मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

कृष्ण पापी

आज कृष्ण को जन्मदिन, त्यसैले कृष्ण को बारेमा केहि लेख्न मन लाग्यो मलाई ।


कृष्णलाई अझै पनि हामीले "पापी" भनेरै चिन्ने गरेका छौ । त्यसैले यस गजलमा पनि पापीको प्रयोग गरेको छु यदि अन्यथा लागे पापी को सट्टामा तिमी राखेर पढ्नु भए पनि हुन्छ ।


गजल
राधा मात्र एक्लो छान्न सक्ने कृष्ण पापी
सोर सय गोपिनी तान्न सक्ने कृष्ण पापी

अप्सराहरु के गरेमा फसिन्छन मायाजालमा
सबै मनका कुराहरु जान्न सक्ने कृष्ण पापी

मान्नै पर्छ त्यतिलाई बराबर माया दिई पनि
एउटी हैन सोर सय धान्न सक्ने कृष्ण पापी

भागी जालान भनि मोहनी जालमा पारीकन
मायाको डोरीले कसि बान्न सक्ने कृष्ण पापी

देउता भैकन फसाएर सिधा सोझा परीहरु लाई
सत्ययूगी देउता आफै ठान्न सक्ने कृष्ण पापी

एउटीले त पुग्दैन अरे मजा यो जीबनमा भनि
जसलाई पायो नजर हान्न सक्ने कृष्ण पापी












ढिलो नगरौं फेसबुकका किराहरू !


हाल बिश्वो मै लोकप्रिय सामाजिक सञ्जालको रुपमा रहेको साइट फेसबुकले विगत २ बर्ष अघि बाट सुरु गरेको आफ्नो च्याट सुविधालाई  अहिलेको भन्दा राम्रो बनाउने क्रममा फेसबुकको च्याटमा कुरा गर्दागर्दै बीचैमा हराउने र फेरी आउने जस्ता समस्यालाई मध्यनजर गरि फेसबुकले सुधार गर्ने कुरा जनाएको छ । यो सुबिधा अहिले प्रयोगमा रहेको इन्टरनेट एक्सप्लोरर ६ मा भने लागु हुने छैन  
यदि तपाईँले अहिलेको आफ्नो ब्राउजर इन्टरनेट एक्सप्लोरर ६ लाई अपडेट गर्नुभएको छैन भने अबको १५  दिन अर्थात सेप्टेम्बर १५ देखि  तपाईँले इन्टरनेट एक्सप्लोरर ६ बाट फेसबुकमा साथीहरुसँग च्याट गर्नसक्नुहुने छैन । त्यसैले फेसबुकका किरो तपाई हामीहरु यसमा ढिलो नहोऊ अपडेट गर्नको लागि आफ्नो इन्टरनेट एक्सप्लोरर छिटो भन्दा छिटो यहाँ गएर  
फेसबुकका अनुशार अबको नयाँ सुधारपछि च्याटमा कुरा गर्दागर्दै बीचैमा च्याट व्यवधान आउने समस्या अब रहने छैन र कनेक्सन गर्ने र सन्देश पठाउने विधिमा पनि सुधार आउने छ । आशा गरौ च्याट राम्रो संग गर्न पाइएला  भनेर । जय फेसबुक !




सन्दर्भ :फेसबुक

पूर्व युवराज्ञी हिमानी दोलखामा


 
राजेन्द्र मानन्धर
दोलखा, भाद्र १४ - पूर्व युवराज्ञी हिमानी शाह औपचारिक कार्यक्रममा सहभागी हुन सोमबार साँझ दोलखा आएकी छन् । बालबालिकालाई सहयोग गर्न र खानेपानीको आयोजनाको सामाग्री वितरण गर्न दोलखा आएकी उनी चरिकोटस्थित पानोरोमा होटलमा विश्राम गरी मंगलबार विहानैदेखि कार्यक्रममा सहभागी हुने छिन् ।

मंगलबार विहान दोलखाबजारस्थित त्रिपुरासुन्दरीको दर्शनपछि त्यही रहेको बालमन्दिर र चरिकोटमा रहेको गौरीशंकर बालगृह भ्रमण गरी वालवालिकालाई भेट्ने कार्यक्रम छ । उनी मंगलबार नै चरिकोटबाटा झन्डै २४ किलोमिटर टाढा नाम्दु गाविसस्थित खानेपानी आयोजनाको सामान हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुने आयोजक राष्ट्रिय सरोकार मन्च दोलखाले जनाएको छ । 

उनलाई स्वागत गर्न चरिघ्याङस्थित होटल जाने बाटोमा केही व्यक्ति भेला भएका थिए । काठमाडौंबाट उनका साथमा केही पत्रकार र सादा पोषाकका सुरक्षाकर्मीहरु थिए ।

साभार :ईकान्तिपुर

नक्कलीहरु


 लेख 
 कृष्ण के श्रेष्ठ "काल्स"

यी महिला के गरिराखेकी जस्त्तो  देखिन्छे ? एकछिन अनुमान लगाऊनुस त ............ ।

यिनी एक जापानीज महिला हुन,  यिनी ट्रेनको एक कुनामा बसेर सिंगार पटार (मेकअप) गरिरहेकी छिन । यो जापानमा चलिराखेको चलन हो, जुन जहातही देखिरहने दृश्य । यहाँका महिलाहरु प्राय यस्तै सार्बजनिक  ठाऊँहरुमा  जस्तो  ट्रेन, बस , स्टेसन , कलेज लगायतका ठाऊँहरुमा एउटा हातमा ऐना अनि अर्को हातमा मेकअपका सामान लिएर राम्री बन्ने प्रयास गरिरहेका हुन्छन । त्यसैलेगर्दा जापानी महिलाहरु मेकअप ले कुनै हिरोइन भन्दा पनि कम राम्रा देखिदैनन । प्राय सबका सब एकसे एक राम्री देखिन्छ्न यिनिहरुका बाहिरी नक्कली रूप । तर भित्री रूपको कुरा गर्नेहो भने यिनीहरु बाहिरी रूप जतिकै  त्यति धेरै राम्रीभने हुदैनन । मेकअप गरेपछि भने यति राम्री देखिन्छ्न की प्राय जो सुकै केटाहरुको मन पनि कटक्कै खान्छ ।
जापानी नक्कलीहरु

यिनीहरु दिनमा २ चोटि नुहाऊछन, बिहान घर बाट निस्कदा अनि घर फर्केपछि । अनि मेकअप चाहि फुर्सद हुनेले घरमा र नहुनेले बाटोमा होस या यात्राका क्रममा गर्ने गर्छन । अनि दिनभर मुख धुदै नधोई बस्छन किनकी लगाएको क्रीम पाउडर पखालिन्छ भनेर । यिनिहरुका प्राय कपाल पनि नक्कली, आँखीभौ पनि नक्कली, अनि क्रीम घसिघसि बनाएको मुहार पनि नक्कली हुन्छन्, त्यसैले यिनिहरुलाई नक्कली मान्छे भन्दापनि अत्युक्ति नहोला जस्तो लाग्छ मलाई ।

तर यदि मेक अप नगरेको बेलामा हेर्ने हो भने यिनीहरुको बास्तबिक मुहारको सुन्दरता र नक्कली मुहारको  सुन्दरता बीचको यथार्थता चिन्न कति पनि गारो पर्दैन । यति सम्मकी तपाईले उही केटीलाई पनि मेकअप गरिसके पछि नचिन्न पनि सक्नु हुन्छ झुक्किएर ।  म पनि कति झुक्की सकेको छु यी नक्कलीहरु संग जापानमा । त्यसैले  यिनीहरु मेकअप नगरेको बेला नियालेर हेर्छ भनेर डराई रहन्छ्न जो कोहीसंग भेट्दापनि  ।

अझ कोही कोही त राम्री बन्ने सोचाइमा अति नराम्रो तरिकाले मेक अप गर्छन । यिनीहरु कस्ता देखिन्छन त ? एकछिन हेरौं यो तलको फोटो:



कति नराम्रो देखिएको छ यिनिलाई यहाँ, यिनी मुहारले कुनै महिला जस्ति देखिएकी छैनन मेरो बिचारमा । कुनै नया मान्छे जस्ति देखिन्छिन, तर यिनी आफु भने धेरै  राम्री भाकिछु भन्ने कुरामा भ्रमित छिन । छि: छि : छि :कस्ता लुगा? कस्ता रंगीन कपाल ? हेर्दै डर लाग्ने नक्कली ...............

यदि नेपाल हुदो हो त आफ्नो परिवारको अघाडि मेक अप गर्न पनि अप्ठ्यरो मान्नुहुन्छ हाम्रा दीदीबहिनिहरू तर यो बिकसित देश जापानमा खुल्लम खुल्ला बाहिर मेकअप गरेको देख्दा कति "नक्कली केटीहरु" भन्ने जस्तो लाग्छ हामी नेपाली हरुलाई । यस कुरामा जापानीहरु आफैपनि सहमत भने छैनन । मेकअप भनेको घरमा गर्ने हो बाहिर होइन, अनि ट्रेन हरुमा मेक अप गर्न पाईदैन भन्छन । यति सम्मकी यो चलन रोक्नको लागि  अहिले ट्रेनका भित्ताहरुमा"मेकअप घरमा गरौं"भन्ने नाराका पोस्टर हरु पनि टालिन पनि थालिदै आएको छ तर रोकिएको भने छैन।


यधपि हाम्रा नेपाली दीदीबहिनी हरुले गरेको जस्तै मेकअप गर्ने केटीहरुनै छैनन भनेको चाहि पक्कै होइन । यहाँ पनि हाम्रा नेपाली जस्तै थोरै मात्र क्रीम लगाएर , चिपिस्टिक ओठमा लगाएर सुन्दर देखिएका केटी हरु पनि धेरै छन । जो विल्कुल प्राकृतिक देखिन्छिन , जो सुहाउदो छ , जुन समाजमा पाच्य छ अनि राम्री हुन्छे  ऊनी सबको आँखामा.........................

फोटो: जापानी पत्रपत्रिका

नेवारी(दोलखे)- गजल

                                             कृष्ण के श्रेष्ठ "काल्स"

मोओन्गी हत्केङ कार यर जन्त
गुलाब सोन बार्फ खार यर जन्त

मा बा न मबिउ छन नाप हतनङ
ब्याङबरीए कठिन डार यर जन्त

मेबु तु दम हत्न जी सोएन बाँलकु
झम्टइ जुएनतुनी ङार  यर जन्त

 पुकार दएत जी नाप्लरित हर्स
मायाए सोनै सोन छार यर जन्त

छन लागिन माया मद जन नाप
सम्झ्यातन नुगर फार यर जन्त

देख्छु तिमी

 गजल 

                                    कृष्ण के श्रेष्ठ "काल्स "

हुँदा हुँदा गरिराको काममा पनि देख्छु तिमी
कुर्दा कुर्दै ट्राफिक जाममा पनि देख्छु तिमी

सम्झना आउदा तिम्रो पठाएका प्रेम पत्रहरु
नखोल्दानी बाहिर खाममा पनि देख्छु तिमी

तिम्रो अभाबमा एक्लै टोलाऊँदा आकाशमा
डाँडापारि अस्ताएको घाममा पनि देख्छु तिमी

अंगालोमा बाँधिएर ती गरिएका बात बिर्सेनी
चुम्बनका निलानिला डाममा पनि देख्छु तिमी

नौंडाँडा पारि हामी दुई बीचको दुरी भएनी
मन भित्र कुँदिएका नाममा पनि देख्छु तिमी

जो देखेनी तिमी जस्तै देख्छु मैले झुक्किएर
त्यसैले त हिंडिरहेका लाममा पनि देख्छु तिमी

जापानका घरवार बिहीन

अचम्म लाग्ला यस्तो बिकसित जापानमा पनि करीब पाँचहजारको हाराहारिमा घरवार बिहीन जपानिहरू छन भन्ने कुरा सुन्दा पनि, हामी नेपालीहरुलाई । तर यथार्थमा भन्नु पर्दा जापान जस्तो बिकसित देशमा पनि धेरैजना जापानी हरु बिभिन्न कारण ले  घरवार बिहीन बनेकाछन  । जापानका ठूला शहरहरु टोकियो, ओओसाका , सिंज्युकू, योकोहामा, सिबुया  लगायतका  ठूला शहरहरु  र  यहाँ रहेका खोलाका किनाराहरुमा सानो नेपालकै जस्तो झुपडिमा  घरवार बिहीन जपानिहरू दर्दनाक जीबन लिएर बस्ने गर्दछ्न ।
जापनीहरू घरवार बिहीनहुनुको कारणहरुमा उमेर ढल्केर काम गर्न नसक्नु, आफुले गरिराखेको कम्पनी बन्द हुनु अनि जापानको कठिन  जिन्दगी देखि निराशिएर स्वतन्त्र जीबन बिताउन पनि घर छोड्नेहरूको संख्या  धेरै भएको जापानिहरू बताउछन ।  हुन पनि हो जापानको काम धेरै कठिन हुन्छ अनि काम नगरी खान पाइन्न । नेपालको जस्तो छोरा ले पाल्ला, छोरीले पाल्ला भन्ने छैन । आफुले काम गर्न सकुंझेल मात्र जीबन अनि सकेन भने यही बाटो रोज्नु पर्ने । यस कुरामा भने म आफु नेपाली भएर जन्मेकोमा गर्ब गर्छु । कमसेकम आफ्नो छोरा छोरीले पानी सम्म त खुवाऊछन । यहाँ त कोही हुन्नन ।

एकछिन हेरौ कसरी बस्दा रहेछन जापानी घरबार बिहिनहरू: 


अरु संग मागेको पैसाले सस्तोमा पाइने रामेन(चाऊचाऊ) खादै:












यीनिहरुको बस्ने घर:

homeless tokyo japan unemployed wheelchair
घुमन्ते घरबार बिहीन:






Twitter adds Follow Fast button

Now, one need not sign up on Twitter to receive updates from others. Twitter has introduced a " fast follow" option that will allow people to receive Twitter updates from specific users without creating an account of their own.

This means if someone who is not on Twitter wants to receive updates of say a certain celebrity on Twitter, he could send a text message to 40404 with `follow + name of the person' in the body of the text message. Twitter will then text that person the future tweets of the person/celebrity he wants to follow.

According to Twitter, that the feature will make it easy for people to get quick updates from people or companies they want to hear about on-the-go.

"Try it out the next time you see a Twitter @username at a restaurant or store, on a billboard or on TV, or if you hear one mentioned on the radio," Twitter's Leland Rechis wrote in a blog post.

However, Fast follow is currently only available in the US, but Twitter is working on bringing it to other countries, Rechis wrote.

There'a also another way to sign up to receive tweets via text is to click the mobile phone icon at the top of a Twitter user's page. Next to the "Follow" or "Following" button is a photo of a cellphone. Users just need to click on it to get twitter updates.

Twitter is also reportedly launching an official "Tweet" button that Web site owners can embed in their Web sites. Clicking on it will send that story to your Twitter feed, and a counter will track how many times it has been tweeted.


तिमी जस्ति निस्ठुरी

 गजल 

कृष्ण के श्रेष्ठ "काल्स "


धोकै धोकाको मधुरस चाख्दिन अव त
तिमी जस्ति निस्ठुरी  ताक्दिन अव त

निराश म वनिसकेँ सक्तिन सम्झाउन
फेरि माया लाऊ भनि डाक्दिन अव त

इश्वरनी तिम्रै रैछ सुनिदेनन मेरा कुरा
त्यसैले हात जोडि  माग्दिन अव त

हिडदा हिडदै थाकेँ आराम म गर्दा गर्दै
नतमस्तक वनिसकेँ जाग्दिन अव त

जतासुकै जाउ तिमी कुनै मेरो कर छैन
अरु संगै जाउ म पछि लाग्दिन अव त

नाथ गुरु

                                                       
कथा 
अनीता श्रेष्ठ

           आज मेरी साथी रमा लगभग २ वर्ष पछि मेरो कोठामा एक्कासि आएको देखेर म छक्क परे  उ ह्स्याँग फस्याँग गर्दै पसिना नै पसिना निक्लने गरि आएकि थिइन् । म भाँडा माझ्दै थिए, उन्ले अतालिदै  भनिन "एउटा कुरा थाहा छ  ? "के कुरा ? ओहो लाटी तिमी किन सुचना वाट यति टाढा ? मैले सोधे "होइन होइन के भयो ? "उ फेरि रिसाउँदै सोधे "आफनो सवभन्दा जिन्दगीमा नजिक हुने व्यक्तिको वारेमा पनि थाहा छैन् र ? जसले तिमीलाई प्रेरणा दिएर आज यो अवस्था सम्म ल्याई दियो । आज उहाँ नहुनु भएको भए के हुन्थ्यो तिम्रो हाल ? "हँ भनन् के भन्न खोजेको म अस्वभाविक पाराले प्रस्तुत भए । र अलि अतालिए पनि ? के रे ? भनन ? अव म कुर्न सक्दिन । रमा समी कम अन ? तिमी वुझ किन विगतलाइृ विर्सन्छौ ?
के विगत के वर्तमान यी सव कुरा के हो रमाले भन्न खोजेको के हो ? म मनमनै सोचे र रमाले मलाई चर्कन गालामा हानेर भनिन र वेसरी रोइन । समी अव नाथ गुरु यो संसारमा रहेन ? म आँतितै भने र मलाई एक्कासी रिंगाटा चलेर आयो र दुवै रोयौ ? रोएपछि विगतको घटनाहरु सम्झिन वाध्य तुल्यायो ।
समी जो विगतमा वुवा आमा नभएको केटीलाई पालन पोषण गरेर नाथ गुरुले हुर्काएको थियो । नाथ गुरु जो असल व्यक्तित्व, वहु प्रतिभाशाली व्यक्तित्वको धनी थियो । त्यस्ता व्यक्तिले लालन पोषण गरेर समीलाई हुर्काएको थियो । नाथ गुरुको सहयोगले नै उसले क्याम्पस स्तरको पढाई सकेपछि कृषी विषय लिएर माष्टर डिग्री सकाएर वैज्ञानिक हुन सफल भएको थियो । वैज्ञानिक भएपछि आफैले नाथ गुरुलाई पालन पोषण गर्ने भनेर समीले कति चोटि गाउँमा लिन जाँदा पनि सफल हुन सकेन । नाथ गुरु आउन नै मान्नु भएन वारम्वार भन्ने गर्नुहुन्थ्यो । आफनो छोरा छोरीको कमाइ खानुहुन्न तिमी ठूलो मान्छे भ गर्यौ त्यही मेरो लागि काफी छ । त्यो पनि मेरो छोरी यत्रो वैज्ञानिक त्यही छ ठूलो कुरा मेरो लागि भन्ने गर्दथ्यो । समीले नाथ गुरुलाई अनेक उपहार दिदा पनि कहिले मान्दैन्थ्यो । मात्र भन्थ्यो अँ हँ यी उपहार भन्ने चिज लिनुहुँदैन । यसरी नाथ गुरु कहिले पनि समीको केही पनि लिएन न काठमाण्डौंमा आउँदा समेत समीको पस्थे न त फोन नै गर्दथे ,। अचम्मको गुरु थियो । गाडीमा  पनि कहिले पनि समीलाई पैंसा तिर्न लाउँदैन थे । एकदिन नाथ गुरु विमारी छ भन्ने सुनेर समीले गाउँमा फोन गरिन तर फोन स्विच अफ रहेछ । फेरि अन्त सोधे ? उठन सक्नुहुन्न भनेर भने । समी हतपत विदा मिलाएर गाउँमा गइन गाउँमा जाँदा वरिपरि विद्यार्थीको हुलमा नाथ गुरु हाँस्दै रहेछ । समीले सोधिन गुरु हजुर सन्चो हुनुहुन्नन भनेर आएको ? सारै पीर लागेको थियो । समीको जवाफ सुनेर गुरुले भन्यो ठिकै छ नानी मलाई के भएको छ र ? सवै राम्रै छ ।
समी ३ ४ दिन वसेर फेरि काठमाण्डौ जान लाग्दा गुरुले सोधे के नयाँ आविस्कार गर्यौ त? समीले भनिन अलि नयाँ प्रजातीहरु थोरै जग्गामा हुने जसवाट गरिवको जीविकोपार्जन होस् । धन्य मेरी छोरी राम्रो सँग गर है गरिव किसानको जीवन स्तर सुध्रोस ? फेरि अनुसन्धान गर्दा गाउँमा चाँही जान नविर्स है । अरुले ल्याएको तथ्यांकमा मात्र विश्वास नगर । किसानको मर्का वुझ नि ? फेरि हाइफाइ नदेखाउ है छोरी । त्यही नै मेरो लागि उपहार हो ? पैंसाले मान्छे कहिले किन्न सक्दैन् तिमीले दिनमा कम्तिमा एकजना किसानलाई भेटेर खुशी पार्न सकेमा त्यही नै मेरो ठुलो उपलव्धि र उपहार हुनेछ । यति गुरुले भनेपछि समीको आँखावाट आँसु झर्यो र हुन्छ गुरु भनेर हिड्यो ।
समी छक्क पर्थिन गुरुले किन कहिले विमारी नभनेको होला भनेर । फेरि एकदिन गुरु काठमाण्डौंमा आउनुभएछ । समीले फेरि मोवाइलमा फोन गरे मोवाइल अफ थियो । समी छक्क पर्थिन होइन अचम्मको मान्छे किन यस्तो भयो होला ? उहाँ फेरि साकाहारी होटलमा वस्दथ्यो । त्यही फोन गरिन त्याँहा पनि आएको रहेनछ ? उ दिक्क मान्थिन किन यो गुरु एकदिन पनि मेरो घरमा नआउने होला ? कस्तो दिक्क ? फेरि अफिस जाँदै गर्दा गाडीमा गुरुको छोरालाई देख्यो छोराले भन्यो वुवालाई वीर अस्पतालमा भर्ना गरेको छ । फेरि समी त्याँहा गइन् र रुम नम्वरमा जाँदा गुरु थिएन । उनी फेरि फर्किए र घरमा फोन गरिन घरमा गुरुले उठाउनु भयो उनी खुशी हुँदै "गुरु "भनिन् । गुरुलाई सोधिन के भयो ? हँ केही भएको छैन सवै ठिकै छ नानी ।
अनि तपाई विमारी भएर वीर अस्पतालमा लगेको होइन र ? त्यतिखेर गुरुले  मात्र मुस्कुराउँदै हँ ठिक छ मलाई केही भएको छैन् ।
समी तीन दंग पर्थिन होइन यो गुरुले किन कहिले पनि विमारी छ भन्दैन् त्यसको कारण वारे सोध्न मन लाग्दथ्यो तर सोध्न सक्दैनथि ? र जोडले चिच्याएर कराउन मन लाग्दथ्यो तपाई किन जहिले पनि मोवाइल स्विच अफ तर किन हो किन गुरुलाई भन्ने आँट नै आउँदैन्थ्यो ।
यसरी जहिले पनि नाथ गुरुलाई सम्झेकि विमारी, फोन स्विच अफ र विमारी नभएको भनि मुस्कुरहाट  सम्झिन्थिन र मनमा जहिले पनि यी तीन कुरालाई सम्झन्थिन । अव त अति भयो सकरात्मक सोचाई लिएर गुरु विमारी छैन भनेर फोन गर्दछु भनेर फोन गरिन फेरि पनि फोन स्विच अफ थियो समीको टाउको रिंग्यायो र दिक्क लागेर गुरुको मिल्ने साथीलाई फोन गरेर गुरुको वारेमा सोधिन गुरु संचै छ भनेर साथीले वताउनु भयो र घरको फोन नं अर्को फेरिएको रहेछ भनेर दियो । उनले फोन गरिन त्यसमा छोराले भने वावा त धेरै ज्वरो आएर विमारी छ र भोलि मात्र फोन गर्नुस । समीले भन्यो समी दिदिले फोन गरेको छ भन्नु है ।
त्यसपछि न त गुरुले मलाई फोन गर्यो  न त मैले नै गरे आखिर आज आएर तिमीले यो कुरा भन्यौ यो पनि सत्य हो कि होइन म अलमलिए होला ।  म भोलि नै गाउँ जान्छु म यति भाग्यमानी छु कि त्यस्तो गुरु पाउँदा तर म यति अभागि छु कि गुरुले म वाट केही लिन चाहानु भएन.......................भन्दै समी भोलि गाउँमा जान झोला प्याक गर्न थालिन ।

सुताहा जापानीहरु

लेख/ब्यंग्य 
कृष्ण के श्रेष्ठ"काल्स "

               सुन्दा पनि अचम्म लाग्ने कुरा, यस्तो अति बिकसित रास्ट्र जापनका मानिसहरु हामी नेपाली भन्दा पनि धेरै सुत्छन भन्दा । तर यथार्थमा जापनीहरू हामी नेपाली भन्दा धेरै सुत्न चाहन्छन, किनकी यिनीहरु नेपालीले भन्दा धेरै कम गर्ने गर्दछ्न, दिनहु । अनि त्यों पनि उभिएर । यिनीहरु दिनभर बस्न कत्तिको पनि फुर्सद हुदैन कामको बेलामा र बस्न पाउदैनन पनि यहाको नियम अनुशार । अनि पुरै दिन उभिएरै बिताउनु पर्छ  । काममा बिहान सबेरै निस्कियो अनि बेलुका ढिलो घर आयो अनि सुत्ने समय हुदैन प्राय कोही कसैसँग पनि , सबै आ आफ्नो काममा ब्यस्त हुन्छन । त्यसैले यिनीहरु रेलमा यात्रा गर्दा होस, या  पढ्दाखेरी होस, या  टिफिनको समय होस या कुनै पार्कतिर घुम्न जादाखेरी झुपुझुपु  निदाउन बाध्य हुन्छन् । आशा गरौ नेपाल पनि यस्तै बिकसित होस अनि हामी पनि यिनीहरु जस्तै टेम्पू चढ़दा, रत्नपार्कमा घुम्न जांदा अनि पढ्दाखेरी यसरिनै सुत्नु पर्ने दिन आओस ।



एकछिन हेरौ जापानीहरु कसरी सुत्दा रहेछन भनेर तलका फोटोहरु :

म आफै Speech contest मा उदघोषण गरि थाकेर घर  फर्किने क्रममा भुसुक्कै:

यहाँ हेर्नुहोस रेलमा यात्रा गर्दा खेरीको दृश्यहरु :
dormido 

dormido 
dormido 
dormido 

अली भिन्न तरिकाको सुताई:
dormido 

dormido 

पार्कमा सुत्दाखेरीको दृश्य :
dormido 
Durmiendo 

रेल स्टेशन  खुल्ने समय कुर्दाखेरीको सुताई :
Durmiendo 

 रेल पर्खादाखेरीको सुताई:
 

 

 

 कक्षा कोठामा जापानी बिध्यार्थीहरु:

त्यसैले जापानमा रहेका नेपाली हरुलाई पनि यही वानी परिसकेको छ ।

आँसु पुछ्न थाल्दै होला

भागि हिँडे वा आमा, आँसु पुछ्न थाल्दै होला
मलाई खोज्दै कयौ दिन, कतिछिट्टै डल्दै होला

भोक लाग्यो छैन केहि खान  लाउन भन्दै
अँगेनामा मेरा वावा, दुध मकै पोल्दै होला

सानु कान्छा म नभै स्कूल पनि जाँदैनथ्यो
वामे र्सर्दै आज भोलि, खै को संग डुल्दै होला

एकैछिन नदेखेनि आमा मलाई खोज्नुहुन्थ्यो
पिरैपिरले उहाँको मन, कति धेरै पोल्दै होला

कोहि छैन साथ मेरो एक्लै छु म आज यहाँ
काले रामे राति राति, लुकामारी खेल्दै होला
 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture