मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

वरपिपलको माया

                                              कथा                                                       

                                                                 अनिता श्रेष्ठ "अर्पिता"   


            फोनको घण्टी टिनिनि बज्छ । यसो फोन उठाउँछु त 'अनु चिन्यौं - ' भन्ने मधुर आवाज आउँछ । 'ए मुर्ख चिनेनौं र ' मलाई ठम्याउन गाह्रो हुन्छ । कता कता बाट चिनेको जस्तो पनि कता कताबाट एकदम मेरो मिल्ने साथीको स्वर ........। फेरि भन्छु 'ओहो ठम्याउँन गाह्रो भयो ।' फेरि जिस्काएर भन्छिन् 'लौ मुर्ख भनन मेरो त्यो स्यानो हुदाँको साथी वरपिपलको खबर के छ -' त्यसपछि भने म झस्किन्छु र भन्छु ' ए मेरी भनेर चिच्याउँछु । अनि त रामेछाप डाँडाको वरपीपल हेर्न आँउने योजना मलाई बताउछिन् । 'अनु म बैककको एआइटी कलेजमा विश्व बैंकको स्कलरसीपमा एमएस्सीमा पढ्दैछु , काठमाडौं आएको एक हप्ता भयो , तर रामेछाप आएर मैले रोपेको वरपिपल हेर्ने  खुव इच्छा छ तर्सथ म एक हप्तापछि रामेछाप आउँछु है फेरि समय मिलाउनु नि मुर्ख  ।' मैले पनि हुन्छ भने ।
ओ हो मेरिना न त रामेछापमा जन्मेको होस न त उनको  पुर्खा नै रामेछापको हो । तर किन यति साह्रो रामेछापलाई माया गरेको होला उनीले । वास्तवमा मेरी र मेरो भेट काठमाडौं विश्वविद्यालयमा विएस्सी वातावरण विज्ञान पढ्दा आज भन्दा छ वर्षअगाडि भएको थियो । त्यतिखेर मैले छात्रबृत्ति पाउँदा उनी खूव खुशी भएकी थिइन् । किन हो कुन्नी मेरी मसँग खूव मिल्थिन र मलाई हरेक कुरा सिकाउँथिन । साथै उनको बुवा उनी सानी हुँदा रामेछापमा इञ्जिनियरको रुपमा काम गर्नु हुँदा मेरी पनि आएर विदाको बेलामा रामेछापमा बिताएकी रहिछिन् । साथै बुवासँग रमाउदै घोडा चढेर विभिन्न ठाउँमा घुम्दो रहिछिन् । प्रत्येक चोटी आउँदा रामेछापको मन्थलीको वरपिपलमा (जिल्ला प्रहरी कार्यालयको) अगाडी बसेर वरपिपलसँग गफ गर्दै खेल्दी पनि रहिछिन् र वरपीपललाई 'म मेरी साथीलाई माया  गर्छु भनी कुरा पनि गर्दिरहिछिन । ' त्यही भएर उन्ले वरपिपललाई कहिल्यै विर्सन सकेनन् । म र उनी क्याम्पस पढ्दा दिनको एकचोटी त्यही वरपिपललाई संझन्थिन् ।

विश्वविद्यालयको पर्ढाई पश्चात भने उनीसँग मेरो भेट हुन सकेन । त्यसपछि मेरी रामेछापमा आउने प्रतिक्षामा म रहे । आफूले पाएको छात्रवृत्तिको केही पैसा जोगाएर मोटर रिजर्भ गरेर मेरी र उनको बाबा रामेछाप आउनु भयो । म पनि बिदा लिई मेरीसँग त्यो दिन बिताए । उनी रामेछापको परिवर्तनदेखि सार्‍है खुसी भइन र उनको साथी वरपिपललाई बैककदेखि कोसेली ल्याएकी रहेछिन् । साथै विभिन्न खालको फलफूल पनि ल्याएकी रहिछिन । उनले रामेछाप रहँदाको बाल्यकालका सबैजसो चिनेको साथीहरुलाई फलफूल दिइन र गफ पनि गर्दै गइन् । मलाई त हाँसो पनि लाग्यो । यत्रो मास्टर ड्रि्री पढ्ने मान्छे पनि किन केटाकेटी जस्ती भएकी होला भनेर । खोइ ! वरपिपलले पनि उनीसँग कुरा गथ्र्यो कि कुन्नी उनले बुझेर जवाफ दिए जस्तै गर्थिन् । म त कुरै बुझिन । यसरी कुरा गर्दा गर्दा साँझ पर्न लागिसकेको थियो । त्यससपछि बाबा र मैले फकाएर उनलाई कोठामा लग्यौं । तर उनी त्यही वरपिपलको मायामा चूरर्लुम्म डुबेकी थिइन् । अँहँ मलाई त बर्णन गर्न पनि आँउदैन् । कसरी व्यक्त गरौं उनले बरपीपल प्रति गरेको माया ........। जबकी रामेछापवासी र रामेछाप भन्दा बाहिर बस्नेले पनि रामेछाप भनेकी आफ्नो जिल्ला भन्न रुचाउँदैन र फर्केर आउँन पनि मन गर्दैनन् । तर मेरी भने धुलीखेलमा जन्मेर पनि रामेछापको वरपिपलको यति सारो माया ।
भोलिपल्ट विहानै मेरी फेरि वरपिपलसँग एक घण्टा आलापालो गरी अंगालो मारेर रोइन् । मनले नमानी नमानी वरपिपलसँग छुट्टी लिएर कारमा चढिन् । मैले पनि नजाउँ भन्न सकिन किनकी आज जसरी पनि उनी काठमाडौं जानु थियो । भोलि त बैकक जाने टिकट छ उनको । जाने बेलामा मेरी र म अँगालो मारेर रोयौं । उनी कारमा बसेपछि "बाई" भनिन । म आँसु पुछ्दै  उन्लाई बाई भने । उनको कार गुडीसकेकोले बाटोमा धुलो उडिरहेको थियो । .... धुलोले पनि रामेछापवासीको माया खोजिरहेको थियो ..............खोजिरहेको थियो ..............।

डा.भानु श्रेष्ठलाई यो बर्षको ब्यक्तित्व बाट सम्मान्

Dr. Bhanu Shrestha
भिमेश्वोर न पा २ दोलखा घरभै हाल कोरियाको सिउल स्थित क्वाङ्वून युनिवर्सिट्य्मा प्राध्यापन गर्नुहुने डा.भानु श्रेष्ठलाई अमेरिका बायोग्राफिकल इन्स्टिट्युट्ले यो बर्षकै ब्यक्तित्वको सम्मान दिएर हौशला प्रदान गरेको छ । आफ्नो क्षेत्रमा बिषेश अनुशन्धान गरी आफ्नो देशको लागी योगदान पुर्याउनु भएकोमा उक्त एबिआइ द्वारा सम्मानित हुनुभएको छ ।

डा. श्रेष्ठको यो भन्दा पहिला पनि अमेरिकाबाट प्रकाशित हुने मार्कुइस हुइज हु इन द वोर्ल्डमा पनि सन २००९ र २०१० आफ्नो प्रोफाइल समाबेश गर्न लगातार सफल हुनुभएको छ भने अर्को तिर अन्तरअस्तृय बायोग्राफिकल सेन्टर बेलाएतबाट प्रकाशित एक्कासौ शताब्दिको सर्बश्रेष्ठ बुद्धिजिबी बाट सम्मानको  लागी छनौट्मा पर्नु भएको छ ।

यो तीन वटा सस्था भनेको बिश्वमा नै सबभन्दा ठुलो अनि लोकप्रिय मानब शब्दकोश प्रकाशित गर्ने सस्था हो । यि तीन सस्थाहरुले बिश्वको बिभिन्न क्षेत्रमा उल्लेखनिय शोध कार्य गर्ने महान ब्यक्तित्वो बैज्ञानिक्, इन्जिनियर्, नेता आद लाई बिभिन्न किसिमको उपाधिले सम्मान गर्ने कार्य गर्दै आएको छ ।


Certificate

भोट दिन्न भन्छन

                             गजल                                                कृष्ण के श्रेष्ठ"काल्स"

लगाउन कालो नयाँ कोट दिन्न भन्छन
काल्पनिक फोटो


यो चुनाबमा कसैले भोट दिन्न भन्छन

चलीराथ्यो जीवन जनताको  पैसालेनै
अब त चिया खान नोट दिन्न भन्छन

नेता सव झुठो  हो बुझेपछि जनताले
जिते पनि साथदिने अठोट दिन्न भन्छन

भाषणका कुराहरु नापाए पछि  गाउँलेहरु
भेट्दाखेरि नमस्कार सलोड दिन्न भन्छन

थाकिसके जनता नेताहरुको ताल देख्दा
त्यसैले देश बनाउन जोड दिन्न भन्छन


Facebook launches online safety page

Facebook3.jpg
Facebook "Safety Page" will highlight news and initiatives focused on ways people can keep data secure at the world's leading online social-networking community.
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
SAN FRANCISCO: Facebook has launched a Web page devoted to staying safe on the Internet.

The "Safety Page" will highlight news and initiatives focused on ways people can keep data secure at the world's leading online social-networking community, Joe Sullivan of Facebook said in a blog post.

The new page was intended to augment a virtual Safety Center that Facebook introduced in April and was based on a "security page" that boasted more than 2.2 million "fans".

"Online safety is a shared responsibility," Sullivan said. "We'll continue to think of innovative ways to promote safety on our service and elsewhere on the Web."

The number of people using Facebook topped the 500 million mark last week, meaning one in every 14 people on the planet has now signed up to the social netowork.

The launch of the Safety Page came in the wake of demands by privacy activists that Facebook give users of the booming social network more control over the use of their personal data.

A coalition of privacy groups, in an open letter to Facebook co-founder and chief executive Mark Zuckerberg last month, welcomed the social network's recent overhaul of its privacy controls but said additional steps were needed.

झुल्किने छ नयाँ समय

कविता

–डा.आदर्श प्रधान
मान्छेले बिछाएको एम्बुसमा पड्केर
हामीले खोजेको समय बेहोस छ
समयको अम्मलमा
बाँच्ने गरेको मान्छेको
ओठमा मुस्कान छैन
आँखामा उमङ्ग छैन
वातावरण सन्त्रासको पर्याय बनेको छ ।
सर्वत्र मृत्युको तस्वीर छ
आँसु जमेर बनेको छ हिमाल
रगत जमेर बनेको छ माटो

हामीले खोजेको समय
हाम्रो निशानामा परी बेहोस छ
त्यसैले समयको दाम्लो बाँधेर
समयको दास बनेको मान्छेको
जीवन जीवन जस्तो छैन ।
कहाँ छ आनन्द ? कहाँ छ गन्तब्य
गन्तब्य र्बिसेर हामी
ढुङ्गे युगतिर हानिएका छौं
स–साना टुक्रे राज्यहरु चाहिएको छ
स–साना शासकहरु चाहिएको छ
गाँस, वास कपासको सट्टा
फोस्रो आवाज चाहिएको छ
त्यही आवाजमा ठोक्किएर
बेहोस छ हाम्रो समय
स्थगित छ हाम्रो सपना
अहिले समयको
आवाज………..मात्र आवाज
सपना………..मात्र सपना
आयामहरु टक्क रोकिएका छन्
समय जस्तै
यसरी अधुरो इतिहास भित्र
हामी घायल छौं
अज्ञात भविष्यको तुवालोमा
हामी रोक्किएका छौं
होस गुमाएको समयले
हाम्रो चेतनामा वास पाएको छ
मौन बाँच्नुको सट्टा
जीवनलाई
पूर्णता दिने अभ्यास गरौं
हिंसा होइन
जीवनमा प्रेम र
प्रेममा जीवन भरौ
जीवन उत्सवको रोपाईं पछि
जीवनको कान्ला र गराहरुमा
चेतना उठेर
लालुपातेमा रङ्ग थप्दै
झुल्किने छ नयाँ समय ।

"ओन्मुन जन्त त्वार्त"

-नेवारी भाषा(दोलखा) गजल

 
कृष्ण के श्रेष्ठ "काल्स"
कृष्ण के श्रेष्ठ "काल्स"

दो दो हत्के हत्के, ओन्मुन जन्त त्वार्त
जिसोएन मेबु बिन्गु, खोन्मुन जन्त त्वार्त

छिन्तु दके दरबार, छिन थउतु ठुगन
मेबे नाप झुपडी डोन्मुन जन्त त्वार्त

आम बेलाकु जितु, छन नुगर हकुन जु
आउ भीख मेबेनाप फोन्मुन जन्त त्वार्त

नुगर दुपान जिजुकुन, हकुन मखेरा छिन?
मेबिस्त दुपान हात्त थोन्मुन जन्त त्वार्त

खोके खोके याकर्चा त्वार्त उकु जिजुकुन
गुन ल्यास्माए लाहा जोन्मुन जन्त त्वार्त

No More Facebook in Mantralaya

Maharashtra Government blocks the social networking site in its headquarters.

According to The Times of India, the Maharashtra government has blocked access to popular social networking website Facebook in its headquarters the Mantralaya.


The IT department within the Mantralaya was asked to block access to the website following complaints that the employees there were hooked to the website during the work hours thereby affecting work. The move has largely been criticised by employees from the Mantralaya. The Times of India quoted a Mantralaya employee saying that they use Facebook only during lunch breaks or when they do not have any other important work.
However, senior officials at the Mantralaya clarified that the Internet connection at the office is supposed to be used for official purposes only.
Do you feel blocking access to Facebook in the Mantralaya is a right move?

माफ गर

 गजल

कृष्ण के श्रेष्ठ "काल्स "
 
हिलोमा कोमल वनि फूलेँ म माफ गर
निस्वार्थ  तिमीसंग भुलेँ म माफ गर

कठोर तिम्रो  मन, पगाल्न खोजिकन
पानीमा मैन भएर  घुलेँ म माफ गर

मायाका अनगिन्ति  उपहार सुम्पिएर
कञ्जुस्याइँ नगरी खुलेँ म माफ गर

चोखो माया पाउन माहुरीलेझैं  चाहारेर
तिम्रो मनको बारीमा  डुलेँ म माफ गर

नकार्दा नकार्दानी माया साटासाट गर्न
जबर्जस्ति मनभित्र हूलें म माफ गर

नेपालको स्विजरल्याण्ड

        "नेपालको स्विजरल्याण्ड"(अर्थात् स्विजरल्याण्डको जुरिच) भनेर चिनिने जिरी समुन्द्री सतहको १९०५ मिटर उचाइ माथि  दोलखा जिल्लामा अबस्थित छ  । यहाँ जान काठमाडौँ बाट काठमाडौँ -जिरी राजमार्ग हुदै १८४ किलोमिटरको यात्रा गरेपछी पुगिन्छ, झन्डै ६-८ घन्टाको लामो यात्रा गरेर  ।
जिरी बजार
        जिरीलाई  चारैतिर बाट सुन्दर वनजंगल अनि पहाडले घेरिएको ले जिरी पर्यटकीय स्थलको रुपमा परिचित छ  । यहाँ प्राय: पुष, माघमहिनामा हिउ पर्ने गर्दछ जुनबेला हिउमा खेल्ने हिउप्रेमिहरू  भिड लाग्ने गर्दछ  ।
        जिरी को अर्थ जिरेल भाषामा जि भनेको  बाघ र री भनेको जंगल भन्ने बुझिन्छ  । त्यसैले केहि बर्ष पहिले सम्म पनि त्यहाका जंगलमा धेरै बाघ थिए भनेर जिरीका बुढापाकाहरु बताउछन । तर मानव बस्तिको बिकास संगै जंगलको विनास हुदै यहाका बन्यजन्तुहरु पनि लोप भैसकेका छन ।
        जिरीमा बिशेष गरि जिरेल जातिको बसोबास धेरै रहेको पाइन्छ । जिरेल भन्ने जात पनि जिरी कै नाम बाट रहेको किम्बदन्ती पनि रहीआएको छ  ।  यहाँ जिरेल जाति बाहेकका पनि  ब्राह्मण , क्षत्री , शेर्पा, नेवार आदि जातिको बसोबास पनि दिनानुदिन  बढ्दै आइरहेको छ  ।
       यहाँ नेपालको  प्रख्यात, जिरी प्राबिधिक शिक्षालय हुनु पनि जिरीको बिकासमा महत्वोपूर्ण कारण बन्न पुगेको छ   । यस  प्राबिधिक शिक्षालयमा नेपालका धेरै ठाउँहरुबाट पढ्न आउने बिध्यार्थीहरुको संख्या धेरै रहेको छ यहाँ Overseer , ANM ,JTA जस्ता बिषयको अध्ययन गर्न सकिन्छ  ।
     जिरी यो कारणले पनि पर्यटकीय स्थल बन्न पुगेको छ की, सगरमाथा जानकोलागि यो पनि प्रमुख  बाटोको रुपमा प्रयोग गरिदै आएको छ   ।   त्यसैले जिरिलाई "सगरमाथाको प्रबेसद्वार" पनि भनेर चिनिन्छ  ।  त्यसो त सगरमाथा चढ्ने पहिलो व्यक्ति तेनजिंग  नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक  सर एडमण्ड हिलारी पनि यहि जिरीको बाटो भएर सगरमाथाको सिरमा पाइला टेक्न सफल भएका थिए  ।  सगरमाथाको बेस क्याम्प नाम्चे बजार पनि यहाको अर्को महत्वपूर्ण ठाउको रुपमा पनि रही आएकोछ  ।  अर्को तर्फ जिरी बिदेशी र नेपालीहरुको  छुर्पी र चिज किन्ने स्थल को लागि पनि प्रख्यात ठाउकोरुपमा चिनिदै आएको छ  ।  त्यसैले यदि जिरी जानु भयो भने जिरीको छुर्पी र चीज को स्वाद लिन भने नबिर्सनुहोला । 

जिरीमा पाइने चीज 
सन्दर्भ, फोटो स्रोत :विकिपीडिया, DOLKHA, INTRODUCING. Proud to Be Dolkhali

झुन्डेर मर्छु भन्छे

गजल

कृष्ण के श्रेष्ठ "काल्स"


मै संगपो बिहे गर्छु भन्छे किन होला
हैन भने झुन्डेर मर्छु भन्छे किन होला 

नभएनी यो आगनीमा प्रेमरुपी दुबोहरु
रमाईरमाई वरिपरी चर्छु भन्छे किन होला 

अप्सरा सुहाउन्न म संग भन्दा पनि
मेरै मनमा डेरा सर्छु भन्छे किन होला

माया यो भेल हो बगाएर लग्ला भनि
सम्झाउँदानी एकलै तर्छु भन्छे किन होला

जेगरेनी उनीलाई ज्याइकुटी नपारेमा
अपहरण गरेरनी हर्छु भन्छे किन होला

अधुरो प्रेम

 कथा          
-श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत

       फेसबुकको नशाले आजकाल नराम्ररी च्यापेको छ । त्यसैले त कलेज र काममा जाने समय बाहेक अधिकांश मेरा समयहरु यसैमा बित्ने गर्दछन् । फेसबुकमा साथीहरुको संख्या बढि नै रहेको छ भने धेरै पुराना साथीहरु फेरि पनि संचारमा आउने गरेका छन् र नयाँ साथीहरु बन्ने क्रम पनि जारी नै छ ।

एक दिन अचानक मेरो फेसबुकमा एक अपरिचित व्यक्तिको मलाई साथी बन्नका लागि अनुरोध आएको थियो । उसलाई साथी स्वीकार गर्ने कि नगर्ने भन्नका लागि मैले उसको र मेरो साझा साथीहरु हेरें । मसँगै पढ्ने साथी खुशी लगायत अन्य ३ जना मसँगै पढ्ने साथीहरु देखेपछि मैले उनी पनि उनीहरु मध्यैकै कोही साथी होला भनेर उनलाई साथी स्वीकारेको थिएँ । उनको नाम थियो - तृष्णा दिवानी र उनको प्रोफाइल पिक्चर भने कुनै चाइनिज केटीको जस्तो देखिन्थ्यो । हाम्रो कलेज त्यस बेला जाडो बिदा भएकोले मैले उनको बारेमा मेरा ती साथीहरुसँग केही सोध्न सकिनँ । साथै कक्षामा उनीहरुसँग मेरो हेलो हाइ को सामान्य औपचारिक संचार मात्र हुने भएकोले पनि उनीहरुको अन्य कुनै सर्म्पर्क फोन नं आदि केही पनि थिएन । मैले तृष्णालाई उनको फेसबुकको इनबक्समा म्यासेज पठाएर सोधेको थिएँ - "के तिमी मलाई चिन्छ्यौ या म तिमीलाई चिन्छु -"
"म फेसबुकमा नयाँ हुँ र मैले नयाँ साथीहरु खोज्ने क्रममा तिमीहरुलाई एड गरेकी हुँ । मन छैन भने मलाई हटाइ दिए हुन्छ ।" उनको उत्तर थियो यो ।
उनले आफ्नो स्टाटसमा त्यसबेला एक प्रश्न लेखेकी थिई ।
"मानिसहरु प्रेमजालमा किन फँस्छन् -"

यो कस्तो प्रेम ?

लघु कथा

कृष्ण के श्रेष्ठ "काल्स"

      आज उ एक्लो छ, ७ बर्सको लामो माया बिना अर्थ टुटेपछि । साकुराको(साकुरा जापानी केटाको नाम) माया चोखो थियो तर उनको प्रेमिका कुनै बिनाअर्थ साकुरालाई धोका दिन्छिन । कलेज पढदाको उनीहरुको माया लिलामजुनको जोडी जस्तो थियो । कुनै दिन नभेटेको दिन हुन्नथ्यो अनि दिनदिनै फोनमा कुरा नगरेको दिन हुन्नथ्यो माया प्रेमका । साचै त्यसबेला उनीहरुको माया अति चोखो थियो, जुनी जुनी संगै जीउने बाचा कसम गर्थे उनीहरु बरपीपल लाइ साक्षी राखेर । कलेज जादा होस् या कम्पुटर सिक्न जादा सधै संगै हुन्थे । अनि सबैले भन्ने गर्थे "कस्तो मिल्ने जोडी" भनेर ।

        समयको बहाब संगै साकुरा युनिभर्सीटीको पढाईको लागि नेपाल जान्छ । र दुइ बीच छुट्टिनुपर्ने परिस्थितिको सिर्जना हुन्छ । सारै नरमाइलो क्षन हुन्छ दुइजना छुट्टिदाखेरि, दुबैजना आँसु बगाएर रोएकाथिए बिछोडिएको पलमा । बाध्यता, जापानमा अतिम्स एक्लो अनि नेपालमा साकुरा एक्लो । यस्तै यस्तैमा बित्छ दिनहरु दुबैको । कहिले कहिँ फोन बाट मात्र कुरा हुन्छ । साकुरा नेपाल गएको पनि २ बर्ष बित्छ अनि जापान फर्कन्छ एक महिनाको लागि । अनि अतिम्स्लाई भेट्ने कोसिस गर्छ, तर भेट्ने कुनै रहर गर्दिनन , मात्र फोनमा भेटेर चित्त बुझाउन बाध्य हुन्छ साकुरा ।

      अनि फेरी साकुरा निराश मन लिएर नेपाल फर्कन्छ । तर, साकुरा अझै पनि उनि संगको माया रहिरहेको कुरामा बिस्वस्त हुन्छ , नेपालबाट फेरी फोन गर्छ , अनि फोनमा अतिम्सले साकुरा लाई नकार्ने कुरा सुनाउछिन , कारण केहि बताउन चाहन्नन यति मात्र भन्छिन "मलाई मेरो परिवारको डर लाग्छ " यो कस्तो प्रेम हो? बिना कारण त्यति लामो प्रेम छिनभरमा चकनाचुर, साकुरा केहि बोल्दैनन निरास हुन्छन अनि आफुले आफैलाई धिक्कार्छन अनि आफुले आफैलाई सोध्छन यो कस्तो प्रेम हो ? यो कस्तो आधुनिक माया हो ?..................

पूर्णिमाको रातै प्यारो

गजल

कृष्ण के श्रेष्ठ "काल्स "
पूर्णिमाको रातै प्यारो घाम चाहिदैन
मलाई दर्शनभेट गर्न सरजाम चाहिदैन

खुसि छु म त्यसैपनि तिमी भए पुग्छ
सोह्रसय गोपिनिको लाम चाहिदैन

सर्वस्व सुम्पेपछि अनमोल माया हुन्छ
मेरो माया किन्न धेरै दाम चाहिदैन

टाडैवाट चिन्न सक्छु प्रेमको सुवास म
कोहौ भनि चिन्न तिम्रो नाम चाहिदैन

सीता हुँ म भनि घमण्ड खुव गर्छौ
कृष्ण नै यो काफि छ राम चाहिदैन

 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture