मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

Japanese Garbage System



Sorting garbage is one of the most important things to living in Japan. Japan has made almost every day a different kind of Garbage Day and there are so many different things to remember about every kind of garbage that you know this system wouldn't work at all in any other country.

Every area of Japan has completely different garbage days, division systems and garbage rules . Japanese Garbage is loosely divided into three categories. Burnable garbage (燃えるごみ moeru gomi) , unburnable garbage (燃えないごみ) and recyclable garbage (資源ごみ shigen gomi). On top of this, there are other special days for cans (缶), plastic (ペットボトル /プラスチック) , glass (瓶) and large waste (粗大ごみ).

At the last place I lived, here were the rules. 燃えるごみ is taken out every Monday and Thursday. 燃えないごみ is taken out every Tuesday and Friday. 資源ごみ is taken out every second and fourth Wednesday. 粗大ごみ is taken out on the last Thursday and the first Tuesday of every month. Easy, right? And you can't put your garbage out the night before. You have to put it out that morning before 8 AM. So if you want to stay at your friend's house on the last Tuesday of the month, you have to realize that your 資源ごみ will be sitting in your house for the next two weeks because you missed the day. If it's 8:02 AM, you missed the garbage day. Better luck in two weeks, man.

Another great thing is that the garbage must be put into different bags. These bags (指定ごみ袋 shitei gomi-bukuro) can be purchased at certain convenience stores. They are marked with the name of the type of garbage and they have a special color for each type of garbage.

इमान्दारिता

लघुकथा 

 कृष्ण के श्रेष्ठ काल्स

             म रातो न  पिरो भाको थिएँ जब मैले खाना खाईसकेपछि पैसा तिर्नको लागि खल्तिमा पर्स नभेट्दा । म अनायास छाँगोबाट तल खसे जस्तै भएको थिएँ,  किनकि मेरो पर्समा ४ वटा जति जापानी बैंकका कार्ड, २ वटा क्रेडिट कार्ड (जुन जो सुकैले चलाउन मिल्छ) , ट्रेनको टिकेट (जुन जो सुकैले चलाउन मिल्छ) , इन्सुरेन्स कार्ड लगायत  मेरा धेरै महत्वोपूर्ण कागजपत्र  अनि मरीमरी काम गरि कमाएको केहि पैसा पनि राखेको थिएँ । तर मलाई पैसा भन्दा पनि अरु कागज हराएकोमा चिन्ता लाग्यो किनकी ती कागजपत्रहरु फेरी नयाँ बनाउनको लागि धेरै गाह्रो छ अनि धेरै धौड धुप गर्नुपर्छ मलाई ।

यताउती  खोजें, ब्यागमा हेरें , बाटो मा पनि खोज्न गएँ, अनि साथीहरुलाई पनि सोधें, तर कसैले पनि नदेखेको बताएपछि मैले पर्स भेट्ने कुरामा  माया मारिसकेको थिए । हुन पनि हो "पर्स जस्तो कुरा अनि पैसा जस्तो कुरा नेपालमा जस्तै भेटेपछि कसले पो फिर्ता दिन्छ र ? " म मन मनै सोचें । अनि अलिअलि भए पनि आफ्नै साथी हरुमाथी पनि चोरको शंका गर्न पछि परिन म ।

मेरो खानाको सबै पैसापनि साथीहरु मिलेर तिरिदिए । खाना साना खाएर हामी बिस्तारै आफ्नो घर फर्कने रेल चढयौ । बाटोमा धेरै कुराहरु मन मा खेले, "आज व्यर्थै पैसा हराउन पो आइएछ त्यति टाढा बाट । आउने त मन थिएन तर साथीहरुले गर्दा ...................अब कति गारो हुनेहो मलाई फर्के पछि ......................"यस्तै यस्तै । अनि मेरा हिउँ खेल्दाखेरिको रमझम यहि निहूँमा  क्षण भरमै समाप्त भए मेरा लागि ।

१ दिनको लामो यात्रापछि  आफ्नो ठाउँ योकोहामा आइपुगियो , सबै जना आ-आफ्नो घर तिर लागे , म पनि अँध्यारो  अनुहार लिएर लुखुर लुखुर घर तिर लागें । भोक लागिरहेको थियो, साथमा पैसा थिएन । पुगेपछि के खाने? त्यसको चिन्ता लागिरहेको थियो ।

घर पुगेर ढोका खोलें अनि छिर्ने बित्तिकै ढोकाको पोस्टमा सदाझै केहि पत्रहरु आको छ की भनेर चेक गरें । एउटा चिठ्ठी आको रहेछ अली मोटो खालको । नखोलेरै सायद केको पैसा तिर्नुपर्ने बिल आको होला भन्ठानें । खोलेको त  भित्र मेरो आफ्नै पर्सपो रहेछ अनि म तीन छक परें । सपना जस्तो लाग्यो मलाई आफु भन्दा पहिले पर्स आइपुगेकोमा अनि पैसा कागजपत्र जस्ताको तस्तै फिर्ता आएको कुरामा । सायद कोहि जापानीले भेटेर मेरो कार्डमा भएको ठेगाना हेरेर पठाएको हुनु पर्छ जस्तो मलाई लाग्यो ।  म धेरै खुसी भएँ ।

"कहाँ सम्मको इमान्दारिता हो यो जापानको? "मैले मन मनै जापानको इमान्दारिताको कदर गरें अनि धन्यवाद दिएँ जापानलाई । मान्नै पर्छ जापानको इमान्दारितालाई,  अनि सिक्नुपर्छ हामी नेपाली सबैले । जय इमान्दारिता............................

माया लाएँ त के भो र?

 गजल 

कृष्ण के श्रेष्ठ "काल्स "
सुटुक्क मन चोर्न आएँ त के भो र?
मन परेरै त माया लाएँ त के भो र?

धरो धर्म धोका दिन्न भनेरनै  मैले
भिमसेन संगै कसम, खाएँ त के भो र?

सवै प्रेमहरु विछोड मात्र हुन्न भनि
अमर प्रेमका गीतहरु गाएँ त के भो र?

जसरीनि तिमीलाई पाऊँन यो जुनिमा
तिम्रै त्यों  मन्दिरमा धाएँ त के भो र?

बिस्वास दिलाएर अघाध यो  मायाको
साँचो माया मैले  पाएँ त के भो र?

मेरो गाडी

कविता

बिर्ख क्रान्ति

मान सरोवरको ताल नाघ्दै,
सिन्धुघाटीको भञ्ज्याङ्ग काट्दै,
नाइल नदीको पूल तर्दै,
२१ औं शताब्दीको,
मेरै टोलतिर उडिरहेको छ
मेरो गाडी ।

मेरो टोलमाः
युरियाको ड्याङ्गमाथिः
लाइ लागेका सिस्नुको झोल खाएर म अर्गानिक डकारिरहेको छु ।
रातो कमिलाले खाएका मानेका गानाका नाबो गुबाहरु पिएर,
अर्गानिक फार्म चलाउने गुमोज बुनिरहेको छु ।
धर्के जुकाले छोडेका डौंठे निगुरो फ्राइ गरेर,
अर्गानिक बासना छोडिरहेको छु ।
बोन्साइ टिम्मुरका पातहरु सुँघेर,
गाउँको पुराण साक्षी बकिरहेको छु ।

मेरो टोलमाः
कठपुतली मान्छेहरुः
लाशको लिलाम घटाघटमा,
मलालीहरु प्रतिस्पर्धा गरिरहेछन् ।
अघोरी बाबाको माला लगाएर,
मुर्दाको शिकार गरिरहेछन् ।
विशाक्त प्रसान्त फिँजाएर,
श्रीखण्डको झाडी बगाइरहेछन् ।
आकाशको छाला खुइल्याएर,
बर्षको घैला सुकाइरहेछन् ।
हिमालका बुर्काहरु च्यातेर, 
मस्तले टायरको नसा तानिरहेछन् ।
महान दर्र्व्यसनीहरु,
मानव अधिकारको लागि धर्ती डढाइरहेछन् ।

मेरो टोलमाः
मान्छेलाई गर्व छः
लुटी खान पाएकोमा,
दासताको वाक स्वतन्त्रता खेल्न पाएकोमा,
आलोचना शास्त्रको दीक्षान्त लिन पाएकोमा,
बत्तीका पुतली भएर,
सभ्यताको साइनाइडमा लाश हुन पाएकोमा ।

तर
मान्छे आत्मलज्जित छः
आफैंले गरिखानु परेकोमा,
आफैंलाई आत्मसम्मान गर्न नजानेकोमा,
कस्तुरी भएर काशी घुम्नु परेकोमा,
आफैर्ंर् इश्वर भएर पनि,
र्स्वर्गमा नर्क ओछ्याएर सुत्नुपरेकोमा ।

यी गुराँसका वन र,
सिस्नुका झ्याङ्गहरु पछि हुत्याउँदै,
विचारका गोलाइहरु उक्लिँदै,
शताब्दीको हर्न बजाएर,
मनको महाभारततिर उडिरहेछ
मेरो गाडी ।

नत केहि गर्न सक्यौ

 गजल 

कृष्ण के श्रेष्ठ "काल्स "

यो गजल सम्पुर्ण नेपालीहरुको तर्फबाट हाम्रा नेताहरुप्रति  समर्पित :

नत केहि गर्न सक्यौ
जिउदै न मर्न सक्यौ

देशको विकास गरेर 
बैतडी न तर्न सक्यौ

अशान्त देशमा बुद्धको
सन्देस न छर्न सक्यौ

गरिबका भोका पेटमा
घाँस न भर्न सक्यौ

चढ्ननि नसकी माथी
तल न झर्न सक्यौ

विश्वास दिलाई सबको
मनमा न पर्न सक्यौ

Facebook or Hi5?



We are much more addicted to facebook rather than hi5. as we know hi5 and facebook both are of same kind but still there is a lot of different in popularity among them. Facebook probably is the biggest and most popular social networking site. Why is there no hype for hi5? Well, there are several reasons. Some may even prefer hi5 for facebook but then it all depends on whom you ask the question. In some countries HI5 is more popular. Like in Portugal everyone uses Hi5. It has like 90% market share. Anyways if we talk in the whole world, Facebook sure beats the hell out of Hi5. Few of the advantages of facebook over hi5 are as follows:

- The first and foremost is facebook is an application platform. Developers built social applications on Facebook Platform that millions of people use everyday. The games, quiz, everything you use or participate in are likely an application. Although Hi5 lacks this feature.

- The ads on Hi5 go beyond intrusive. Every other time you refresh a page an ad blocks half the screen, forcing you to close it to see what you want to see. This is not the case with Facebook. There are almost no ads you can seen in your Facebook.

- Hi5 is too flashy and also seems to be 'over customizable'. Usually, on a blog or network or whatever, you have set professional looking themes, or it's customizable only by people who know what they're up to, be it CSS or whatever. Hi5 has the unenviable ability to turn a profile into the most hideously monstrous looking page in less than a minute. They're often unreadable. Facebook on the other hand is not customizable. There are ways you can customize it but it can only be done my experts.

- Also most of the features of Hi5 were copied from other social networking sites. Many say they don’t have anything original. Even the chat service that has recently been started in Hi5 is copied from Facebook.

- Facebook has chat system which is much easier to be in touch with aboard friends. But Hi5 lack this system.

These are just few reasons why people who like facebook comment about not being present in hi5.

So which do u prefer Facebook or Hi5???

अन्धोको आँखाबाट दोलखा

  

सगुन श्रेष्ठ
भीनपा-२, दोलखा 

अन्धोहरुको आँखाबाट दोलखा कस्तो होला - यो मेरो यक्ष प्रश्न हो । साच्चै, मेरो आमाको काखमै हुर्किएर पनि आमालाई राम्ररी चिन्न सकेको छैन मैले । सायद उहाँको काखलाई राम्ररी चिन्न् सकेको हुनसक्छु तर उहाँको शिर र पाऊ अझै मेरो अज्ञानताबाट टाढा छैनन् । मलाई थाहा छ, म जस्तै धेरै बन्धुहरु छन् जो आफ्नो आमाको पूर्ण  पहिचानबाट अलग्गिएका, त्यसैले म यी समूहलाई अन्धो भन्न रुचाउछु र यी अन्धोहरुको आँखाबाट आमा कस्तो होला - यो नै मेरो यक्ष प्रश्न हो ।
    सायद दोलखाको 'द्वाल्खा' भन्ने ऐतिहासिक बस्तिमा जन्मेर होला यसको नालिबेली सबै र्छलङ्ग छ । भीमेश्वरको काखमा रमिरमि हुर्किएँ । एक शिला तीन अवतार भनेर चिनिने श्री भीमेश्वर यस बस्तिको साक्षात भगवान नै हो । डङ डङ घण्टाको आवाजसंगै हामी रम्ने  गथ्यौ । यसमा पनि नेवारी बस्ति, हरेक महिनामा नयाँ जात्रा र चाड्वाडले अर्को रौनकता  थपेको हुन्थ्यो । हरेक जात्राको झरीले मन लुथ्रुक भिजाउन हामी माहिर हुन्थ्यौ  । यसरी नै लाखे नाच, खरी प्याखन, खड्ग जात्राले हाम्रो मन मष्तिष्क हरदम लट्याईरहेको हुन्थ्यो । स्वभाविक मान्नु पर्छ, हामी दोलखाली जनहरु मध्ये भाग्यशाली थियौं । घरै छेउमा त्रिपुरासुन्दरी, घरै माथि भीमेेश्वर र घर वरिपरी बुद्धका स्तुपाहरु र विभिन्न कलात्मक टुँडालहरु, वाह ! यस्तो कहाँ पो हुन्छ र । आँगनबाट बाहिर निस्कने वित्तिकै ति मल्लकालमा बिच्छाइएका ठूल्ठूला ढुङ्गाहरु हामीलाई स्वागत गर्थे । त्यसमा अभ्fm मच्छिन्द्रनाथको रथ खटक खटक तान्दा हाम्रो बाल -मन कहाँ पूग्दो हो । यो इतिहास हैन, वर्तमान पनि हो । यस्तो छ मेेरो आमाको काख, साँच्चै अत्यन्त न्यानो । जो कोहिले भन्न सक्छ-'यस्तो भग्यशाली पो हुनु पर्छ जन्म लिन ।'
    जब म मेरो आमाको शिर र पाऊ पैलाउने  कोशिस गर्छु , म पाउँछु उत्तरको टाकुरामा अवस्थित 'कालिन्चोक भगवती माई' । सदरमुकामबाट करिब छ सात घण्टाको लामो उकालो हिडाँइ पछाडी कुरीको समतल स्थान पुग्दो हो । अनि बेलुकी चौरीको दुध वा चियाको सुरुपमा यो मन कति रम्दो हो ! अनि बिहानै रवीसंग वयलि खेल्दै उकालो लाग्दा र माईको टाकुरामा दर्शन पाउँदा र्स्वर्गकै अनुभव पक्कै हुन्छ । लाग्दो हो, आज जीवनकै उचाइमा हामी छौं ।
   पूर्वतिर हरबखत गैरिशंकरले हरपल मुस्कान छरिरहेको हुन्छ ।आफ्नो काखमा च्छोरोल्पा जस्तो देशकै ठूलो हिमताल उनले जन्माएको छ । जाडोयामको छ महिना जम्ने सतहमा जो सुकै स्केटिङमा रम्न सक्दछ । अझ त्यस भूभागबाट हिमालको अवलोकन गर्दा मनमा उल्लास क्षणहरुको बास हुँदो हो । त्यसरी नै आफ्नो गर्भबाट तामाकोशीको उत्पति गराएको छ जुन हाम्रो राष्ट्र विकासको आधारको कडि साबित भएको छ । राष्ट्रकै सबैभन्दा बढी मेघावाटको बिजुली यसैबाट निकालिदै छ । यस्तो नदिको सम्भावनासंग घुलमिल हुन पाउनु पनि भाग्य नै सम्झिन्छु ।
    जब उत्तरतिर फर्किन्छु, नेपालकै स्वीट्जरल्याण्ड जिरीसंग परिचय गाँसिन थाल्छ । एउटा पृथक पहिचान, पृथक अस्तित्व बोकेको यो स्थानबाट कविको कविता फुर्छ , रम्नेहरुको रमिता जुट्छ, पर्यटकले लिङ्कनको चुम्बन लुट्छ । हो, किनकी यो जिरेलको बसोबासले सुसज्जित जिरी हो । सदरमुकाम या दोलखाबाट नागबेली सडकखण्ड हुँदै पुगिने यो रमणिय स्थान सबैको प्रिय हो । यस्तो स्थानमा कसलाई पो सयर गर्न मन नलाग्ला र ?    अनि तपाईं नि ।
    अब भने यसो पश्चिमतिर नजर दिन्छु र म पाउँछु, हिँउले ढाकिएका विचित्रका थुम्कोहरु । आहा ! मन कति हलुका हुन्छ एउटा प्वाँखको तौलभन्दा पनि हलुका । राजधानीबाट उकुसमुकुसिएर फिर्दा र सैलुङतिर आफ्नो नयन थमाँउदा आफ्नो गृहजिल्लाको र्स्वर्गतुल्य दृश्यले कैद भएर खुसीले भाव विव्हल हुन्छु । मेरो पनि रहर छ एकदिन त्यहि सैलुङमा पुगेर सैलुङेश्वरको दर्शनर् गदै त्यही हिँउको थुम्कोमा खेल्ने । हो, यस्ता रहरहरु धेरै नै छन् ।
    यो त खालि अन्धोको आखाँबाट दोलखा हो किनकी स्ौलुङ, च्छोरोल्पा लगायतका विभिन्न स्थानमा पाइला समेत नटेकेका व्यक्तिको बयान हो यो । सोच्नुस त यदि सक्कल आखाँबाट दोलखाको बयान हुँदो हो त कस्तो हुन्थ्यो - सायद त्यतिखेर दाँज्नुहुनेछ, मेरो आमा र्स्वर्गकै एक टुक्रा हो जस्मा लिङ्कनको चुम्बन, गौरीशंकरको  मुस्कान, च्छोरोल्पाको स्नेह, कालिन्चोकको आर्शिवाद, भीमेश्वरको शक्ति र सैलुङको आत्मिय प्रेम पाउनु हुनेछ र मनमनै गुन्नुहुनेछ -'यो ठाँउको पर्यटकिय सम्भावना अतुलनिय छ ।'



   

कालो मान्छे

कथा
 
श्रेष्ठ सत्य
दोलखा, नेपाल
"यहाँ कालाहरु मात्र  खतरनाक हुन्छन् । कालाहरु नै चोर, डाका, ठग तथा अपराधी हुन्छन् । त्यसैले कालाहरुसँग होशियार रहनू । "
बेलायतमा नवप्रवेशीहरुलाई सबैजनाले दिने सन्देश यही हुन्छ । कालाहरुसँग म पनि त्रशित थिएँ । त्यसैले त काम थालेकै दिनदेखि म आफ्नो म्यानेजरसँग पनि निकै भयभीत थिएँ । किनकी ऊ पनि कालो नै थियो ।
"तिम्रो  काम गर्ने ठाउँमा पनि कालाहरु छन् भने तिनीहरु आफू बसी बसी तिमीलाई मात्र काम  लगाउनेछन्, कार्यालयका सामानहरु हिनामिना गर्नेछन् ................................त्यसैले उनीहरुसँग धेरै समय नबिताउनू, धेरै हेलमेल नगर्नू  । "
एकजना नेपाली साथीले मलाई यो पनि बताएको थियो ।
म आफ्नो म्यानेजर शाद्रासँग प्राय तर्किन खोज्थें । ऊ भने मसँग बोल्न र जिस्किन खोज्थ्यो ।
"सत्य, तपाइँको भाषामा तपाइको नामको अर्थ के हुन्छ -" ऊ मलाई सोध्ने गथ्र्यो ।
"कहिल्यै नढाँट्ने मान्छे ।"
यति जवाफ दिएर म अन्यत्रै भागी हाल्थें ।
फेरि पछि भेट हुँदा सबैजना कर्मचारीको अगाडि ऊ मलाई देखाउँदै भन्ने गथ्र्यो -
"सत्यको नामको अर्थ तपाइहरुलाई थाहा छ - कहिल्यै नढाँट्ने मान्छे रे, हा हा हा ........ । "
अट्टहाँसले भवन थर्कन्थ्यो । म भने रातो पिरो भएर भाग्थें या काममै व्यस्त भए झैं गर्थें ।
यस्तै यस्तैमा शाद्रा मलाई रमाइलो लाग्न थाल्यो । पछि पछि म पनि उसँग सोध्न थालें - "तपाइको भाषामा तपाइको नाम शाद्राको अर्थ चाहिं के हो नि -"

फेसबुकमा ६ लाख नेपाली

सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा आवद्ध हुने नेपाली झण्डै ६ लाख पुगेका छन् । फेसबुकका प्रयोगकर्ता गणना गर्ने साइट फेसबेकर्सका अनुसार, आइतबारसम्म नेपाली प्रयोगकर्ता ५ लाख ८७ हजार पुगेका छन् । यो मध्य पुरुष तीनलाख ९९ हजार नौसय र महिला एकलाख ८० हजार सातसय ४० छन् । इन्टरनेटको पहुँच भएका ९० प्रतिशतभन्दा बढी नेपाली फेसबुकमा छन् ।
सबैभन्दा बढी ४६ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहका छन्। २५ देखि ३४ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता नेपाली २७ प्रतिशत छन्। फेसबुक प्रयोगकर्ता नेपालीमध्य ३५ देखि ४४ वर्ष समूहका ७ प्रतिशत छन् भने १६ देखि १७ वर्ष समूहका नौ प्रतिशत छन्। ६५ वर्षभन्दा माथि उमेर भएका फेसबुक प्रयोग गर्नेनेपाली एक प्रतिशत छन्।

'फेसबुकको जुन खालले प्रयोगकर्ता बढी रहेका छन्, त्यसले गर्दा साइबर सुरक्षामा निकै ठूलो चुनौति थपिएका छन्,'-प्रमाणिकरण नियन्त्रक राजनराज पन्तले भने। फेसबुक जस्ता सामाजिक सञ्जालबाट सम्बन्ध बढाएर चाँडै विश्वासमा पारेर ह्याकिङ गर्ने समस्या बढ्दै गएको छ।

प्रमाणिकरण नियन्त्रक कार्यालयले आयोजना गरेको मासिक 'मिडिया टेक' कार्यक्रममा पन्तले जोकसैलाई छिट्टै विश्वास गरेर इमेल, डेबिट र क्रेडिट कार्डको बारेमा जानकारी अरुलाई नदिन सुझाव दिए । फेसबुक, ट्विटर, हाइफाइभ जस्ता साइटबाट मित्रता गाँसेर चाँडै विश्वासमा लिन प्रयास हुन्छ। त्यसपछि विभिन्न सूचना मागेर इमेल, क्रेडिट कार्ड, एटिएम कार्ड ह्याकिङ गर्ने प्रवृत्ति धेरै देशमा सुरु भएको छ। ' यस्ता प्रवृत्तिबाट अर्काको सूचना लिएर दुःख दिन सजिलो भएको छ,' पन्तले भने।

यस्तो ह्याकिङबाट जोगिन अरु मानिसको छिट्टै विश्वासमा परेर सूचनाहरु नदिने, पासवर्डहरु हरेक ६/६ महिनामा फेरिरहनुपर्ने सुझाव सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञहरुको छ।

श्रोत : नागरिक न्यूज 

सिंगटीको सेरोफेरो

कृष्ण के श्रेष्ठ "काल्स"


सिंगटी बजार

    दोलखाको उत्तरपूर्वी क्षेत्रमा रहेको सिंगटी बजार दोलखाबाट करीब ३५ किलोमिटर कच्ची बाटोबाट बसको यात्रा गरेर करिब ५ घन्टामा पुग्न सकिन्छ । केहिबर्ष अगाडिसम्म यहाँ जानको लागि ८ घण्टा पैदल यात्रा गर्नु पर्ने थियो तर माथिल्लो तामाकोसी जलबिद्धुत आयोजनाको लागि यहाको सडक विस्तार गरिएको हुनाले यहाँ पुग्नको लागि घन्टौ हिड्नु पर्ने कठिनता हटेको छ ।

सिंगटी, दोलखा जिल्लाका उत्तर पूर्वी क्षेत्रमा रहेका १९ गाविसहरुको ब्यापारिक केन्द्रको रुपमा पनि परिचित छ । जहाँ महिनामा २ चोटी ठुलो हाटबजार लाग्ने गर्छ । हाट बजारमा बिभिन्न ठाउंका ब्यापारीहरुले ठुलो मात्रामा बिक्रिका समानहरु ल्याउने गर्दछन । यस बेला ठुलो जनमानसको भिड लाग्ने गर्दछ । जुन बेला मालसमानहरु सस्तो हुने भएको हुनाले टाढा टाढा जस्तो ओराङ, बुलुङ, सुरी, खारे, दोलखा चरिकोट लगायतका ठाउँबाट आउने ग्राहकहरुको संख्या धेरै हुन्छन । ब्यापारीहरु यहाँबाट समान खरिद गरि आफ्नो गाउँ अनि सदरमुकाममा पुन बिक्रि गर्ने गर्दछन । सिजन अनुसारको फलफुल र तरकारीहरु जस्तै :आँप , केरा , नासपाती , आरु , आरुबखडा , सुन्तला , बनतरुल , घर तरुल , खुर्सानी , अदुवा, लसुन, गोल्भेडा, सागसब्जीहरु, छुर्पी , दुर्खा, अनी घरेलु मदिरा, चुयाको डोको, नाङ्लो, डालो, थुन्छे भकारी र स्थनीय खोलामा मारेको ताजा माछा आदी यहाँको बजारको मुख्य बिशेषता हुन ।

यो क्षत्रमा तमाङ जातिको बाहुल्यता भएको कारण हाटबजारको दिन र अन्य दिन समेत प्रसस्त मात्रामा मदिराको बिक्री हुन्छ । तमाङ्नी दिदिबहिनीहरु बजारको दिन घरमा मदिरा उत्पादन गरेर बजारसम्म लगेर बिक्री गरि आर्जन गरेको पैसाले घराएसी समानहरु किनेर सिंगटीको उकालो चड्ने गर्छन् । अनि उकालो काट्दा जुहारी खेल्दै तरुना तन्नेरीहरु रमाइलो समेत गर्न चुक्दैनन । सिंगटीमा मोटर पुग्नु अघि पिखुतीमा बजार लाग्ने गर्थ्यो तर आजभोलि पिखुतीको ब्यापारीहरु सिंगटीमा प्रबेस गरेका छन् । पिखुतीलाई गुमुखोला भन्ने ब्यपारिक केन्द्रको नामले परापुर्वकाल देखि चिनिन्थ्यो जसरी आज सिंगटी प्रख्यात छ । त्यसरिनै केहिबर्ष अघिसम्म गुमुखोला बजार पनि प्रख्यात थियो ।

यात्राका क्रममा पूर्वमा गौरीशंकर हिमाल अनि दक्षिणमा तामाकोसी अनि उत्तरमा बिगु गुम्बा पश्चिममा कलिन्चोकको थुम्को लगायत प्रकृतिका मनोरम दृश्यको आनन्द लिन सकिन्छ । साथै दोलखामा रहेको प्रख्यात भिमेश्वोर मन्दिर पनि पर्यटकहरुको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित छ । त्यसैले यो ठाउं पर्यटकहरुको लागि रमणीय स्थलको रुपमा परिचित रहिआएको छ । सिंगटीबाट दोलखाको रोल्वालिङ , छ्योरोल्पा हिमताल , गौरीशंकर हिमाल, गोगर, जगत लामाबगर हुँदै तिब्बतको नाका सम्म पुग्न सकिन्छ । यदि तिब्बतीय पर्यटकको आगमनलाई सरकारले व्यवस्थित गर्ने हो भने यो क्षेत्र अझ प्रख्यात र ब्यापारिक क्षत्रको रुपमा आगाडी बढ्न सक्ने कुरा सिंगटीवासिहरु बताउंछन ।

साथै गोगरमा तामा खानी पनि हुन सक्ने कुरा भूगोलबिधहरू बताउछन । बहुचर्चित माथिल्लो तामाकोसि लगायत यहाँका अरु बिभिन्न ठाडो खोलाबाट बिजुली निकाल्ने योजनामा केही लगानीकर्ता राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरबाट प्रोत्साहित छन् ।

यहाँ बसोबास गर्नेहरुमा सबैभन्दा बढी तमाङ, त्यसपछि छेत्री अनि केहि शेर्पा , नेवार्, कामी ,दमाइ , बाहुन , ठकुरी, थामी, सार्की, घर्ती, मगर र जिरेलहरु पर्दछन । स्मरण रहोस, जिरेल र थामी जाति दोलखा बाहेक अन्य जिल्लामा छैनन् । त्यसैले यी २ जातिलाई जिल्लाको विशेषता समेत मानिने गरिन्छ ।

तर, दु:खको कुरा हालसम्म पनि यहाँ सम्म पुग्ने सडकमा कालोपत्र नगरिएकोले बर्षातको समयमा पहिरो जाने भएकोले सदरमुकाम र राजधानी आवतजावात गर्न यहाका जनमानसलाई र आन्तरिक, वाह्य पर्यटकहरुलाई प्रत्यक्ष असर पुर्याई रहन्छ । आशा गरौ, माथिल्लो तामाकोसिको विकाससंगै दोलखा-सिंगटी सडकको पनि विकास अनि विस्तार होस, अनि हामी सबै बिना डरको यात्रागर्न पाउनेछौ । यसमा सम्बन्धित व्यक्तिहरुको आँखा पुगोस ।



एकछिन सिंगटीको सेरोफेरो फोटोमा हेरौं:

सिंगटी छिर्ने मूल गेट:


तामाकोसी खोला:


देखिने रमाइला दृश्य:




सडकको दुर्दशा:


जोखिमपूर्ण यात्रा:


६-७ बर्ष अघाडिको सिंगटी:


गोगर जाने जोखिमपूर्ण बाटो:


पुल निर्माण हुनु अघाडी खोलाबाट पारगर्दै एउटा गाडी:


फोटो र जानकारिको लागि मेरा मित्र:
ईश्वर खड्का: लादुक, दोलखा
(हाल:अबुधबी) लाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।
लगायत रमेश खतिवडा भाइलाई पनि धन्यवाद ।

खबरदारी गजल

 गजल

  कृष्ण के श्रेष्ठ "काल्स "

विजयको गीत, गाउनै पर्छ गाउँनै पर्छ
संबिधान छिट्टै, पाउनै पर्छ पाउनै पर्छ 

देश बनाउन आएपछि, गरिब जनताको
चुहिएको छानो, छाउनै पर्छ छाउनै पर्छ

"हुन्छ हुन्छ" भनेर, आलोटालो गर्नेलाई
खबरदारी गर्न, धाउनै पर्छ धाउनै पर्छ

जेगरेनी देशमा, शान्ति कैले नल्याएमा
क्रान्तिको नारा, लाउनै पर्छ लाउनै पर्छ

कुर्सीकै लागि अझै, तानातान गरिराखे
जुत्ताको माला, लगाउनै पर्छ लगाउनै पर्छ

 हामी नेपाली सबैजना मिलेर यसरी नै खबरदारी गरौ ! नत्र हाम्रो देश कहिले पनि उभो लाग्ने छैन !

चाहिदैन iphone

 कविता

कृष्ण के श्रेष्ठ "काल्स"


चाहिदैन  iphone मलाई
अनि किन्दिन म
मलाई मेरै
थोत्रो मोबाइलनै काफि छ
जुन,
धेरै पुरानो भैसकेको छ 
रङ्ग खुइलिसकेको  छ
अनि
 कतै कतै चोइटा पनि गएको
हेर्दै घिन लाग्दो छ
सायद, मेरो जस्तो मोबाइल
कसैले बोक्दैनन होला
यस्तो मोबाईल
देखेको पनि छैन मैले
तर
म बोक्छु
 जापानमा भएर पनि
मेरा सबै साथीका हातमा
iphone हुन्छ
तर मेरो मा उही पुरानो
दिक्क त लाग्छ अरुको देखेर
उनीहरु
 कहिले खेल त कहिले गीतमा
कहिले च्याटमा त कहिले के मा
  झुमिएर रमाएका देख्दाखेरि 
तर मेरो
उही २ बर्ष अघि किनेको
खटारो मोबाइल
इन्टरनेट पनि बन्द गरिएको
मात्र
फोन गर्न र उठाउन मिल्ने
त्यसैले मलाई भन्छन मेरा साथीहरु
अनि गिज्याऊछन
"किन थोत्रो मोबाइल बोकेको ?
iphone किन भनेर "
तर म किन्न चाहन्न
किनकि
यदि iphone  किने भने म बिग्रन्छु
मेरो समय बर्बाद हुनेछ
मेरा सम्पूर्ण
दिन र रात इन्टरनेटले खाइदिनेछ 
त्यसैत मलाई अहिले पनि
इन्टरनेट को "किरो"(virus) भन्छन
त्यसैले म किन्दिन
मलाई अहिले
मेरो काखे कम्प्युटर नै बढी भै सक्यो
कहिले छोड्न मन लाग्दैन मलाई
कम्प्युटरनै
मेरो जीबन जस्तो लाग्न थालेकोछ
कम्प्युटर मै मेरा समय बित्छ
घरमा हुदा पनि इन्टरनेटमा
अनि
कलेजमा पनि
यथार्थमा
इन्टरनेटको "नराम्रो लत" लागेको छ मलाई
कहिले फेसबुकमा त कहिले याहु
कहिले ब्लगमा
कहिले डिसी कहिले क्यानाडा को प्रोग्राम हेर्नमै
बित्छ मेरा समय
अनि
निन्द्रा पुग्दैन मलाई
आँखा दुख्छ मेरो
समयको बर्बाद हुन्छ
त्यसैले
मलाई चाहिदैन
जति सुकै राम्रो सुबिधा भए पनि
जति सुकै सस्तो भए पनि
कसैले सित्तिमा दिए पनि
मलाई चाहिदै चाहिन्न
मेरो यही
थोत्रो मोबाईल नै प्यारो छ
यस अर्थमा कि
म यो भन्दा बढी बिग्रन चाहन्न
अनि
समयको बर्बाद गर्न चाहन्न 
नसुती नसुती  फेसबुक चलाउन चाहन्न
हिड्दा पनि, सुत्दा पनि बस्दा पनि
इन्टरनेटको किरो बन्न चाहन्न
त्यसैले iphone
मेरो लागि
एक चाहिन्न दुइ चाहिन्न
चाहिदै चाहिन्न

समाप्त !

रगतको नाता

अनिता श्रेष्ठ "अर्पिता"

         राती १ वजे जन्मेकी जिनाकी  आमा  घरपरिवारको राम्रो स्याहार सुसार रेखदेख राम्रो नभएको कारणले गर्दा अपसोच जिना जन्मेको केहि समयमानै मृत्यु भयो । अनि  त्यस वच्चालाई २ घण्टाको अन्तराल सम्म पनि नाभी नकाटी रगतमा डुवाएर राखे ।  परिवारको केहि सदस्यले "आमा खाने मुल्याहा यसलाई पनि लगेर गाडीदेऊ " भन्ने भाषा प्रयोग भएपछि गाँउकै कुनै मानिसले सास भएको वच्चा भनेर नाभी काटी थाङ्नामा गुडुल्काएर राखे र विहान उज्यालो भए पछि आमालाई दाहासस्कार गर्न लगे । अनि  जिनालाई  गाईको दूध खानदिएर दश -वार दिन सम्म पालेर राखेछन् ।
यो कुरा रमाले सुनेपछि वच्चाको घरमा उनी गइन । त्यति बेला वच्चाको हालत साह्रै विग्रिएको रहेछ । आँखा सुन्निएर ठूलो ठूलो र चाकमा पनि घाउनै घाउ भएको रहेछ । रमाको मनमा दयाको भावना जागृत भयो अनि वच्चाको परिवारसंग यो वच्चा मलाई दिनुस् भन्ने कुरा गरिन ।  उसको वावा,दिदि, दाई, भाउजु सवैको सहमतमा कोक्रोमा वच्चा वोकेर लगे । रमा पनि वच्चा पाएपछि सारै खुशि भइन किनकि उन्केा वीहे भएको १५ वर्षभन्दा वढी हुँदा पनि वच्चा भएकेा थिएन । तर्सथ त्यो वच्चा पाउँदा श्रीमान श्रीमति दुवै खुशी भएका थिए ।
त्यस वच्चालाई स्याहार सुसारको निम्ति धेरै ध्यान दिएर कोक्रो वोकि वोकि विधालयको प्राङ्गणमा रमा पुग्थे । वच्चा सन्तोकी भएको कारणले गर्दा दिउँसोको समयमा धेरै सजिलो हुन्थ्यो ।  जव रात पथ्र्यो जिनाले झगडा गर्न सुरु गर्थि र उसलाई लिटो दुध खान दिएर सुताउँथि । रातको समयमा कुनै समयमा रातभरिनै सुत्दैन थिई र कुनै समयमा चार ,पाँच पटक उठेर थर्मसमा राखेको दुध खुवाउदै सुताउथे र वच्चाको खोपको लागि कहिले कता पुर्‍याउथे कहिले कता पुर्‍याउथे ।  वच्चा हटिलो मोटिलो हेर्न लायकको भई ।  तैपनि रमाले मनमा अनेक कुरा खेलाउँथ्यो कतै वच्चा फेरि उसकेा वुवाले पो लाने हो कि  भनेर ।
जिनासंग रमाउदाको क्षण र  जिनासंग समय विताउदा रमा र उसकेा श्रीमानले  सारा दुःख , पिडा सवैनै भुल्ने गर्दथे । एक छिन नदेख्दा पनि  के हरायो के हरायो भन्ने भान भई रहन्थ्यो उनीहरुमा । अनि कहिले कहिँ यी दुवै दम्पतीले जिनाको वारेमा यस्तो किसिमको भावना लेख्ने अनि गाउने गर्दथे :

मेरो जिना सानो छ ।
लडि लडि खेल्द छ ।
वुवुमाम खान्छ ।
ताता तुतु वोल्दछ ।
अहिले जिना सानो छ ।
पछि ठूलो हुने छ ।
समाजसेवी वन्ने छ ।

यसरी जीना सँग जति दुःख हुँदा पनि खुशी रहन्थे । जीनाकेा प्रवेश सँगै त्यो घरमा एउटा रमाइलोपन छाएको थिए । दुवैले जीनालाई राम्रो वोडिगंमा पढाउनकेा लागि सल्लाह सरसल्लाह गरिरहन्थे । तर्सथ जिनालाई पढाउनकेा लागि दुवै दम्पतीले आफनो जागिर काठमाण्डौमा सारेर उतै घर वनाउँछन् ।
जिना पनि  पढेर ६  कक्षा पुगिसकेको हुन्छ । एकदिन स्कुलवाट र्फकदै गर्दा एकजना गाउँका छिमेकिले जिनालाई भेट्दा  "तिम्रो  भाग्य ठूलो रहेछ यस्तो ठाउँमा पढ्ने तेरो काँहाको भाग्य थियो र - तिमी त एउटा गरिवको छोरी त हौ नि , तिम्रो  आमा मरेर यता ल्याएको" भनिन । त्येा सुन्ने वितिकै वच्चीले शुरुमा त होइन होइन भनिन् । तर, जव उनी स्कुल जान्थे  त्यहाँ पनि सवैले तिमी अर्काको छोरी हेा भन्थे त्यसैले  हो कि जस्तो उनलाई लागेर आमा वुवालाई सोधिन उनले । तर आमा वुवाले अर्काकेा कुरा पत्याउनु हुँदैन भनेर थामथुम गर्थे ।
एकदिन वेलुका रमा अफिसवाट फर्किइन् । जिनालाई ज्वरो आएकेा थियो । रमा आँतिएर हस्पिटल जान्छ । हस्पिटलमा पुगेपछि जीनाले मेरो वावा सँग लगिदेउ भन्छे । त्यसपछि अति नै ज्वरो आएकोले रमाले श्रीमानलाई वोलाउँछे । जव श्रीमान आइपुग्छे उनी कराउँछिन........मेरो आफनै वुवा.....................। यो सुनेर रमाले भन्छिन "छोरी यही त तिम्रो वुवा हो नि "। तर उनी जोरका साथ रुन्छिन मलाई मेरै वुवा चाहिन्छ ............।
अपसोच, अस्पताल राखेको ६ महिना हुँदा पनि बिरामी ठिक भएन । तर्सथ डाक्टरले उन्केा वुवालाई गाउँवाट वोलाउनकेा लागि अनुरोध गर्दछन् । रमाले गाउँवाट उन्को वुवालाई वोलाउन लाउँछ । वुवा पनि अस्पतालमा आइपुग्छ । त्यसपछि रमाले नानु "तिम्रो  वुवा आइपुग्यो" भन्नसाथ जिनाले आँखा उगार्दछे  र "वावा" भनेर आफनो वावालाई अँगालो हाल्दछ । अनि वावालाई मलाई पनि सँगै लैजाउ भन्छिन् । तर वावाले भन्छ "नानु तिमी यही वस याँहा कस्तो राम्रो छ । जुँका लाग्दैन् त्याँहा त एकदम दुःख छ । जुका लाग्छ घाँस काटनु पर्दछ । अर्काको भनिभुतो गर्नुपर्दछ । फेरि १२ जना त तिम्रै अरु  दिदि वहिनीहरु छन् । तर्सथ याँहा भए रमा म्याडमले कस्तो राम्रो माया गर्नुभएकेा छ । छेारी यही वस याँहा सुख पाउँछ ।" भनेर सम्झाउन खोज्छ, तर छोरी मान्दिनन । उनि रुदै भन्छे "वावा तपाईले जे गर्नुहुन्छ  म पनि त्यही गर्दछु । जे खानुहुन्छ त्यही खान्छु । तपाईलाई जुकाले टोकेमा मलाई पनि टोक्छ ...तर्सथ मलाई लानुहोस् बाबा, म गाउँ मै जान्छु तपाई संग  ।"  डाक्टर लगायत सवैले सम्झाउँदा पनि केही लागेन ....................................। उन्लाई आफनै रगतकेा मायाले तानिरहेको थियो होला  । तर्सथ वावासँग पछि पछि लागिन हात छोड्ने मानिनन उनले । उन्लाई रोक्नेका लागि रमा गइन तर अहँ सकेन । रमा र रमाको श्रीमान मुर्छा परेर रोइरहिन.................रोइरहिन ।

धेरै पछिको फुर्सद

धेरै पछि बल्ल आज (september 4)फुर्सद मिल्यो मलाई घुम्नजान । कयौं  महिना वितिसकेका थिए  मेरा दिनहरू जापानमा  घुम्न जान्छु भन्दा भन्दै । कहिले कलेज बिदा हुदैन, कहिले काम बिदा हुदैन त कहिले कोही जाने साथी हुदैन । त्यसैले मेरो जापानको रमाइला ठाऊँहरु घुम्ने रहर अपूरोनै थिए आज सम्म । जापान आएर घुम्न गएको भनेकै कलेजले कहिलेकाँही घुमाउन लादा खेरी मात्र हो । त्यसैले आज भने घुम्न गएरै छाडछु भनेर एक महिना अघि  काम बिदा लिएको थिए । अनि साथिहरुलाई पनि बिदा लिन लगाएको थिए, तर दुखको कुरा साथिहरु सबै जना गरेर हामी ३ जना मात्र भइयो, जापानको ब्यस्तताले गर्दा । तैपनी जाने निधो गरियो योकोहामा नजिकैको हाकोने(रास्ट्रीय निकुन्ज )
बाटोमा देखिएका दृश्य 
बिहानको ८ बजे हाम्रो यात्रा सुरुभयो । रेलमा करीब डेड घण्टा  लाग्यो हामीलाई गन्तब्य पुग्नको लागि । बाटोमा धेरै हाम्रा नेपालको जस्तै पहाड़ , खेतबारि पनि देखियो ।  मेरो साथी बिकास त्यों देखेर ”जापान पनि मेरो चितवन जस्तै रहेछ, अचम्मै लाग्यो जापान मा पनि यस्तो छ  भनेर भन्दै थियो । हुन पनिहो यहाँ अलिकति शहर छोडेर जाने हो भने धानका फाँट , सखरखण्डको बारि अनि आलुबारि  देख्न पाइन्छ  । डेड घण्टाको यात्रा पछि हामी पहाड़ चड़ने रेलमा सफ़र गर्यौँ त्यहाको  घना जंगल भित्र । यात्रामा खोला, फूलहरुको  रमाईला अनि घना जंगलको दृश्य हेर्ने मौका मिल्यो हामीलाई त्यहाँ  ।
जंगलमा देखिएको दृश्य 
 अनि अनौठो प्रकारको केबलकार चढ्न तिर  लाग्यौं हामी । हेर्दाखेरी ठ्याक्कै रेल जस्तो देखिने यो केबल कार झन्डै ३० देखि  ४० डिग्रीको ठाडै उकालो माथि चढ़ने रहेछ  । यसलाई पनि डोरीले नै तानेको हुदोरहेछ  केबल कार लाई जस्तै ।

अनौठो केबलकार 
त्यसपछि हाम्रो नेपालको जस्तै केबलकार चढ़न तर्फ लाग्यौं , दुरुस्तै मनकामनाको जस्तो केबलकार रहेछ । यहाँ पनि चढ़ने ठाऊँ  उस्तै , अनि आकार पनि  उस्तै ।  तर यहाको केवलकार भने जमीन बाट नजिकै माथि बाट गुडदो रहेछ । सायद यहाँको बनजंगल देखाउनको लागि त्यसो गरिएको हुनसक्छ । धेरै सुन्दर देखिन्छ बनजंगल, पहाड तालहरु  केबलकारबाट  हेर्दाखेरी । अर्को कुरा यहाका कुनै रुख काटिएको  पनि हुन्न रहेछ, अत्यन्तै घना जंगल ।

केबलकार स्टेसन 
केबलकार 
केबलकारको यात्राको क्रममा  एउटा डांडां  मा पुगेपछि भने धेरैनै माथि पुगिन्छ ,  तल तिर खतरनाख मरुभूमि देखिन्छ (नक्कली) तर पनि अलिअलि डर लाग्दो रहेछ त्यहा पुग्दा किनकि  मरुभूमिबाट डरलाग्दो नक्कली धुवा पनि उडिराहेको देखिने भएकोले ।
नक्कली मरुभूमि 
ओर्लेर हामी कालो अण्डा पकाउने ठाऊँ हेर्नगयौ,  निकै तातो थियो पोखरीको वरीपरी ८० डिग्री जति  । रमाइलो कुरा यो कालो अण्डा खाइयो भने धेरै लामो बाचिन्छ रे यिनिहरुका अनुसार ।


कालो अण्डा 
फेरी हामी पानीजहाजमा ताल परिक्रमा गर्नको लागि केबलकार बाटै तल झर्यौ, ताल निकै ठुलो रहेछ । बीचमा पानीजहाज रोकिएको थियो । अनि हामी केहिछिन त्यहा फोटो खिच्नतिर लाग्यौं । वरिपरीका रमाइलो दृश्य हरु क्यामरामा कैद पनि गर्योऊ । अनि पानीजहाज चल्ने समय भएपछि जहाज माथी बसेर समुन्द्री हावा खादै, रमाइलो दृश्य  हेर्दै अनि फोटो खिच्दै  रमायौं  हामी सबै जना । दुखको कुरा बादल लागेको कारणले फूजी हिमाल भने हामीले देख्न पाईएन ।

हामी तीनजना (बिकास , पिटर अनि म कृष्ण )
म अनि  पानी जहाज
तालको बीचमा पानी जहाज

आजको यात्रा रमाइलो भयो हाम्रो, प्रकृति संग रमाउने मौका मिल्यो जस्तो अनुभब भयो हामी तीन जनालाई पनि । अनि फुर्सद निकल्नु पर्दों रहेछ जस्तो लाग्यो कहिले कही घुम्नको लागि पनि  । तर घुम्दा घुम्दा धेरै थाकिएछ अनि भोक पनि लागेछ क्यार । खानासाना खाएर हामी बिस्तारै आफ्नो गन्तब्य फर्कने निधो गरि रेलमा भित्र छिर्योऊ । निंद्रा झुपुझुपु लागेको थियो सिटमा बसेको केही क्षणमै भुसुक्कै  पो निदाईएछ ..............................











Krishna Special Bulbul Program on Sept 1st 2010

 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture