मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

Golden Week in Japan

The end of April through around May 5th is called "Golden Week" in Japan since there are many Japanese national holidays during this period. Many Japanese offices close for about a week to 10 days, depending on the calender. People take a vacation and travel around the country or abroad, so tourist attractions in Japan are very crowded during Golden Week. Also, airports and train stations in Japan are overflowing with people. It is hard to get reservations for accommodations and transportation during Golden Week.The first national holiday during Golden Week is April 29, which was the birthday of the former emperor Shouwa. Now, this day is called showa-no-hi (Showa Day). The second holiday is kenpou-kinen-bi (Constitution Memorial Day), May 3. The new Japanese constitution was put into effect on May 3, 1947. Then, May 4 is called midori-no-hi (Greenery Day) during which we show appreciation for nature.
The last holiday during Golden Week is kodomono-hi (Children's Day) on May 5th. It's Japanese Boy's Festival called tango-no-sekku and is a day to pray for healthy growth of boys. It's a Japanese tradition for families of boys to hang up carp streamers (koinobori) outside their houses around this holiday. Carps are believed to symbolize successes in children's lives. Also, samurai dolls called gogatsu ningyo (May Dolls) are displayed in their houses.
May is a pleasant season to travel in Japan. Try to plan a trip to Japan after Golden Week. It is much better.

A specific Golden Week holidays are listed below, cited from Wikipedia:
April 29
  • Emperor’s Birthday (天皇誕生日, Emperor’s Birthday), until 1988
  • Greenery Day, or Nature Day (みどりの日, Midori no hi), from 1989 until 2006
  • Shōwa Day (昭和の日, Shōwa no hi), from 2007
May 3
  • Constitution Memorial Day (憲法記念日, Kenpō kinenbi)
May 4
  • holiday† (国民の休日, Kokumin no kyūjitsu), from 1985 until 2006
  • Greenery Day, or Nature Day (みどりの日, Midori no hi) (from 2007)
May 5
  • Children’s Day (こどもの日, Kodomo no hi), also customarily known as Boys’ Day (端午の節句, Tango no sekku).

दोलखा भाषामा गजल

-कृष्ण के श्रेष्ठ "काल्स"

छन जुकुन ख्वाल खोनगी यल्पनु
छि लुवंके अईराक तोनगी यल्पनु

याद छन जुकुन यङनरा मसिगी
किताबकु छन नाम बोनगी यल्पनु

छि तु खेङ जन दुनुगर नसिए
साङत हङन जि चोनगी यल्पनु

डुलेतन छि बार्फ़ मेबे तुङ लाहा
झुक्कैजुएन् जिन जोनगी यल्पनु

छन माया गुली जन गुली दम
मन ए तराजुकु लोनगी यल्पनु

निनसुङ बल्निङ माङस खोङन
निरकुङ जुरुक्क डोनगी यल्पनु

तामाकोसीमा परामर्शदाताद्वारा ५३ करोड बढी प्रस्ताव

विकास थापा
काठमाडौ, वैशाख ६ -

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परामर्शदाता नियुक्तिमा अनुमानित लागतभन्दा ५३ करोड रुपैयाँ बढी रकम कबोल गरिएको प्रस्ताव परेको छ ।
अनुमानित लागतभन्दा बढी कबोल गरिएको प्रस्ताव परेकाले आयोजनाले परामर्शदाता नियुक्त गर्न अप्ठ्यारो पर्ने भएको छ । आयोजनाले परामर्शदाताको प्राविधिक प्रस्ताव मूल्यांकन गरेर वित्तीय प्रस्ताव बिहीबार खोलेको थियो । आयोजनाले परामर्शदाता खर्चबापत १ करोड ४२ लाख अमेरिकी डलर -हालको मूल्यमा १ अर्ब ५ करोड रुपैयाँ) अनुमान गरेको थियो । परामर्शदाताका लागि तीन प्रतिस्पर्धी कम्पनीमध्ये नर्वे र जर्मनीको संयुक्त उद्यम नरकन्सल्टले २ करोड १४ लाख अमेरिकी डलर -हालको मूल्यमा १ अर्ब ५८ करोड रुपैयाँ) प्रस्ताव गरेको हो ।

पसिना आउने देवता

देशमा कुनै अनिस्ट हुंदा पसिना आउने देवता दोलाखाको भीमसेन













गजल "छोडिगए गिरिजाले"

कृष्ण के श्रेष्ठ "काल्स "

देश बनाउने कसम तोडिगए गिरिजाले
बामे सर्या संबिधान छोडिगए गिरिजाले

जिउदो छँदा उनि गाली मात्र पाउने गर्थे
मरेपछि नेपाली झन्डा ओडीगए गिरिजाले

बल्ल पो आको फेरी शान्ति यो देशमा
न त गरे मलजल न गोडीगए गिरिजाले

गुज्रिएको देश यो संघियताको झटारोमा
नेपाली सब एकतामा नजोडीगए गिरिजाले

हाँकिराको देसको गाडी यात्री सब छोडेर
अन्तै बाटो एक्लोभई मोडिगए गिरिजाले

दोलखाको मच्छिन्द्र जात्रा

तीर्थनारायण जोशी
दोलखा

पूर्वकालदेखि चाडपर्व, जात्रा मनाएर मनोरञ्जन लिई रहने नेवारी समाजले आरुनो समुदाय जहाँ जसरी बसी रहेता पनि परापूर्व काललाई सम्झना दिलाउन विभिन्न चाडपर्व , जात्रा मनाउदै आई रहेको पाइन्छ । ऐतिहासीक पृष्ठ भुमीका धनी मानिएका नेवारी जाती आरुनो परम्परागत जात्रा, चाडपर्व, आधुनिक यूगले छाइ सकेता पनि हालसम्म त्यही ढंगले मनाउदै आइरहनुमा यसको एउटा विशेषता भन्नु कुनै अनुपयुक्त ठहरीदैन होला । यस्तै प्रशभ् हेर्दे जादा दोलखा जिल्लाको प्रमुख ऐतिहासिक स्थल दोलखा पनि अछुतो रहन सकेको छैन । यहाँ पहिला देखि चलि आइरहेको विभिन्न चाडपर्व, जात्रा आदिलाई हेर्दा ऐतिहासिक पृष्ठ भुमिका धनि दोलखालाई नेपालको इतिहासमा कहिल्यै छुट्याउन नहुने देखिन्छ । दोलखामा चल्ने विभिन्न जात्रामध्ये मच्छिन्द्रनाथ जात्राको आफ्नै विशेषता छ । ९ दिन सम्म परम्परागत रुपले मनाइने यो जात्राको प्रमुख यिनै विशेषताहरु हुन । चारवटा पारु्ग्रा सहित विशाल काठको रथ दोलखा जस्तो पहाडि स्थानमा तान्न सक्नु अर्को विशेषता रहेको पाइन्छ ।

माच्छिन्द्र नाथ रथ जात्रा दोलखामा कसरी सुरुवात भयो त यस्को सुरुवात गर्ने व्यक्ति को हुन् ? यो इतिहासको गर्व भीत्र नै छ । हालसम्म इतिहास खोजविन कर्ताहरुले पत्ता लगाउन सकेका छैनन् । खोजी निति गर्ने क्रममा अहिलेसम्म भेटिएको ऐतिहाँसिक प्रमाण अनुरुप वि.स. १६३८ ने.स. ७०१ चैत्र कृष्ण पक्ष परेवाका दिनमा ओमवहालका भीक्षुहरुले चढाएको सुर्वण प्रभा र छत्र देखिन आएको छ । तसर्थ यी प्रमाणहरुले पनि हामीलाई के देखाउछ भने १६३८ वि.स.पुर्व धरै वर्ष जात्रा सँग थामी जातीहरुको सम्बन्ध भएकोले के देखिन्छ भने किराँतको एक हाँगा थामीको सम्वन्धबाट दोलखामा बौद्ध धर्मको प्रचार सँगसंगै किराँतकालताका देखिनै त भएको हैन ?
आरुनै पनको गाथा बोकेको यस जात्रा वास्तबमा कुन देवता हो त भन्ने क्रममा दोलखाली हिन्दुहरुले गोरखानाथको गुरु, लोकनाथ, करुणामय, आदीनाथ, लोकेश्वरको रुपमा मान्दै आएको भन्दछन् भने बौद्ध धर्मलाम्वीहरु वोधी सत्व, अवलोकितेश्वरको रुपमा मान्नेगरेको हो भन्दछन् । धार्मीक सहिष्णुता रहेको नेपाल परापुर्वकाल देखिनै सहिष्णुता रहेको यसले प्रमाणित गर्दछ ।

हिन्दु धर्म अनुसार पौराणीक काल सत्ययूगमा भगवान् महादेवले पार्वतीलाई योग सिकाउने विचारले कसरी पृथ्वी वस्ने मानिसहरु चिरन्जीवी हुन सक्दछन् भन्ने वारे बुझाउन समुन्द्रको किनारमा योग सिकाई रहदा पार्वती पुग्छीन् र समुन्द्र भीत्र रहेको माछाको गर्व भित्र रहेका माछाको भुराले यो कुरा सुने पछी मैले सुने भन्ने आवाज बाट जोसँग भएका महादेवले पछी माछाका भुरालाई मानिस जस्तै हुन सकेस भन्ने बरदान दिई कैलाश जानु भएछ । यसरी मत्स्य गर्वबाट आरुनो प्रतिष्ठा फैलाउन सक्ने मछिन्द्रनाथ योग विधाको निम्ती प्रमुख गुरु मानियो र उनैको सहयोगको खातिर महादेव आफु गोरखनाथको अवतार लिएर मच्छिन्द्र नाथलाई सहयोग पुरुयाएको धार्मिक कथन छ ।

पछी लिच्छवी राज्य गुणकामनादेवको पालामा गुरु गोरखनाथ रिसाएर सम्पूर्ण नागको आशन वनाएर वस्नु भए पछी नेपालमा ठूलो हाहाकार मच्चियो । आकाशबाट एक थोपा पानी परेन ठूलो अनिकाल लाग्यो । तान्त्रीक विधीबाट हेर्दा गोरखनाथका गुरु मच्छिन्द्र नाथलाई नेपाल ल्याउन सकिएमा त्यो बाधा हट्छ भन्ने कुरा थाहा पाए पछि राजा, तान्त्रीक, एकजना किसान ज्यापु समेत गएर मच्छिन्द्र नाथलाई रिझाएर नेपाल ल्याए । आफ्नो गुरुको नेपाल आगमनको कुरा सुनेपछि गोरखानाथले दर्शन गर्न उठे पछि सम्पूर्ण नागहरु मुक्त भएर नेपालमा पानी परुयो, अब अनिकाल रहेन । तसर्थ त्यही सम्झना स्वरुप नेपाल भित्रिएको रुपमा रथमा राखेर बाजा, गाजा सहित रथ तानिएको हो भन्ने प्रचलन प्रचलित छ ।

दोलखामा पनि सोही रुपमा अन्नदाताको रुपमा मान्ने प्रचलन प्रचलित छ । केही बाह्य विभीन्न कारण रोकिएता पनि कालिञ्चोक युवाक्लव दोलखाको सकृयतामा रथ पुनः तान्न थालिएको छ । यस्को निम्ती लापिलाङ गा.वि.स.को जग्गाहरु गुठिको रुपमा रखिएको थियो । हाल त्यहाँबाट केहि नदिए पछि क्लवले आफ्नै सकृयतामा अक्षयकोष स्थापना गरेर रथ तान्ने प्रचलन पुनः थालनी गरेको छ ।

उनको हाँसो (कथा)

– श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल, बेलायत
 तीन महिना हुन आँटेको थियो, राती काम गर्न थालेको । शुरुका दिनहरुमा त रातभर  जागा रहन कठिन कठिन महशूस भए तापनि पछिल्ला समयहरुमा त्यो सहज लाग्न थालेको थियो । मैले राति काम गर्न थालेको केही समय पछि नै आभिया भन्ने सुपरभाइजर पनि हामीसँगै राती काम गर्न थाली । सुपरभाइजर भए तापनि उनी अन्य सुपरभाइजरहरु भन्दा हामीसँग बढी नै मिल्ने र हाम्रो समस्या बुझ्ने खाले थिई । उनी सबैजना कामदारहरुसँग अति नै मिलनसार र समझदार थिई । उनीसँग काम गर्न थालेको दुई हप्ता पछि एक राति उनी र मसँगै बेलुकीको खाजा खान थाल्यांै, खाजा खाइसकेपछि १० मीनेट जति समय अझै बाँकी भएकोले हामी त्यतिकै आराम गर्न लागेका थियौैै । अचानक उनी एक्लै खिलखिलाएर हाँस्न थाली । मैले आश्र्चयचकित हुँदै साधें – ”तपाइँ ठिकै त हुनुहुन्छ, आभिया ?“ उनी एकैछिनमा गम्भीर हुदै बोली—“सत्य मलाइ केहि पनि नसोध्नु । मलाइ म जस्तो छु , म जे गर्दैछु, त्यस्तै छाडिदिनुस् । कृपया मसँग केहि पनि नसोध्नुहोला । ” मलाइ यति भनेर उनी एकछिन चुपचाप रही र पूनः एक्लै खिलाखिलाएर हाँस्न थाली— “ हा..................हा ..........।”
मलाइ अचम्म लाग्यो उनको यो स्वभावप्रति तथापि म उनीसँग केही पनि बोल्न र सोध्न सक्दिनथें, उनले मेरो मुख पहिल्यै टालिदिइसकेकी थिई । भोलिपल्ट मैले दिउँसो काम गर्र्ने एकजना साथीलाई आभियाको बारेमा सोधें — उसले भन्यो — “ए, त्यो केटि पगली हो, उनको विरुद्धमा धेरै साथीहरुको गुनासो गएकोले उनीलाई रात्रीको काममा खटाइएको हो । उनी पगली हुन्, कहिले हास्ँछे, कहिले रुन्छे, उनको केही कुरा नपत्याउनु, ।” त्यो साथीले मलाई अभियाको बारेमा यस्तै कुराहरुले मेरो कान भरिदियो । त्यसदिन पछि पनि अरु सुपरभाईजरहरु वार्षिक विदामा भएकोले, म लगातार अभियासँग रात्री ड्युटीमा पर्न थाले । अभिया आफ्नो काम सम्पूर्णताका साथ गर्थी र फुर्सदको समय भयो कि एक्लै हाँसिरहन्थी । म उनलाई केहि सोध्न पनि सक्दिनथें । उनी म भएको नभएको केहि प्रवाह नगरी एक्लै हाँसिरहन्थी , मानौं कोठामा उनी नितान्त एक्लै छे । समय यसरी नै बितिरहयो, न मैले अभियालाई केही सोध्न नै सके न आभियाले उनको त्यो हाँसोको केही रहस्य बताउन चाही । बिस्तारै बिस्तारै राती काम गर्ने सहकर्मीे साथीहरुले पनि उनलाई “पगली” भन्न थाले । प्रायः म नै उनीसँग काम गर्नेमा पर्थे । उनीसँग काम गरुन्जेल त साह्रै आनन्द आउँथ्यो, उनी हरतरहले दत्तचित भएर काममा लीन हुन्थी तर जब ब्रेक हुन्थ्यो, उनी पूनः खिलखिलाउन थाल्थी । मसँग मूकदर्शक भएर रहनु भन्दा अन्य केही उपायै रहँदैनथ्यो ।
एक रात ब्रेकमा खाजा खाइसकेपछि उनी हाँस्न थाल्नुभन्दा अगाडि नै मैले उनलाई सोधें—आभिया, तपाइँलाई दिनमा काम गर्न मन पर्छ की रातमा?” आभियाले तत्कालै भनी —“सत्य, तपाइँ धेरै बाठो हुन थाले जस्तो लाग्यो मलाई, एकछिन पनि शान्त रहन सक्नुहुन्न, होइन त ? त्यसैले त चुप रहनुको सट्टा मसँग बोलेर यो अमूल्य समय कटाउन चाहनुहुन्छ, होइन त ? मानिसहरुलाई समय बिताउन कति गा¥हो ? यसको लागि कहिले पब जान्छन्, कहिले मूभी, कहिले थिएटर, कहिले बियर  र रक्सीको शरणमा जान्छन् । कहिले घुमेर, साथीहरुसंग बोलेर समय बिताउँछन्, उनीहरुलाई थाहै छैन की यसो गरेर उनीहरुले आफूलाई छिटो छिटो मृत्युको मुखतिर धकेलिरहेका हुन्छन ्। हा— हा— हा । “ उनी पूनः एक्लै २ मिनेट जति हाँसिरही र फेरी बोली “मानिसहरु टाइम पास भन्दै के गरिरहेका छन् त ? आफ्नै जीवनलाई पास गरिरहेका छन्, जीवनका महत्वपूर्ण अनमोल क्षणहरुलाई गुमाइरहेका छन् । हा— हा— हा......टाईम पासको नाममा छिटो छिटो मृत्युको मुखमा पस्न हतारिरहेका छन् मानिसहरु... हा— हा— हा ।” उनले एक्लै हाँसेर बाँकी ब्रेकको समय कटाई । म चुपचाप उनलाई सुनिरहें । कमसेकम हाँसोसंगै आज उनी मसंग केही त बोली—म यसमा खुसी नै थिएँ ।
अर्को हप्ता पनि सदा जस्तै ब्रेकको समयमा खाजा खाँंदै मैले सोधें— “तपाईले अस्ती मैले सोधेको प्रश्नको जवाफ दिनुभएन नि ?” “के उत्तर कस्तो उत्तर ? म कसैलाई उत्तर दिने कसैको शिक्षिका होइन र तपाइँ जस्तो परिपक्व मानिसले आफ्नै जीवनबाट सबै प्रश्नको उत्तर खोज्नुपर्छ । कसैलाई सोधेर केही फाइदा ? अरुले दिएको उत्तरले तपाईको चित्त बुझ्ला ? त्यो अरुको उत्तरले तपाईको आफ्नो समस्या समाधान होला ?” मैले उनलाई हाँस्ने चेष्टा गर्दै भने “आभिया तपाइले गलत बुझ्नुभयो, मैले तपाईलार्ई त्यस्तो प्रश्न सोधेको होइन, तपाइँलाई दिनमा काम गर्न मन पर्छ कि रातमा ? भनेर मात्र सोधेको थिएँ ? आभिया फेरि कड्की —“यो मेरो नितान्त व्यक्तिगत कुरो हो । तपाइँलाई जवाफ दिनै पर्छ भन्ने छैन, म जरुरी ठान्दिनँ । फेरि रातमा र दिनमा के नै अन्तर छ र ? मानिसहरु किन यो दिन, यो रात भनेर मूल्यांकन गर्छन् ? के दिन र रात बीच त्यस्तो वृहत अन्तर छ र ? दिनकै निरन्तरता रात हो भने रातको निरन्तरता दिन हो । यिनीहरु एउटै धागोका २ छेउ हुन् भने यिनीहरु बीच अन्तर के नै छ र ? अनि मलाई दिन मन पर्नुपर्ने किन, रात मन नपर्नुपर्ने किन ? अथवा मलाई रात मन पर्नु पर्ने र दिन मन नपर्नुपर्ने किन ? फेरि यो मन पर्ने  नपर्ने भन्ने पनि कुनै कुरा हुन्छ र ? मन पर्नु र नपर्नु बीच पनि म त केही भेद देख्दिन किनकि न त कुनै कुरा सधैं मन परिरहनै सक्छ न त कुनै कुरा सधैं मन नपरिरहनै सक्छ । त्यसैले यो रात, यो दिन , यो मनपर्छ यो मन पर्दैन भन्ने कुराहरु पूरै बकवास हुन् , मूर्खहरुले गर्ने कुरा हुन् तर यसो नगर्ने मानिसहरु कति जना नै होलान् र ? त्यसैले हेर्नुहोस् यहाँ सब मूर्खहरु छन् । हाम्रा यी तथाकथित म्यानेजर , डाइरेक्टरहरु आफूलाई जान्ने सुन्ने, पाको र परिपक्व ठान्छन् ती सबै जीवनका सत्यदेखि अपरिचत छन् । मलाई त तिनीहरु बच्चै जस्तो लाग्छन् । महामूर्खै लाग्छन् । सब मूर्खहरु . हा— हा— हा........।”
आभियाका कुराहरु म काट्नै सक्दिनथें । उनका कुराहरु पागलपन होइनन्, मलाई त दार्शनिक लाग्दै जान थाल्यो र उनको हाँसोभित्र पनि म गहिरो व्यँग्य र रहस्य छिपेको आभास पाउँथे । त्यस दिन त्यसपछि उनी अटूट हाँसोको श्रंखलासंगै काममा फर्की । मसँग अरु केही पनि बोलिनन् । त्यसै रात पछिको बिहान म कलेज जानुपर्ने भएकोले मैले आभिया घर जाने रेलमै आभियासँगै बीचसम्म जानुप¥यो । रेल स्टेसनमा मानिसहरुको अ‍ोइरो, रेलमा चढ्न र रेलबाट झरेर दगुरेको द्दृश्य देखिन्थ्यो । हामी रेलको सीटमा बस्नै बितिक्कै उनी पूनः मरीमरी हाँस्न थाली । म भने रेलका अन्य यात्रीहरुले हेरेर के भन्लान् भनी अप्ठेरो र संकोचले रातो पिरो भएको थिएँ । उनी अचानक बोली —“सत्य, धन्दा नमान्नू, यहाँ तपाइँ रोइ कराए पनि कसैले वास्ता गर्दैन । किनकी ती कसैलाई हाम्रो चिन्ता गरिरहने फुसर्द छैन । हामीले हेर्दा यी मानिसहरु शान्त र स्तब्ध देख्छांै तर यिनीहरुको चेतनामा मेरो हाँसो भन्दा भयंकर हाँसो — रोदन , तर्क —वितर्कको कोलाहल मच्चिरहेको छ त्यसैले म हाँसेको कसैले सुन्दैनन् यहाँ, तपाइँ केही अप्ठेरो नमान्नू ।” एक क्षण उनी चुप लागेर फेरि बोली —“यी मानिसहरु अघि कहाँ जान कुदिरहेका होलान् त्यसरी ? यहाँ पाँच पाँच मिनेटमा ट्रेन आउछ तापनि मानिसहरु कुदेका छन् कुदेकै छन्, थाहा छैन कहाँ पुग्न हत्तारिएका हुन् । ट्रेन चढनु अघि र ट्रेनबाट झरेपछि पनि यिनीहरु कुदेका कुदेकै हुन्छन् — थाहा छैन कहाँ पुग्न हत्तारिएका हुन् ? हरेक बिहान बेलुका यिनीहरुको दौड देख्दा मलाई अत्यन्तै हाँसो उठ्छ —हा—हा—हा ।”
उनको हाँसो रोकिएन । म रेलबाट उत्रिने ठाउँसम्म उनी निरन्तर एक्लै हाँसि नै रहेकी थिइन् ।
भोलिपल्टको रात्री ड्यूटीमा फेरि पनि उनी र म सदा झै काम संगै सुरु ग¥यौं । कामको बेला पनि अब उनी मसँग बोल्ने र हाँस्ने गर्न थालेकी थिई । शायद उनलाई म उनीलाई नराम्रो रुपमा हेर्दिन भन्ने पक्का भएर होला । उनले काम गर्दा गर्दै सोधी —“सत्य, तपाइँ पत्रिसालाई चिन्नुहुन्छ, होइन ? ” “मैले चिन्दिन” भनेपछि उनले भनी “उनी यहीं दिउसो काम गर्ने सुपरभाइजर हो तर हिंजो बेलुका काम सकेर घर फर्कंदा बाटोमै अचानक बेहोस भएर ढलिछन् र अस्पताल पु¥याउदा त उनी मरिसकेकी रहिछन् । —हा—हा—हा ।” उनी एक क्षण हाँसि सकेर बोल्न थाली —“ म उनी मरी भनेर खुशीले हाँसेको होइन । कसैको मृत्युमा रुनु र हाँस्नुपर्ने कही कारण छैन किनकी मेरो पनि बाटो त्यही नै हो । तर मलाई हाँसो त यस कारण उठ्छ कि मानिसले म पनि एक दिन सदाका लागी यस धर्तीबाट जानैपर्छ भन्ने सत्यलाई जीवनभर कहिल्यै पनि स्वीकार्दैन । यो पत्रिसाले गर्दा नै हाम्रो भेट भएको हो, यिनले नै मेरा भए नभएका कुरा म्यानेजरसंग गरेर मलाई रात्री काममा पठाइएको हो । मलाई आश्चर्य लाग्छ किन मानिसहरु यस्तो काम गर्छन् ,कार्यालय भित्र पनि मानौं सदैव जरा गाडेर बस्ने जस्तो पोलापोल, चुक्लाचुक्ली गर्छन्, खुट्टा ताना तान गर्छन, तर न त यो कार्यालय नै आफ्नौ हो, न त यो संसार नै ? किन मानिसहरु लुछाचँुडी गर्छन् , किन अर्काको नराम्रो गर्न चाहन्छन् । जीवन चाँडै ओइलिएर झर्छ भने किन मानिस सुबास छरेर मात्र बस्नुको सट्टा काडै काँडा लिएर अरुलाई घोच्छन् र आफू पनि छिया छिया भएर बाँच्छन् । त्यसैले त म हाँस्छु , मलाई हाँसो उठ्छ — यस्तै यस्तै कुरा सम्झेर । तर मानिस जस्तो मूर्ख, नीच र तुच्छ प्राणी अरु कोही पनि छैन । एक बाघले अर्को बाघको कहिल्यै पोल लगाउँछ ? एक सिंहले अर्को सिंहको खुट्टा कहिल्यै तान्छ ? एक गिद्घले अर्को गिद्घलाई कहिल्यै ठुंग्छ ? तर हेर त यी तथाकाथित “श्रेष्ठ” जीव मानिसले के कस्तो हर्कत देखाउछन् ? त्यसैले मलाई हाँसो उठ्छ, सत्य । जहाँसम्म लाग्छ — यो हाँसो एकदमै स्वभाविक पनि हो । मानिस अलिक जागरुक हुने हो भने यी यस्ता कुराहरु देखेर, सम्झेर जसलाई पनि हाँसो उठ्छ, हाँस्नुपर्ने कुरा नै हो यो ...हा...हा........ ।” उनी फरि हाँस्न थाली । आभियासंगको साथ मलाई निकै रमाइलो लाग्न थालेको थियो । उनको कुराहरु जीवनको यथार्थ र दर्शन झैं प्रत्याभूती हुन्थ्यो । उनको हाँसोले मानव जाती जो अहंकार र स्वार्थले अन्धो छ, उनीहरुलाई घोर व्यंग्य गरेको जस्तो लाग्दथ्यो । सदा झैं उनीसंगको सामीप्यतामा मैले जीवनको कुनै नयाँ  पाठ सिकेको महशूस गर्दथे । विस्तार विस्तार म उनीसंग कुरा गर्दै जान थालें र उनी पनि मसंग खुल्दै जान थालेकी थिई । एक दिन उनी काम गर्दा गर्दै  सदा झै खिलखिलाएर हाँस्न थाली । मैले सोधे  “फेरि कुन जोक सम्झिनुभयो  तपाईले ?” उनी बोल्न थाली – “यो संसार नै त जोक हो सत्य । मानिसहरु मृत्यु सुनिश्चित छ भनेर जान्दा जान्दै पनि किन यति विधि स्वार्थी र अन्धो छ ? आफ्नो अन्तिम गन्तब्य र भविष्य प्रति किन ऊ सदा अन्जान झैं रहन्छ । एक दिन मर्नु छ तापनि ऊ अर्काको नराम्रो चिताएर कहिल्यै थाक्दैन । इष्र्या र अहंकारले नै ऊ मदहोस, बेहोश छ । अन्य धेरै मानिसहरुको के कुरा गर्नु ? यहीं हेनुर्स् न —जसले मेरो बिरुद्घ म्यानेजरलाई पोल हाले, भए नभएको कुरो लगाए, के उनीहरु जीवनको सत्यसँग परिचित छन् त ? यति सानो कार्यक्षेत्रमा पनि रातदिन खुशामदी, पोलापोल गरिरहन्छन् । त्यसैले त मलाई हाँसो उठ्छ, सत्य । आफू , एक दिन जमीनमुनि भास्सिनु त छँदैछ फेरि पनि किन मानिसहरु यो अस्थायी र छोटो जीवनमा पनि सबैको भलो र राम्रो चिताएर बाँच्न उसलाई के को कठिनाई छ कुन्नि ? यसै कुराले त मलाई मरिमरि हँसाउछ नि, सत्य । हा—हा—हा” उनी हँािसरही, हाँसिरही, अविराम हाँसिरही । “जस जसले मेरो बारेमा म्यानेजरलाई कुरा सुनाएर मलाई कार्यवाहीको भागी बनाउन चाहे, यो ३ महिनाभित्र तिनीहरुले पनि यहाँबाट बिदा लिनुप¥यो । तिनीहरु कोही पनि अहिले यहाँ छैनन् । सबैले यहाँबाट बिदा लिनुप¥यो । तिनीहरु कोही पनि अहिले यहाँ छैनन् । यसको मतलब यो होइन की म चाहीं सधैं यहाँ रहिरहनेछु त्यो त म कदापि चाहन्न । तर उनीहरु भने यहाँ जमेर बस्न चाहेका थिए तर सा¥है नराम्रो भएर यहाँबाट बिदा हुनुप¥यो उनीहरुले । त्यसैले यसबाट के सिद्घ हुन्छ भने अर्काको कुभलो सोच्नेहरुको आफ्नै कुभलो हुन्छ । यो प्रकृतिको नियम हो तर यसमा म खुशी हुनुपर्ने केही पनि छैन न त उनीहरुको व्यवहारबाटै म दुःखित हुन नै जरुरी छ । म यसमा दुःखी छैन, कति पनि छैन । यी मूर्खहरु , यी भविष्य नसोच्ने, नदेख्ने अन्धोहरुको व्यवहारबाट दुःखी र खुशी हुनुपर्ने त म कुनै कारणै देख्दिनँ । तर मूर्ख मानिसहरु जीवनभरि नै अर्काले जे भन्यो त्यसैको पछाडि दगुरिरहेका छन् । अर्काले गाली ग¥यो रुन्छन्, अर्काले प्रशंसा ग¥यो मक्ख परेर हाँस्छ तर आफू वास्तवमै गाली या प्रशंसाको योग्य हो या होइन यो कहिल्यै जान्दैनन् । गजब त यो छ की ऊ यो जान्ने प्रयास पनि कदापि गर्दैन । गरोस् पनि कसरी ? मानिसहरु त म संधै एक किसिमको बेहोशीमै रहेको पाउँछु । बेहोशीहरुको चलाखी र धूर्तता देखेर मलाई हाँसो उठ्ने गर्दछ, सत्य मलाई , हा हा हा.....................” उनी हाँस्न थाली ।
उनको यस्तै कुरा र काममा सुसंचार, राम्रो सहयोग र समन्यवका कारण रात्री काम गर्ने स्टाफहरु बीच आभिया प्रिय हुँदै गई । रात्री स्टाफहरुबीच एक सुसम्बन्ध, राम्रो सहयोग र समन्वय कायम भएको थियो र सबैजनालाई काम गर्न धेरै सहज भएको थियो । हामी सबै स्टाफहरु त्यहाँ पारिवारिक सदस्यहरु झैं भएका थियौं । खाजाहरु बाँडेर एक आपसमा साटेर, खान थालेका थियौं । सबै कामहरु कोही एक एक जनालाई जिम्मा दिनुभन्दा सबै मिलेर गर्ने गथ्र्यौं भने प्रत्येक निर्णयमा आभियाले सबैजनालाई सहभागी गराउँदथी । हुन त प्राय सबैलाई काममा जान भनेकी कठिनता र विरक्त लागेर आउँछ । जुन पहिले मलाई पनि हुने गर्दथ्यो तर पछि आएर आभियाको शिफ्टमा काम गर्न सबै लालयित हुन्थे । बिहानै जब दिनमा काम गर्ने स्टाफहरुलाई रातभरिका काम र समस्याहरुको ह्ेण्ड ओभरका बेला हामी सबैलाई प्रसन्न र सक्रिय देख्थे शायद उनीहरु इष्र्याले भरिन्थे होलान् । कहिलेकाहीं आभिया हेण्ड ओभर सकिएकी आफ्ना सबै रात्री स्टाफहरुलाई बोलाएर भन्थी “काम त हामीले यसरी गर्ने हो – पारिवारिक वातावरणमा हाँस्दै, खेल्दै, आपसमा सघाउँदै । यी दिनका स्टाफहरु हम्रो केही रहस्य जान्न सकेकै छैनन्, रातभर नसुतेर काम गर्छन्, काममा त्रुटी पनि केही छैन तर सबै उर्जाशील र हँसिला देख्छन् । उनीहरुले यसको रहस्य जानेकै छैनन् । उनीहरु छक्क पर्दा हुन्, हाम्रो खुशी र समूह कार्यको जादू देखेर । तर के मतलव उनीहरुको हामीलाई ? हामी उनीहरुका लागी केही गर्दैछैनौं यहाँ । हामी सबै आ–आफ्नै बाध्यताका कारण यहाँ छौं । धन्यवाद सबै जनालाई मलाई रातभर सघाउनुभएकोमा ।”
यसरी नै आभिया सफल सुपरभाइजर र स्टाफहरुको असल साथी बनेकी थिई तर कम्पनि प्रशासनसमक्ष यो कुरा पुगेछ की आभिया सबै स्टाफसँग मिलेकोले रातीको काम राम्रो भएको छैन । फलस्वरुपः उनीहरुले हाम्रा लागी रात्री निरीक्षण पनि गरे तर केही खोट उनीहरुले पाउन सकेनन् । उनीहरु आउँदा हामी सबै आ आफ्नै काममा दत्तचित्त भएर लागि परेका थियौं । तर त्यो समाजमा राम्रो, छुट्टै र नयाँ शैलीले काम गर्नु नै आभियाको दोष ठहरियो क्यारे । त्यो निरीक्षणको ४ हप्तापछि नै आभियालाई कार्यवाही गरियो, उनलाई सुपरभाइजरबाट हामी सरह कामदारमा डिमोसन गरियो । आभियाले यो कार्यवाहीलाई कसरी लिई त्यो त थाहा पाउन सकिन । त्यसको लगत्तै आभिया वार्षिक बिदामा बस्न थाली । त्यस क्रममा मैले उनलाई मोबाइलमार्फत् सम्पर्क गर्ने कोशिस त गरें तर उनको मोबाइल कहिल्यै उठेन ।
काममा त्यत्ति जाँगर लाग्दैनथ्यो । आभिया बिना त्यो कार्यस्थल नै सुनसान र अभिभावकविहीन जस्तो लाग्न थालेको थियो । त्यो घर जस्तो लाग्ने ठाउँ नै अब बन्दी गृह जस्तो लाग्न थालेको थियो मलाई । आभिया फर्किनन्, उनी फर्किने आशामा मैले हप्तौं बिताएँ । सदा झैं ग¥हुँगो हृदय लिएर म लगातार दुइ दिनको विश्राम पछि काममा गएँ । हाम्रो स्टाफ रुममा एउटा ठूलो बिदाइ पोष्टकार्ड टाँसिएको थियो जसमा लेखिएको थियो “म जहाँ भए पनि जुनसुकै अवस्थामा भए पनि म  तपाइँ मेरा सहकर्मी साथीहरु सबैलाई सम्झिरहनेछु । बिदाइ सबैलाई ” कार्डको पुछारमा आभियाको नाम र हस्ताक्षर थियो । म स्तब्ध भएँ, मैले केही सोच्नै सकिनँ । मैले दिउँसोको एकजना स्टाफसँग आभियाको बारे सोधें । उसले बतायो “ हिंजो बिहानभर आभिया यहीं थिई सबैलाई बिदाइको चकलेट दिएर गई । हिंजो बेलुकी उनको फ्लाइट थियो । आज त घर पुगिसकी होली । उनी अब सदाका लागी आफ्नै देश फर्किसकी । तर उनी दुखी देखिंदैनथी, उनी सदाझैं हर्षित नै देखिन्थी । जानु अघि हामीसँग धेरैबेर हाँसिरही......................।”
आभिया किन यत्ति कठोर होला मैले उनलाई  पछि न भेट्न नै सकें न बिदाइ नै गर्न सकें । मलाई आभियाको यो स्वभावदेखि बेलाबेला रिस उठिरहन्छ तर उनको हाँसो भने सधैं मेरो कानमा  गुन्जिरहन्छ ।

समाप्त

आमाले डिस्टिङ्सनको अर्थ बुझिनन्

विशिष्ट श्रेणी ल्याएर के गर्नु ? सर्टिफिकेटले आफैं पढाउँदो रहेनछ‘
आमा मेरो डिस्टिङ्सन आयो,’ रिजल्ट हेरेपछि पास भएको कुरा आमालाई तुरुन्त सुनाएँ । उनी भान्छामा खाना पकाउँदै थिइन् । ‘ए, तँ पास भइस् ?’ उनले यत्ति भनिन् । मलाइ समातीन र रुन थालिन् । त्यो रात हामी आमाछोरी धेरैबेर रोयौं ।
आमालाई म पास भएकैमा खुसी थियो । डिस्टिङ्सनको अर्थ उनले बुझिनन् । बुझेकी भए अझ् कति खुसी हुन्थिन होला ? किनकि, मलाई सफल भएको हेर्न उनले कति दुःख गरेकी थिइन् भन्ने मलाई मात्र थाहा छ । मलाई पुराना दिन सकेसम्म सम्झन मन लाग्दैन । डर लाग्छ । आङ सिरिङ्ग हुन्छ । ती दिन त्यस्तै थिए । सिन्धुपाल्चोकको डब्ल्याङ माइती हो मेरी आमाको । यहाँ काम त्यही हो, भाँडा मोल्ने, कपडा धुने, सरसफाइ गर्ने, यस्तै । नपढेकाले अरू के नै पाउाछन् र ? आमा अचेल दिनको सय/पचास कमाउँछिन् । हाम्रो घर दोलखाको चरिकोट हो भन्छन् । आजसम्म पुगेकी छैन । घर पनि छैन जस्तो लाग्छ, के बाँकी होला र खै ?

जोरपाटी बाहुनधारा नजिकै छ हामी बस्ने कोठा । सांघुरो,
  अध्यारो र चिसो । त्यो कोठामा आमा र मसागै दुई बहिनी पनि बस्छन्, माइली ममता र कान्छी शान्ति । एउटा खाट छ । राती कोही खाटमा पल्टन्छौं, कोही भुइामा । घरबाट स्कुल पुग्न दश मिनेट लाग्छ, समता शिक्षा निकेतन । दुई कक्षादेखी नै मैले यहि स्कुलमा पढ्न थालेकी हुा । उत्तम सञ्जेल सरले सहयोग नगरेको भए । समताले साथ नदिएको भएा । यो अवस्थामा म सायदै आउथे ।
समता शिक्षा निकेतनमा आउनू अघि, म अघि महांकालको एउटा स्कुलमा पढ्थे । ‘छोरीलाई पनि स्कुल पठाउने हो ?’ भनेर कसैले भनेछ क्यारे । त्यसपछि बाले मलाई स्कुल जान दिएनन् । कता हो कता मलाइ एक घरमा काम लगाइदिए । एक वर्षपछि आमाले त्यहााबाट छुटाएर समतामा ल्याइन् ।
आमाले छोराको साटो तीन छोरी पाउनु नै बिडम्बना थियो कि ? बाबाको लागि यहि निहुा बन्थ्योकी ? किन हो मलाई थाहा छैन, घरमा दिनहु झगडा हुन्थ्यो । घरमा चामल, नुन, तेल छ/छैन उनलाई पत्तो हुन्थेन । रक्सीले चुर भएर आउाथे उनी ।
ढोकाबाट भित्र छिर्नासाथ भााडभैलो सुरू भैहाल्थ्यो । आमा कराउाथिन् । बा रिसाउाथे । बा कराउादा आमा रिसाउाथिन् । बाले आमालाई लछारपछार गर्थे, कुट्थे । डरले दुई बहिनी मसाग लुटपुटिन आउाथे ।
‘तिमेरू सबलाई मार्छु’ भन्दै बाले हामीलाई भुइामा बङ्लङ्ग पछारिदिन्थे । कान्छी दगुर्दै आमालाई समाउन जान्थी । आमा हामी सबैलाई सुम्सुम्याउादै रून्थिन्। आमासागै हामी रुन्थ्यौ । बा भने मजाले निदाउथे ।
एक साँझ लखतरान परेर आमा आइपुगिन । भोकाएका बहिनीहरू केही छ कि भन्दै आमालाई समाउन पुगे ।
‘लौ रोटी खाउ,’ आमाले हामीलाई कपडा धोइदिएको घरबाट बचाएर ल्याएको खाजा दिइन । भोकाएका हामीले, कपाकप खायौं । राति बाबा मात्तिादै आए । जे डर थियो त्यही भो । ‘जथाभावी डुल्छेस्’ भन्दै बाले आमालाई गाली गर्न थाले ।
चर्काचर्की हुादै थियो । म आमालाई नबोल्न भन्दै थिएा । बाले हात छाडिहाले । लछारपछार हुादा किताबहरू असरल्ल परे । आमा चिच्चाउन थालीन्, बहिनीहरू रून थाले । म आत्तिदै छुट्टयाउन गएको थिएा, बाको थप्पडले भित्तामा ठोक्किए ।
आमालाई मार्छु भन्दै बाबाले हातमा खुकुरी नचाउान थाले । डरले म थरथरी काापे । हामी भागेर सडकमा पुग्यौं । त्यो रात घरको छिाडीमा आमासाग बेरिएर हामी तीनैजना खुब रोयौं । हरेक पटकका दुःखमा रुनु सिवाय अरू के गर्नै सक्थ्यौं र ? रुादारुदै आमा मलाई सम्झाउाथिइन्, ‘छोरी ता पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस् ।’
जव म सात कक्षा पुगेा । घरको स्थितिले पढाइ बिगि्रदै थियो । त्यसैले म र ममतालाई समताको होस्टलमा बस्ने व्यवस्था गरिएको थियो । तर, मलाई त्यहाा बस्ने रहर थिएन । घरमा आमाले के खाइन्, कान्छीलाई कस्तो होला ? यस्तै कुरा मनमा खेलिरहन्थ्यो ।
म स्कुल हुन्थेा, मन घर पुग्थ्यो । एकरात होस्टलपछाडि आमाले बोलाएको सुनेा । कसैले थाहा नपाउनेगरी हामीले होस्टलको गेट खोलिदियौं । बाले पिटेर खेदेकाले आमा कान्छी बोकेर होस्टल आएकी रहिछन् । मध्यरात । सरले थाहा पाए गाली गर्नुहोला भन्ने डर । तैपनि, आमालाई होस्टलको हाम्रै कोठमा लुकायौं । त्यो रात, हामीपनि उनीसागै गुटमुटीएर सुत्यौं ।
आठ कक्षापछि आमाको मायाले म उनीसागै बस्न थालेा । सधैा झैझगडा, पिटापिट । कति सहनु ? आमा र हामीले बासाग छुट्टनिे निर्णय गर्यौं । हामी त्यो कोठाबाट निस्केपछि बुबाले अर्को बिहे गरेछन् ।
हामीसाग न खान पैसा थियो, न बस्नलाई बास । साथमा स्कुलका किताब थिए, जसलाई पढेर मैले पार लाउनु थियो । तर कसरी ? थाहा थिएन ।बल्लबल्ल कोठा पाइयो । रित्तो कोठा । ओछ्याउने कुरा छैन । पकाउने भाँडाकुाडा थिएनन् । आमा भोजभतेरमा भाँडा माझ्न जाँदा प्लाष्टिकमा खाना पोको पारेर ल्याउानुहुन्थ्यो । आमा घर आइपुग्दा हामी एकसरो सुकुलमा पल्टिरहेका हुन्थ्यौ । आमा देख्ने बित्तिकै लुछाचुाडी गर्नपुग्थ्यौं, बाख्राका पाठापाठी झै । अनि सबैजना त्यही सुकुलमा निदाउाथ्यौं ।
आमाको दुःख देखेर होला तिबेतियनहरूले उनीहरूका घरमा काम गर्न जाादा केही न केही सामान दिएर पठाउन थाले । पुरानै किन नहोस्, भाडा, कपडा, सुकुल, खाट गर्दै केही कुरा कोठामा जोडिए । अनी पो हामीले पनि पातलो सुकुलको साटो गलैाचामा सुत्न पायौं ।
म दश कक्षा पुगेा । घामझरी नभनी आमा हरेकदिन काममा जान थालिन् । उनको जीउ सुकेर सिठ्ठा भैसकेको थियो । त्यसैले मैले उनलाई पहिला भन्दा बढि सघाउन थालेा । भाडा मोल्ने, कपडा धुने र अर्काको घर सफा गर्ने काममा म पनि फुर्सद मिलाएर आमासागै जान्थेा ।
राती १ बजेसम्म पनि काम गरेा । दशको सानोे जााचमा मेरो पोजिसन एक्कासी घट्यो । यसले मलाई ठूलो चिन्ता थप्यो । ‘मै गर्छु ता पढ्’ भन्दै आमा आफैा काममा धस्सिन थालिन् । घर भाडाका लागि साथमा धेरै पैसा हुादैन्थ्यो । रातमा बत्ती नबाल्नु भन्दै कराउानुहुन्थ्यो पहिला त । मैले ठूलो परीक्षा आएको छ भन्दै घरबेटीलाई अनुरोध गरेपछि उहाा मान्नुभो ।
कहिलेकाहीा त पढ्दा छ्याङै रात कट्थ्यो । बुबा फेरि र्फकने त हैनन् भन्ने डर पनि लाग्थ्यो कताकता । एक/दुईपटक बाटोमा देख्दा लुकेकी थिए । एसएलसीमा पनि राम्ररी पढ्न पाइना । खुराक कम, ताकत नभएर जीउमा आलस्य आउाथ्यो । कहिलेकााही त चक्कर लाग्थ्यो । कसलाई भन्नु ? चुपचाप कक्षामा बस्थेा । भोको पेट दुख्दाको पिडा राम्ररी अनुभव गरेको थिएा, त्यसबेला ।
आमाले नमान्दा-नमान्दै पनि केही दिन उनको काममा पनि सघाउन गएा । परीक्षा त मेहनत गरेरै दिएकी थिएा । ८८.७५ प्रतिशत ल्याउाला भन्ने मलाई विश्वास थिएन । किनकि मैले राम्ररी मेहनत गर्न पाएकी थिइना । अझै राम्ररी पढ्न पाएको भए म धेरै गर्न सक्थेा । मेरी आमाको हातले जुठा भााडा नसुम्सुमाएको भए के म यत्ति धेरै नम्बर ल्याउन सक्दैनथेा ।
मेरा अगाडि धेरै चुनौती छन् । ‘महिला र बालबालिकाको’ डाक्टर बन्नेे सपना । दुई बहिनीलाई धेरै पढाउने इच्छा । अस्वस्थ भएकी मेरी आमाको दुःख पखाल्ने चाहना । परिवारलाई अाध्यारो कोठा, अाध्यारो जीवनबाट बाहिर निकाल्नुपर्ने जिम्मेवारी । यी यस्तै सपनै सपनाका बीचमा उभिएकी म अब कुन बाटो हिाड्ने ? कसरी हिाड्ने ? थाहा छैन । हुन त म केही श्रम गरेर, स्कुल पढाएर दुई/चार पैसा कमाउन सक्छु । तर मैले अहिले परिवारलाई क्षणिक सुख दिएर हुादैन । मेरो विचार छ, ‘बरू गरिबले एक छाक कम खाएर भए पनि पढोस्, त्यसले अर्को चारछाक कमाउन सक्छ ।’
‘छोरी त पढेर ठूली मान्छे बन्नु । यस्तो दुःख तिमीहरूले भोग्न नपरोस्’
आमाका यी कुराले मलाई झकझकाई रहन्छ । अझ् पढ्न र बढ्न उत्साह थप्छ । कलेज पढ्न साथमा कौडी छैन । हात परेको सर्टिफिकेटले आफैं त पढाउादैन । पूर्ण छात्रवृत्ति पाए राम्रो कलेज पढ्न मन छ । कसैको सहयोग पाए अझ पढेर केही गर्न मन छ । केही गरेर देखाउाछु भन्ने आत्मविश्वस पनि छ । तर खै के हुने हो !

'प्रधानमन्त्रीलाई भनेँ मजस्ता धेरैले पढ्न पाऊन्'

पढ्न पाए केही गरेर देखाउँथें
भवसागर घिमिरे, काठमाडौं असार ३० - एसएलसीमा विशिष्ट श्रेणी ल्याएकी गरिब विद्यार्थी भावना तामाङलाई सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपालले भेटेका छन् । समता शिक्षा निकेतन जोरपाटीमा कक्षा २ देखि निःशुल्क पढ्दै आएकी उनले यसपालि एसएलसी दिएकी थिइन् । नागरिक शनिबारको जूनकीरीमा प्रकाशित तामाङको संघर्षको कथा पढेपछि प्रधानमन्त्रीले बोलाएर बालुवाटार निवासमा उनलाई भेटेका हुन् ।
"मैले पत्रिका पढेँ तिमीलाई बधाइ छ," कार्यकक्षमा भावनासँग हात मिलाउँदै प्रधानमन्त्रीले भने, "म आफैंले धेरैतिर फोन गरेर क्याम्पसका लागि बुझेँ र तिमीलाई बोलाएको।" राजधानीकै जेभियस्र इन्टरनेसनलको छात्राबासमा बस्ने खाने र पढ्ने सुविधा मिलाएपछि भावनालाई भेट्न बोलाएको नेपालले बताए ।
सोमबार बजेट भाषण तयारीको चटारोमा रहेका प्रधानमन्त्रीलाई भेट्न मन्त्रीहरु पनि आएका थिए । ऊर्जा मन्त्री प्रकाशशरण महत संसदीय व्यवस्था तथा संविधानसभा मन्त्री मिनेन्द्र रिजाल सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ पनि कार्यकक्षमै थिए ।
प्रधानमन्त्री नेपालले शनिबारै भावनाको कथा पढेपछि उत्साहित हुँदै आफ्ना प्रेस सल्लाहकार विष्णु रिजालसँग सोधेका थिए - "तपाईंले पढ्नुभयो?" "पढेँ" - रिजालले भने ।
"यिनका लागि हामीले केही गर्नुपर्छ," प्रधानमन्त्रीको यो भनाइमा रिजालको जवाफ थियो, "म भेट गराउने व्यवस्था गर्छु।"
"हुन त कथा पढेपछि म शनिबारै भेट्न चाहन्थेँ आइतबारै सिंहदरबारमा भेट्ने कार्यक्रम पनि मिलाउँदै थियौं" प्रधानमन्त्री नेपालले भने - "चाहँदा चाहँदै पनि कार्यव्यस्तताले साथ दिएन।" भावनाको संघर्षले आफूलाई भेट्न मन लागेको उनको प्रतिकि्रया थियो ।
"उनको आमाले अर्काको घरमा भाँडा माझेर कपडा धोएर पाढाएकी," प्रधानमन्त्रीले मन्त्रीहरुलाई सुनाए "उनका बा सधैं रक्सी खान्थे साह्रै दुःख पाइछन्।" प्रधानमन्त्रीको कुरा सुनेपछि मन्त्रीहरुले पनि मेहनती भावनालाई बधाइ र सफलताका लागि शुभकामना दिए ।

DOLKHA, INTRODUCING. Proud to Be Dolkhali

अनुहारभरी रौँ, कसले गरिदेला उपचार ?

-रमेश खतिवडा, खारेबाट फर्किएर/चरिकोट-

आफ्नो त यस्तो भयो नै छोराछोरी पनि यस्तै रुप लिएर जन्मन थाले के गर्ने? यिनिहरुको भविष्यदेखि चिन्ता लाग्छ । “सरहरुले केही पहल गरिदिए मेरा छोराछोरीको उपचार हुन सक्थ्यो कि? ”

नेपालकै सस्तो जलविद्युत आयोजना मानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोलखाका पत्रकारहरुको लागि राखेको आयोजना स्थल भ्रमण गर्न पुगेका संचारकर्मीहरुसँग खारे गाविस-४ कसेरीकी ३५ वर्षीया देवी बुढाथोकीले यसरी नै आफ्नो दुःख सुनाइन्।

सदरमुकाम चरिकोटबाट करिव ५० किलोमिटर उत्तरमा रहेको खारे-४ को यो बुढाथोकी परिवारमा आमादेखि छोराछोरीसम्म अनुहार र शरीरभरी रौं आउने समस्या बढ्दै गएपछि उनीहरु चिन्तित बन्न थालेका छन्।

जिल्लाको लामावगर गाविसमा रहेको बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन गरेर पत्रकारहरु फर्कदैं छन् भन्ने गाउँलेबाट थाहा पाएपछि पति नरबहादुर, अनुहारभरि कपाल उम्रिएकी आफ्ना छ महिनाकी छोरी मन्दिरा सहित अन्य दुई जना छोराछोरी लिएर उनीहरु दोवाटोमा आएर बसेका थिए ।

३५ वर्षीया देवीको अनुहारभरि रौं उम्रिएको छ । उनले भनिन् मेरो जन्मदेखि कै समस्या हो। धेरै ठाउँमा उपचारका लागि हारगुहार गर्यौं। आर्थिक अवस्था कमजोर भएकोले काँहिबाट पनि उपचारको सहयोग पाउन सकिनँ । अहिले छोराछोरीमा समेत यो समस्या देखिएपछि अलमल्लमा परेका छौं ।

देवीका पाँच जना छोराछोरी मध्ये तीन जनालाई अनुहारभरि र जिउमा रौं आउने समस्या छ । तर अचम्म उनीहरुका दुई जना एक छोरा र एक छोरीमा भने यो समस्या देखिएको छैन ।

एघार वर्षीया जेठी छोरी इन्दिरा र आठ वर्षीय माइलो छोरो सान्दाइमा यो रौं उम्रने समस्या नभएको उनीहरुले बताए । तर नौं वर्षीया माइली छोरी मन्जुरा, आठ वर्षीय जेठो छोरो निरज र छ महिनाकी कान्छी छोरी मन्दिरामा यो समस्या देखिएको छ ।

नरबहादुरले भने “तीनै जनाको अनुहारभरि र शरिरमा पनि रौं उम्रिएको छ।” छोराछोरीको यो जन्मेदेखिकै समस्या भएको पनि उनले बताए । अझ छ महिनाकी काखकी छोरी मन्दिराको अनुहारभरि धेरै रौं देखिन्छ ।

रौं उम्रिएका तीनजना छोराछोरी मध्ये दुई जना गाउँमै नजिकको विद्यालयमा पढछन् । विद्यालयमा पढ्दा साथीहरुले अनेक शव्दले जिस्क्याउँदा आफ्ना छोराछोरी रुँदै आफूकहाँ आउने गरेको र कहिलेकाँही विद्यालय समेत जान नमान्ने गरेको देवीले बताइन् ।

देवीका पति नरबहादुरले भने- यिनीहरुलाई राम्रै ठाउँमा लगेर उपचार गराउने इच्छा त छ तर के गर्ने आर्थिक अवस्थाले भ्याउँदैन। उनको परिवार गाउँमा अरुको जग्गा कमाएर खाने गरेको स्थानीय बासिन्दा रामकुमार खड्काले बताए।

परिवारमा नै समस्या देखिएपछि चिन्तित बनेको परिवारको उद्धार कसले गरिदेला ? तपाईँहरु मध्ये कसैलाई यस्तो किन भयो अनि यसको उपचार कसरी हुन्छ भन्ने कुरा थाहा छ कि ?

DOLKHA, INTRODUCING. Proud to Be Dolkhali

उज्यालो एफएममा मेरो गजल

नया वर्ष

-कृष्ण के श्रेष्ठ "काल्स" 
भिमेश्वोर ३ दोलखा हाल जापान योकोहामा 
नया वर्ष २०६७ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनी लगायत मेरा सम्पुर्ण मेरा साथीहरुमा  हार्दिक मंगलमय शुभ कामना 

खुसि अनि उमङ्ग छाउँछ रे यो सालमा  
विदेश गाको छोरो आउँछ रे यो सालमा

मिलिजुली एकभई नेपलिसब मिल्दाखेरी
कोइलीले मिठो गित गाउँछ रे यो सालमा

गरिबलेनि नयलुगा अनि खान पाउँदा
चहकिलो घाम पनि उदाउँछ रे यो सालमा

अशान्त बनाकोथ्यो युद्धले बुद्ध भुमि तर
बुद्धयुद्ध दुवैले मित लाउँछ रे यो सालमा

अपहरणमा पर्छ भनि गाउँ नफर्कनेहरु
आफन्त संगै दशैं मनाउँछ रे यो सालमा

नेपाली सब खुसीले रमेको त्यो दिन देख्दा
भगवानले राम्रो आशिष पठाउँछ रे यो सालमा

गजल 'खोज्न नआउनुहै'

कृष्ण के श्रेष्ठ काल्स
तकदिरमा तिम्रो नाम खोज्न नआउनुहै
बनबास हिडिसकें  राम खोज्न नआउनुहै

सबथोक जलाइसके बिछोडको पिडामा
फोटो, चिठीपत्र खाम खोज्न नआउनुहै

छिया छिया पारि मुटु मेरो टुक्राएपछी
अस्ताइसके हिजै घाम खोज्न नआउनुहै

भुली दिनु है प्रिय मरिसके तिम्रोलागी
भेट्ने आसमा परम धाम खोज्न नआउनुहै

नचाहेरै मेटिए सब प्रेमलिला अतितका
बाकी राको केहि डाम खोज्न नआउनुहै

भो पुग्यो गर्न तिम्ले नाटक प्रेमको अब
बर्बाद गरि समयको बेकाम खोज्न नआउनुहै
 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture