराभै कृष्णसंग सजिई हेर न

धन कमाउने सपना गजल संग्रह बिमोचित



आदर्श प्रधान
काठमाडौं । अनाममण्डली बाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” द्घारा लिखित धन कमाउने सपना नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो । अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतीत्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्घय गजलकार प्राज्ञ बूँद राणा, साहित्यकार धनराज गिरि, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु भयो ।



बलराम दाहालले संचालन गर्नु भएको उक्त बिमोचन कार्यक्रममा अनाममण्डलीका सदस्य जय गौरेलले स्वागत मनतब्य दिनुभएको थियो । उक्त कार्यक्रममा गजलकार सरोज घिमिरेले धन कमाउने सपना गजल संग्रहको समिक्षा गर्नुभएको थियो । गजलकार घिमिरेले गजलमा बहरको हिसाबले केहि समस्या देखिएपनि गजल समय सान्दर्भिक लागेको बताउनुभयो । गजलकार ज्ञानु बिद्रोहीले पनि उक्त गजलको समिक्षा गर्नुभएको थियो । गजलकार बिद्रोहीले श्रेष्ठको पहिलो सृजना भएता पनि सारैनै स्तरिय लागेको र सरल शब्दमा मिठो गरि पस्केको बताउनु भयो । गजलकार कृष्ण के श्रेष्ठ “काल्स”ले आफ्नो गजलको बारेमा र एउटा गजलपनि बाचन गर्नु भयो । उक्त गजल संग्रहको एउटा गजल गायक दिपक स्वप्निलले गाउनु भएको थियो । उक्त संग्रहमा ६१ वटा गजलहरु समावेश छन ।

उक्त बिमोचन कार्यक्रममा श्रेष्ठ प्रिया पत्थरको गजल संग्रह ओभाएको छैन आँखा र अनाममण्डलीको अनाम पत्रिकाको पनि लोकार्पण गरिएको थियो । बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, डा.दिपक खड्का लगायतले मनतब्य दिनु भएको थियो ।




यस्तो पो नगरपालिका

     
       नेपाल आएपछि एउटा नगरपालिका घुम्ने मौका मिलेको थियो मेरो एकजना साथी संग । त्यति बेला मैले एउटा नगरपालिकाको अनौठो अवस्था देख्ने मौका पाएको थिए । जहाँ बाख्राहरु अनि केहि कुखुराहरु चौर मा चरिरहेका थिए । अनि सम्झनाको लागि मेरो मोबाइल बाटै झट्ट क्यामरामा उतार्ने कोसिस गरें एउटा रमाइलो अनि दुख लाग्दो यथार्थता ।
लौ ! अब तपाईहरु आफै भन्नुहोस त,  हाम्रो नगरपालिको गति कस्तो छ भनेर?
फोटो हेर्नुहोस अनि धिक्कार्नुहोस कि जो आफै नगरको विकास गर्छु भनेर लागेको छ उसकै अवस्था यस्तो देखेर.....

आउनुहोस !



निमन्त्रणा !     निमन्त्रणा !!   निमन्त्रणा!!


          कृष्ण के श्रेष्ठ"काल्स" द्वारा सिर्जित अनाममण्डलीबाट प्रकासित गजलसंग्रह 
"धन कमाउने सपना"को विमोचन कार्यक्रममा सम्पूर्ण साहित्यप्रेमी साथीहरु, फेसबुकका साथीहरु, ब्लगका साथीहरु , दोलखाका सम्पूर्ण साथीहरुलाई लगायत मलाई कृष्ण के श्रेष्ठ"काल्स" भनेर चिन्नुहुने सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछु ।


मिति:२०६७ फाल्गुन २८ शनिबार 
स्थान : पद्म कन्या क्याम्पस (डेनिस हल)
समय : दिनको २:३० बजे 


अन्य बिस्तृत जानकारीको लागि:
कृष्ण के श्रेष्ठ"काल्स"(फोन नं ९८४९४८७९९९)
घनेन्द्र ओझा(फोन नं ९८४१४३३१२८) सम्म


 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture