मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

आहा ! कति राम्रो

 













 



 गजल 

 कृष्ण के श्रेष्ठ "काल्स"
 
विकसित संसार आहा ! कति राम्रो
बिदेशी सरकार आहा ! कति राम्रो

देशको विकासमा सबैमिली लागिपर्ने  
जनताको विचार आहा ! कति राम्रो

हत्याहिंसा हैन विकास र सम्वृद्धिको
विहानी समाचार आहा ! कति राम्रो

जातभात छुवाछुत कसैलाई नगर्ने
समान व्यवहार आहा ! कति राम्रो

सेवा र सुबिधाले सम्पन्न शहरका      
ठूलाठूला बजार आहा ! कति राम्रो



अनेसास जापानको साहित्य श्रृङ्खलाको १३ औं भाग सम्पन्न

कृष्ण के श्रेष्ठ "काल्स"
योकोहामा जापान


       अन्तरास्ट्रिय नेपाल साहित्य समाज जापानको नियमित साहित्य श्रृङ्खलाको १३ औं  भाग जनावरी २५ मंगलबारका दिन जापानको सिनोकुबो स्थित खाजाघरमा भब्यताकाका साथ समपन्न भयो । अनेसास जापानका अध्यक्ष देनेश राज ज्ञवालीको सभापतित्व मा संचालन भएको कार्यक्रममा कार्यक्रम संचालन छक्कु उदासीले गर्नुभएको थियो । करिब ३ घण्टा सम्म संचालन भएको सो कार्यक्रममा २५  जनाजति जापानमा रहनुहुने नेपालीहरु, बिभिन्न अनलाइन मेडियामा कार्यरत पत्रकार, NRN जापान, लोक तान्त्रिक मन्च, थकाली समाज, समाचार साप्ताहिक, जनप्रगतिशील मन्च ,काभ्रेली समाज, जनजाती महासंघ लगायत अन्य संघ संघठन र साहित्यमा रुची राख्ने साहित्यकारहरुको  राम्रै उपस्थिति रहेकोथियो । कार्यक्रममा उपस्थित सम्पूर्णले आआफूमा रहेका साहित्यलाई कविता, गजल, गीत, प्यारोडी, हाइकु, कथा ,मुक्तक, चुटकिला क्यारिकेचरका मध्यमबाट प्रस्तुतगरि चिसो मौसममा खाजाघरको हल तताउनुभएको थियो ।

सबैका रचनाहरु उतिकै सुनुसुनु लाग्ने उत्कृस्ट र रमाइलो थियो र त बाचन हुदा हुदै पनि वाह वाह र ताली कार्यक्रमको अन्त्य सम्म पनि उतिकै गुन्जिरहेको थियो । कार्यक्रम को सुरुवात सुष्मा आमताको (हाइकु) बाट सुरु भइ, जीवन अर्यालका (गजल), कृष्ण के श्रेष्ठ "काल्स"का  (तीन गजल), भुपाल मान श्रेष्ठका (कविता) , पिताम्बरका (मुक्तक र गजल), सरद गौचनका (छन्दकविता) ,शरद गौचन का (मुक्तक) , श्रवन कुमार सत्यालका (जादु,क्यारिकेचर, चुटकिला), अरुण कुमार श्रेष्ठका (प्यारोडी गीत), छक्कु उदासीका (लघुकथा, कविता ) , तिलक मल्लका (गजल) र अन्त्यमा दिनेशराज ज्ञवालीका (गजल) लगायत सम्पूर्ण उपस्थित सदस्यहरुले आफ्नो रचना बाचन गरेर सुनाउनुभएको  थियो । रचना हरु कुनै देशप्रेमका थिए त कुनै प्रेमका त कुनै व्यंग्य थिए । कुनै कुनै रचनामा उपस्थित सबै मित्र हरु भाबुक पनि हुनुभएका थिए भने कुनै मा मरिमरि हस्नुभएको थियो । 

समग्रमा हेर्दा सम्पूर्ण कार्यक्रम रमाइलो भएको थियो र सफल पनि , मन्तव्यका क्रममा अध्यक्ष दिनेश राज ज्ञवालीले छिटै जापानब्यापी कविता प्रतियोगिता गरिने पनि बताउनुभयो र अझै कार्यक्रमलाई आगामी दिनहरुमा सुधार गर्दै लैजाने , र नयाँनयाँ  साहित्यिक अनुहारको खोजि गर्ने कुरा पनि बताउनुभयो । साथै कार्यक्रम समिक्षक भुषण घिमिरे र तिलक मल्ल भन्दै हुनुहुन्थ्यो पहिलेका कार्यक्रमहरु प्राय कविता मै सिमित हुन्थे तर आजको कार्यक्रममा नयाँ आजि(स्वाद) पाइयो भन्दै हुनुहुन्थ्यो मुसुमुसु हाँसेर ।

कार्यक्रमका केहि झलकहरु :





फोटो स्रोत: नेपालजापान डटकम

टुकीबत्ति बलिराछ

 गजल 

कृष्ण के श्रेष्ठ "काल्स" 



भ्रस्टचार चलिराछ अझैपनि नेपालमा
टुकीबत्ति बलिराछ अझैपनि नेपालमा

खाननपाई खोलेफाडो गरिब जनताहरु
भोकभोकै ढलिराछ अझैपनि नेपालमा

देशको दुर्दशा देखि निराशा र रोदनले
नेपालीमन जलिराछ अझैपनि नेपालमा

देशको विकासगर्छु भन्ने नेता भनाउदा
बिनाकाम थलिराछ अझैपनि नेपालमा

कुर्सि पाउनलाई आन्दोलनमा अघिअघि
सिधासाधा दलिराछ अझैपनि नेपालमा



प्रतिक्षा मृत्युको

कथा
-    श्रेष्ठ सत्य


नर्सिङ होमको शैयामा बसेर काल कुर्नु नै अब चार्लीको दिनचर्या बनेको छ । हुन त उसको वास्तविक नाम चार्ल्स हो तर उसका परिवार, नातेदार तथा साथीहरु सबै मायाँले उसलाई चार्ली भनेर नै बोलाउने गर्दछन् । नर्सिङ होमका सबै कर्मचारीहरु पनि  उसलाई चार्ली नै भनेर बोलाउने गर्छन् । नर्सिङ होममा भर्ना भएदेखि नै ऊ बोल्न सक्दैनथ्यो । मस्तिष्क सम्बन्धी जटिल रोगका कारण चार्लीले आफ्नो बोल्ने र बुझ्ने सामर्थ्य गुमाएको थियो । त्यसो त उसको व्यक्तिगत फाइलमा पनि विगत ५ वर्षा विस्तार विस्तार गर्दै अन्ततः उसले आफ्नो सम्पुर्ण वाक् क्षमता गुमाउन पुगेको विवरण उल्लेख थियो । शुरुमा यस नर्सिङ होममा भर्ना हुँदा चार्लीको बानी व्यवहार पनि अन्य बिरामीहरुको जस्तै सामान्य लाग्दथ्यो । उसका दुइवटै आँखाहरु हृमेशा बन्द नै रहने गथ्र्यो भने संचारको लागि सांकेतिक भाषाको प्रयोग गर्दथ्यो त्यो पनि अत्ति नै अनिवार्य भए मात्रै । नत्र त ऊ सधैं चुपचाप नै रहने गर्दथ्यो । अन्य बिरामीहरु प्रायजसो समय टिभी हेरेर या रेडियो, गीत सुनेर बस्थे भने चार्ली भने सुनसान र एकान्तमा नै बस्न रुचाउँथ्यो । रेडियो, टिभी खोलेकी रिसाइहाल्थ्यो ।

चार्ली आएको दुइ महिना पनि पूरा नबित्दै नर्सिङ होमका प्राय सबैजसो नयाँ कर्मचारीहरु उसको कोठामा जान डराउन थाले । तिनीहरु कसैलाई चार्लीको कोठामा जानु परेकी केही बहाना बनाएर अन्तैतिर लागिहाल्थे । त्यस अवस्थामा अलि पुरानो कर्मचारी भएको नाताले म नै धेरैपटक चार्लीसँग जानुपर्ने भयो । त्यस क्रममा मैले के कुरा थाहा पाएँ भने चार्ली उसको कोठामा कोही आएको पटक्कै मन नपराउने र कोही उसको नजिक गएकी रिसाएर हात खुट्टा जे पायो त्यसैले हिर्काउने गर्दथ्यो । उसको अनुहार र हाउभाउ देख्दा जोसुकैलाई पनि उसको नजिक पर्न डर लाग्ने गर्दथ्यो । त्यसो त मैले पनि कैयौं पटक उसको लात र मुड्कीको शिकार हुनुपरेको थियो । तर पनि उसको रोगै त्यस्तो हो भनेर म धैर्यपुर्बक  उसकोमा जाने गर्दथें । म उसले बुझ्दैन भन्ने जानकारी भए पनि उसँग कुरा गर्दै र आफूले के गर्न लागेको उसलाई जानकारी दिंदै आफ्नो काम गर्थें । बिस्तारै चार्लीले मप्रतिको अत्याचार कम गर्दै जान थालेको थियो ।

धन कमाउने सपना (गजल संग्रह)

मेरो बाल्यकाल देखिको कुनै एउटा किताब निकाल्ने सपना अव केहि महिना पछि पूरा हुने भएको छ । सयादै मार्च महिनाको दोस्रो हप्तामा मेरो गजल संग्रह "धन कमाउने सपना" बिमोचन गर्ने तयारीमा अहिले रातदिन लागिरहेको छु । त्यसैले ब्लगमा केहि नयाँकुरा लेख्न समय मिलिरहेको छैन ।

यो गजल संग्रहको लागि मेरा गजलहरु सबै तयार भैसकेका छन भने अहिले टाईपिंग कार्य र सम्पादनको कार्य भैरहेकोछ । सम्पादन कार्य सकी प्रकाशनको सम्पूर्ण तयारी भए पश्चात बिमोचनको मिति तय गर्नेछु । बिमोचनमा चाहि सबै मित्रहरु आइदिनुहुन को लागि अनुरोध गर्दछु । बिमोचनको मिति अनि स्थानको बारेमा केहि दिन पछि फेरी लेख्ने बचा गर्दछु ।

यस गजल संग्रहमा ७६ वटा मेरा बिदेशी पीड़ा ,देशप्रेम र माया प्रेमका गजलहरु रहनेछ्न भने कभर भने अहिले देखिराख्नु भएको फोटोलाई राख्ने बिचार गरेको छु । तपाईहरुको बिचारमा कस्तो होला यो फोटो कभरको लागि ? अनि कस्तो छ संग्रहको  शीर्षक? प्रतिक्रिया लेखिदिनु भए म आभारी हुन्थेंकी ?
 

Visit Dolakha 2011 Promotional Video




video sourse : DOLKHA, INTRODUCING. Proud to Be Dolkhali

कलम झर्न नदिनु

 गजल 

 सगुन श्रेष्ठ
जापानमा बस्ने कृष्ण के श्रेष्ठ "काल्स" प्रति समर्पित गर्दै




योकोहमाको एउटा कलम झर्न नदिनु
त्यो कलममा पिडा गीतहरु भर्न नदिनु

कोही कतै आएर कलम चोरी लान सक्ला
आंसुले उन्लाई सम्झाउ बरु, हर्न नदिनु

छोडे नेपाल एउटा थियो मनको कलम
त्यसले  नेपाल कोर्न सक्छ, सर्न नदिनु

लालिगुराँस डाँफे मुनाल चौतराका हाँसोहरु
सबै तिमीले उतार्नु पर्छ, मर्न नदिनु

मझेरीमा बसीकन गजल कोर्न खोज्दै छुँ
दुश्मनको हातमा कहिल्यै पनि पर्न नदिनु ।

परदेशीलाई (भिडियो गजल )

 भिडियो गजल 

कृष्ण के श्रेष्ठ "काल्स"



दुध खाई खाको कसम तोडीजाने परदेशीलाई
नसम्झेभो आमा देश छोडिजाने परदेशीलाई

गाउँको जग्गा जमिन बाँझो छाडी आफ्नो
मरुभूमि तातो मैदान गोडीजाने परदेशीलाई
...
आफ्नो देशलाई माया मारेर विदेश भूमिमा
रगतको नयाँ नाता जोडीजाने परदेशीलाई

देश राम्रो बनाउनेछु स्वदेशमै बसी भन्नेले
सुरुवातमै बाटो अन्तै मोडीजाने परदेशीलाई

देशको माया प्यारो गरिब भएनी मेरोलागि
भनिभनि धनको खोल ओडीजाने परदेशीलाई

गाह्रो रैछ

 गजल 

 सगुन श्रेष्ठ 

उनको दिलमा मेरो माया , बिसाउन गाह्रो रैछ ।
पहिलो चोटि दुबै माया, मिसाउन गाह्रो रैछ ।

मनको सौगात सुम्पन पनि कति धेरै अफ्ठयारो हो
सौगात सँगै कसैकसैलाई, जिस्काउन गाह्रो रैछ ।

"प्रेम" शब्द भन्ने निहुँमा, उनी रिसाउने पो हो की!
उनीसँगै आफु पनि, रिसाउन गाह्रो रैछ ।

खै यो माया पनि आगो भन्दा तातो रैछ
तातो शरीर उनको माझ, चिसाउन गाह्रो रैछ ।

दुबै मिली यो जीवनमा, नयाँ स्वाद भरौँ भन्छु
प्रेमको मसला एकबार उनलाई, पिसाउन गाह्रो रैछ ।

पर्ला जस्तो छ

 गजल 

कृष्ण के श्रेष्ठ"काल्स"

 प्रेमप्रस्ताव स्वीकार गर्ला गर्ला जस्तो छ
उनि संग माया मेरो पर्ला पर्ला जस्तो छ

आँखाआँखा जुधाउँदा उनि मुस्कुराउँदा
मुटुमा माया ल्याई  भर्ला भर्ला जस्तो छ

मायारुपी बगैचामा फूल मैले रोपिदिदा
एकान्तमा आइकन चर्ला चर्ला जस्तो छ

चोखो माया भरिएको प्रेमप्याला खनाएर
निथ्रुप्प पारि मलाई छर्ला छर्ला जस्तो छ

बिश्वास दिलाई मैले सकेपछी बल्ल तल्ल
"कृष्ण"को मनमा डेरा सर्ला सर्ला जस्तो छ

अलच्छिनी कि लच्छिनी?

कथा 
 
अनिता श्रेष्ठ 'अर्पिता'


उन्केा जीवन कति संर्घष्ाको थियो । विहान खाए पछि वेलुका खान सजिलै पुग्दैनथ्यो । सानोमा उनी चार वर्षहुँदा वुवाकेा मृत्यु भएको थियो  भने ५ वर्षहुदा ठूलो वुवाको मृत्यु, ६ वर्षहुदा माइली फुपुको, ७ वर्षहुदा कान्छि फुपुको मृत्यु । प्रत्येक वर्षसबैजना क्रमैसँग मरेकेाले उन्लाई गाउँले सवैले अलच्छिनीको संकेत दिएका थिए । तर्सथ उन्केा नातेदारहरु सवैले भेटेकी टाउकेामा कुटेर अलच्छिनी तिमी अनुहार नदेखाऊ भन्थे । उनलाई भेटेकी सवैले अलच्छिनी नै भन्थे । धारामा पानी लिन जाँदा पनि कसैले उनकेा अनुहार हेर्दैनथे । सवैको टाउको खाने हाम्रा पनि टाउको खालास् भन्थे । त्यसैले धारामा पानी लिन जाँदा पनि मुख छोपेर  सबैले पानी थापेपछि मात्र अन्तिममा पानी थाप्थी । घरमा पानी ल्याउन ढिलो भयो, फेरि कता खेल्न गयो भनेर हजुर आमा, आमा र भाइ मिलेर भर्‍यागंमा वाँधेर पाता फर्काएर दुईवटा हात वाँधेर सिस्नु र पानीले  कुट्थे । उनको भाई जन्मेको एक वर्षहुँदा सवैकेा मृत्यु भएको थियो तर दोष जति सवै अलच्छिनीलाई गएको थियो । त्यसमा त भाई अलच्छिन हुनुपर्ने होइन र - तर कसरी उनी भइन् - स्कुलमा पनि सवैले उनलाई अलच्छिनी भनेर बोलाउँथे । तर्सथ उनकेा नाम नै स्कुलमा अलच्छिनीको रुपमा दर्ता भयो । 

उनि राम भन्छे

 गजल 

 कृष्ण के श्रेष्ठ "काल्स"

म माया भन्छु उनि दाम भन्छे
म कृष्ण भन्छु उनि राम भन्छे

उनको विलासी रंगिन दुनियामा
मेरो मायाको खैके काम भन्छे

यो संसारमै मिलि बसौंन भन्दा
सुखी संसारमा लौन जाम भन्छे

शितल छहारी हैन रे मायालुको
आगोझैं बल्ने तातो घाम भन्छे

सोचेकोथे म नै राजकुमार भनि 
तर सोधी हेर्दा अर्कै नाम भन्छे

पसले बिनाको पसल

 कृष्ण के श्रेष्ठ "काल्स"


गेट बाहिर राखिएको खुल्ला पसल
यो बिश्वास भन्ने कुरा पनि सारै अनौठोको हुदो रहेछ अनि फरक फरक पनि । मान्छेको बाहिरी रुप मात्र हेरेर कोहि कसैलाई पनि बिश्वास गर्ननै नमिल्ने । अलि सोझो अनि इमानदार देखिने व्यक्ति लाई बिश्वास गर्यो भने उसलेनै विश्वासघात गरिदिन्छ । 

अब प्रसंग वदलौं, हाम्रो नेपालमा बलियो सटर अनि बलियो २-४ वटा ताल्चा लगाएर बन्द गरिएको पसलका सामान, पैसा आदि चोरी हुन्छन । न कुनै सरकारी सुरक्षा ब्यवस्था छ ? न त  कोही कसैको पनि  बिश्वास छ ? जति सुकै बलियो चाबि लगाएपनि फोरेरै छाड़छन चोरहरुले । 
यो तलको फोटो हेर्नुस त:

पसले बिनाको पसल
यी माथीका दुईवटा फोटो म कलेज जाने बाटोमा राखिएका मैले सधै देखिरहने पसलहरु हुन  । जुन पसलमा कुनै पसले छैनन, न त यहाँ कुनै भोटे ताल्चानै लगाईएका छन ।

पहिलो फोटोमा एउटा छाताको मुनि सुन्तला बेच्न राख्न राखिएको छ , जहाँ छेउमा एउटा पैसा राख्ने बाक्सा राखिएको छ । यहाँ बाटोमा हिड्ने मान्छेहरूले किन्न मन लगेमा झोलामा राखिएको सुन्तला लिएर, तोकिएको पैसा राखेर जान्छन । त्यसैले यो पसलमा पसले भन्नु नै बिश्वास हो र बिश्वास कै कारोबार भएको मलाई लाग्छ ।
यस्तै दोस्रो फोटोमा  सुन्तला, मुला, आलू जस्ता फलफूल अनि तरकारी र त्यसको भाउ लेखेर टालिएको छ, अनि पछिल्तिर एउटा टिभी राखिएको छ, जसले त्यहा आउने ग्राहक हरुको भिडियो कैद गर्ने गर्दछ । यहाँपनि कुनै पसले छैन, आउने ग्राहकले आफैले सामान लिएर तोकिएको रकम हालेर किन्ने गर्दछ्न ।

यी दुई पसल देख्ने बेलामा म अनि मेरा साथीहरु सधै कुरा गर्ने गर्दछौ, हाम्रो नेपालको बारेमा अनि नेपाली  चलन, बिस्वास अनि यस्तै यस्तै बिषयका बारेमा । यदि नेपालमा पनि यस्तै बिस्वास भैदिएको भए नेपाल आज कता पूगीसक्थ्यो होला, चोरी डकैती का समाचारहरु अखबारमा छापिने थिएनन होला । खैर, भबिश्यमा यस्तै पसल नेपालमा पनि भएको हेर्ने आशाको साथ .....................
यस्तो पसलको निर्माणमा हामी नेपालीले आफ्नै वानि नसुधारी हुदैन जस्तो मलाई लाग्छ , तपाईहरुलाई कस्तो लाग्छ ? लेख्नुहोला ।
 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture