मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

लभ पर्या छैन..................

       गजल 

 कृष्ण के श्रेष्ठ "काल्स"


लुकिछिपी आँखा तर्या छैन अहिले सम्म
कुनै केटीसंग लभ पर्या छैन अहिले सम्म

तिमीलाई धेरै मैले माया गर्छु भनिकन
प्रेमप्रस्ताब कसैलाई गर्या छैन अहिले सम्म

लाईनमार्न उनीलाई पानी पँधेरी धाईधाई
लेकबाट बेसितिर झर्या छैन अहिले सम्म

सक्दिन जीउँन एक्लो जीवनमा तिमीबिना
भनि जीउँदै प्रेममा मर्या छैन अहिले सम्म

फूलहरु चोखो मायाका फूलेपनि बगैंचामा
माहुरीभै रस चुस्न चर्या छैन अहिले सम्म

सिदासादा हामीलाई फसाउन मायासागरमा
फिजाएका जालमा पर्या छैन अहिले सम्म

भएपनि सुन्दर परी मायाको यो संसारमा
"
कृष्णले" झुक्याएर हर्या छैन अहिले सम्म

 








मूल्य

लघु कथा "मूल्य "

 कृष्ण के श्रेष्ठ "काल्स"

       रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोहि कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ , मेरो कोठा संगै जोडिएको अर्को कोठाबाट अनौठो किसिमको आवाज निस्किरहेको सुनें, तर मैले यकिन गर्न सकिन की त्यो केको आवाज भनेर ?
      टक्क रोकिएँ एकछिन,  नजिक गएर सुन्ने कोसिस गरें । कोहि छटपटीदै जापानी भाषामा ऐया ऐया भनिरहेको जस्तो सानो आवाज होकी जस्तो लाग्यो मलाई ।  त्यसैले मलाई  भित्र छिर्न मन लाग्यो तर  मलाई  डर लागेर आयो  किनकि जापानमा हत्पति कोही अरुको कोठामा छिर्दै छिर्दैनन र अरु छिरेको पनि मन पराऊदैनन ।
तर मेरो मन मानेन । ढोका ढकढकाएर भित्र छिरें । कोठाभरि पुरै जुस अनि बियरका खालि बोतलहरु छरपस्ट थिए । पाईला टेकने कुनै ठाऊँ थिएन त्यहा । फोहरहरु पनि जताततै छारिएका थिएकी मानौ की त्यो कोठा कुनै फोहर फाल्ने  ठाऊँ जस्तो देखिन्थ्यो ।
     यताउति हेरें कोहि देखिन मैले ।  एकछिन त्यहिं उभिएर बसें, अनि फेरी कराएको आवाज आयो । अनि  मैले एउटा कपाल फूलेको झन्डै ८० नाघेको जस्तो देखिने बुडो जापानीलाई देखें, एउटा खाटमा कराउँदै ढलिरहेको अबस्थामा । त्यहा अरु कोही थिएन  न उनका छोराछोरी थिए, न त कोहि नातागोता नै थिए । यस्तो अबस्था देखेर मलाई लाग्यो ऊनी लामो समयदेखि एक्लो जीवन बिताइरहेको हुनु पर्छ ।
    म ऊनको नजिक गएँ, शरीर धेरै सिथिल देखिन्थ्यो, अनि धेरै बिरामी पनि । ऊ म संग केहि बोल्न खोज्यो तर बोल्न सकिरहेको थिएन । म  आँत्तिएर पानी खुवाउन यताउती पानी खोजें कतै भेटिन मैले । अनि मेरो कोठामा पानी लिन गएँ । फर्केर पानी खुवाउछु भनि ऊनको टाउको उठाउन खोज्छु, ऊनको टाउको अनि पुरै शरीर चिसो पाउँछु  मैले । तरपनि फेरी पानी खुवाउन खोज्छु, मुख आँ  गराउन खोज्छु सक्दिन मैले । अनि नाडी छाम्छु रगत चल्न छाडिसकेको हुन्छ र मरिसकेको पाऊँछु मैले ।
     म आँतिन्छु , मलाई डर लगेर आउँछ । अब के गर्ने? अनि कसलाई खबर गर्ने ? भनेर । किनकि ऊनको साथ न परिवार छ  न छोरा छ न छोरी नै । कहाँ कहाँ नेपालबाट आएको म एक्लो छु उनको साथ । त्यसैले म माथी कुनै दोष लाग्ला भन्ने डर लागेर आउँछ मलाई । अनि ऊनको त्यो अबस्था देखेर म गंभीर हुन्छु, यो  कस्तो चलन हो? की एक्लो जीबन जीउनुपर्ने? आफुले जन्माएको छोराछोरी भएरपनि । अनि के महत्व भो र? आफुले जन्माएको छोराछोरीको? जन्मायो, हुर्कायो, बढायो अनि मर्दा खेरि कोहि न कोहि भनेर ।
    अन्तमा, प्रहरीलाई खबर गर्न मैले जापानी कोठामा हुने emergency रातो बटन दबाएँ । केहि छिनमानै आइपुगे गाड़ी लिएर केहि प्रहरीहरु । अनि मैले सम्पूर्ण घटनाका विवरणहरु  बताईदिएँ उनीहरुलाई । अनि के के कागजहरु बनाएर मृत शरीरलाई जलाऊनको लागि भनेर काठको एउटा बाक्सामा हालेर लगेर जान्छन । जुनबेला न कोही उनका पछिपछि जाने मलामी हुन्छन् , न त कोही  क्रियापुत्र नै हुन्छन  , मात्र एक्लो थियो मृत शरीर, अनि थिए केहि चिन्दैनचिनेका प्रहरीहरू ।

दुइ भाषामा गजल


日本語 (japanese)गजल

कृष्ण  के श्रेष्ठ "काल्स"
  
        日本語               नेपालीमा उल्था
とげに はなは さかないでしょ     काँडामा फूल फूल्दैन  हैन र?
わたしを みて なかないでしょ       मलाई हेरेर रुंदिनौ हैन र?

きみから とおく はなれても      तिमीदेखि टाढा छुटिएपनि
てがみ ひとつ くれないでしょ     चिठी एउटै लेख्दिनौ हैन र?

ひとりぼち でさびしく いても       एक्लो तिमीबिना एक्लिए पनि
こころのドアひらかないでしょ      मनको ढोका खोल्दिनौ हैन र?

きみの ためにしんでもぼくは     तिम्रो लागि म मरे भने पनि
なきながらぼく だかないでしょ      रुदैरुदै मलाई अँगाल्दिनौ हैन र?



द्वाल्खा (dolkha bhasha)गजल
सत्य श्रेष्ठ 



सुख म्वालेन पिपान पिपान चोंइउरी खँ दालाउ ।
थउ बुय ठाइँ त्वार्त गिबिङ वइँउरी खँ दालाउ ।।

हातिरी मद हतले छिन् छिजी तु उ चा लुङाकु -
निस्पा लाहा फयन मेबेनाप फोंइउरी खँ दालाउ ।

दोल्ती व तामाकोशीय सुचउ लोखु थउ नाप दक्के,
हेंङउ, वङउ ऐराकपेन तोंइउरी खँ दालाउ ।

गौरीशंकर व शैलुङय सिच्चउ फस त्वार्त त्वार्त,
युरोप, अमेरिका, खाडीकु मोंइउरी खँ दालाउ ।

डिङन दोचों, यल्ले चोन्सङ ब्वाङन आउ तु या,
नुलु दोलखा दकेइमल,  मोडोंइउरी खँ दालाउ ।

माफ गर्नुहोला ,यस गजलको नेपालीमा उल्था केहि दिनमा उपलब्ध गराउने छु 





गजल



सगुन श्रेष्ठ
सक्छौ भने मेरो मनको बास माग
हैन भने मेरो एउटा लास माग

निस्सासिएर कोठा भित्र एक्लिंछौ भने
बाँच्नलाई मेरो दुइ लहर सास माग

द्रौपति भई पाँच पाण्डव खोज्छौ भने
उही पुरानो दुर्योधनको, जुवा तास माग

यो प्राणलाई तिम्रो डोबमा मिलाउछौ
देउतासंग तिम्रो निम्ति दास माग

'सगुन' त्यागी एक्लिन खोज्दा भने
देखि तर्सिन एउटा त्रास माग

हिमानी दोलखाका गाउँमा


राजेन्द्र मानन्धर  
दोलखा, मंसिर २ - विकासे योजना बोकेर पूर्वयुवराज्ञी हिमानी शाह अहिले दोलखाको गाउँवस्तीमा छिन् । साताव्यापी कार्यक्रम बनाएर पूर्व राजपरिवार सदस्यसहित आएकी उनले हिमानी ट्रष्टमार्फत सानासाना योजनाका लागि रकम र सामाग्री बाँड्दै हिडेकी छिन् ।
पूर्वयुवराजकुमारी प्रेरणा शाह, शीताष्मा, दीलाशाह राणा र पुजा शाहीसहित बुधबार साँझ आइपुगेकी उनीले बिहीबार दोलखाको तामाकोसी नदिकिनारको वस्तीलाई आकर्षित गर्न पुल बार्न तार जाली वितरण गरिन् । यसअघि भदौ १५ गते सामाजिक कार्यमा सक्रियता देखाउन आएका बेला उनीलाई तामाकोसीबाट नाम्दु गाविसतर्फ बढ्न माओवादीले अबरोध गरेका थिए । त्यसबेला तामाकोसी बजारबासीले अबरोध हटाइ कार्यक्रममा जान बाटो खुलाएपछि प्रभावित भइ हिमानीले सहयोग गर्ने बचन दिएकी थिइन् । उनले त्यहाँ डेढलाख बराबरको तार जाली दिइन् ।
औपचारिक कार्यक्रममा हिमानीले दोलखाबाट हिमानी ट्रष्टको काम थालनी भएको बताइन् । ट्रष्टको दर्ता हुनेवित्तिकै दोलखा आएकी उनीले नाम्दू गाविसभर शिक्षा, खानेपानी र सिंचाईमा सहयोग गर्ने योजना बनाएकी छिन् । नाम्दुको औपचारिक कार्यक्रममा नाम्दू गाउँलाई विशेष प्राथमिकतामा राखेकी उनीले बताइन् ।
भदौमा आएकी बेला पूर्वयुवराज्ञीले दोलखामा आउजाउ बढाउने बताएकी थिएन् । दोलखा तिखातलस्थित उद्योगपतिको निवासमा बसेकी हिमानी साताभर स्थानीय समाजिक संस्थाहरुसंग छलफल र भेटघाटमा विताउने उनीका सहयोगीले बताइन । ती सहयोगीले भनिन, 'हरेक दिनको कार्यक्रम प्रत्येक साँझ तय गरिने छ ।'

ट्रष्टमार्फत तारजाली वितरण कार्यक्रममा पुर्वयुवराज्ञी हिमानी । साथमा पूर्वराजकुमारी प्रेरणालगायत ट्रष्ट पदाधिकारीहरु ।



 

प्रकाशित मिति: २०६७ मंसिर २

साभार श्रोत :ekantipur.com

एक दर्जन हाइकु





 १
आँसु वगेर
जिन्दगी समुन्द्रभो
दुखी जीवन

कुहिसकेको
आलुको के काम र ?
नेपाली नेता

झ्याल खोलेको
चिसो बतास छिर्यो
उन्को अंगालो

छटपटीभो
चकमन्न रातमा
हाइकु फुर्यो

पानीपरेछ
रमझम रातमा
लोकल ठर्रा
 
चम्कियो सूर्य 
बिछोडमा म रुँदा 
केटीको मन
 
पातको माथी 
डलपल पानीझैँ  
उफ! नेपाली 
 
 
बाँदर नाच्यो  
चटकी इशारामा  
हामी नेपाली
 
 
अस्तायो सूर्य 
डाँडाबाट बिस्तारै  
मेरो जीवन 
 
१०
पात हल्लियो
बतास नचल्दानि
नेपाली कुरा

 ११
रोकिएन खै ?
बगिरहेको खोला
मेरो कहानी
 
१२
ぼくのへや   僕の部屋  bokuno heya त्यो मेरो कोठा 
ぶんべつのない   分別のない  bunbetuno nai  केहि नछुट्टाएको
ごみおきば    ごみ置き場  gomi okiba फोहरी ठाउँ
 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture