
गजल
कथित सुखतिर नजर नमोड न परदेशी ।
आमासँगको चोखो नाता नतोड न परदेशी ।।
तिमीलाई हुर्काई बढाई सक्षम बनाउने,
आफ्नो आमाको प्यारो काख नछोड न परदेशी ।
केही गरी फल्दैन नि हिरा त त्यो माटोमा पनि,
लालची भई पराइ माटो नगोड न परदेशी ।
निसहाय छाड्नेछ उपयोग तिम्रो सकिए पछि,
स्वार्थीहरुसँग साइनो नजोड न परदेशी ।
नमिले जन्मभूमिमा सुख, कहीं पनि मिल्दैन ,
दिवास्वप्नको श्रृंखला अब त तोड न परदेशी ।
दोलखा, नेपाल
हाल
बेलायत ।
















