मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

भर्जिन गौरीशंकर देखाउन महोत्सव

दोलखा जिल्लामा पर्यटकीय गन्तब्यहरुको अथाह श्रोत भएर पनि उचित प्रचार नहुदाँ भीमेश्वर मन्दिर बाहेकका अरु स्थानमा पर्यटन गतिबिधि बढ्न सकेको छैन। जिल्लामा आगामी चैत २० गते देखि २४ गते सम्म दोश्रो दोलखा महोत्सब हुने भएको छ। दोलखामा ग्रामीण पर्यटनको बिकासको लागि स्थानीयबासीहरु सक्रिय भएर लागेका छन। जिल्लालाई पर्यटकीय गन्तब्यको रुपमा पहिचान दिन घरेलु उद्योग संघ दोलखा महोत्सबको आयोजना गर्न लागेको हो। दोलखालाई चिनाउन पर्यटक स्थलहरुलाई प्राकृतिक र सास्कृतिक गरी दुई बर्गमा बिभाजन गरिएको छ। दोलखाका सम्पदा देखाउन आयोजकले बिबिध कार्यक्रमको ब्यबस्था गरेका छन्।
काठमाण्डांैमा अवस्थित भगवान पशुपतिनाथ तथा गुह्ेश्वरी भगवती पनि गौरीशकर हिमालबाट उत्पति भएको जनश्रुति रहेको छ। यस हिमाल नै नेपालको आधिकारीक समय मानको लागि प्रयोग गरिएको छ। त्यसैले पनि यो हिमाल चढ्न हाल सम्म कुनै पनि ब्यक्तिलाई नेपाल सरकारले अनुमति दिएको छैन। आरोहण नगरिएको यस हिमाललाई कुमारी अथवा भर्जिन मानिएको छ। देशमा आपत बिपत आइ पर्दा पसिना आउने भीमसेनले यो ठाउँ धार्मिक पर्यटक स्थलको रुपमा स्थापित गरिसकेको छ।
नेपालमा पहिलो पटक चाँदीका सिक्का प्रचलनमा ल्याएको राज्यको रुपमा यस ठाउँको ऐतिहासिक महत्व रहदै आएको छ। नेवार जाति र भाषा यसै ठाउँमा बिकास भएको त्यहाँका बुद्धिजिबी हरी रत्न श्रेष्ठले बताए। श्रेष्ठका अनुसार नेवार संस्कृतिको अध्ययनको लागि दोलखा उपयुक्त स्थल हो।
बिश्व बिख्यात गौरीशंकर हिमाल यसै जिल्लामा पर्दछ। नेपालको ज्युरीक भनेर दोलखाबासीले चिनाएको जिरी बजार पनि औधी मनमोहक छ। सगरमाथा बेसक्याम्पमा पुग्ने पैदल मार्ग मध्ये जिरी पनि एक हो। नेपालको सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने शेर्पाहरु जन्मेको गाउँ बेदिङग पनि यही जिल्लामा हुनाले भबिष्यमा यहाँ साहसिक पर्यटनको अध्ययन गर्न केन्द्र अबस्था रहेको बेदिङग गाउँका शेर्पाहरु बताउँछन। यहाँ रहेको कालिञ्चोक मन्दिर ३,८४२ मिटरको उचाइमा रहेको छ। हिमफेदी नामको डाडाँमा रहेको यस मन्दिर क्षेत्र धार्मिक आस्था राख्नेहरुलाई मात्र नभएर प्रकृति प्रेमीहरुको लागि स्वर्गको रुपमा रहेको छ। बहुला पोखरी भनेर नामाङकण गरिएको पोखरी निकै रमाइलो ठाउँ हो। आमाबा मारे नामको पर्बतको काखमा रहेको यस पोखरीमा ऋषि तर्पणीका दिन भब्य मेला लाग्ने गर्दछ।
चरीकोटमा चरीग्याङ गुम्बा रहेको छ। यहाँबाट सुर्योदय र सुर्यास्तको मनमोहक दृष्याबलोकन गर्न सकिन्छ। जनकपुरदेखि तिब्बतसम्म रमणीय बाताबरणको यहाँबाट देख्न सकिन्छ।
सय थुम्कोको शैलुङगेश्वर डाडाँ चढ्दाको मज्जा नै बेग्लै हुन्छ। बिगु गुम्वा र लप्ची ध्यान केन्द्र जस्ता महत्वपुर्ण स्थलहरुमा पर्यटकको त्यति आगमन छैन। पर्यटकहरुको आगमनको हिसाबमा दोलखाको धेरै गन्तब्यहरु भर्जिन नै रहेका छन। नयाँ नयाँ गन्तब्यको खोजी गर्ने यात्रीहरुको लागि दोलखा एउटा उपयोगी ठाउँ हो। ग्रामिण पर्यटनको मार्फत यहाँ बासिन्दाको जनस्तर उठने देखेर नै त्यहाँ होटेल लज सञ्चालन गर्नेहरु बढेका छन। देशबिदेशका अतिथिहरुको सत्कारको लागि तिनीहरु तयार भएर बसेका छन। यी क्षेत्रहरुको भ्रमण गरी स्वर्गीय आनन्दा पाउन आयोजकले समस्त नेपालीलाई अनुरोध गरेका छन्।

DOLKHA, INTRODUCING. Proud to Be Dolkhali:

गजल 'परदेश'

कृष्ण के श्रेष्ठ 'काल्स '

रातो चन्द्र सुर्य झन्डा के फर्फरायौ परदेशमा
सयौ फूलको थुंगा हामी के गायौ परदेशमा 

परिवार देश छाडी जिउदा एक्लो तिमि
आमाको न्यानो माया के पायौ परदेशमा

भोक लाग्दा रोइकराई चिच्याउने तिमि  छोरो
मैले भुटया मकै भटमास के खायौ परदेशमा

पैसाको लोभमा परि विदेशको विकास गरि
आफ्नो देशको चुहिया छानो के छायौ परदेशमा

रोइराछन् नेपाली यहाँ दुखः अनि पिडा भोग्दै
आँसु पुछ्ने रुमाल किन्न के धायौ परदेशमा

चाँदीको मोहर चलाउने प्रथम दोलखाली राजा इन्द्रसिंह देव

–अमरकुमार प्रधान

काठमाडौं उपत्यकामा चाँदीको मोहर प्रथम पल्ट चलनमा ल्याउने राजा कान्तिपुरका महेन्द्रमल्ल भएकाले मोहरलाई महेन्द्रमल्ली पनि भनियो र वंशावलीले उल्लेख गरे अनुसार महेन्द्र मल्लले भारतका कुनै मुसलमान सम्राटकहाँ शिकारी बाज र राजहंस उपहार चढाएकोले सम्राट खुशी भई महेन्द्र मल्ललाई चाँदीको टक छाप्न अनुमति दिए भन्ने धारणा लिइयो । उपत्यकाका राजाहरुले मात्र चाँदीको मोहर प्रचलनमा ल्याएका भन्ने ठानिनाले र त्यसमा महेन्द्र मल्ल जेठो हुनाले उपर्युक्त भ्रमपूर्ण धारणा कायम रहिरह्यो ।

उपत्यकाका राजाहरु बाहेक अन्यत्रका राजाले पनि चाँदीको मोहर आफ्ना  नाममा छापी निकालेका थिए भन्ने कुराको प्रकाश सर्व प्रथम स्व.इ.शि.बाबुराम आचार्यले गर्नुभयो– दोलखाली राजा इन्द्रंिसंह देवले चाँदीको टक निश्काषन गरेका थिए भनेर । तर इन्द्रसिंह देव महेन्द्र मल्ल पछिका मात्र शासक भएको ठानी इतिहास शिरोमणिज्यूले महेन्द्रमल्लको अनुकरण गरी चाँदीको मोहर चलाई इन्द्रसिह देव

त्रिपुरासुन्दरी मन्दिर

गजल

 कृष्ण के श्रेष्ठ काल्स

तिम्रो मन भित्र पस्नलाई के गरूँ?
जुनिभरी साथ बस्नलाई के गरूँ?

नछुट्ने गरि गाठों हामी बीचको
अझै धेरै गाठों कस्नलाई के गरूँ?

क्यै नगर्दानी अप्सरा तिमि लाग्छ
मुहारमा पाउडर घस्नलाई के गरूँ?

मनपराउने लाख होलान ओरिपरी
ति सबलाई मैले डस्न लाई के गरूँ?

जालहरु फिजएका छौकी चारैतिर
यो कृष्ण पासोमा फस्नलाई के गरूँ?

Nepalese ex-leader Girija Prasad Koirala dies:news from bbc

Mr Koirala, 86, served four terms as PM with the Nepali Congress Party and led protests that brought down King Gyanendra's authoritarian rule.

Thousands of supporters had gathered outside his daughter's house where he was taken after being in hospital for several days.

Mr Koirala's political career spanned seven decades.

He first came to prominence as a union leader in the late 1940s, and he was imprisoned, exiled or detained on numerous occasions for championing the cause of democracy against various autocratic regimes.

Leadership stints

In 1960, he was jailed for eight years for his pro-democracy views.

G P Koirala, as he was popularly known, first became prime minister in the country's first democratic elections in 1991.

His government lasted three years, and collapsed after a no-confidence vote.

He played a key role in public demonstrations in the early 1990s to end the absolute powers of the king.

In 2000 he returned as prime minister, heading the ninth government in 10 years.

It was during that term that in 2001, King Birendra was murdered by his son - along with nine members of his family.

By July 2001 Maoist rebels had stepped up a campaign of violence, prompting Prime Minister Koirala to quit over the violence.

Peace agreement

Five years later he was appointed prime minister by King Gyanendra who reinstated parliament following weeks of violent strikes and protests against direct royal rule.


Koirala was a mass leader and a statesman, whose knowledge and wisdom guided the polity of Nepal in the right direction at critical junctures in the country's history
Manmohan Singh
Indian Prime Minister

Your memories and tributes

He was too sick to attend rallies celebrating the resumption of parliament, having suffered from respiratory problems for years.

In May 2006 Parliament voted unanimously to curtail the king's political powers.

The same month, the government and Maoist rebels began peace talks, the first in nearly three years, resulting in a peace accord by November 2006.

The Comprehensive Peace Agreement (CPA) declared a formal end to a 10-year rebel insurgency.

Mr Koirala was also acting head of state in 2008 before the election of Nepal's first president.

Mr Koirala's body will lie in state at the national stadium on Sunday, with his funeral later in the day at the Pashupatinath Hindu temple in Kathmandu, his aide Gokarna Poudel said, according to AFP news agency.

Indian Prime Minister Manmohan Singh expressed condolences.

"Koirala spent his entire political life championing the cause of the people..." Mr Singh said.

"Koirala was a mass leader and a statesman, whose knowledge and wisdom guided the polity of Nepal in the right direction at critical junctures in the country's history."

copied from bbc.co.uk

द्वाल्खा खँ लान गजल


 
कृष्ण के श्रेष्ठ "काल्स"


छि ङिल्मुन हर्सखिने बोर जन मन
ट्वानसोनथे हेगाके होर जन मन

यलपनु जननाप जुर्नसिन छि
पुनिसए नेम्लाथे तोर जन मन

राकेत्न गुल्प जननाप ल्वाङ्न
थामेरी मफत्के खोर जन मन

जन हाखेन मेबेनाप ओन्मुन हर्स
मि थेतु बेस्न छोर जन मन

हात्त उइन त्वार्त जन्त याकर्चा
छन नाप जुकुन लोर जन मन

सडक बालबालिकाका जीबन अनि पीडा

कृष्ण के श्रेष्ठ काल्स

मेरो घर अनि मेरो सम्झना

हो, मेरो घर त्यो टाढा कहाँ कहाँको चारैतिर हरिया पहाड र हरियाली, चराहरुको चिर्विराहट, झर्नाको छंछङ स्वरमा रमिरहेको गाँउमा पर्छ । मेरो बाल्यकाल त्यहि वितेको थियो, जहाँ सानो मेरो पराले झुपडि अनि मेरो परिवार संग म रमाई रमाई कुनै पनि दुःखको अनुभव विना जीन्दगी विताएको थिएँ । आफ्नै झुपडिको आगनिमा आमाबुबा अनि साथीभाईहरुसंग रमाईला कुराकानि गर्दै मकै भटमास खानु, साथीहरुसंग लुकामारी खेल्नु अनि विदाकादिन गाई गोठालो जानु मेरो लागि कुनै नौलो दिन हुन्नथ्यो । बा–आमाको काखमा सुत्नु, आमाहरुसंग खेल्नु पानि मेरो वाल्यकालिन वानि थियो । साँच्चै मेरो बाल्यकालि गाउँमै धेरै रमाइलोसंग वितेको थियो । मलाई बुबाआमा दुबैले उत्तिकै माया गर्नुहुन्थ्यो र मैले पनि । मैले जे भन्थेँ त्यहि सामान किन्नुहुन्थ्यो, एक्लो कहिल्यै छोडनु हुन्नथ्यो, कहि कतै जानुभो भनेपनि खाने कुरा वा केहि ल्याईनै रहनुहुन्थ्यो । म संग बसेपछि समय वितेको पत्तो पाउनुहुन्नथ्यो । साँच्चै मलाई सवैजनाले औधि माया गर्नु हुन्थ्यो ती घरमा रहदाँका दिनहरुमा ।
तर, माया धेरै पाएर हो या मैले नबुझेर, किन हो मलाई कुनै वेला गालि गर्नु भयो वा पिटनु भयो भनेपनि म धेरै रिसाउँथेँ र कति रात रिसाएर भोको विताउँथे । कहिलेकाँहि स्कुलमा सरमिसहरुले पिटनु भयो भने पनि म रुन्थँे र रिसाउँथे यो मेरो ठूलो अवगुण नै थियो । यसैकारण म एकदिन जाँड रक्सि खाई बा–आमाले गरेको झगडा र सानो पिटाइ र हप्काइले स्कुल र घर छोडने निधो गरेको हुन्छु र काठमाडौको रंगिन संसारमा रम्ने रहरै रहरमा नयाँ संसारको खोजिमा शहर पस्छु । केहिदिन त साथीहरुसंगका दिनहरु सडकमा रमाईलै विते । तर विस्तारै शहरमा साथी हरुको संगतमा दिन प्रतिदिन विग्रदै नराम्रा कुराहरु गर्न वाध्य हुन्छु र म पनि एक सडक वालबालिकाको नामले छिट्टै चिनिसकेको हुन्छु । त्यसदिन पछिका दिनहरु मेरो लागि सडकमै संघर्ष, जोखिम, दुख, पीडा अनि दर्दनात्मक भएर बाँच्नुपरेको हुन्छ ।
सडकमा भोको पेट पाल्न एउटा झुत्रा लुगा लगाएर, फोहर खानेकुरा खानु, वोरा वोकेर हिड्नु, माग्दै हिड्नु, भोक र चिन्ता हटाउन चुरोट,रक्सि, डेनडाइट खाई पुष माघको चिसोमा खुल्ला आकासमुनि सुत्नु जीन्दगि सम्झन्थेँ । मलाई त्यतिवेलाको दर्दनाक, दुःखदायी अवस्था देखेर विचरा, च्व च्व भनेर सहानुभुति दिने कोहि हुन्नथे । तैपनि म एक्लो थाहानभएको भविष्य कोर्न लागिरहेको हुन्थे । अनि त्यति वेला मलाई मेरो घरपरिवार र आमा बुबाको मायाममताको याद आउँथ्यो की जति वेला म एक रात पनि खान नपाई भोको पेटमा सडक पेटिमा भौंतारिदै ”भोक लाग्यो भोक लाग्यो“ भन्दै आँसु वगाएर भीख मागिरहेको हुन्थे तर मानिसहरु मेरो छेउ आई गिज्याएर वास्तै नगरि जान्थे । साँच्चै मलाई त्यतिवेला दुःख र पीडाको अनुभव हुन्थ्योे अनि आफैमाथी घृणा लाग्थ्यो र सपनाको शहरको रमझम, खाना, पैसा, जीन्दगी सोचे भन्दा ठीक उल्टो भएको पत्तो पाएको थिएँ । तुलना गर्थें यदि त्यसवेला म घरमा हुँदो हुँ त नयाँ लुगा लगाएर आमाको त्यो न्यानो काखमा लुटपुटिदै मकैभटमास खाँदैँ गफ गर्दै हुन्थेँ होला । तर धीक्कार छ मेरो कर्म । म यस्तै सोच्थेँ । पश्चाताप लाग्थ्यो व्यर्थै सानो कुरामै मैले आमाबुबा र घर छाडेको रहेछु भनेर । आमाबुबाको माया जस्तो अरुको हुदैन भन्ने कुरा पनि मैले थाहा पाएँ । आज आफ्नै कारणले बा–आमा र परिवारको माया नपाई जोखिमपूर्ण दर्दनाक जीन्दगी बाँचिरहेकोछु, मलाई यहाँ सवैले हेपिरहेकाछन,कसैले वास्ता गर्दैनन, गालि गरिरहेकाछन न कसैको साथ छ यहाँ न त कसैको माया ममता, एक्लो छु म आज यो सडकमा संसार एक्लो छ ।
र एकछिन पछि मेरो पूराना घर सम्झेँ, खाएको मिठो नमिठो खोलेफाँडो, आमाबुबाको माया अनि आफ्नो गाउँघरलाई सम्झेँ । घरवाट भागेको दिन आमावुबाको रोदनलाई सम्झेँ, आमाको मायालाई सम्झेँ । र आफ्नो गल्तिलाई महसुस गरि सडकका जोखिमपूर्ण भोको जीन्दगी, समस्या हरुबाट सदाकोलागि विदाई गरि अर्को नयाँ बाँकि जीवन बाँच्ने निर्णय गर्छु । साँच्चै म आमाबुबा संगै सानो गाउँमै फर्केर फेरि नयाँ नौलो सुखमय, रमाइलो खुसिपूर्ण जीन्दगिको सुरुवात गर्न चाहन्छु । आजको नौलो विहानी संगै सडकजीवनमा वितेका शहरी जीवन भोगाईका रातहरु, शहरी खतराहरु, नरमाईलोपना, एक्लोपन, गालि गलौज, हेपाई, पिटाइ जस्ता अतितका कुराहरुलाई विर्सेर नयाँ भविष्यको चित्र परिवारमै कोर्नको लागि आफ्नो नयाँ पाईला घरतिर हतारिदै बडाउदैछु .................

व्यंग्य

मिटिङ
कृष्ण के. श्रेष्ठ“काल्स”


अचेल सवैजसो ठाउँमा मिटिङको रौनक छाएको पाइन्छ । यता जाउ मिटिङ छ त्यता जाउँ मिटिङ, माथी जाउ वैठक तल आऊ वैठक सवैतिर मिटिङै मिटिङ । चाहे गाउँ होस चाहे सहर । जहाँ गएपनि, जुनसुकै सानो कुरालाइ पनि वढ्याइचढ्याईकन मिटिङ बसेकै हामी देख्न सक्दछौ, यो कुनै नौलो कुरा नै हैन । ठूला कुरा मा मिटिङ बस्नु त ठिक ठिकै हो तर ती साना, झिना, मसिना कुरा मा मिटिङ बसेको देख्दा मलाई मन नलागेरै पनि एकछिन भएपनि हाँस्न मन लागेर आउँछ । यत्रो विध्न मिटिङ परिमार्जित भएको देखेर मलाई नेपालमा सामानको भाउ वडेझैं हलक्कै बढेको क्षण झल्झली याद आउँछ ।
नानाभाते कुरा, अर्थहिन कार्ययोजना, रक्सि पार्टि त मिटिङको पर्याय जस्तै भैसकेको छ । रामेको कुकुर मरेको कुरा देखि लिएर ट्वामेको छोरि व्याएको कुरामा पनि मिटिङ बसेकै हुन्छन् । डवली, चौतारि, पाँचतारे होटेल, झुपडि देखिलिएर कान्छनानीको भट्टिपसलहरु मिटिङस्थलको रुपमा परिचित नै छ ।
रामेको कुकुर म¥यो, कसरि मर्यो ?, किन मर्यो?, कसले मार्यो ?, कहा मार्यो ?, इज्जत वानि स्वभाव मर्ने कारण र अन्तेष्टि सम्मको व्याख्या विश्लेषण विस्तृत छलफल हुन्छ र अन्त्यमा निष्कर्षमा पुगि चियापानसहित मिटिङको विसर्जन हुन्छ । आश्चर्य छ, विसर्जन मा त झन दोव्वर महानुभावहरुले भरिएको हुन्छ, कारण........ । कस्तो चलन यो वेकाम अर्थ न वर्थ गोविन्दे गाई भनेझैं, घरमा भात पकाउनको गाह्रोले श्रीमति छक्याउन आएका छक्याहाहरु ।
यदि कान्छिनानीको भट्टीमा मिटिङ भयो भने मिटिङमा भन्दा पनि कान्छिनानीतिर ध्यानमग्न स्त्रीलम्पट धेरै देखिन्छ । अनि नर्तकी हरुको तिघ्रे नाचको रौनकमै उनिहरु ध्यानमग्न हुन्छन् । यदि पाँचतारे होटेलमा भयो भने हात हातमा ल्यावटप साथमा चुरोट ट्याप र हार्डड्रिङक्स भन्दा अरु कुनै मिटिङ नै हुँदैन् । यदि गाउँघर तिर भए लोकल ठर्रा वाहेक क्यै हुन्न । यदि कसैले मिटिङस्थल मन्दिर वा कुनै एकान्त ठाउँ(वन, पार्क) वताएमा त्यहा दुइजना जोडि बाहेक अरु कोहि हुन्न, त्यहाँ मिटिङ को साटो डेटिङ हुन्छ । अनि कुनै साथी साथी बीच मिटिङको आयोजना भए त्यहाँ जाँड पार्टि र जुवा तास बाहेक अरु काम हुदैन भनि जाने हुृन्छ । त्यसैले पाठकवृन्द हो यदि कसैले मिटिङमा निमन्त्रणा गरे पहिल्यै सतर्क रहनुहोला कतै तपाई पनि कुनै भट्टिपसलको अघिल्लो वाटोमा लडिरहेको मैले भेट्टाउनु नपरोस, मेरो यहि शुभकामना तपाईलाई ।
अझ कोहि कोहि त दिनभर मिटिङकै खोजिमा लागिपरेका हुन्छन । कहिँकतै मिटिङका समाचार सुनिन्छन की, कतै मिटिङको निमन्त्रणा सम्बन्धि सूचना भित्तामा टाँसिएका पो छन की यहि खोजि मै धौडधुप गर्नेको संख्या नवढेको पनि हैन । अझ मेरो एकजना साथीले त भेट्टाएका सूचना संकलन गर्नका साथै विभिन्न कवि गोष्ठि, सम्मेलन मा समेत उपस्थित भएकै हुन्छ । मैले किन तिमी मिटिङमा जान्छौ भन्ने प्रश्नमा उनले ‘धेरैजना ठूल्ठुला व्यक्ति चिनिन्छ, कुरा गर्ने क्षमतामा सुधार हुन्छ, ज्ञानगुणका कुरा जानिन्छ अनि कहिँ कतै त पेट भरि खान र ..........को प्यास मेटाउन पनि पाईन्छ, तँलाइ था’छ मेरा गर्ल फ्रेन्ड सवै मिटिङ मै पट्टिएको ।’ मैले कुनै प्रतिक्रिया नजनाई उनको कुरा जायजै माने, आफू त कहिल्यै त्यस्तो मिटिङमा सहभागि भएको भएपो थाहाहुन्थ्यो । मलाइ त्यसै दिन देखिनै मिटिङ मा जाने ईच्छा जागेर आयो ।
दाजुले मलाई एकदिन मिटिङ जाउँ भन्नुभो । मिटिङमा जान हतारिदै नयाँ लुगा लगाउन खोज्दा मलाई दाजुले लुगा नलगाउ भन्नुभो, अचम्म लाग्यो त्यत्रो मिटिङका किन त्यसै पाखेझैं जाने ? तैपनि मैले दाजुको कुरा मानेँ । म खुसि थिएँ मिटिङ आज ठूलै हलमा हुँदो होला, धेरै ठुला दार्शनिक आउलान, अनि ज्ञानगुणका कुरा होलान । दाजुले केहि पर पुगेपछि सर्ट तान्दै मलाई खै कुन्चाहिँ छाप्रो हो त्यो चैं मैले देखिन, तानेर भित्र लानुभो । सवैजना आ–आफ्नैतालमा मस्तथिए सवैका हातहातमा वियर, लोकल ठर्रा, अनि हातमा चुरोट थिए, त्यस्तो देखेर म झन हच्किएँ । दाजु तिनिहरुसंगै गएर धमाधम लगातार चुस्कि लिनथाले, साहुनिले फेरि अर्को वोतल हाजिर गरिन । सर्वजना मातिसकेका थिए, कोहि त्यहि लडन थाले, कोहि वान्तागर्न थाले, कोहि साहूनिलाई जिस्क्याउनथाले त कोहि ट्वाइलेट भित्रै सुत्न थाले । ‘हरे कस्तो विजोग!’ मैले सोचें, ‘अनि पो मलाई लुगा नलगाउ भन्नुभा रैछ’ । मैले केहि प्रतिकार जनाइन खालि मिटिङकारको मिटिङ हेरिमात्र रहें । म घर फर्कें त्यसपछि के भयो मलाई थाहा भएन झन अरुलाई त के थाहा र ? दाई बिहानै आउनुभयो आँखा रात्तिएका थिए, टाउको फुटेको थियो, मुख फूलिएको थियो, लुगामा माटो लत्पतिएको थियो । मैले यहि बुझें मिटिङको विपरित अर्थअर्थ डायरि, कलम, चिया, छलफल त केवल साना तिना मिटिङ रहेछ । सायद यहि नै होला आजको शब्दकोशमा मिटिङको अर्थ र परिभाषा मैलै जान्नै सकिन बुझ्नै सकिन । मलाई मिटिङको यो चाला, देखेर घृणा लागेर आयो, तर खै के गर्न सकिन्छ र यो मोडिफाइड मिटिङलाई ।

गजल

कृष्ण के श्रेष्ठ काल्स


रातो चन्द्र सुर्य झन्डा के फर्फरायौ र परदेशमा
सयौ फूलको थुंगा हामी के गायौ र परदेशमा

परिवार र देश छाडी जिउदा एक्लो तिमि
आमाको न्यानो माया के पायौ र परदेशमा

भोक लाग्दा रोइकराई चिच्याउने तिमि छोरो
मैले भुटया मकै भटमास के खायौ र परदेशमा

पैसाको लोभमा परि विदेशको विकास गरि
आफ्नो देशको चुहिया छानो के छायौ र परदेशमा

रोइराछन् नेपाली यहाँ दुखः अनि पिडा भोग्दै
आँसु पुछ्ने रुमाल किन्न के धायौ र परदेशमा

गोरु जोतेसरी जोति रापिलो घाममा पनि
न शिक्षा पायौ न धन के कमायौ र परदेशमा

व्यंग्य

एक दूरदशी गीत – हट्ने हैन डटी लड्ने.....
(व्यंग)
– श्रेष्ठ सत्य
दोलखा, नेपाल

हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ
कहिल्यै नझुक्ने शीर उभिएको नेपालीको बानी हुन्छ
विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज
त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ ।

सानैदेखि विद्यालयको प्रांगणमा गाइने यो गीत अझै पनि जिब्रोमै झुण्डिरहेको छ । अझै पनि कहिलेकाहिं ओंठबाट अनायासै फुस्किन जान्छ । संयोग एक दिन म खाना पकाउँदै यही गीत गुनगुनाउँदै थिएँ । कुमार दाइ अचानक भान्साकोठामा पस्दै भन्नुभयो – सत्यजी यो गीत अहिलेको परिप्रेक्ष्यमा सान्दर्भिक छैन । तपाइँ चाहिं किन अझै योपुरानो र प्रतिगामी गीत गाइरहनुहुन्छ ?

म कुमार दाइलाई यो गीत सान्दर्भिक भएर होइन लत भएर गाएको भनी स्पष्टिकरण दिन खोज्दै थिएँ, सँगै आलु ताछिरहनुभएको सुन्दर दाइले भन्नुभयो – होइन बच्छुजी यो गीत अहिले झनै सान्दर्भिक छ । यस गीतका गीतकार पक्कै पनि दूरदर्शी हुनुपर्छ किनकी यो गीत झन् झनै सान्दर्भिक र यथार्थपरक बन्दै गइरहेको छ ।

होइन सुन्दरजी तपाइँले भन्न खोज्नुभएको के हो ? त्यो गीत अहिलेको लोकतान्त्रिक गणतन्त्र नेपालमा कसरी सान्दर्भिक हुन्छ ? तपाइँ पनि जे पायो त्यही बोल्नुहुन्छ ।

सुन्नुहोस् बच्छुजी, हट्ने हैन डटी लड्ने नेपालीको बानी हुन्छ – भन्ने वाक्य कति यथार्थ र व्यवहारिक छ अहिले? हामी नेपाली हट्न र झुक्न त जानेकै छैनौं । इतिहाँसमा दरबारको भाइभारदारमा मात्र सीमित लडाइ, २०३६ सालमा राजा र जनताबीच विस्तार भयो त्यही लडाइँ २०६६ सालमा आइपुग्दा गाउँगाउँमा बस्ती बस्तीमा विस्तार भइसकेको छ । जातीयता, क्षेत्रीयताको नाममा, धर्म र भाषाको नाममा हेर्नुहोस् नेपालीको नेपालीबीचको लडाइँ । पहिले विदेशीहरुलाई खेद्न सीपालु नेपालीहरु अहिले आफ्नै देशवाशीलाई एक ठाउँबाट अर्को ठाउँमा खेद्न र नसके ज्यानै लिन कम्मर कसेर लागिपरेका छन् नेपालीहरु । यहाँ झुक्न त कोही जानेकै छैनन् सबै डटी लड्न र मर्न मार्न तयार छन, पछि हट्न कोही तयार छैनन् । अहिले जस्तो डटी लड्ने नेपालीहरु इतिहाँसको कुनै पनि पन्नामा पहिले कहिल्यै पाएका थियौ त हामीले ? अब त लड्नु,लडाउनु मर्नु, मार्नु हामी नेपालीहरुको जन्मजात बानी नै भइसकेको छ । हेर्नुहोस् त बच्छुजी गीतकारले कति मज्जाले हाम्रो वर्तमान अवस्थालाई छर्लंगै चित्रित गरेका छन् यस गीतमा ?

कुमार दाइले उहाँको कुरालाई खण्डन गर्न त सक्नुभएन उहाँले फेरि सुन्दर दाइसँग अर्को प्रश्न गर्नुभयो

ल तपाइको त्यो राय त ठिकै छ तर त्यस पछिको पंक्ति– त्यहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ भन्ने वाक्यांश त अहिले बकवास नै होइन त, सुन्दरजी ? यो त गीतकारको अन्ध राजभक्त मात्र होइन र ? अब त राजारानी त रहेनन् नि । यसमा चाहिं तपाइको के तर्क छ त , मेरो प्यारो राजावादी मित्रज्यू ?

सुन्दर दाइले आफ्नो तर्क यसरी राख्नुभयो –

यो वाक्यांश त नेपालको वर्तमान र भविष्यसँग झनै ठ्याक्कै मेल खान्छ, । गीतकारको आफ्नो दूरदर्शी क्षमता यो हरफमा अझै निखारिएर प्रस्फुटन भएको छ । विश्वको कुना काप्चामा खोज नेपालीको मुटुमा खोज त्यहाँ सिंगो नेपाल हुन्छ त्यहाँराजारानी हुन्छ यही होइन त त्यसपछिको हरफ ?

यसमा गीतकारले के भन्न खोजेका हुन् भने नेपाल त अब जात, धर्म, क्षेत्रीयताको नाममा टुक्रिने नै भयो, बाइसे र चौबिसे देशहरुमा, त्यसबेला नेपाल भन्ने एउटा सिंगै राष्ट थियो भन्ने कुरा विश्वको कतै कतै कुनाकाप्चामा कसै कसैलाई मात्र थाहा हुनेछ तर टुक्रा टुक्रामा विभाजित नेपालमा रहने सारा नेपालीहरुको मुटुमा भने एक जमानामा नेपाल सिंगै थियो भन्ने भावना रहिरहनेछ । अब कुरो रहयो राजारानीको , नेपालमा गणतन्त्र आएर शाहवंशीय राजतन्त्रको त अन्त्य भयो तर के साँच्चै जनताको लोकतन्त्र, जनताको गणतन्त्र आयो त ? गणतन्त्रको आगमन पछि पनि नेपाली जनताहरुलाई यहाँका तथाकथित राष्टपति, प्रधानमन्त्रीहरुले रैती र दास बाहेक केही देखे त ? उनीहरुका प्रत्येक कदमहरु राजाका भन्दा पनि निरंकुश, स्वेच्छारी र व्यक्तिवादी ठहरिएका छन् । त्यर्सले कहाँ आयो यहाँ लोकतन्त्र कहाँ आयो जनताको शासन, पार्टिभित्र, सरकार भित्र नेताहरुको योगदान र बलिदानको आधारमा नभई नातावाद र फरियावादको आधारमा पदोन्नति भइरहेको छ । यही हो राजतन्त्र र यही नातावाद र फरियावादलाई नै गीतकारले रानी भन्न खोजेका हुन् , कि कसो सत्यजी ?

मैले स्वीकारात्मक टाउको हल्लाएँर मलाई त्यही गीतको अर्कोहरफको बारेमा सुन्दर दाइसँग जिज्ञासा राखें– अनि दाइ, गीतकारले हामे मादल शान्तिको लागी मरुभूमिमा परेड खेल्छ भन्नुको अर्थ चाहिं के हो नि ? शान्तिको लागी हाम्रो मादल मरुभूमिमै गएर परेड खेल्नुपर्ने किन ? आफ्नै डाँडाकाँडा र फाँटमा परेड खेले हुन्न र ?

यो वाक्यले त झनै हामे वर्तमान अवस्थालाई छर्लंगै उतार्न सफल भएको छ । हाम्रो देशमा गरिबी, बेरोजगारी बढेकै कारण लडाइँ झगडा र अशान्ति व्याप्त छ । त्यसैकारण लाखौं नेपालीहरु प्रत्येक वर्ष विदेशिन बाध्य छन् । मरुभूमि भनेर गीतकारले खाडी क्षेत्र र विदेशिने नेपालीहरुको अवस्थालाई भन्न खोजेका हुन् । नेपालीहरु विश्वको जुनसुकै कुनामा गए पनि मरुभूमितुल्य जीवन बिताउन विवश छन् नपत्याए हामी बेलायतमै बस्नेहरुको जीवन हेरौं के हामीले मूरुभूमिमा भन्दा कम सास्ती झेलिरहेका छौं त ? जहाँ गए पनि नेपालीले मादलै बन्नुपर्ने मादलले जस्तै चोट पाउनुपर्ने भएको छ । जति इमान्दार र परिश्रमी भए पनि नेपालीहरुले सहनै पर्नेर आफ्नो अधिकारको लागी लड्नैपर्ने कुरालाई त भर्खरै सफल भएको भुपू सैनिकहरुको आन्दोलनले पनि पुष्टि गरिसकेको छ नि ।

त्यसैले यस गीतका गीतकारले गीतका प्रत्येक हरफहरुमा मार्मिक रुपमा नेपालको वर्तमान र भविष्यको कुशल चित्रण गरेका छन् । गीतकार निश्चित रुपमा राष्टप्रेमी र दूरदर्शी सावित भएका छन ।

यो कुरा सुनेर कुमार दाइ हाँस्दै बाहिर निस्किनुभयो भने सुन्दर दाइ र म भान्साकोठामै बसेर त्यही मर्मस्पर्शी गीत गाउन थाल्यौं

हटने हैन डटी लड्ने .................



–समाप्त–

गजल

बुद्ध अन्त बसाई सर्नु हुन्न है
युद्ध भो भनेर मर्नु हुन्न है

शान्ति र अहिंसा रहेन नेपालमा
लडाईको बिउ तिम्ले छर्नु हुन्न है

रगतले बगेका छन् यहाका खोलाहरु
त्यै खोला तिमि तर्नु हुन्न है

कहिले राम त कहिले काले मरछ
झुक्किएर तिम्रोनाम पर्नु हुन्न है

लुम्बिनीमा जन्मी अहिले कताकता
जबर्जस्त कसैले हर्नु हुन्न है

घाटी रेटी मार्ने राक्षसहरु लाई
कमलो मनले माया गर्नु हुन्न है

रेटेर घाटी हिटी हिटी सास हुदा
खबरदार जिउने सास भर्नु हुन्न है

kalinchok temple

गजल

सिंगो देश रोको बेला राम्रो संविधान बनोस
शहिदको मन बुझ्ने राम्रो राष्ट्रियगान बनोस

लोकतन्त्र बहाल गर्न जनताहरु लागेकाछन
निरंकुता डाल्न अव राम्रो अभियान बनोस

नेपालीको एकतालाइ विश्वले वाहवाह गरे
विश्वसामु महानताको राम्रो पहिचान बनोस

शोषण गर्नुसम्म गरे विगतमा नेपालीलाई
तानाशाहि हैन अव रामंो वर्तमान बनोस

आन्दोलन सफल पार्न धेरैको रगत वगे
अमर ती सहिदको राम्रो सम्मान वनोस


बुलबुल कार्यक्रममा २००६ अगष्ट १७ मा प्रशारित
 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture